नेपालको इतिहास

Part 1 : गोपाल वंश, महिषपाल वंश, किराँत वंश र सोमवंश

नेपाल नामकरण
  • तिब्बती भाषामा "ने" = घर र "पा" = ऊन भन्ने अर्थ लाग्छ।
  • किराँती भाषामा "ने" = मध्य र "पा" = देश/घर भन्ने अर्थ लाग्छ।
  • नेपाल शब्दको पहिलो अभिलेख वि.सं. ५६९ को बसन्तदेवको टिस्टुङ अभिलेखमा पाइन्छ।
  • नेपाल शब्दको उल्लेख सर्वप्रथम अथर्ववेदमा भएको पाइन्छ।
Exam Focus:
नेपाल शब्दको पहिलो अभिलेख = बसन्तदेवको टिस्टुङ अभिलेख
गोपाल वंश
विषय जानकारी
प्रथम राजा भुक्तमान
अन्तिम राजा यक्ष गुप्त
राजधानी मातातीर्थ
शासन अवधि ५२१ वर्ष
पेशा गाईपालन

महत्त्वपूर्ण तथ्य

  • नेपालमा सर्वप्रथम शासन गर्ने वंश गोपाल वंश हो।
  • पशुपति ज्योतिर्लिङ्ग गोपालकालमा प्रकट भएको मानिन्छ।
  • नेमुनिले भुक्तमानलाई राजा बनाएका थिए।
  • नेपालको सबैभन्दा पुरानो वंशावली गोपाल वंशावली हो।
महिषपाल (आभीर) वंश
विषय जानकारी
प्रथम राजा वरसिंह
अन्तिम राजा भुवनसिंह
राजधानी मातातीर्थ
पेशा भैँसी पालन
राजा संख्या ३ जना
स्मरणीय सूत्र:
गोपाल = गाई पालन
महिषपाल = भैँसी पालन
किराँत वंश
विषय जानकारी
प्रथम राजा यलम्बर
अन्तिम राजा गस्ती
राजा संख्या ३२
शासन अवधि १५०० वर्ष
राजधानी गोकरण → शंखमूल

महत्त्वपूर्ण तथ्य

  • यलम्बर किराँत वंशका प्रथम राजा थिए।
  • महाभारत युद्ध छैटौं राजा हुमतीको समयमा भएको मानिन्छ।
  • किराँतहरूले पाण्डवलाई सहयोग गरेका थिए।
  • गौतम बुद्ध सातौं किराँती राजा जितेदास्तीको समयमा नेपाल आएका थिए।
  • सम्राट अशोक चौधौं किराँती राजा स्थुङ्कोको समयमा नेपाल आएका थिए।
  • सम्राट अशोकलाई नेपालको पहिलो पर्यटक मानिन्छ।
  • लुम्बिनीमा रहेको अशोक स्तम्भ नेपाल भ्रमणको प्रमाण हो।
  • किराँतहरूले पशुपतिनाथलाई किराँतेश्वर भनेर पूजा गर्थे।
Exam Focus:
प्रथम किराँती राजा = यलम्बर
नेपालको पहिलो पर्यटक = सम्राट अशोक
सोमवंश
विषय जानकारी
प्रथम राजा निमिष
अन्तिम राजा भास्कर वर्मा
शासन केन्द्र गोदावरी
  • निमिषले गोदावरीको १२ वर्षे मेला सञ्चालन गरेका थिए।
  • सोमवंशको शासन केन्द्र गोदावरी थियो।
One Liner Revision
✔ नेपालको पहिलो वंश = गोपाल वंश
✔ गोपाल वंशका प्रथम राजा = भुक्तमान
✔ महिषपाल वंशका प्रथम राजा = वरसिंह
✔ किराँत वंशका प्रथम राजा = यलम्बर
✔ नेपालको पहिलो पर्यटक = सम्राट अशोक
✔ किराँतहरूले पशुपतिनाथलाई = किराँतेश्वर
✔ सोमवंशका प्रथम राजा = निमिष
✔ सोमवंशको केन्द्र = गोदावरी
Important MCQ
1. नेपालको पहिलो वंश कुन हो?
A. लिच्छवि
B. किराँत
C. गोपाल
D. सोमवंश

उत्तर: C. गोपाल
2. किराँत वंशका प्रथम राजा को हुन्?
A. हुमती
B. यलम्बर
C. गस्ती
D. जितेदास्ती

उत्तर: B. यलम्बर
3. नेपालको पहिलो पर्यटक को मानिन्छ?
A. फाहियान
B. ह्वेनसाङ
C. सम्राट अशोक
D. गौतम बुद्ध

उत्तर: C. सम्राट अशोक
4. सोमवंशको शासन केन्द्र कहाँ थियो?
A. भक्तपुर
B. गोदावरी
C. काठमाडौँ
D. गोर्खा

उत्तर: B. गोदावरी

नेपालको इतिहास

Part 2 : लिच्छवि वंश, मानदेव, अंशुवर्मा, नरेन्द्रदेव र गुणकामदेव

लिच्छवि वंश
  • लिच्छविहरू भारतको वैशालीबाट आएका सूर्यवंशी क्षेत्रीयहरू थिए।
  • लिच्छविहरूले पाटनको च्यासलमा ८ सय किराँतीहरूलाई मारेर राज्य लिएको मानिन्छ।
  • लिच्छविकालका प्रथम राजा जयदेव प्रथम हुन्।
  • लिच्छविकालका आदिपुरुष सुपुष्प मानिन्छन्।
  • अन्तिम लिच्छवि राजा जयकामदेव हुन्।
  • लिच्छविकालमा राजभाषा संस्कृत थियो।
  • लिच्छविकालमा बसन्तदेवको पालामा द्वैध शासन सुरु भएको थियो।
Exam Focus:
लिच्छविकाल = नेपालको स्वर्ण युग
लिच्छविकालको राजभाषा = संस्कृत
सुपुष्प
विषय जानकारी
पहिचान लिच्छविकालका आदिपुरुष
शासन अवधि ५६ वर्ष
मुख्य कार्य पशुपतिनाथमा देवल बनाएका
मानदेव
विषय जानकारी
पहिचान नेपालको पहिलो प्रामाणिक राजा
माता-पिता राज्यवती र धर्मदेव
शासन अवधि वि.सं. ५२१ देखि ५६२ सम्म
शासन समय ४१ वर्ष
छोरा महिदेव
पहिलो अभिलेख चाँगुनारायण, भक्तपुर

मानदेवले गरेका प्रमुख कार्यहरू

  • गोकरणमा बस्ती बसालेका।
  • मानगृह निर्माण गरेका।
  • सर्वप्रथम शिलालेख स्थापना गरेका।
  • मानाङ्क नामक तामाको मुद्रा प्रचलनमा ल्याएका।
  • नाग र बासुकीको पूजा सुरु गरेका।
  • चाँगुनारायणको मन्दिर निर्माण गरेका।
स्मरण सूत्र:
गोमा र तिमा नागमा चाँगुनारायण गए
अंशुवर्मा
विषय जानकारी
राजा बनाउने मामा शिवदेव प्रथम
शासन अवधि वि.सं. ६६२ देखि ६७८ सम्म
शासन समय १६ वर्ष
छोरी भृकुटी
भृकुटीको विवाह तिब्बतका सम्राट स्रङचङ गम्पोसँग
भृकुटीको बाल्यकालको नाम खुकुनी

अंशुवर्माका उपनामहरू

  • महासामन्त पदवी धारण गरेका।
  • महाराजाधिराजको उपाधि प्राप्त गरेका।
  • बोधिसत्व।
  • कलहाभिमानी।

अंशुवर्माले गरेका कार्यहरू

  • बलम्बुमा बस्ती बसालेका।
  • पञ्चाली प्रथाको सुरुवात गरेका।
  • गुप्त संवत् चलाएका।
  • बालकको सालनाल काट्ने चलन चलाएका।
  • कैलाशकुट भवन बनाएका।
  • युवराजाधिराज घोषणा गर्ने चलन चलाएका।
  • पशुपतिनाथलाई राजमान्यता दिएका।
  • वैश्रवण मुद्रा प्रचलनमा ल्याएका।
  • शब्द विद्या ग्रन्थ लेखेका।
  • चन्द्र व्याकरण लेखेका।
Exam Focus:
भृकुटी = अंशुवर्माकी छोरी
भृकुटीको विवाह = स्रङचङ गम्पोसँग
उदयदेव
  • उदयदेव शिवदेव प्रथमका छोरा थिए।
  • युवराज घोषित हुने पहिलो व्यक्ति उदयदेव हुन्।
  • तिब्बत शरण लिने पहिलो राजा उदयदेव हुन्।
  • उदयदेवलाई भाइ ध्रुवदेव र सामन्त जिष्णुगुप्तले पदच्युत गरेका थिए।
नरेन्द्रदेव
विषय जानकारी
शासन अवधि ३४ वर्ष
शासन समय वि.सं. ७०२ देखि ७३६ सम्म
बुबा उदयदेव
उपनाम लिच्छवि आकाशको पूर्ण चन्द्र

