| नमूना प्रश्नोत्तरहरू सेट १ |
|---|
|
१. पाभलभले कुकुरको र्याल आउने प्रक्रियालाई कति खण्डमा विभाजन गरेका थिए ? क. ४ ख. ५ ग. ३ घ. २ |
|
२. तलका मध्ये उत्तेजना प्रतिक्रिया सिद्धान्त (S-R Theory) कुन हो ? क. सम्बन्ध प्रत्यावर्तन ख. बहुबुद्धिको सिद्धान्त ग. अन्तर्दृष्टि सिकाइ सिद्धान्त घ. सामाजिक संरचनावादको सिद्धान्त |
|
३. स्वाभाविक उत्तेजना वा प्राकृतिक उत्तेजनासँग अस्वाभाविक उत्तेजनाको सम्बन्ध जोडेर अस्वाभाविक उत्तेजनाले पनि स्वाभाविक उत्तेजनाले जस्तै प्रतिक्रिया दिन्छ र प्राणीको व्यवहारमा परिवर्तन देखा पर्छ भने त्यसलाई भनिन्छ । क. सम्बन्ध प्रत्यावर्तन ख. कार्यपरक सिकाइ ग. अन्तर्दृष्टि सिकाइ सिद्धान्त घ. प्रयत्न र भूलको सिद्धान्त |
|
४. उत्तेजनाहरूलाई छुट्याउन सक्नुलाई ........ भनिन्छ । क. उद्दीपक सामान्यीकरण ख. उद्दीपक विभेदीकरण ग. स्वतः प्राप्ति घ. विलोपन |
|
५. उत्तेजनाको विभेदीकरण पश्चात प्रतिक्रिया नदेखाउनु के भनिन्छ ? क. उद्दीपक सामान्यीकरण ख. उद्दीपक विभेदीकरण ग. स्वतः प्राप्ति घ. विलोपन |
|
६. कुनै पनि प्रतिक्रिया हराएपछि केही समयको अन्तरालपछि उद्दीपकको सहायताले पुनः प्राप्त गर्न सकिन्छ भने त्यसलाई के भनिन्छ ? क. उद्दीपक सामान्यीकरण ख. उद्दीपक विभेदीकरण ग. स्वतः प्राप्ति घ. विलोपन |
|
७. कुनै पनि कार्य गर्न प्राणीलाई क्रियाशील बनाउने तत्वलाई के भनिन्छ ? क. पुनर्बल ख. प्रतिक्रिया ग. पृष्ठपोषण घ. अभ्यास |
|
८. तोकिएको निश्चित प्रतिक्रियापछि पुनर्बल दिने प्रक्रियालाई पुनर्बल तालिका भनिन्छ । क. निश्चित अनुपात पुनर्बल तालिका (Fixed ratio reinforcement schedule) ख. चलयुक्त अनुपात पुनर्बल तालिका (Variable ratio reinforcement schedule) ग. निश्चित अवधि पुनर्बल तालिका (Fixed interval ratio reinforcement schedule) घ. चलयुक्त अन्तर पुनर्बल तालिका (Variable interval reinforcement schedule) |
|
९. पहिलो पुनर्बल जति छोटो प्रतिक्रिया देखाएपछि दिइन्छ त्यति अनुपातमा नभएर आवश्यकतानुसार कम वा बढी प्रतिक्रिया वा कार्य गरेपछि पुनर्बल दिने प्रक्रियालाई ........ पुनर्बल तालिका भनिन्छ । क. निश्चित अनुपात पुनर्बल तालिका (Fixed ratio reinforcement schedule) ख. अनिश्चित वा चलयुक्त अनुपात पुनर्बल तालिका (Variable ratio reinforcement schedule) ग. निश्चित अवधि पुनर्बल तालिका (Fixed interval ratio reinforcement schedule) घ. चलयुक्त अन्तर पुनर्बल तालिका (Variable interval reinforcement schedule) |
|
