Uprety Pathashala - Loksewa, TSC, Kharidar & Nayab Subba Preparation Platform

विश्वको भूगोल (World Geography)

📚 भूगोलका आधारभूत जानकारीहरू

भूगोल के हो?

• भूगोरमा के को अध्ययन गरिन्छ? पृथ्वी र यसको बनावट
• Geography शब्द कहाँबाट आएको? ग्रीक भाषाको Geographia बाट
• भूगोरका विभाग: भौतिक, मानव र आर्थिक भूगोल

🌟 भूगोलका महत्वपूर्ण व्यक्तित्व

इरेटोस्थनिज (276-194 BC) - भूगोरका पिता

योगदानहरू:

• भूगोर शब्दको प्रयोग
• पृथ्वीको प्रथम र वैज्ञानिक नक्सा निर्माण
• अधिकवर्ष (Leap Year) को अवधारणा
• पृथ्वीको परिधि पत्ता लगाउनु
• सूर्य र पृथ्वी बिचको दूरी पत्ता लगाउनु
• पृथ्वीको झुकाव क्षेत्र (Tilt of Earth's Axis) पत्ता लगाउनु

अन्य महत्वपूर्ण व्यक्तित्वहरू

• मानव भूगोरका जनक: Friedrich Ratzel (जर्मनी)
• आधुनिक भूगोरका संस्थापक: कार्ल रिटर
• Cartography (मानचित्र विद्या): नक्सा बनाउने कला

🌍 महाद्वीपहरूको विवरण

सातवटा महाद्वीप

क्र.स. महाद्वीप क्षेत्रफल % लम्बाइ/चौडाइ (किमी) अवस्थिति
1 एशिया 4,39,99,000 29.9% पूर्व-पश्चिम: 9600
उत्तर-दक्षिण: 8600 10° दक्षिण देखि 78° उत्तरी अक्षांश
25° पूर्वदेखि 170° पूर्व देशान्तर
2 अफ्रिका 2,98,00,000 20.2% पूर्व-पश्चिम: 7440
उत्तर-दक्षिण: 8000 35° दक्षिण देखि 37° उत्तर अक्षांश
20° पश्चिम देखि 50° पूर्व देशान्तर
3 उ. अमेरिका 2,43,20,000 16.5% पूर्व-पश्चिम: 4800
उत्तर-दक्षिण: 7200 10° उत्तरदेखि 80° उत्तरी अक्षांश
20° पश्चिम देखि 160° पश्चिमी देशान्तर
4 द. अमेरिका 1,77,00,000 12% पूर्व-पश्चिम: 5221
उत्तर-दक्षिण: 7442 12° उत्तरदेखि 56° दक्षिण अक्षांश
35° पश्चिम देखि 80° पश्चिम देशान्तर
5 अन्टार्कटिका 1,40,00,000 9% - 66° दक्षिण देखि 90° दक्षिण अक्षांश
6 युरोप 1,04,98,000 7% पूर्व-पश्चिम: 6400
उत्तर-दक्षिण: 4800 36° उत्तरदेखि 71° उत्तरी अक्षांश
20° पश्चिम देखि 65° पूर्व देशान्तर
7 अष्ट्रेलिया 76,86,880 5.3% पूर्व-पश्चिम: 3900
उत्तर-दक्षिण: 3150 10° दक्षिण देखि 40° दक्षिण अक्षांश

🏔️ महाद्वीपहरूका विशेषताहरू

1. एशिया 🌏

• घाँसे मैदान: स्टेप्स
• सर्वोच्च शिखर: सगरमाथा (8,848 मिटर)
• लामो नदी: यान्जे/सियाचेन
• ठूलो हिमनदी: सियाचेन
• ठूलो देश: चीन
• सानो देश: माल्दिभ्स
• विशेषता:
• विषमताको महाद्वीप
• Home of Man
• सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र: कजाकस्तान

2. अफ्रिका 🦁

• ठूलो ताल: भिक्टोरिया (68,800 sq km)
• होचो भुभाग: असाल
• लामो नदी: नाइल (6,690 km)
• विशेषता:
• कालो/अध्यारो महाद्वीप
• बढी सुन हीरा
• भूमध्य रेखाले काटेको
• Zoo of the World (चिडियाखाना)
• उच्च समस्थली

3. उत्तर अमेरिका 🗽

• ठूलो ताल: सुपेरियर
• होचो भुभाग: डेथ भ्याली (समुन्द्र सतहबाट तल)
• विशेषता:
• नयाँ संसार
• भूपरिवेष्ठित विहीन
• विश्वको सबैभन्दा लामो समुद्री किनारा: क्यानडा

4. दक्षिण अमेरिका 🦜

• ठूलो ताल: माराकाइबा
• घाँसे मैदान: पेनिन्सुला/भेड्स
• लामो नदी: अमेजन (6,576 km)
• विशेषता:
• पंक्षीहरूको महाद्वीप
• विश्वको सबैभन्दा ठूलो नदी: अमेजन