नरेन्द्रदेवले गरेका कार्यहरू

  • भद्राधिवास भवनको निर्माण गरेका।
  • रातो मच्छिन्द्रनाथको जात्रा चलाएका।
  • बोटोजात्राको प्रचलन चलाएका।
  • सिंहासन शब्द प्रचलनमा ल्याएका।
  • महाराजाधिराज परमभट्टारक उपाधि प्राप्त गरेका।
  • झ्यालमा बट्टा राख्ने चलन चलाएका।
  • द्वैध शासनको अन्त्य गरेका।
  • पण र पुराण नामक मुद्राहरू प्रचलनमा ल्याएका।
Exam Focus:
रातो मच्छिन्द्रनाथ जात्रा = नरेन्द्रदेव
बोटोजात्रा = नरेन्द्रदेव
गुणकामदेव
विषय जानकारी
अर्को नाम लक्ष्मीकामदेव
गद्दी आरोहण वि.सं. १२४१
शासन अवधि १८ वर्ष
मुख्य काम कान्तिपुर शहरको स्थापना
घर संख्या १८०० घर
खर्च १ लाख

गुणकामदेवले गरेका कार्यहरू

  • कुमारीको पूजा गर्ने चलन चलाएका।
  • कान्तिपुर शहरको स्थापना गरेका।
  • टुँडीखेलको भद्रकाली मन्दिर निर्माण गरेका।
  • लाखेजात्रा, कृष्णजात्रा, हिलेजात्रा, इन्द्रजात्राको चलन चलाएका।
  • पशुपतिमा २१ कोष चढाएका।
  • मुलहटको स्थापना गरेका।
  • लुमडीदेवी, नवदुर्गा र रक्तकालीको स्थापना गरेका।
Exam Focus:
कान्तिपुर शहरको स्थापना = गुणकामदेव
लिच्छविकालमा कसलाई के भनिन्थ्यो?
पद अर्थ
महासर्वदण्डनायकप्रधानन्यायाधीश
सर्वदण्डनायकन्यायाधीश
अमात्यमन्त्री
महाबलाध्यक्षसेनाप्रमुख
बलाध्यक्षसेनापति
प्रसादाधिकृतकार्यालय प्रमुख
भट्टारकराजाको निजी सचिव
सामन्तप्रशासक
प्रतिहारद्वारे
भटसेना / सिपाही
पौरकेन्द्रमा बस्ने जनता
जानपदप्रान्तमा बस्ने जनता
लिच्छविकालका करहरू
कर अर्थ
भागकृषि उत्पादनमा लगाइने कर
भोगपशुपालनमा लगाइने कर
करव्यापारमा लगाइने कर
सिंकरफर्निचरमा लगाइने कर
तैलकरतेलमा लगाइने कर
सुँकरसुँगुरमा लगाइने कर
चैलकरकपडामा लाग्ने कर
मल्लकरभैँसीमा लाग्ने कर
आपणकरपसलमा लाग्ने कर
पिण्डकमालपोत
One Liner Revision
✔ लिच्छविकालको प्रथम राजा = जयदेव प्रथम
✔ लिच्छविकालका आदिपुरुष = सुपुष्प
✔ लिच्छविकालको राजभाषा = संस्कृत
✔ नेपालको पहिलो प्रामाणिक राजा = मानदेव
✔ मानदेवको अभिलेख = चाँगुनारायण
✔ अंशुवर्माकी छोरी = भृकुटी
✔ भृकुटीको विवाह = स्रङचङ गम्पोसँग
✔ रातो मच्छिन्द्रनाथ जात्रा = नरेन्द्रदेव
✔ कान्तिपुर शहरको स्थापना = गुणकामदेव
✔ महासर्वदण्डनायक = प्रधानन्यायाधीश
Important MCQ
1. लिच्छविकालको राजभाषा कुन थियो?
A. नेपाली
B. संस्कृत
C. पाली
D. मैथिली

उत्तर: B. संस्कृत
2. नेपालको पहिलो प्रामाणिक राजा को हुन्?
A. अंशुवर्मा
B. नरेन्द्रदेव
C. मानदेव
D. गुणकामदेव

उत्तर: C. मानदेव
3. भृकुटी कसकी छोरी हुन्?
A. नरेन्द्रदेव
B. अंशुवर्मा
C. मानदेव
D. गुणकामदेव

उत्तर: B. अंशुवर्मा
4. कान्तिपुर शहरको स्थापना कसले गरेका हुन्?
A. मानदेव
B. नरेन्द्रदेव
C. गुणकामदेव
D. जयदेव

उत्तर: C. गुणकामदेव

नेपालको इतिहास

Part 3 : पशुपतिनाथ, मध्यकाल र मल्लकाल

पशुपतिनाथ मन्दिर सम्बन्धी जानकारी
प्रश्नउत्तर
पारसनाथ भनेर चिनिने मन्दिरपशुपति
पशुपतिको प्रथम पुजारीस्वामी शेखरानन्द
पशुपतिको अन्तिम पुजारीगणेश दत्त भट्ट
पशुपतिमा भट्ट पुजारी राख्नेयक्ष मल्ल
पशुपतिनाथको मन्दिर बनाउनेप्रचण्डदेव
पशुपतिमा देवल बनाउनेसुपुष्प
पशुपतिनाथमा सुनको छाना चढाउनेशिवदेव
पशुपतिनाथलाई स्वर्णमय बनाउनेभास्कर वर्मा
पशुपतिनाथको हालको मूर्ति बनाउनेजयसिंह देव
पशुपतिमा महास्नान गर्ने चलन चलाउनेअभय मल्ल
पशुपतिलाई राजमान्यता दिनेअंशुवर्मा
मध्यकाल
  • नेपाल संवतको सुरुवातदेखि नेपाल एकीकरणबीचको समयलाई मध्यकाल भनिन्छ।
  • यसलाई मल्लकालको रूपमा पनि लिने गरिन्छ।
  • वि.सं. ९३६ कार्तिक २५ देखि वि.सं. १८२५ सम्मको ८८९ वर्षको अवधि मध्यकाल हो।
  • राजा राघवदेवको पालामा शंखधर साख्वाले नेपाल संवत सुरु गरेका हुन्।
  • वि.सं. २०५६ मंसिर २ गते शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरियो।
  • वि.सं. २०६५ सालमा नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिइयो।
Exam Focus:
नेपाल संवत् सुरु गर्ने = शंखधर साख्वा
नेपाल संवत् सुरु भएको समय = राजा राघवदेवको पालामा
मल्लकाल
  • मल्लहरू भारतको कुशीनगरबाट शरणार्थीको रूपमा नेपाल आएका थिए।
  • प्रथम मल्ल राजा अरिदेव मल्ल हुन्।
  • संगठित मल्ल राज्यका अन्तिम राजा यक्ष मल्ल हुन्।
  • मल्लकालमा एकीकृत उपत्यकाको राजधानी भक्तपुर थियो।
  • नेपालमा मुसलमानहरूको प्रवेश रत्न मल्लको पालामा भएको पाइन्छ।
राज्यप्रथम मल्ल राजाअन्तिम मल्ल राजा
कान्तिपुररत्न मल्लजयप्रकाश मल्ल
पाटनरण मल्लतेजनरसिंह मल्ल
भक्तपुरराय मल्लरणजीत मल्ल
अभय मल्ल
  • भूकम्पमा परेर मर्ने राजा।
  • नेपाललाई बाइसे–चौबिसे राज्यमा विभाजन भएको मानिन्छ।
  • पशुपतिमा महास्नान गराउने राजा।
यक्ष मल्ल
  • यक्ष मल्लको पालामा काठमाडौं उपत्यका विभाजन भएको थियो।
  • नेपाल मण्डलेश्वर उपाधि धारण गरेका थिए।
  • भक्तपुरको दत्तात्रेय मन्दिर निर्माण गरेका थिए।
  • भक्तपुर दरबारलाई चारैतिर पर्खालले घेरेका थिए।
  • एकीकृत उपत्यकाका अन्तिम राजा हुन्।
  • पशुपतिमा भारतका भट्ट पुजारी राख्ने चलन चलाएका थिए।
महेन्द्र मल्ल
  • प्रजाले खाएपछि मात्र खाने राजा।
  • महेन्द्र मल्ल मुद्रा चलाउने राजा।
  • काठमाडौंको तलेजु मन्दिर निर्माण गरेका।
  • श्वेत विनायक जात्राको चलन चलाएका।
  • राजहंस र सिकार बाज दिल्लीका बादशाहलाई उपहार चढाएका।
लक्ष्मी नरसिंह मल्ल
  • मल्लकालका बौलाहा राजा भनेर चिनिन्छन्।
  • काष्ठमण्डपको निर्माण गराएका।
  • काष्ठमण्डपलाई मरुसत्तल पनि भनिन्छ।
  • काष्ठमण्डपको निर्माण विशेत नामक व्यक्तिले गरेका हुन्।
जयस्थिति मल्ल
  • जग्गालाई अब्बल, दोयम, सीम र चाहार गरी ४ भागमा विभाजन गरेका।
  • समाजलाई ४ वर्ण ३६ जातमा विभाजन गरेका।
  • मानव न्यायशास्त्रका रचनाकार।
  • अपराधीलाई आर्थिक सजाय दिने राजा।
प्रताप मल्ल
  • कुचविहारबाट डोला झिकाई विवाह गर्ने राजा।
  • रानीपोखरी निर्माण वि.सं. १७२७ मा गरेका।
  • १५ भाषाका ज्ञाता थिए।
  • हनुमानढोकाको निर्माण वि.सं. १७०७ मा गरेका।
  • सेतो मच्छिन्द्रनाथको रथयात्राको परम्परा चलाएका।
  • दक्षिणकाली मन्दिर स्थापना गरेका।
  • राजाहरू बुढानीलकण्ठको दर्शन गर्न जान छाडेको पालादेखि मानिन्छ।
  • आफ्नो नामको अगाडि “कविन्द्र” लेख्ने राजा।
जयप्रकाश मल्ल
  • कुमारीको रथ तान्ने चलन चलाएका।
  • बालाजुको २१ धारा बनाएका।
  • घोडेजात्राको चलन चलाएको मानिन्छ।
  • सुनको मुद्रा प्रयोगमा ल्याएका।
  • मल्लकालका अभागी राजा भनेर चिनिन्छन्।
  • विश्वकै सबैभन्दा सानो जावा मुद्रा निकाल्ने राजा।
सिद्धिनरसिंह मल्ल
  • गर्मीमा पञ्चाग्नि ताप्ने र जाडोमा चिसो ढुङ्गामा बस्ने राजा।
  • नेपालको इतिहासमा राजर्षि हुने पहिलो व्यक्ति।
  • पाटनको २१ गजुर भएको कृष्ण मन्दिर बनाएका।
  • कार्तिक नाचको प्रचलन चलाएका।
  • छालाको मुद्रा प्रचलनमा ल्याएका।
  • हरिश्चन्द्र र नरसिंह नाच चलाएका।
योगनरेन्द्र मल्ल
  • हालसम्म पनि जीवित रहेको मानिने राजा।
  • उनको मृत्यु हुँदा ३१ जना रानीहरू सती गएका थिए।
  • तिमाखुमा विष मिसाई षड्यन्त्रपूर्वक मारिएका राजा।
कुन मल्ल राजा कसरी मरे?
मल्ल राजामृत्युको कारण
अभय मल्लभूकम्पमा परेर
योगनरेन्द्र मल्लतिमाखुमा विष मिसाएर
भास्कर मल्लप्लेग रोग लागेर
विश्वजीत मल्लपरस्त्रीसँग लागेको आरोपमा काटिएर
प्रताप मल्लहरिसिद्धिको नाच हेर्दाहेर्दै
मल्लकालीन पद तथा निकायहरू
पद / निकायअर्थ
चौताराप्रधानमन्त्री
अमात्यमन्त्रीसरहको पद
विषयजिल्ला
थकालीपञ्चहरूको मुख्य व्यक्ति
भारदारी सभाराजसभा
उमरागाउँस्तरको प्रशासक
कोट्टनायककिल्ला रक्षक
प्रजापञ्चगाउँ वा नगरका शासक
महापात्रस्थानीय शासक
सेनाध्यक्षराज्यको सुरक्षा हेर्ने
टक्सारसिक्का छाप्ने
चरिदारअनुसन्धान अधिकृत
कोतवालशान्ति सुरक्षा हेर्ने
द्वारेगाउँको झैझगडा हेर्ने प्रधान
खरिदारदेशभरि भ्रमण गरी न्याय दिने
कसले के चलाए?
चलन / जात्राचलाउने राजा
रातो मच्छिन्द्रनाथको रथयात्रानरेन्द्रदेव
सेतो मच्छिन्द्रनाथको रथयात्राप्रताप मल्ल
घोडेजात्राजयप्रकाश मल्ल
गाईजात्राजगतप्रताप मल्ल
इन्द्रजात्रागुणकामदेव
बिस्केट जात्राजगज्योति मल्ल
लाखे जात्रागुणकामदेव
झ्यालमा बट्टा राख्नेनरेन्द्रदेव
झ्यालमा ऐना राख्नेरणजीत मल्ल
गुप्त संवत्अंशुवर्मा
One Liner Revision
✔ मध्यकाल = नेपाल संवतदेखि नेपाल एकीकरणसम्म
✔ नेपाल संवत् सुरु गर्ने = शंखधर साख्वा
✔ प्रथम मल्ल राजा = अरिदेव मल्ल
✔ एकीकृत उपत्यकाका अन्तिम राजा = यक्ष मल्ल
✔ कान्तिपुरका अन्तिम मल्ल राजा = जयप्रकाश मल्ल
✔ रानीपोखरी बनाउने = प्रताप मल्ल
✔ मानव न्यायशास्त्र = जयस्थिति मल्ल
✔ पाटनको कृष्ण मन्दिर = सिद्धिनरसिंह मल्ल
✔ चौतारा = प्रधानमन्त्री
✔ टक्सार = सिक्का छाप्ने निकाय
Important MCQ
1. नेपाल संवत् कसले सुरु गरेका हुन्?
A. जयस्थिति मल्ल
B. शंखधर साख्वा
C. प्रताप मल्ल
D. यक्ष मल्ल