१०. प्राणीलाई प्रदान गरिने पुनर्बलको समय निश्चित नभए प्रतिक्रिया ........ क. निश्चित अनुपात पुनर्बल तालिका (Fixed ratio reinforcement schedule) ख. अनिश्चित वा चलयुक्त अनुपात पुनर्बल तालिका (Variable ratio reinforcement schedule) ग. निश्चित अवधि पुनर्बल तालिका (Fixed interval ratio reinforcement schedule) घ. अनिश्चित वा चलयुक्त अन्तर पुनर्बल तालिका (Variable interval reinforcement schedule) |
|
११. तल दिइएका मध्ये कक्षा शिक्षणमा कार्यपरक सम्बन्ध सिकाइ सिद्धान्तको प्रयोगसम्बन्धी कथन कुन सही हो ? क. कक्षा शिक्षणमा शिक्षण मेसिन (Teaching machine) को रूपमा प्रयोग गर्नु ख. कार्यक्रमबद्ध वा योजनाबद्ध शिक्षण (Programmed instruction) को विकास गरी शिक्षण गर्नु ग. कक्षाकोठामा उपयुक्त पुनर्बललाई उपयुक्त रूपमा प्रयोग गर्नु घ. माथिका सबै |
|
१२. प्रयत्न र भूल सिकाइ सिद्धान्त (Trial and Error Learning Theory) कसले प्रतिपादन गरेका हुन् ? क. पाभलभ ख. स्किनर ग. कोहलर घ. थर्नडाइक |
| नमूना प्रश्नोत्तरहरू (क्रमशः) |
|---|
|
१३. प्रयत्नशील सिकाइको मूल आधार मान्ने सिद्धान्त कुन हो ? क. सम्बन्ध प्रत्यावर्तन ख. कार्यपरक सिद्धान्त ग. अन्तर्दृष्टि सिकाइ सिद्धान्त घ. प्रयत्न र भूलको सिद्धान्त |
|
१४. जब प्राणीले बहु प्रतिक्रियाहरू देखाउँछ तब राम्रो नराम्रो छुट्याएर एउटै रूपमा आफ्नो प्रतिक्रिया देखाउँछ, त्यसलाई ........ भनिन्छ । क. अभ्यास ख. पुनर्बल ग. प्रेरणा घ. प्रयत्न |
|
१५. प्राणीले देखाउने थुप्रै प्रतिक्रियाहरू मध्ये मिल्दो जुल्दो प्रतिक्रियाहरूको श्रृङ्खलाबद्धतालाई के भनिन्छ ? क. Multiple response and chaining ख. Response and chaining ग. Chaining घ. Response |
|
१६. थर्नडाइकले प्रतिपादन गरेको सिकाइका प्राथमिक नियमहरू (Primary/Major/Basic laws of learning) अन्तर्गत कुन पर्दछ ? क. बहुप्रतिक्रियाको नियम ख. अभ्यासको नियम ग. समानताको नियम घ. मनोवृत्तिको नियम |
|
१७. थर्नडाइकले प्रतिपादन गरेको सिकाइका सहायक नियमहरू (Secondary or Subordinate laws of learning) अन्तर्गत कुन पर्दछ ? क. बहुप्रतिक्रियाको नियम ख. तत्परताको नियम ग. समानताको नियम घ. मनोवृत्तिको नियम |
|
१८. थर्नडाइकले सन १९३० पछि अभ्यासको नियमलाई कुन रूपमा व्याख्या गरेका छन् ? क. कुनै कामलाई बारम्बार गर्दा जाँदा वा त्यसको पुनरावृत्ति गर्दा जाँदा त्यसलाई छिटो सिकिन्छ ख. अभ्यासले कार्य कुशलतामा पनि अभिवृद्धि गराउँछ ग. बारम्बार अभ्यास गर्दा काममा त्रुटि एवम् सिकाइमा लाग्ने समय कमि हुन्छ घ. परिणामको ज्ञान नभई केवल अभ्यासले मात्र सिकाइमा सुधार हुन सक्दैन |
