लोकसेवा आयोगमा सोधिने धर्म सम्बन्धि प्रश्नहरु

 


चौध वर्षसम्म भरतले राज्य गरेको ठाउँ कुन हो ?

👉नन्दीग्राम

 विशेषतः मैथली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाइको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई के भनिन्छ ?

👉सामा चकेवा पर्व

कोजाग्रत पूर्णिमा भनेर आश्विन शुक्ल पूर्णिमालाई चिनिन्छ भने लक्ष्मीपूजा भनेर कहिले चिनिन्छ ?

👉कार्तिक कृष्ण औंशी

घटालदेवी, अजयमरूकोट, अमरगढी तथा उग्रतारा डडेल्धुरामा पर्दछन् भने प्रशिद्ध तिर्थस्थल “तपोवन” कुन जिल्लामा पर्दछ ?

👉दार्चुला

नौलाखा मन्दिर भनेर कसलाई चिनिन्छ ?

👉जानकी मन्दिर जनकपुरधाम

ब्रम्हचर्याश्रम अवस्था कति वर्षसम्मको उमेरमा आवश्यक मानिन्छ ?

👉जन्म देखि २५ वर्षसम्म

हिन्दुहरूले गर्ने कूल पूजालाई के भनिन्छ ?

👉देवाली

गोवद्र्धन मठमा कुन वेदको प्रचार प्रसार हुन्थ्यो ?

👉श्रृग्वेद

सामवेदमा कति शाखा छन् ?

👉१०००

भगवान श्री रामले रावणलाई मारेपछि लंकाका राजा को भए ?

👉विभीषण

क्षेत्रीयहरूको सम्भार गर्दै हिँड्ने व्यक्ति को हुन् ?

👉परशुराम

शिवजीलाई त्रिपूरारी, कृष्णलाई मुरारी भनिन्छ भने रामलाई के भनिन्छ ?

👉खरारी

सबैभन्दा पूरानो वेद कुन हो ?

👉ऋग्वेद

सरस्वतीलाई मनपर्ने रग कुन हो ?

👉सेतो

 महादेवका तीन नेत्रलाई के केका प्रतीक मानिन्छ ?

👉अग्नि, सूर्य र चन्द्र (२०७०, लो.से.आ.)

रावणले रचना गरेको पुस्तकहरू के–के हुन् ?

👉आर्क पक्ष र कुमार तन्त्र

मञ्जुश्रीका दुई शक्ति वरदा र “मोक्षदा” लाई के को रूप मानिन्छ ?

👉लक्ष्मी र सरस्वती

 श्रीमद–भागवत गीता महाभारतको कुन पर्वमा पर्दछ ?

👉भीष्म

योगशास्त्रका प्रर्वतक को हुन् ?

👉पतञ्जली

रावणले सीता हरण गरेको स्थानको नाम के हो ?

👉पञ्चवटी

पाँच पाण्डवहरूको पाँच भाइ छोराहरूलाई निदाएको बेलामा हत्या गर्ने पात्र को थिए ?

👉अश्वथामा

कुवेरको बगैँचालाई के भनिन्छ ?

👉चैत्ररथ

 खर र दुषण को हुन् ?

👉रावणको सेनापति ।

 धृतराष्ट्रका सारथी को थिए ?

👉सञ्जय

महर्षी वेदव्यासद्वारा रचित महाभारतलाई अर्को के नामले चिनिन्छ ?

👉पञ्चम वेद

न्याय शास्त्रका पिता भनेर कुन ऋषिलाई बुझउँछ ?

👉गौतम ऋषि

 बुद्ध धर्ममा देहायका रङ्गहरूले सम्बन्धमा के अर्थ राख्दछ ? समूह I र II लाई जोडा मिलाएर कोडका आधारमा उत्तर छान्नुहोस् । (२०६९,लो.से.आ.)

समूह I     समूह II
रातो         (a) अस्तिधातु
नीलो        (b) दाँत
पहेँलो        (c) शरीर
सेतो          (d) रगत
👉उत्तरः  1-d, 2-c, 3-a, 4-b

बैशाख कृष्ण औंसीलाई मातातीर्थ औंसी भनिन्छ भने, आषाढ शुक्ल एकादशीलाई कुन नामले चिनिन्छ ?