उत्तर: B. शंखधर साख्वा
2. प्रथम मल्ल राजा को हुन्?
A. अरिदेव मल्ल
B. यक्ष मल्ल
C. प्रताप मल्ल
D. जयप्रकाश मल्ल

उत्तर: A. अरिदेव मल्ल
3. रानीपोखरी कसले बनाएका हुन्?
A. जयप्रकाश मल्ल
B. प्रताप मल्ल
C. सिद्धिनरसिंह मल्ल
D. यक्ष मल्ल

उत्तर: B. प्रताप मल्ल
4. मानव न्यायशास्त्रका रचनाकार को हुन्?
A. जयस्थिति मल्ल
B. महेन्द्र मल्ल
C. लक्ष्मी नरसिंह मल्ल
D. योगनरेन्द्र मल्ल

उत्तर: A. जयस्थिति मल्ल

नेपालको इतिहास

Part 4 : शाहवंश, गोरखाका शाह राजा र पृथ्वीनारायण शाह

शाहवंश
  • नेपालका शाहवंशी राजाहरूको पुख्र्यौली थलो राजस्थानको चित्तौडगढ मानिन्छ।
  • शाहवंशी पहिलो राजा कुलमण्डन खाँ हुन्।
  • कुलमण्डन खाँको जन्म गुल्मीको मालिका गाउँपालिकामा भएको मानिन्छ।
  • कुलमण्डन खाँ कास्कीका राजा थिए।
  • कुलमण्डन खाँले कास्की राज्य हात पारेपछि दिल्लीका बादशाहले उनलाई फारसी उपाधि “शाह” दिएका थिए।
  • “शाह” उपाधिको अर्थ राजा हो।
Exam Focus:
शाहवंशका पहिलो राजा = कुलमण्डन खाँ
शाह उपाधि = दिल्लीका बादशाहले दिएका
गोरखाका शाहवंशी राजाहरू
क्रमराजा
द्रव्य शाह
पुरन्दर शाह
छत्र शाह
राम शाह
डम्बर शाह
श्रीकृष्ण शाह
रुद्र शाह
पृथ्वीपति शाह
नरभूपाल शाह
१०पृथ्वीनारायण शाह
द्रव्य शाह वि.सं. १६१६ भदौ २५ गते गोरखाका राजा भएका थिए।
एकीकरण पछिका शाहवंशी राजा
क्रमराजाशासन अवधि
पृथ्वीनारायण शाहवि.सं. १८२५–१८३१
प्रतापसिंह शाहवि.सं. १८३१–१८३४
रणबहादुर शाहवि.सं. १८३४–१८५५
गीर्वाणयुद्ध विक्रम शाहवि.सं. १८५५–१८७३
राजेन्द्र विक्रम शाहवि.सं. १८७३–१९०४
सुरेन्द्र विक्रम शाहवि.सं. १९०४–१९३८
पृथ्वी वीर विक्रम शाहत्रैलोक्यका छोरा
त्रिभुवन वीर विक्रम शाहवि.सं. १९६८–२००७
महेन्द्र वीर विक्रम शाहवि.सं. २०११–२०२८
१०वीरेन्द्र वीर विक्रम शाहवि.सं. २०२८–२०५८
११दीपेन्द्र वीर विक्रम शाहवि.सं. २०५८
१२ज्ञानेन्द्र वीर विक्रम शाहवीरेन्द्रका भाइ
पृथ्वीनारायण शाह
विषयजानकारी
जन्मवि.सं. १७७९ पौष २७
माता-पिताकौशल्यावती र नरभूपाल शाह
शासन अवधि३२ वर्ष
शासन समयवि.सं. १७९९–१८३१
निधनवि.सं. १८३१ माघ १ गते, नुवाकोटको देवीघाटमा
मीतवीरनरसिंह मल्ल
छोराहरूप्रतापसिंह शाह र बहादुर शाह
छोरीविलासकुमारी
मावलपाल्पा
पृथ्वीनारायण शाहका विवाह
विवाहरानीसम्बन्धवि.सं.
पहिलोइन्द्रकुमारीमकवानपुरका राजा हेमकर्ण सेनकी छोरी१७९४
दोस्रोनरेन्द्रलक्ष्मीकाशीका राजपूत अभिमान सिंहकी छोरी१७९५
पृथ्वीनारायण शाहका महत्वपूर्ण कार्यहरू
  • नेपाल एकीकरण अभियानको सुरुवात गरेका।
  • काठमाडौंलाई नेपालको राजधानी घोषणा गरेका।
  • काठमाडौंलाई राजधानी घोषणा गरेको मिति वि.सं. १८२६ चैत्र १० हो।
  • पहिलो आक्रमण नुवाकोटमा गरेका।
  • १२ वर्षे पूजा परम्पराको थालनी गरेका।
  • बसन्तपुरको नौतले दरबार निर्माण गरेका।
  • लालमोहर लगाउने प्रचलन चलाएका।
  • राष्ट्रिय झण्डा प्रचलनमा ल्याएका।
  • खरिदार पदको चलन चलाएका।
Exam Focus:
पृथ्वीनारायण शाहको जन्म = वि.सं. १७७९ पौष २७
निधन = वि.सं. १८३१ माघ १, देवीघाट
पृथ्वीनारायण शाहले जितेका प्रमुख राज्य
राज्यवि.सं.
नुवाकोट१८०१
मकवानपुर१८१९
कीर्तिपुर१८२२
काठमाडौं१८२५
पाटन१८२५
भक्तपुर१८२६
पृथ्वीनारायण शाहका भनाइ / दिव्योपदेश
  • नेपाल दुई ढुंगाबीचको तरुल हो।
  • घूस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्।
  • प्रजा मोटा भए दरबार बलियो हुन्छ।
  • खानी भएको ठाउँमा गाउँ भए पनि गाउँ सार्नू।
  • न्याय निसाफ बिगार्ने भनेको घूस दिने र घूस खाने हुन्।
  • विदेशी कपडा लगाउन नदिनू, स्वदेशी कपडा लगाउनू।
  • देशका महाजनहरूलाई देशमै राख्नू।
लोकसेवा/TSC का लागि महत्वपूर्ण:
दिव्योपदेशमा पृथ्वीनारायण शाहको राजनीति, अर्थनीति, कूटनीति र प्रशासनिक सोच देखिन्छ।
प्रतापसिंह शाह
  • पृथ्वीनारायण शाहपछि राजा भएका।
  • छोटो समय शासन गरेका।
  • उनका छोरा रणबहादुर शाह थिए।
रणबहादुर शाह
  • प्रतापसिंह शाहपछि राजा भएका।
  • गीर्वाणयुद्ध विक्रम शाहका पिता।
  • नेपालको शाहकालीन इतिहासमा महत्वपूर्ण तर विवादास्पद राजा मानिन्छन्।
गीर्वाणयुद्ध विक्रम शाह
  • डेढ वर्षको सानो उमेरमा राजा भएका।
  • शाहवंशका सबैभन्दा सानो उमेरमा राजा हुने व्यक्ति।
  • वीर विक्रम उपाधि पाउने प्रथम शाहवंशी राजा।
  • उनको निधन शीतला रोगका कारण भएको थियो।
  • हनुमानढोकाको नगरा निर्माण गराउन लगाएका।
राजेन्द्र विक्रम शाह
  • राजेन्द्र विक्रम शाहले ३१ वर्ष शासन गरे।
  • उनको शासन अवधि वि.सं. १८७३–१९०४ हो।
  • पनातिको पनि राज्यारोहण देख्ने राजा हुन्।
  • जंगबहादुरले राजगद्दीबाट पदच्युत गरी बन्दी बनाएका राजा।
  • अलौ पर्वलाई राजाले घटाएको पर्व भनिन्छ।
सुरेन्द्र विक्रम शाह
  • सुरेन्द्र विक्रम शाहले १८ वर्ष शासन गरे।
  • उनको शासन अवधि वि.सं. १९०४–१९३८ हो।
  • जंगबहादुरलाई श्री ३ को पदवी दिने राजा हुन्।
  • नेपालको इतिहासमा “बहुला युवराज” भनेर चिनिन्छन्।
  • पहिलो मुलुकी ऐन उनको पालामा वि.सं. १९१० मा जारी भएको थियो।
One Liner Revision
✔ शाहवंशको पुख्र्यौली थलो = चित्तौडगढ, राजस्थान
✔ शाहवंशी पहिलो राजा = कुलमण्डन खाँ
✔ गोरखाका पहिलो शाह राजा = द्रव्य शाह
✔ द्रव्य शाह गोरखाका राजा = वि.सं. १६१६ भदौ २५
✔ पृथ्वीनारायण शाहको जन्म = वि.सं. १७७९ पौष २७
✔ पृथ्वीनारायण शाहका पिता = नरभूपाल शाह
✔ पृथ्वीनारायण शाहकी माता = कौशल्यावती
✔ पृथ्वीनारायण शाहको निधन = वि.सं. १८३१ माघ १
✔ निधन स्थान = देवीघाट, नुवाकोट
✔ पहिलो आक्रमण = नुवाकोट
✔ काठमाडौं राजधानी घोषणा = वि.सं. १८२६ चैत्र १०
✔ पहिलो मुलुकी ऐन = वि.सं. १९१०
Important MCQ
1. शाहवंशका पहिलो राजा को हुन्?
A. द्रव्य शाह
B. कुलमण्डन खाँ
C. नरभूपाल शाह
D. पृथ्वीनारायण शाह