|
१९. उद्दीपक र प्रतिक्रियाबीच सम्बन्ध स्थापना हुनुलाई के भनिन्छ ? क. बहुप्रतिक्रिया ख. साहचर्य ग. मानसिक विकास घ. मनोवृत्ति |
|
२०. दुई ओटा उत्तेजनाबीच नजिकको सम्बन्ध वा घनिष्ठ सम्बन्ध स्थापना हुनुलाई के भनिन्छ ? क. बहुप्रतिक्रियाको नियम ख. अभ्यासको नियम ग. समानताको नियम घ. मनोवृत्तिको नियम |
|
२१. थर्नडाइकले प्रतिपादन गरेको सिकाइका सहायक साहचर्यको नियम (Secondary law of association) मा कुन पर्दछ ? क. समानताको नियम ख. बारम्बारताको नियम ग. समानताको नियम घ. विरोधको नियम |
|
२२. थर्नडाइकले प्राथमिक र सहायक नियमको प्रतिपादन कहिले गरेका हुन् ? क. सन १९१५ ख. सन १९२० ग. सन १९४४ घ. सन १९१३ |
|
२३. कुनै पनि विषय वा घटना वा परिस्थितिसँग सम्बन्धित भएर वा मिलेर वा समूह बनाएर बुझ्नुलाई ........ भनिन्छ । क. Belongingness ख. Learning ग. Relationship घ. Association |
|
२४. थर्नडाइकको प्रयत्न र भूल सिकाइ सिद्धान्तको शैक्षिक प्रयोग कुन हो ? क. सिकाइ द्रुतगति ध्यान दिनु ख. सिकाइ मजबुत बनाउन अभ्यास कार्यमा जोड दिनु ग. सिकाइका लागि सुहाउँदो वातावरण सिर्जना गर्नु घ. माथिका सबै |
|
२५. अन्तर्दृष्टि सिकाइको सिद्धान्त कुन मनोविज्ञानको उपज हो ? क. गेस्टाल्ट मनोविज्ञान ख. बालमनोविज्ञान ग. प्राणी मनोविज्ञान घ. शिक्षा मनोविज्ञान |
|
२६. अन्तर्दृष्टि सिकाइको सिद्धान्त कुन सिद्धान्तको विकासमा आएको हो ? क. प्रयत्न र भूलको सिद्धान्त ख. शास्त्रीय सम्बन्धन प्रत्यावर्तनको सिद्धान्त ग. कार्यपरक सम्बन्धनको सिद्धान्त घ. माथिका सबै |
|
२७. प्रत्याक्षीकरण (Perception) लाई सिकाइको प्रमुख माध्यम मान्ने सिद्धान्त कुन हो ? क. कार्यपरक सम्बन्धनको सिद्धान्त ख. शास्त्रीय सम्बन्धनको सिद्धान्त ग. अन्तर्दृष्टि सिकाइ सिद्धान्त घ. प्रयत्न र भूलको सिद्धान्त |
|
२८. सिक्ने व्यक्तिले आफ्नो तर्क, विवेक, चिन्तन, सोच विचार गरेर, विभिन्न विकल्पहरूबाट उत्तम विकल्प छनोट गरी समस्या समाधानका लागि एउटै विकल्पमा केन्द्रित हुने प्रक्रियालाई के भनिन्छ ? क. प्रत्याक्षीकरण ख. मूल्याङ्कन ग. सामान्यीकरण घ. केन्द्रीय मध्यस्थता प्रक्रिया |
|
२९. सिकाइले विद्यमान परिस्थिति वा समस्याको सम्पूर्ण पक्षको निरीक्षण, अनुमान, व्याख्या गरी आपसीसम्बन्ध खोजेर समस्याको समाधान गर्ने प्रक्रियालाई के भनिन्छ ? क. नयाँ सम्बन्धको खोजी ख. सिकाइ ग. प्रत्याक्षीकरण घ. केन्द्रीय मध्यस्थता प्रक्रिया |
| प्रश्न ३० – ३३ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