👉हरिशयनी एकादशी

नेपालको सबैभन्दा ठूलो स्तुप कुन हो ?

👉लुम्बिनी स्तुप

सबैभन्दा बढी श्लोक भएको पूराण कुन हो ?

👉स्कन्द पूराण

षटकोणलाई के–को प्रतिक मानिन्छ ?

👉सरस्वती

‘बहाई धर्म’ कसले, कहिले,कहाँ शुरुवात गरेका हुन् ?

👉बहउल्लाले १९ औं शताब्दीमा पर्सियामा

 परशुराम कसका छोरा थिए ?

👉जमदग्नी

 वेद कति वटा छन् ?

४ वटा
👉

उपवेद कति वटा छन् ?

👉चार

बिश्वकै सबै भन्दा ठूलो काटमार हुने गढीमाईमेला कुन जिल्लामा पर्दछ ? 

👉बारा

पहिलो राशी मेष हो भने अन्तिम राशी कुन हो ?

👉मीन

 नेपालको सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि संस्थागत रूपमा कार्य गरिरहेको अन्तर्राष्ट्रिय संस्था कुन हो ?

👉UNESCO

समूह I र II लाई जोडा मिलाएर कोडका आधारमा उत्तर छान्नुहोस् ।   (२०६९, लो.से.आ.)

समूह I                समूह II
1. तलेजु              (a) मिथिला
2. जनकपुर         (b) प्रतापमल्ल
3. कृष्ण मन्दिर  (c) विदेश
4.  विद्यापती     (d) सिद्धिनरसिंह
👉उत्तरः 1-b, 2-c, 3-d, 4-a

 अक्षय तृतीया कहिले पर्दछ ?

👉बैशाख शुक्ल तृतीया

घण्टाकर्ण चतुदर्शी कहिले पर्दछ ?

👉श्रावण कृष्ण चतुर्दर्शी

‘छठ’ पर्व कहिले पर्छ ?

👉कार्तिक शुक्ल अष्टमी

 नागहरूका राजा भनेर कुन नागलाई चिनिन्छ ?

👉वासुकी

 सबै धर्मका मानिसलाई खुल्ला रहने “लोटस” मन्दिर कहाँ पर्दछ ?

👉भारत

 ‘कुमार पष्ठी’ (शिठि नखः) कहिले पर्दछ ?

👉जेष्ठ कृष्ण पष्ठी

हरमिका कुन स्मारकको भाग हो ?

👉स्तुप

सुमतितन्त्र भनेको के हो ?

👉 नेपालमा रहेको प्राचीन ज्योतिषग्रन्थ (२०७०, लो.से.आ.)

गठेमंगल कुन तिथिमा पर्छ ?

👉श्रावण कृष्ण चतुर्दशी

पाटनमा बटुक भैरवको अभिलेखमा कुन लिच्छवीकालीन राजप्रसादको उल्लेख गरिएको छ ?

👉चाँगुनारायण

सांकृतिक सम्पदाको दृष्टिकोणले काठमाडौँ उपत्यकालाई कस्तो रूपमा चिनिन्छ ?

👉मन्दिरै–मन्दिरको सहर

विदेशी मित्रराष्ट्रको सहयोगमा सर्वप्रथम जिर्णोद्वार भएको नेपालको सम्पदा कुन हो ?

👉न्यातपोल देवल

जयस्थिति मल्लले ब्राम्हणलाई कति भागमा बाँडेका छन् ?

👉२

धार्मिक रूपले नेपाल कस्तो राज्य हो ?

👉धर्मनिरपेक्ष

नेपाललाई धर्म निरेपक्ष राज्य कहिले घोषणा गरिएको हो ?

👉२०६३ जेष्ठ ४

भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन चाड मनाइन्छ ?

👉जनैपूर्णिमा 

सत्यवतीलाई के पनि भनिन्छ ?

👉मत्स्यगन्धा

 वेदमध्ये यजुर्वेदमा कति शाखा छन ?

👉१०१

अथर्ववेदमा कति शाखा छन ?

👉९

काठमाडौं टेकु स्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?

