के हो क्लाउड सिडिङ प्रविधि ?
के हो क्लाउड सिडिङ प्रविधि ?
===========================
प्राकृतिक रुपमा वर्षा नहुँदा कृत्रिम तरिकाले बादललाई वर्षामा बदल्ने तकनिक नै क्लाउड सिडिङ हो । यसमा सिल्भर आयोडाइड, पोटाशियम आयोडाइड र ड्राई आइस (सलिड कार्बन डाईअक्साइड) जस्ता रसायनलाई हवाईजहाजबाट बादल नजिकै छरिन्छ । सिल्भर आयोडाइडको सम्पर्कमा आउने बित्तिकै बादलमा भएका बाफ चिसिएर वर्षाको पानीमा बदलिन्छन् र वर्षा हुन थाल्छ ।
यो तरिकाबाट वर्षा हुन् करिब आधा घण्टा लाग्छ । अमेरिकी वैज्ञानिक विन्सेन्ट जे शेफरले पहिलो पटक क्लाउड सिडिङबाट वर्षा गराएका थिए । अहिले अमेरिका, चीनसमेत विश्वका ६० भन्दा धेरै देशले वर्षा गराउन यो टेकनिक प्रयोग गरिरहेका छन् । प्रायः जसो सुख्खा प्रभावित क्षेत्र वा वायु प्रदूषण कम गर्न यो प्रविधिको प्रयोग हुने गरेको छ । विमानस्थलआसपासको तुवाँलो हटाउन पनि यसलाई प्रयोग गर्ने गरिएको छ । वर्षा वा हिमपात बढाउन वा खास स्थानमा एक दुई दिन अगावै वर्षा गराउनु पनि क्लाउड सिडिङको प्रयोग हुन्छ ।

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url