नेपालको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार वन तथा भू–संरक्षण सम्बन्धी जानकारी

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार वन तथा भू–संरक्षण


🌳 वन क्षेत्र सम्बन्धी प्रमुख तथ्य

  • विश्वको कुल भूभागको ३२.० प्रतिशत (४.१४ अर्ब हेक्टर) भूभाग वनले ढाकेको छ।
  • नेपालको कुल क्षेत्रफलको ४६.०८ प्रतिशत भाग वनले ढाकेको छ।
  • वास्तविक वन क्षेत्र : ४३.३८ प्रतिशत
  • झाडी तथा बुट्यान क्षेत्र : २.७० प्रतिशत
  • नेपालमा प्रति व्यक्ति औसत ०.५ हेक्टर वन क्षेत्र रहेको छ।
  • नेपाल दक्षिण एसियामा भुटानपछि दोस्रो बढी वन क्षेत्र भएको देश हो।
✔ दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भएको देश : भुटान
✔ सबैभन्दा कम वन क्षेत्र भएको देश : अफगानिस्तान
राष्ट्र वन क्षेत्र (%)
भुटान६९.७१%
नेपाल४६.०८%
श्रीलंका३४.१%
चीन२२.९६%
भारत२१.७१%
बंगलादेश१२.८%
पाकिस्तान४.८%
माल्दिभ्स२.७%
अफगानिस्तान१.९%

🦏 अभिलेख भएका जीवजन्तु

  • स्तनधारी : २१२
  • पन्छी : ८९२
  • उभयचर : ११७
  • माछा : २३२
  • सरिसृप : १२३

🐅 वन्यजन्तुको संख्या

  • बाघ : ३५५
  • गैंडा : ७५२
  • अर्ना : ४९८
  • कृष्णसार : ५०७
  • हिउँचितुवा : ३९७
  • गौरगाई : ४७३
  • घडियाल गोही : १९८
  • बाह्रसिंगा : २३५१
🌳 वन व्यवस्थापन तथा संरक्षण (आर्थिक सर्वेक्षण २०८२/८३)
  • नेपालको कुल भू–भागमध्ये ३४,४२० वर्ग कि.मि. (२३.४ प्रतिशत) संरक्षित क्षेत्रको रूपमा रहेको छ।
  • ११ वटा वन संरक्षण क्षेत्र अन्तर्गत हालसम्म १,१४,१५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ।
  • वि.सं. २०८२ फागुनसम्म २३,१६२ सामुदायिक वन उपभोक्ता समूह मार्फत २५,०९,८२५ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ।
  • ३३ साझेदारी वन उपभोक्ता समूह मार्फत ४४,३६४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भएको छ।
  • ७,८३७ कबुलियती वन समूहलाई ४४,३६४ हेक्टर वन कबुलियती वनको रूपमा हस्तान्तरण गरिएको छ।
  • धार्मिक प्रयोजनका लागि २६३ धार्मिक संस्थालाई ५,४९१ हेक्टर वन क्षेत्र उपलब्ध गराइएको छ।
  • वैज्ञानिक विधि प्रयोग गरी सात प्रमुख रुख प्रजातिको Allometric Equation तयार गरिएको छ।
  • ६६३ हेक्टर क्षेत्रमा १,२२३ वनस्पति प्रजातिको पर्यास्थानीय संरक्षणको कार्य भएको छ।
  • तीमध्ये ९० वनस्पति प्रजाति संकटापन्न एवं लोपोन्मुख रहेका छन्।

🌲 विभिन्न वन समूहहरूको अवस्था

वनको प्रकार संख्या
निजी वन ५,५५२ वटा
सामुदायिक वन २३,१६२ वटा
साझेदारी वन ३३ वटा
कबुलियती वन ७,८३७ वटा
वनस्पति उद्यान ११ वटा

💰 आर्थिक उपलब्धि

  • आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म मुलुकले २ करोड १६ लाख क्यूबिक फिट काठ उत्पादन गर्न सफल भएको छ।
  • २३ हजार २७९ चट्टा दाउरा उत्पादन भएको छ।
  • वन क्षेत्रबाट मात्रै राज्यले १ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
  • चालु आर्थिक वर्षको फागुनसम्म वन तथा वातावरणका विभिन्न कार्यक्रममार्फत १९ लाख १५ हजार ३१६ कार्यदिन बराबरको रोजगारी सिर्जना भएको छ।
📌 लोकसेवा / शिक्षक सेवा आयोगका लागि महत्वपूर्ण तथ्य:

✔ संरक्षित क्षेत्र = २३.४%
✔ सामुदायिक वन = २३,१६२ वटा
✔ कबुलियती वन = ७,८३७ वटा
✔ वनस्पति उद्यान = ११ वटा
✔ वन क्षेत्रबाट राजस्व = १ अर्ब ८९ करोड रुपैयाँ

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url