👉माथवर सिंह थापा

पशुपति क्षेत्र विकास कोषको संरक्षकमा को रहने व्यवस्था छ ?

👉प्रधानमन्त्री

नेपाल सरकारको मिति २०६६ असार ४ को निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका व्यक्ति को हुन् ?

👉पं.नारायण पोखरेल

शिखी बुद्ध आई बसेको पर्वतलाई के भनिन्छ ?

👉ध्यानाच्यो 

भारतीय धर्मगुरु साइवावाको ८५ वर्षको उमेरमा कहिले निधन भयो ?

😁२०६८ वैशाख ११

 गाईजात्रा कुन तिथिमा पर्दछ ?

👉भाद्र कृष्ण प्रतिपदा

दक्ष प्रजापतिका १३ वटा कन्यासँग विवाह गर्ने ऋषि को हुन् ?

👉कश्यप

धनकी देवी भन्नाले लक्ष्मी, विद्याकी देवी भन्नाले सरस्वतीलाई चिनिन्छ भने भक्तिनी भन्नाले कसलाई चिनिन्छ ?

👉मीरा

 हनुमानका पुत्र मकरध्वज हुन् भने बालीपुत्र को हुन् ?

👉अंगद

कर्ण भन्नाले दानवीर, दधिचि भन्नाले दानी, भीष्म भन्नाले दृढ प्रतिज्ञ भन्ने बुझिन्छ भने एकलव्य भन्नाले के बुझिन्छ ?

👉गुरु भक्त

हनुमान भन्नाले काम फत्ते गर्ने, चाणक्य भन्नाले नीतिवान, सुदामा भन्नाले गरिब भन्ने बुझिन्छ भने विभिषण भन्नाले के बुझिन्छ ?

👉कुलद्रोही

नारद भन्नाले कुरौटे, दुर्वासा भन्नाले रिसाहा, युधिष्ठिर तथा हरिचन्द्रलाई सत्यवादी भनेर चिनिन्छ भने जनक भन्नाले केलाई चिनिन्छ ?

👉ज्ञानी

सत्य, त्रेता, द्वापर, कलियुग क्रमशः कुन–कुन तिथिमा सुरू भएका हुन् ?

👉वैशाख शुक्ल तृतीया, कार्तिक शुक्ल नवमी, भाद्र कृष्ण त्रयोदशी र पौष आमावश्या

पाण्डु सहवास गर्न असक्षम भएपछि पाण्डुको स्वीकृतिले कुन्तिले धर्मराजको तर्फबाट युधिष्ठिरलाई जन्म दिएकी थिइन भने भिम, अर्जुन, नहकुल र – सहदेवलाई क्रमशः कस–कसको तर्फबाट जन्म दिएकी थिइन ?

👉वायु, इन्द्र र अश्विनीकुमार

ऋतु ६ वटा, करण ७ वटा योग, नक्षत्र २७ वटा, तथा सम्वत्सर ६० वटा पर्दछन् भने तिथी र पक्षहरू क्रमशः कति–कति वटा पर्दछन् ?

👉१५ र २

अत्रि ऋषिकी पत्नी अनुसुया तथा पुत्र दुर्वासा हुन् भने भगवान श्रीकृष्णका पुत्र को हुन् ?

👉प्रद्युम्न

हनुमानकी माता अञ्जनी, ध्रुवकी माता सुनीति, परिक्षितकी माता उत्तरा हुन् भने अभिमन्युकी माता को हुन् ?

👉सुभद्रा

आइतवारका स्वामी शिव हुन् भने देवता को हुन् ?

👉अग्नी

 श्री १ भन्नाले छोरा र श्रीमतीलाई चिनिन्छ भने श्री २ भन्नाले कसलाई चिनिन्छ ?

👉आफ्ना कामदारलाई

 हिमालयकी पुत्री पार्वती हुन् भने उनकी श्रीमती को हुन् ?

👉मेनका

 क्रिश्चियन धर्मको मुख्य ग्रन्थलाई बाइबल भनिन्छ भने कवीरको मुख्य ग्रन्थलाई के भनिन्छ ?

👉बीजक

“नमाज” पढ्दा बस्ने आसनलाई के भनिन्छ ?