उत्तर: B. कुलमण्डन खाँ
2. द्रव्य शाह कहिले गोरखाका राजा भए?
A. वि.सं. १६१६ भदौ २५
B. वि.सं. १७७९ पौष २७
C. वि.सं. १८०१
D. वि.सं. १८२५

उत्तर: A. वि.सं. १६१६ भदौ २५
3. पृथ्वीनारायण शाहको जन्म कहिले भएको हो?
A. वि.सं. १७९९
B. वि.सं. १७७९ पौष २७
C. वि.सं. १८३१ माघ १
D. वि.सं. १८२६ चैत्र १०

उत्तर: B. वि.सं. १७७९ पौष २७
4. पृथ्वीनारायण शाहको पहिलो आक्रमण कहाँ भएको थियो?
A. कीर्तिपुर
B. काठमाडौं
C. नुवाकोट
D. मकवानपुर

उत्तर: C. नुवाकोट
5. पहिलो मुलुकी ऐन कसको पालामा जारी भयो?
A. पृथ्वीनारायण शाह
B. गीर्वाणयुद्ध शाह
C. राजेन्द्र विक्रम शाह
D. सुरेन्द्र विक्रम शाह

उत्तर: D. सुरेन्द्र विक्रम शाह

नेपालको इतिहास

Part 5 : नेपाल एकीकरण, बहादुर शाह, अङ्ग्रेज–नेपाल युद्ध र सुगौली सन्धि

नेपाल एकीकरण अभियान
  • नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह हुन्।
  • एकीकरण अभियानको प्रारम्भ नुवाकोट विजयबाट भएको मानिन्छ।
  • नुवाकोट विजय वि.सं. १८०१ असोज १५ गते भएको थियो।
  • काठमाडौं विजय वि.सं. १८२५ इन्द्रजात्राको दिन भएको थियो।
  • पाटन विजय वि.सं. १८२५ आश्विन २५ गते भएको थियो।
  • भक्तपुर विजय वि.सं. १८२६ मंसिर १ गते भएको थियो।
  • उपत्यका विजयपछि काठमाडौंलाई राजधानी बनाइयो।
Exam Focus:
नुवाकोट विजय = वि.सं. १८०१ असोज १५
काठमाडौं विजय = वि.सं. १८२५
बहादुर शाह
विषय जानकारी
पहिचान नेपाल एकीकरणका दोस्रो नायक
सम्बन्ध पृथ्वीनारायण शाहका कान्छा छोरा
भूमिका राजप्रतिनिधि (Regent)
योगदान नेपालको भूभाग विस्तार
  • बहादुर शाहले नेपालको पश्चिम र पूर्व दुवैतर्फ विस्तार अभियान चलाएका थिए।
  • कुमाउँ, गढवाल, कांगडा लगायतका क्षेत्रमा नेपाली प्रभाव विस्तार भएको थियो।
  • नेपालको क्षेत्रफल सबैभन्दा ठूलो बहादुर शाहको पालामा पुगेको मानिन्छ।
स्मरणीय:
नेपाल एकीकरणका प्रथम नायक = पृथ्वीनारायण शाह
नेपाल एकीकरणका दोस्रो नायक = बहादुर शाह
भीमसेन थापा
  • नेपालका प्रथम मुख्तियार (Prime Minister equivalent) मानिन्छन्।
  • वि.सं. १८६३ देखि १८९४ सम्म शक्तिशाली मुख्तियार थिए।
  • नेपालको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने मुख्तियार हुन्।
  • धरहरा निर्माण गराएका।
  • बाग दरबार निर्माण गराएका।
  • सैनिक शक्ति वृद्धि गरेका।
निर्माण व्यक्ति
धरहरा भीमसेन थापा
बाग दरबार भीमसेन थापा
सुन्धारा भीमसेन थापा
अङ्ग्रेज–नेपाल युद्ध (1814–1816)
विषय जानकारी
युद्ध अवधि 1814–1816 AD
नेपाली पक्ष भीमसेन थापा
अङ्ग्रेज पक्ष East India Company
परिणाम सुगौली सन्धि

युद्धका प्रमुख नेपाली सेनापति

  • अमरसिंह थापा
  • भक्ति थापा
  • बलभद्र कुँवर
  • रणजोर सिंह थापा
  • उजीरसिंह थापा
Exam Focus:
नालापानी युद्धका नायक = बलभद्र कुँवर
अमरसिंह थापा
  • बडाकाजी अमरसिंह थापा भनेर चिनिन्छन्।
  • नेपालका राष्ट्रिय विभूति हुन्।
  • पश्चिम नेपालका प्रमुख सेनापति थिए।
  • अङ्ग्रेज–नेपाल युद्धका प्रमुख कमाण्डर थिए।
भक्ति थापा
  • नेपालका राष्ट्रिय विभूति हुन्।
  • अङ्ग्रेजसँग लड्दा वीरगति प्राप्त गरेका।
  • नेपालका सबैभन्दा वृद्ध शहीद सेनापति मानिन्छन्।
  • देउथल युद्धमा वीरगति प्राप्त गरेका।
बलभद्र कुँवर
  • नालापानी युद्धका नायक।
  • खुकुरी युद्धका लागि प्रसिद्ध।
  • नेपाली वीरताको प्रतीक मानिन्छन्।
  • नालापानी किल्लाको रक्षा गरेका।
सुगौली सन्धि (1816)
विषय जानकारी
मिति 1816 March 4
स्थान सुगौली (बिहार)
पक्षहरू नेपाल र East India Company
परिणाम नेपालले ठूलो भूभाग गुमायो