३०. समस्याको प्रत्यक्षीकरणबाट व्यक्तिको व्यवहारमा एक्कासी जुन परिवर्तन आउँछ त्यसलाई सिकाइ प्रक्रियाको …. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
३१. अन्तर्दृष्टि सिकाइको विशेषतामा कुन पर्दैन ? |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
३२. अन्तर्दृष्टिको विकासमा प्रभाव पार्ने प्रमुख तत्व कुन हो ? |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
३३. अन्तर्दृष्टिको सिकाइ सिद्धान्तलाई तलको कुन कार्यका लागि प्रयोग गर्न सकिन्छ ? |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उत्तरमाला (Answers Key) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नमूना प्रश्नोत्तर सेट – २ |
|---|
|
१. मनोविज्ञानलाई चेतनाको विज्ञान भनी परिभाषित कसले गरेका हुन् ? क. विलियम जेम्स ख. स्किनर ग. वुड्स घ. प्लेटो |
|
२. विकासात्मक मनोविज्ञानअन्तर्गत हरेकको कुन पक्ष पर्दछ ? क. शिक्षण गर्ने विधि ख. सिकाइ सिद्धान्त ग. व्यक्तिगत भिन्नता घ. सिकाइ स्थानान्तरण |
|
३. किशोरावस्थाको विशेषता कुन होइन ? क. सङ्क्रमणपूर्ण अवस्था ख. परिवर्तनको अवस्था ग. समस्याको उमेर घ. वास्तविकता परिचालन गर्न सक्ने उमेर |
|
४. जीन पियाजेको अनुसार बाल विकासका चरणहरूमा मूर्त क्रियात्मक अवस्थाको उमेर समूह कुन हो ? क. ६–८ वर्ष ख. ७–११ वर्ष ग. ५–१४ वर्ष घ. ६–११ वर्ष |
|
५. निम्नमध्ये शिक्षा मनोविज्ञानको प्रमुख लक्ष्य कुन हो ? क. शिक्षण प्रक्रिया पहिचान गर्नु ख. सिकाइ प्रक्रिया पहिचान गर्नु ग. शिक्षकको व्यवहार अध्ययन गर्नु घ. वैज्ञानिक रूपमा सिकाइको व्यवहार अध्ययन गर्नु |
|
६. मनोविज्ञानको आधुनिक परिभाषा कुन हो ? क. आत्माको विज्ञान ख. मनको विज्ञान ग. चेतनाको विज्ञान घ. व्यवहारको विज्ञान |
|
७. मानव विकास भन्नाले के बुझिन्छ ? क. गुणात्मक परिवर्तन ख. मानसिक परिवर्तन ग. संरचनात्मक परिवर्तन घ. शारीरिक परिवर्तन |
|
८. एउटै समूहको विभिन्न पक्षको अध्ययन गर्ने विधिलाई के भनिन्छ ? क. अवलोकन विधि ख. अवस्था अध्ययन विधि ग. लम्बीय विधि घ. क्षितिजीय विधि |
|
९. क्षितिजीय विधिका प्रतिपादक को हुन् ? क. एलेन ए. स्ट्रेन ख. टेम्पलिन ग. टरम्यान घ. पियाजे |
|
१०. मानव विकासका प्रक्रियाअन्तर्गत के के पर्दछ ? क. परिपक्वता र सिकाइ ख. वंशक्रम र वातावरण ग. विकास र मनोविज्ञान घ. सिकाइ र मनोविज्ञान |
| उत्तरमाला (Answers Key) |
| १. क २. ग ३. घ ४. ख ५. घ ६. घ ७. क ८. ग ९. ख १०. क |
tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url