👉जानमात्र

प्रसिद्ध बौद्ध धार्मिक स्थल गोटीहवा कुन जिल्लामा पर्दछ ?

👉कपिलवस्तु

महाभारतमा कति श्लोक छन ?

👉१,००,०००

 बुढा सुब्बाको मन्दिरमा के–को बली दिइन्छ ?

👉सुँगुर 

गोरखाको मनकामना मन्दिरमा कुन जातिको पुजारी हुन्छन ?

👉मगर

राम लक्ष्मणले पंचवटीमा बनाएको मन्दिर कहाँ पर्दछ ?

👉गोदावरी नदीको किनारमा

गौतम बुद्धको बदनाम गर्न बुद्धकी पत्नी हुँ भनी सार्वजनिक गर्ने महिला को हुन् ?

👉चिचा माणविका

 हरिहर क्षेत्र र आदीप्रयाग भन्नाले नेपालको कुन तीर्थस्थललाई जनाउँछ ?

👉देवघाट

नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथमा पहिलो पटक पूजा कहिले रोकिएको थियो ?

👉वि.सं. २०६५ पुस १७

शैलेश्वरी भगवतीको मन्दिर कुन जिल्लामा पर्दछ ?

👉डोटी  

उग्रतारा देवीको मन्दिर नेपालको कुन जिल्लामा रहेको छ ?

👉डडेलधुरा

संसारको सबै भन्दा ठूलो धार्मिक ग्रन्थ मानिएको महाभारतको रचना कसले गरेका थिए ?

👉वेदव्यास  

सितलादेवीको बहान के हो ?

👉गधा

शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ ?

👉फोग्य

 रत्नाकर अर्थात महर्षि बाल्मिकीद्वारा लिखित रामायणमा कति काण्ड छन ?

👉७

आफ्ना पितालाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण सर्प जाति कै बिनास गर्छु भनेर सर्पेष्टि यज्ञ गर्ने व्यक्ति को हुन् ?

👉जन्मेजय

धृतराष्ट्र तथा पाण्डुका पिता को हुन् ?

👉विचित्रबिर्य

 लेखक अर्थात छिटो लेख्ने भनेर गणेशलाई चिनिन्छ भने देवताका वैद्य भनेर कसलाई चिनिन्छ ?

👉अश्विनीकुमार

द्वैपायन भनेर चिनिने महर्षी वेदव्यासकी श्रीमती को थिइन् ?

👉पिगंला (बेश्या)

 पाँच पाण्डवकी श्रीमती द्रौपदीको चिर हरण गर्ने व्यक्ति को हुन् ?

👉दुशासन

 पूराणहरू १८ वटा छन् भने, उपपूराण कतिवटा छन् ?

👉१८

 विद्याकी देवी सरस्वतीलाई सेतो रंग मन पर्दछ भने शनीलाई कस्तो रंग  मन पर्दछ ?

👉कालो

रामचन्द्रले १४ वर्षसम्म वनवासमा रहँदा बसेको वनको नाम के थियो ?

👉चित्रकुट

 स्वयम्भु नाथ नेपालमा, ताम्रशिला पाकिस्तानमा पर्दछ भने स्वर्णशिला कहाँ पर्दछ ?

👉थाईल्याण्ड

 रावणका ससुरा माल्यवान, श्रीमती मन्दोदरी, भाई विभिषण, छोरा इन्द्रजित तथा अतिकाय र बहिनी सुर्पणखा थिइन भने सेनापती को थिए ?

👉खर र दुषण

युधिष्ठिरका तर्फबाट द्रौपदीले प्रतिबिध्यलाई जन्म दिएकी थिइन् भने भीम, अर्जुन, नहकुल र सहदेव तर्फबाट क्रमशः कस–कसलाई जन्म दिएकी थिईन् ?

👉क्रमशः सुतसोम, श्रुतकर्म, शतानिक र श्रुतसेन

 अर्जुनका छोरा अभिमन्यू हुन् भने नाति को हुन् ?

👉परिक्षित

 भिमसेनका नाति को हुन् ?

👉पर्वरिक

वेद ४ वटा छन् भने उपवेद कति वटा छन् ?

👉४ (२०७२, लो.से.आ.)