नेपालले गुमाएका क्षेत्र

  • कुमाउँ
  • गढवाल
  • दार्जिलिङ
  • सिक्किमका केही भाग
  • तराईका केही भूभाग

सुगौली सन्धिपछि

  • मेची नदी पूर्वी सीमा बन्यो।
  • महाकाली नदी पश्चिमी सीमा बन्यो।
  • नेपालमा बेलायती रेजिडेन्ट राखियो।
Exam Focus:
सुगौली सन्धि = 1816 March 4
पश्चिमी सीमा = महाकाली नदी
पूर्वी सीमा = मेची नदी
नालापानी युद्ध
  • अङ्ग्रेज–नेपाल युद्धको सबैभन्दा प्रसिद्ध युद्ध।
  • नेपाली सेनाको नेतृत्व बलभद्र कुँवरले गरेका थिए।
  • नालापानी किल्ला देहरादुनमा रहेको छ।
  • नेपाली वीरताको विश्वप्रसिद्ध उदाहरण मानिन्छ।
One Liner Revision
✔ नेपाल एकीकरणका नायक = पृथ्वीनारायण शाह
✔ दोस्रो नायक = बहादुर शाह
✔ प्रथम मुख्तियार = भीमसेन थापा
✔ धरहरा निर्माण = भीमसेन थापा
✔ अङ्ग्रेज–नेपाल युद्ध = 1814–1816
✔ नालापानी युद्धका नायक = बलभद्र कुँवर
✔ देउथलका वीर = भक्ति थापा
✔ बडाकाजी = अमरसिंह थापा
✔ सुगौली सन्धि = 1816 March 4
✔ पश्चिमी सीमा = महाकाली नदी
✔ पूर्वी सीमा = मेची नदी
Important MCQ
1. नेपाल एकीकरणका दोस्रो नायक को हुन्?
A. भीमसेन थापा
B. बहादुर शाह
C. अमरसिंह थापा
D. रणबहादुर शाह

उत्तर: B. बहादुर शाह
2. प्रथम मुख्तियार को हुन्?
A. जंगबहादुर राणा
B. भीमसेन थापा
C. बहादुर शाह
D. रणबहादुर शाह

उत्तर: B. भीमसेन थापा
3. नालापानी युद्धका नायक को हुन्?
A. भक्ति थापा
B. अमरसिंह थापा
C. बलभद्र कुँवर
D. रणजोर सिंह थापा

उत्तर: C. बलभद्र कुँवर
4. सुगौली सन्धि कहिले भएको हो?
A. 1814
B. 1815
C. 1816 March 4
D. 1817

उत्तर: C. 1816 March 4
5. नेपालको पश्चिमी सीमा कुन नदी बन्यो?
A. कोशी
B. गण्डकी
C. कर्णाली
D. महाकाली

उत्तर: D. महाकाली

नेपालको इतिहास

Part 6 : राणाकाल, कोतपर्व, जंगबहादुर राणा र राणा शासन

राणाकाल
  • नेपालमा राणा शासन वि.सं. १९०३ असोज २ गतेदेखि सुरु भएको मानिन्छ।
  • राणा शासनको संस्थापक जंगबहादुर राणा हुन्।
  • राणा शासन १०४ वर्षसम्म कायम रह्यो।
  • राणा शासनको अन्त्य वि.सं. २००७ फागुन ७ गते भयो।
  • राणाहरूले "श्री ३ महाराज" पदवी धारण गर्थे।
Exam Focus:
राणा शासन अवधि = १०४ वर्ष
संस्थापक = जंगबहादुर राणा
कोतपर्व
विषय जानकारी
मिति वि.सं. १९०३ असोज २
स्थान काठमाडौंको कोत
कारण गगनसिंह खवासको हत्या
परिणाम जंगबहादुर शक्तिशाली बने
  • गगनसिंह खवासको हत्या भएपछि कोतमा सभा बोलाइएको थियो।
  • सभामा ठूलो नरसंहार भयो।
  • यस घटनापछि जंगबहादुर नेपालको शक्तिशाली व्यक्ति बने।
भण्डारखाल पर्व
  • कोतपर्वपछि भएको अर्को महत्वपूर्ण घटना भण्डारखाल पर्व हो।
  • जंगबहादुरका विरोधीहरूको हत्या गरिएको थियो।
  • यसले जंगबहादुरको शक्ति अझ बलियो बनायो।
अलौ पर्व
  • वि.सं. १९०४ मा भएको घटना।
  • राजा राजेन्द्र विक्रम शाहका समर्थकहरूलाई पराजित गरिएको थियो।
  • यसपछि जंगबहादुर पूर्ण रूपमा शक्तिशाली बने।
स्मरणीय:
कोतपर्व → भण्डारखाल पर्व → अलौ पर्व
जंगबहादुर राणा
विषय जानकारी
जन्म वि.सं. १८७४ असार ५
पिता बलनरसिंह कुँवर
माता गणेशकुमारी
पहिलो नाम वीर नरसिंह कुँवर
उपाधि जंगबहादुर राणा
  • बेलायत भ्रमण गर्ने पहिलो नेपाली शासक।
  • फ्रान्स भ्रमण गर्ने पहिलो नेपाली शासक।
  • श्री ३ महाराज पदवी प्राप्त गर्ने पहिलो व्यक्ति।
  • राणा शासनका संस्थापक।
जंगबहादुरका प्रमुख कार्यहरू
  • वि.सं. १९१० मा मुलुकी ऐन जारी गरे।
  • युरोप भ्रमण गरे।
  • राणा शासनको आधार तयार गरे।
  • थापाथली दरबार निर्माण गरे।
  • प्रशासनिक सुधार लागू गरे।
कार्य वर्ष
युरोप भ्रमण वि.सं. १९०६
मुलुकी ऐन वि.सं. १९१०
मुलुकी ऐन १९१०
  • नेपालको पहिलो लिखित कानुन।
  • जंगबहादुरले जारी गरेका।
  • जातीय आधारमा समाजलाई वर्गीकरण गरिएको थियो।
  • कानुनी व्यवस्थालाई व्यवस्थित बनाउने प्रयास गरिएको थियो।
Exam Focus:
नेपालको पहिलो लिखित कानुन = मुलुकी ऐन १९१०
राणा प्रधानमन्त्रीहरूको क्रम
क्रम प्रधानमन्त्री
जंगबहादुर राणा
रणोद्दीप सिंह
वीर शमशेर
देव शमशेर
चन्द्र शमशेर
भीम शमशेर
जुद्ध शमशेर
पद्म शमशेर
मोहन शमशेर
देव शमशेर
  • गोरखापत्र प्रकाशन सुरु गर्ने प्रधानमन्त्री।
  • सुधारवादी राणा प्रधानमन्त्री।
  • छोटो समय शासन गरेका।
कार्य वर्ष
गोरखापत्र प्रकाशन वि.सं. १९५८
चन्द्र शमशेर
  • दासप्रथा अन्त्य गर्ने प्रधानमन्त्री।
  • त्रिचन्द्र कलेज स्थापना गर्ने।
  • सिंहदरबार निर्माण गर्ने।
  • सतीप्रथा अन्त्य गर्ने प्रयास गरेका।
कार्य वर्ष
दासप्रथा अन्त्य वि.सं. १९८१
त्रिचन्द्र कलेज स्थापना वि.सं. १९७५
सिंहदरबार निर्माण वि.सं. १९६०
भीम शमशेर
  • धरहरा पुनर्निर्माण गराएका।
  • सडक र पुल निर्माणमा जोड दिएका।
  • आधुनिक पूर्वाधार विकासलाई प्राथमिकता दिएका।
जुद्ध शमशेर
  • वि.सं. १९९० को भूकम्पका बेला प्रधानमन्त्री थिए।
  • पुनर्निर्माण अभियान सञ्चालन गरे।
  • नेपाल बैंक स्थापना गरियो।
कार्य वर्ष
नेपाल बैंक स्थापना वि.सं. १९९४
पद्म शमशेर
  • नेपालको पहिलो संविधान जारी गर्ने प्रधानमन्त्री।
  • वि.सं. २००४ मा नेपाल सरकार वैधानिक कानुन जारी गरेका।
मोहन शमशेर
  • अन्तिम राणा प्रधानमन्त्री।
  • वि.सं. २००७ को क्रान्तिपछि राणा शासनको अन्त्य भयो।
  • राजा त्रिभुवनसँग सम्झौता गरी प्रजातन्त्रको मार्ग खुला भयो।
One Liner Revision
✔ राणा शासन संस्थापक = जंगबहादुर राणा
✔ कोतपर्व = वि.सं. १९०३ असोज २
✔ गगनसिंह खवासको हत्या पछि = कोतपर्व
✔ पहिलो लिखित कानुन = मुलुकी ऐन १९१०
✔ बेलायत जाने पहिलो नेपाली शासक = जंगबहादुर
✔ गोरखापत्र सुरु = देव शमशेर
✔ त्रिचन्द्र कलेज = चन्द्र शमशेर
✔ दासप्रथा अन्त्य = चन्द्र शमशेर
✔ नेपाल बैंक स्थापना = जुद्ध शमशेर
✔ पहिलो संविधान = पद्म शमशेर
✔ अन्तिम राणा प्रधानमन्त्री = मोहन शमशेर
Important MCQ
1. राणा शासनका संस्थापक को हुन्?
A. चन्द्र शमशेर
B. जुद्ध शमशेर
C. जंगबहादुर राणा
D. मोहन शमशेर

उत्तर: C. जंगबहादुर राणा
2. कोतपर्व कहिले भएको थियो?
A. वि.सं. १९०४
B. वि.सं. १९०३ असोज २
C. वि.सं. १९१०
D. वि.सं. २००७

उत्तर: B. वि.सं. १९०३ असोज २
3. नेपालको पहिलो लिखित कानुन कुन हो?
A. संविधान २००४
B. मुलुकी ऐन १९१०
C. नेपाल ऐन २००७
D. नागरिक ऐन

उत्तर: B. मुलुकी ऐन १९१०
4. गोरखापत्र सुरु गर्ने प्रधानमन्त्री को हुन्?
A. चन्द्र शमशेर
B. देव शमशेर
C. भीम शमशेर
D. जुद्ध शमशेर

उत्तर: B. देव शमशेर
5. अन्तिम राणा प्रधानमन्त्री को हुन्?
A. पद्म शमशेर
B. जुद्ध शमशेर
C. मोहन शमशेर
D. चन्द्र शमशेर

उत्तर: C. मोहन शमशेर

नेपालको इतिहास

Part 7 : प्रजातन्त्र, राजा त्रिभुवन, २००७ सालको क्रान्ति र आधुनिक नेपालको सुरुवात

राजा त्रिभुवन
विषय जानकारी
पूरा नाम त्रिभुवन वीर विक्रम शाह
जन्म वि.सं. १९६३ असार १७
राज्यारोहण वि.सं. १९६८
मृत्यु वि.सं. २०११ फागुन ३०
उपाधि नेपालका जनप्रिय राजा
  • राणा शासन अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राजा।
  • नेपालमा प्रजातन्त्र स्थापना गर्न सहयोग गरेका।
  • भारतीय दूतावासमा शरण लिने पहिलो नेपाली राजा।
  • २००७ सालको परिवर्तनका मुख्य पात्र।
Exam Focus:
राणा शासन अन्त्यसँग सम्बन्धित राजा = त्रिभुवन
नेपाल प्रजा परिषद्
  • नेपालको पहिलो राजनीतिक दल।
  • स्थापना: वि.सं. १९९३ जेठ २०
  • संस्थापक: टंकप्रसाद आचार्य
  • राणा शासनको विरोध गर्ने पहिलो राजनीतिक संगठन।
संस्थापकहरू
टंकप्रसाद आचार्य
धर्मभक्त माथेमा
दशरथ चन्द
गंगालाल श्रेष्ठ
नेपालका चार शहीद
शहीद योगदान
शुक्रराज शास्त्री प्रजातान्त्रिक आन्दोलन
धर्मभक्त माथेमा राणा विरोधी आन्दोलन
दशरथ चन्द प्रजातन्त्र आन्दोलन
गंगालाल श्रेष्ठ प्रजातन्त्र आन्दोलन
स्मरणीय:
नेपालका चार शहीद = शुक्रराज, धर्मभक्त, दशरथ, गंगालाल
नेपाली कांग्रेस
  • नेपाली राष्ट्रिय कांग्रेस र नेपाल लोकतान्त्रिक कांग्रेस मिलेर नेपाली कांग्रेस बनेको हो।
  • स्थापना: वि.सं. २००६ चैत २७
  • स्थापना स्थान: कलकत्ता
  • संस्थापक नेता: बी.पी. कोइराला, मातृका प्रसाद कोइराला, सुवर्ण शमशेर आदि।
२००७ सालको क्रान्ति
विषय जानकारी
सुरुवात वि.सं. २००७
उद्देश्य राणा शासन अन्त्य
नेतृत्व नेपाली कांग्रेस
समर्थन राजा त्रिभुवन
परिणाम प्रजातन्त्र स्थापना
  • २००७ फागुन ७ गते राणा शासनको अन्त्य भयो।
  • नेपालमा प्रजातन्त्र स्थापना भयो।
  • राजा त्रिभुवन पुनः सत्तामा फर्किए।
  • मोहन शमशेर राणा प्रधानमन्त्री रहे तर शक्ति बाँडफाँट भयो।
दिल्ली सम्झौता (२००७)
  • नेपालको राजनीतिक संकट समाधान गर्न गरिएको सम्झौता।
  • पक्षहरू:
    • राजा त्रिभुवन
    • नेपाली कांग्रेस
    • राणा सरकार
  • भारतको नयाँ दिल्लीमा भएको थियो।
Exam Focus:
दिल्ली सम्झौता = राजा + कांग्रेस + राणा
२००७ सालपछि बनेको मन्त्रिमण्डल
प्रधानमन्त्री विशेषता
मोहन शमशेर संयुक्त सरकार प्रमुख
मातृका प्रसाद कोइराला प्रजातन्त्रपछिका प्रधानमन्त्री
बी.पी. कोइराला
विषय जानकारी
पूरा नाम विश्वेश्वर प्रसाद कोइराला
पहिचान नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री
निर्वाचन वि.सं. २०१५
  • नेपालको पहिलो आम निर्वाचनपछि प्रधानमन्त्री बने।
  • नेपाली कांग्रेसका प्रमुख नेता।
  • लोकतन्त्रका महान अभियन्ता मानिन्छन्।
२०१५ सालको निर्वाचन
  • नेपालको पहिलो आम निर्वाचन।
  • वि.सं. २०१५ फागुन ७ मा सम्पन्न।
  • नेपाली कांग्रेस विजयी भएको थियो।
  • बी.पी. कोइराला प्रधानमन्त्री बने।
राजा महेन्द्र
विषय जानकारी
पूरा नाम महेन्द्र वीर विक्रम शाह
शासन अवधि वि.सं. २०११–२०२८
विशेषता पञ्चायती व्यवस्था लागू गर्ने
  • वि.सं. २०१७ पुस १ मा संसद् विघटन गरे।
  • बी.पी. कोइरालालाई गिरफ्तार गरियो।
  • दलविहीन पञ्चायती व्यवस्था लागू गरियो।
Exam Focus:
२०१७ पुस १ = “कु” (Royal Coup)
One Liner Revision
✔ नेपाल प्रजा परिषद् = पहिलो राजनीतिक दल
✔ स्थापना = वि.सं. १९९३ जेठ २०
✔ चार शहीद = शुक्रराज, धर्मभक्त, दशरथ, गंगालाल
✔ नेपाली कांग्रेस स्थापना = वि.सं. २००६ चैत २७
✔ प्रजातन्त्र स्थापना = २००७ फागुन ७
✔ दिल्ली सम्झौता = राजा + कांग्रेस + राणा
✔ पहिलो आम निर्वाचन = २०१५
✔ पहिलो निर्वाचित प्रधानमन्त्री = बी.पी. कोइराला
✔ २०१७ पुस १ = संसद् विघटन
✔ पञ्चायती व्यवस्था लागू = राजा महेन्द्र
Important MCQ
1. नेपालको पहिलो राजनीतिक दल कुन हो?
A. नेपाली कांग्रेस
B. नेपाल कम्युनिष्ट पार्टी
C. नेपाल प्रजा परिषद्
D. राष्ट्रिय प्रजातन्त्र पार्टी

उत्तर: C. नेपाल प्रजा परिषद्
2. नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री को हुन्?
A. मातृका प्रसाद कोइराला
B. बी.पी. कोइराला
C. टंकप्रसाद आचार्य
D. गणेशमान सिंह

उत्तर: B. बी.पी. कोइराला
3. २००७ सालको क्रान्तिको परिणाम के भयो?
A. राणा शासन सुरु
B. राजतन्त्र अन्त्य
C. प्रजातन्त्र स्थापना
D. पञ्चायत सुरु

उत्तर: C. प्रजातन्त्र स्थापना
4. २०१७ पुस १ मा के भयो?
A. संविधान जारी
B. संसद् विघटन
C. निर्वाचन भयो
D. प्रजातन्त्र स्थापना भयो

उत्तर: B. संसद् विघटन
5. चार शहीदमध्ये एक को हुन्?
A. बी.पी. कोइराला
B. पुष्पलाल श्रेष्ठ
C. दशरथ चन्द
D. गणेशमान सिंह