 शालिग्रामलाई कुन भगवानको प्रतिकको रूपमा बुझिन्छ ?

👉विष्णु  ?
👉जुद्धशमशेर

 गौतम बुद्ध जन्मनासाथ नुहाइएको पोखरीलाई के भनिन्छ ?

👉पुष्करिणी तीर्थ

 महादेवका तीन नेत्रका प्रतीक के–केलाई मानिन्छ ?

👉अग्नी, सूर्य, चन्द्र (२०७०, लो.से.आ.)

 नेपालको एक मात्र जैन मन्दिर कहाँ रहेको छ ?

👉काठमाडौंको ज्ञानेश्वरमा

 तिब्बती धार्मिक गुरु दलाई लामा भारतमा कहिले देखि निर्वासित छन् ?

👉सन् १९५९ देखि

बुद्ध धर्मको झण्डामा कति रंग हुन्छन् ?

👉५ वटा

 गौतम बुद्ध कि आमा माया देवीको निधन हुँदा उनी कति उमेरका थिए ?

👉५ दिन

आर्य वल्लभ नेपालका कुन प्रख्यात देवताको अर्को नाम हो ?

👉मछिन्द्रनाथ

 नेपालमा पहिलो पटक भारत आन्द्र प्रदेशका प्रख्यात भगवान तिरूपति वालाजीको मूर्ति दर्शनको लागि काठमाडौँको खुला मञ्चमा कहिले राखिएको थियो ?

👉२०६८ फागुन १३ नेपालको पहिलो 

 बृन्दावन कुन ठाउँमा निर्माण हुँदैछ ?

👉भक्तपुर ७ दधिकोटको अनन्तलिङ्गेश्वर परिसर

 मान्म पन्चदेवल कहाँ पर्छ ?

👉कालिकोट

नवरात्रीमा पूजिने विभिन्न देवीहरूमध्ये पहिलो दिन कुन देवीको पूजा आराधना गर्ने गरिन्छ ?

👉शैलपुत्री

पूराणहरू मध्ये नेपाल बारे सबैभन्दा धेरै बयान भएको पूराण कुन हो ?

👉स्कन्ध पूराण

ईंटबाट बनेको नेपालको सबैभन्दा ठूलो मन्दिर कसलाई मानिन्छ ?

👉पाटनको महाबौद्ध मन्दिर

 भगवान गौतम बुद्धले ज्ञान प्राप्तिका लागि उपयोग गरेको मानिने साधना बिधि बिपश्यनाका आधुनिक अभियन्ता कसलाई मानिन्छ ?

👉सत्य नारायण गोयन्का

 बौद्ध दर्शन र तामाङ संस्कृति अध्ययन गर्न सकिने ‘क्याङजेन भ्याली’ नेपालको कुन जिल्लामा रहेको छ ?

👉रसुवा

सम्राट अशोकले हिद बुधे जाते शाक्यमुनि भगवान अभिलेख सहित शिलास्तम्भ राखेको बुद्ध जन्मस्थललाई डा. फुहररले कहिले पत्ता लगाएका थिए ?

👉सन् १८९९ डिसेम्वर १

आवश्यक शुत्र कुन धर्मको धार्मिक ग्रन्थ हो ?

👉जैन धर्म

आईतबार, आश्विन शुक्ल पूर्णिमा, रेवती नक्षत्र, व्याघात हर्षण योग र चन्द्र ग्रहणको योग गरी ५ दुर्लभ संयोग भएमा मनाईने पर्व कुन हो ?

👉दिपंखा यात्रा

चावहिल स्थित बौद्ध स्तुपा (विहार) कसले बनाएको हो ?

👉चारूमती

ग्रीक देवताहरूको प्रमुख को हुन् ?

👉Zeus

“कैलाशनाथ महादेव” नामले चिनिने नेपाल स्थित भक्तपुरमा रहेको विश्वकै अग्लो शिव मूर्तिको उचाई कति रहेको छ ?

👉१४३ फिट

गम्की नामक नेवारी भाषाको पुस्तक कसले लेखेको हो ?

👉धुस्वाँ सायमी

 दशैं तिहारमा बिदा दिने चलन कहिलेदेखि चलेको हो ?

👉२००८

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url