उत्तर: C. दशरथ चन्द

नेपालको इतिहास

Part 8 : पञ्चायती व्यवस्था, २०३६ जनमत संग्रह, जनआन्दोलन र गणतन्त्र

पञ्चायती व्यवस्था
  • राजा महेन्द्रले वि.सं. २०१७ पुस १ गते संसद् विघटन गरी पञ्चायती व्यवस्था लागू गरेका थिए।
  • पञ्चायती व्यवस्था दलविहीन शासन प्रणाली थियो।
  • पञ्चायत व्यवस्थाको संविधान वि.सं. २०१९ सालमा जारी गरिएको थियो।
  • राष्ट्रिय पञ्चायत यसको केन्द्रीय व्यवस्थापिका संस्था थियो।
विषय जानकारी
सुरुवात वि.सं. २०१७ पुस १
संविधान वि.सं. २०१९
प्रणाली दलविहीन
समाप्ति वि.सं. २०४६
राजा वीरेन्द्र
विषय जानकारी
पूरा नाम वीरेन्द्र वीर विक्रम शाह
शासन अवधि वि.सं. २०२८–२०५८
पिता राजा महेन्द्र
माता इन्द्रराज्य लक्ष्मी
  • नेपाललाई शान्ति क्षेत्र (Zone of Peace) घोषणा गर्ने प्रस्ताव राखेका।
  • उनको पालामा २०३६ सालको जनमत संग्रह भएको थियो।
  • उनको पालामा २०४६ सालको जनआन्दोलन सफल भएको थियो।
२०३६ सालको जनमत संग्रह
  • वि.सं. २०३६ जेठ १० गते घोषणा गरिएको।
  • विद्यार्थी आन्दोलनपछि जनमत संग्रह घोषणा गरिएको थियो।
  • जनतालाई दुई विकल्प दिइएको थियो:
विकल्प विवरण
सुधारित पञ्चायत दलविहीन व्यवस्था
बहुदलीय व्यवस्था राजनीतिक दलसहित
परिणाम:
सुधारित पञ्चायतले बहुमत प्राप्त गर्यो।
२०४६ सालको जनआन्दोलन
  • वि.सं. २०४६ सालमा जनआन्दोलन भयो।
  • नेपाली कांग्रेस र वामपन्थी दलहरूको संयुक्त आन्दोलन थियो।
  • राजा वीरेन्द्रले बहुदलीय व्यवस्था पुनःस्थापना गरे।
  • पञ्चायती व्यवस्थाको अन्त्य भयो।
परिणाम विवरण
पञ्चायत अन्त्य दलविहीन शासन समाप्त
बहुदल पुनःस्थापना
संविधान २०४७ सालको संविधान
नेपालको संविधान २०४७
  • वि.सं. २०४७ कात्तिक २३ गते जारी।
  • संवैधानिक राजतन्त्रको व्यवस्था गरिएको।
  • बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्था स्थापित।
  • मौलिक हकहरूको व्यवस्था गरिएको।
Exam Focus:
२०४७ संविधान = संवैधानिक राजतन्त्र + बहुदलीय प्रजातन्त्र
जनयुद्ध (२०५२–२०६३)
विषय जानकारी
सुरुवात वि.सं. २०५२ फागुन १
नेतृत्व नेकपा (माओवादी)
समाप्ति वि.सं. २०६३
  • माओवादी जनयुद्ध १० वर्षसम्म सञ्चालन भयो।
  • राजनीतिक परिवर्तनको प्रमुख आधार बन्यो।
  • २०६३ को शान्ति प्रक्रियामा टुंगियो।
दरबार हत्याकाण्ड (२०५८)
  • वि.सं. २०५८ जेठ १९ गते भएको।
  • राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत धेरै सदस्यको निधन भयो।
  • दीपेन्द्र राजा घोषित भए।
  • पछि ज्ञानेन्द्र शाह राजा बने।
Exam Focus:
दरबार हत्याकाण्ड = २०५८ जेठ १९
राजा ज्ञानेन्द्र
  • राजा वीरेन्द्रका भाइ।
  • २०५८ सालपछि राजा बने।
  • २०६१ माघ १९ मा प्रत्यक्ष शासन लागू गरे।
  • उनको शासनकालमा दोस्रो जनआन्दोलन भयो।
दोस्रो जनआन्दोलन (२०६२/६३)
  • सात दल र माओवादीको संयुक्त आन्दोलन।
  • राजतन्त्रविरुद्ध जनआन्दोलन।
  • लोकतन्त्र पुनःस्थापना भयो।
  • संसद् पुनःस्थापना गरियो।
गणतन्त्र स्थापना
विषय जानकारी
घोषणा वि.सं. २०६५ जेठ १५
निर्णय संविधान सभा
परिणाम राजतन्त्र अन्त्य
नयाँ व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र
महत्वपूर्ण:
२०६५ जेठ १५ = नेपाल गणतन्त्र घोषणा
संविधान सभा
  • पहिलो संविधान सभा निर्वाचन वि.सं. २०६४ मा सम्पन्न।
  • दोस्रो संविधान सभा निर्वाचन वि.सं. २०७० मा सम्पन्न।
  • नेपालको संविधान २०७२ जारी गरियो।
नेपालको संविधान २०७२
  • वि.सं. २०७२ असोज ३ गते जारी।
  • नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषित।
  • ७ प्रदेशको व्यवस्था।
  • संघ, प्रदेश र स्थानीय तहको संरचना।
  • समावेशी लोकतन्त्रको व्यवस्था।
संविधान जारी मिति
नेपालको संविधान २०४७ वि.सं. २०४७ कात्तिक २३
नेपालको संविधान २०७२ वि.सं. २०७२ असोज ३
One Liner Revision
✔ पञ्चायत सुरु = २०१७ पुस १
✔ पञ्चायत संविधान = २०१९
✔ २०३६ जनमत संग्रह = सुधारिएको पञ्चायत विजयी
✔ २०४६ जनआन्दोलन = बहुदल पुनःस्थापना
✔ संविधान २०४७ = कात्तिक २३
✔ जनयुद्ध सुरु = २०५२ फागुन १
✔ दरबार हत्याकाण्ड = २०५८ जेठ १९
✔ २०६१ माघ १९ = ज्ञानेन्द्रको प्रत्यक्ष शासन
✔ दोस्रो जनआन्दोलन = २०६२/६३
✔ गणतन्त्र घोषणा = २०६५ जेठ १५
✔ संविधान २०७२ = असोज ३
Important MCQ
1. २०३६ सालको जनमत संग्रहमा कुन पक्ष विजयी भयो?
A. बहुदल
B. गणतन्त्र
C. सुधारिएको पञ्चायत
D. राजतन्त्र अन्त्य

उत्तर: C. सुधारिएको पञ्चायत
2. २०४६ सालको आन्दोलनपछि के पुनःस्थापित भयो?
A. राणा शासन
B. बहुदलीय व्यवस्था
C. गणतन्त्र
D. पंचायत

उत्तर: B. बहुदलीय व्यवस्था
3. दरबार हत्याकाण्ड कहिले भयो?
A. २०५२ फागुन १
B. २०५८ जेठ १९
C. २०६५ जेठ १५
D. २०७२ असोज ३

उत्तर: B. २०५८ जेठ १९
4. नेपाल गणतन्त्र कहिले घोषणा भयो?
A. २०६३ बैशाख ११
B. २०६४ चैत २८
C. २०६५ जेठ १५
D. २०७२ असोज ३

उत्तर: C. २०६५ जेठ १५
5. नेपालको वर्तमान संविधान कहिले जारी भयो?
A. २०४७ कात्तिक २३
B. २०७० मंसिर ४
C. २०७२ असोज ३
D. २०६५ जेठ १५

उत्तर: C. २०७२ असोज ३

नेपालको इतिहास

Part 9 : Ultimate Revision | लोकसेवा, TSC, खरिदार, नासु Special

नेपालका प्रमुख वंशहरू (क्रम अनुसार)
क्रम वंश प्रथम राजा अन्तिम राजा
1गोपालभुक्तमानयक्ष गुप्त
2महिषपालवरसिंहभुवनसिंह
3किराँतयलम्बरगस्ती
4सोमवंशनिमिषभास्कर वर्मा
5लिच्छविजयदेव प्रथमजयकामदेव
6मल्लअरिदेव मल्लयक्ष मल्ल
7शाहद्रव्य शाह (गोरखा)ज्ञानेन्द्र शाह
नेपालको इतिहासका पहिलो (First in Nepal History)
विषय उत्तर
नेपालको पहिलो वंशगोपाल वंश
नेपालको पहिलो राजाभुक्तमान
नेपालको पहिलो प्रामाणिक राजामानदेव
नेपालको पहिलो पर्यटकसम्राट अशोक
नेपालको पहिलो राजनीतिक दलनेपाल प्रजा परिषद्
नेपालको पहिलो संविधाननेपाल सरकार वैधानिक कानुन २००४
नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीबी.पी. कोइराला
नेपालको पहिलो लिखित कानुनमुलुकी ऐन १९१०
नेपालको पहिलो बैंकनेपाल बैंक
नेपालको पहिलो कलेजत्रिचन्द्र कलेज
नेपालको पहिलो पत्रिकासुधासागर
नेपालको पहिलो दैनिक पत्रिकागोरखापत्र
नेपालका चार शहीद
✔ शुक्रराज शास्त्री
✔ धर्मभक्त माथेमा
✔ दशरथ चन्द
✔ गंगालाल श्रेष्ठ
नेपालका राष्ट्रिय विभूति
  • गौतम बुद्ध
  • राजा जनक
  • अर्निको
  • अमरसिंह थापा
  • भानुभक्त आचार्य
  • शंखधर साख्वा
  • महागुरु फाल्गुनन्द
  • पृथ्वीनारायण शाह
  • पशुपतिनाथ
  • सीता
  • मोतीराम भट्ट
  • बलभद्र कुँवर
महत्वपूर्ण आन्दोलन र वर्ष
घटना वर्ष
कोतपर्व१९०३
मुलुकी ऐन१९१०
नेपाल प्रजा परिषद्१९९३
गोरखापत्र१९५८
दासप्रथा अन्त्य१९८१
२००७ सालको क्रान्ति२००७
पहिलो आम निर्वाचन२०१५
२०१७ पुस १राजा महेन्द्रको कदम
जनमत संग्रह२०३६
जनआन्दोलन२०४६
जनयुद्ध२०५२
दरबार हत्याकाण्ड२०५८
दोस्रो जनआन्दोलन२०६२/६३
गणतन्त्र घोषणा२०६५ जेठ १५
संविधान २०७२असोज ३
100 One-Liner Revision (Top Important)
✔ नेपालको पहिलो वंश = गोपाल
✔ पहिलो किराँती राजा = यलम्बर
✔ पहिलो प्रामाणिक राजा = मानदेव
✔ पहिलो पर्यटक = सम्राट अशोक
✔ चाँगुनारायण अभिलेख = मानदेव
✔ भृकुटी = अंशुवर्माकी छोरी
✔ कान्तिपुरका संस्थापक = गुणकामदेव
✔ नेपाल संवत = शंखधर साख्वा
✔ प्रथम मल्ल राजा = अरिदेव मल्ल
✔ रानीपोखरी = प्रताप मल्ल
✔ मानव न्यायशास्त्र = जयस्थिति मल्ल
✔ नेपाल एकीकरण = पृथ्वीनारायण शाह
✔ दोस्रो नायक = बहादुर शाह
✔ धरहरा = भीमसेन थापा
✔ कोतपर्व = १९०३
✔ राणा शासन = १०४ वर्ष
✔ गोरखापत्र = देव शमशेर
✔ त्रिचन्द्र कलेज = चन्द्र शमशेर
✔ दासप्रथा अन्त्य = चन्द्र शमशेर
✔ नेपाल बैंक = जुद्ध शमशेर
✔ चार शहीद = शुक्रराज, धर्मभक्त, दशरथ, गंगालाल
✔ नेपाल प्रजा परिषद् = पहिलो दल
✔ बी.पी. = पहिलो निर्वाचित प्रधानमन्त्री
✔ २०४६ = बहुदल पुनःस्थापना
✔ २०६५ = गणतन्त्र
Super Important MCQ Set
1. नेपालको पहिलो राजनीतिक दल कुन हो?
A. नेपाली कांग्रेस
B. नेपाल प्रजा परिषद्
C. नेकपा
D. राष्ट्रिय प्रजातन्त्र पार्टी

उत्तर: B. नेपाल प्रजा परिषद्
2. नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री को हुन्?
A. टंकप्रसाद आचार्य
B. बी.पी. कोइराला
C. मातृका प्रसाद कोइराला
D. गणेशमान सिंह

उत्तर: B. बी.पी. कोइराला
3. नेपाल गणतन्त्र कहिले घोषणा भयो?
A. २०६३ बैशाख ११
B. २०६५ जेठ १५
C. २०७२ असोज ३
D. २०५८ जेठ १९

उत्तर: B. २०६५ जेठ १५
4. नेपालको पहिलो संविधान कुन हो?
A. २०१९ को संविधान
B. २०४७ को संविधान
C. नेपाल सरकार वैधानिक कानुन २००४
D. २०७२ को संविधान

उत्तर: C. नेपाल सरकार वैधानिक कानुन २००४
5. चार शहीदमध्ये एक को हुन्?
A. भानुभक्त आचार्य
B. मोतीराम भट्ट
C. दशरथ चन्द
D. लक्ष्मीप्रसाद देवकोटा

उत्तर: C. दशरथ चन्द
Exam Booster Formula
गोपाल → महिषपाल → किराँत → सोमवंश → लिच्छवि → मल्ल → शाह → राणा → प्रजातन्त्र → पञ्चायत → बहुदल → गणतन्त्र

नेपालको इतिहास

Part 10 : 100+ MCQ Mega Practice Set | Loksewa • TSC • Kharidar • Nayab Subba

MCQ Practice Set (1–25)
1. नेपालको पहिलो वंश कुन हो?
A. किराँत
B. गोपाल
C. लिच्छवि
D. सोमवंश

उत्तर: B. गोपाल
2. गोपाल वंशका प्रथम राजा को हुन्?
A. यक्ष गुप्त
B. भुक्तमान
C. वरसिंह
D. यलम्बर

उत्तर: B. भुक्तमान
3. महिषपाल वंशका प्रथम राजा को हुन्?
A. वरसिंह
B. भुवनसिंह
C. निमिष
D. गस्ती

उत्तर: A. वरसिंह
4. किराँत वंशका प्रथम राजा को हुन्?
A. गस्ती
B. हुमती
C. यलम्बर
D. जितेदास्ती

उत्तर: C. यलम्बर
5. नेपालको पहिलो पर्यटक को मानिन्छ?
A. फाहियान
B. सम्राट अशोक
C. ह्वेनसाङ
D. बुद्ध

उत्तर: B. सम्राट अशोक
6. नेपालको पहिलो प्रामाणिक राजा को हुन्?
A. मानदेव
B. जयदेव
C. अंशुवर्मा
D. नरेन्द्रदेव

उत्तर: A. मानदेव
7. चाँगुनारायण अभिलेख कसको हो?
A. अंशुवर्मा
B. जयदेव
C. मानदेव
D. गुणकामदेव

उत्तर: C. मानदेव
8. भृकुटी कसकी छोरी हुन्?
A. मानदेव
B. नरेन्द्रदेव
C. अंशुवर्मा
D. जयदेव

उत्तर: C. अंशुवर्मा
9. कान्तिपुर शहरको स्थापना कसले गरेका?
A. मानदेव
B. गुणकामदेव
C. अंशुवर्मा
D. जयस्थिति मल्ल

उत्तर: B. गुणकामदेव
10. नेपाल संवत् कसले सुरु गरेका?
A. अरिदेव मल्ल
B. प्रताप मल्ल
C. शंखधर साख्वा
D. जयस्थिति मल्ल

उत्तर: C. शंखधर साख्वा
11. प्रथम मल्ल राजा को हुन्?
A. अरिदेव मल्ल
B. यक्ष मल्ल
C. प्रताप मल्ल
D. जयप्रकाश मल्ल

उत्तर: A. अरिदेव मल्ल
12. रानीपोखरी कसले निर्माण गरेका?
A. यक्ष मल्ल
B. जयप्रकाश मल्ल
C. प्रताप मल्ल
D. महेन्द्र मल्ल

उत्तर: C. प्रताप मल्ल
13. मानव न्यायशास्त्रका रचनाकार को हुन्?
A. यक्ष मल्ल
B. जयस्थिति मल्ल
C. रणजीत मल्ल
D. अरिदेव मल्ल

उत्तर: B. जयस्थिति मल्ल
14. नेपाल एकीकरणका नायक को हुन्?
A. बहादुर शाह
B. पृथ्वीनारायण शाह
C. भीमसेन थापा
D. अमरसिंह थापा

उत्तर: B. पृथ्वीनारायण शाह
15. पृथ्वीनारायण शाहको जन्म कहिले भएको हो?
A. १७७९ पौष २७
B. १८०१ असोज १५
C. १८२५
D. १८३१ माघ १

उत्तर: A. १७७९ पौष २७
16. नेपाल एकीकरणका दोस्रो नायक को हुन्?
A. अमरसिंह थापा
B. बहादुर शाह
C. भीमसेन थापा
D. बलभद्र कुँवर

उत्तर: B. बहादुर शाह
17. नेपालको प्रथम मुख्तियार को हुन्?
A. जंगबहादुर
B. बहादुर शाह
C. भीमसेन थापा
D. रणबहादुर शाह

उत्तर: C. भीमसेन थापा
18. नालापानी युद्धका नायक को हुन्?
A. भक्ति थापा
B. बलभद्र कुँवर
C. अमरसिंह थापा
D. रणजोर सिंह थापा

उत्तर: B. बलभद्र कुँवर
19. सुगौली सन्धि कहिले भएको हो?
A. 1814
B. 1815
C. 1816
D. 1817

उत्तर: C. 1816
20. राणा शासनका संस्थापक को हुन्?
A. चन्द्र शमशेर
B. मोहन शमशेर
C. जंगबहादुर राणा
D. देव शमशेर

उत्तर: C. जंगबहादुर राणा
21. नेपालको पहिलो लिखित कानुन कुन हो?
A. संविधान २००४
B. मुलुकी ऐन १९१०
C. संविधान २०१९
D. संविधान २०४७

उत्तर: B. मुलुकी ऐन १९१०
22. गोरखापत्र कसको पालामा सुरु भयो?
A. चन्द्र शमशेर
B. देव शमशेर
C. भीम शमशेर
D. जुद्ध शमशेर

उत्तर: B. देव शमशेर
23. त्रिचन्द्र कलेज कसले स्थापना गरेका?
A. जुद्ध शमशेर
B. देव शमशेर
C. चन्द्र शमशेर
D. पद्म शमशेर

उत्तर: C. चन्द्र शमशेर
24. नेपाल प्रजा परिषद् कहिले स्थापना भयो?
A. १९९३ जेठ २०
B. २००७ फागुन ७
C. २०१५ फागुन ७
D. २००६ चैत २७

उत्तर: A. १९९३ जेठ २०
25. नेपालको पहिलो राजनीतिक दल कुन हो?
A. नेपाली कांग्रेस
B. नेपाल कम्युनिष्ट पार्टी
C. नेपाल प्रजा परिषद्
D. राष्ट्रिय प्रजातन्त्र पार्टी

उत्तर: C. नेपाल प्रजा परिषद्
History Memory Trick
गोपाल → महिषपाल → किराँत → सोमवंश → लिच्छवि → मल्ल → शाह → राणा → प्रजातन्त्र → पञ्चायत → बहुदल → गणतन्त्र
Rapid Fire Revision
✔ पहिलो राजा = भुक्तमान
✔ पहिलो प्रामाणिक राजा = मानदेव
✔ पहिलो पर्यटक = सम्राट अशोक
✔ कान्तिपुर = गुणकामदेव
✔ नेपाल संवत = शंखधर साख्वा
✔ नेपाल एकीकरण = पृथ्वीनारायण शाह
✔ दोस्रो नायक = बहादुर शाह
✔ प्रथम मुख्तियार = भीमसेन थापा
✔ राणा शासन = जंगबहादुर
✔ चार शहीद = शुक्रराज, धर्मभक्त, दशरथ, गंगालाल
✔ पहिलो निर्वाचित प्रधानमन्त्री = बी.पी. कोइराला
✔ गणतन्त्र = २०६५ जेठ १५

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url