5. अन्टार्कटिका ❄️

• होचो भुभाग: भोस्तोक
• विशेषता:
• हिमछादर
• मानव बसोबास नभएको एकमात्र महाद्वीप
• विश्वको कुल हिउँको 90% यहाँ छ
• हिउँदमा क्षेत्रफल दोब्बर हुने

6. युरोप 🏰

• ठूलो ताल: लयागोडा
• होचो भुभाग: क्यास्पियन
• ठूलो देश: रूस (युरोपेली भाग)
• सानो देश: भ्याटिकन सिटी (0.44 sq km)
• विशेषता:
• प्रायद्वीपको प्रायद्वीप
• मूल भूमि बिहीन

7. अष्ट्रेलिया 🦘

• ठूलो ताल: आइरे
• विशेषता:
• कंगारुको महाद्वीप
• टापु महाद्वीप
• पातार कुवाको महाद्वीप
• विचित्र महाद्वीप

🌊 महत्वपूर्ण जलाशयहरू

विश्वका महासागरहरू

क्र.स. महासागर क्षेत्रफल % औसत गहिराइ गहिरो भाग विशेषता
1 प्रशान्त 45.5% 4300 मिटर मारियाना ट्रेन्च (10,911 मिटर) • सबैभन्दा ठूलो
• सबैभन्दा गहिरो
• त्रिभुज आकार
• धेरै टापु (30,000)
2 आन्द्र 23% 3700 मिटर पुर्टोरिकोको खाडल (8,648 मिटर) • वाणिज्य महासागर
• S आकार
• बर्मुडा त्रिकोण
• सबैभन्दा व्यस्त
3 हिन्द 20.5% 3900 मिटर जाभा खाडल (7,450 मिटर) • अर्धवृत्ताकार
• तेल महासागर
• U आकार
• मनसुनको महासागर
4 कुमेरु 7% 2400 मिटर - • दक्षिण ध्रुवीय महासागर
• गोलाकार
• चिसो पानीको
5 सुमेरु 4% 1330 मिटर मोलादद्वीप (5,608 मिटर) • उत्तरी ध्रुवीय
• सबैभन्दा सानो
• चिसो पानीको

विशेष ताल र सागरहरू

क्यास्पियन ताल 🌊

• विश्वकै ठूलो ताल
• क्षेत्रफल: 371,000 sq km
• छुने देशहरू (TARIK):
• T - तुर्कमेनिस्तान
• A - अजरबैजान
• R - रसिया
• I - इरान
• K - काजकिस्तान

बैकाल ताल

• विश्वकै गहिरो ताल
• गहिराइ: 1,642 मिटर
• रसियामा पर्दछ

मृत सागर 💀

• विश्वकै होचो उपत्यका
• गहिराइ: 306 मिटर
• समुन्द्र सतहबाट: 427 मिटर तल
• एशियाको इजरायल र जोर्डनको बिचमा

📏 अक्षांश र देशान्तर

अक्षांश रेखा

• प्रकार: वृत्ताकार
• संख्या: 90+90 = 180
• 1° = 111 किमी
• प्रयोग: दूरी निकाल्न

देशान्तर रेखा

• प्रकार: अर्धवृत्ताकार
• संख्या: 180+180 = 360
• 1° = 4 मिनेट
• प्रयोग: समय निकाल्न

महत्वपूर्ण रेखाहरू

भूमध्य रेखा (0° अक्षांश)

• पृथ्वीलाई दुई भागमा विभाजन गर्ने
• दिन र रात सधैं बराबर
• सूर्यको किरण सिधा पर्ने

प्रधान मध्याह्न रेखा (0° देशान्तर)

• बेलायतको ग्रीनविचबाट गुज्रने
• अन्तर्राष्ट्रिय समयको आधार

अन्तर्राष्ट्रिय तिथि रेखा (180°)

• बाङ्गोटिङ्गो आकारको
• तिथि, मिति, बार र समयमा असर पार्ने

🌡️ ऋतु परिवर्तन

चार महत्वपूर्ण मितिहरू

जुन 21 ☀️

• कर्कट संक्रान्ति (Summer Solstice)
• सूर्यको किरण कर्कट रेखामा
• उत्तरी गोलार्धमा: सबैभन्दा लामो दिन, ग्रीष्म ऋतु
• दक्षिणी गोलार्धमा: हिउँद ऋतु

सेप्टेम्बर 23 🍂

• शरद सम्पात (Autumnal Equinox)
• दिन र रात बराबर (12-12 घण्टा)
• सूर्यको किरण भूमध्य रेखामा

डिसेम्बर 22 ❄️

• मकर संक्रान्ति (Winter Solstice)
• सूर्यको किरण मकर रेखामा
• उत्तरी गोलार्धमा: हिउँद ऋतु
• दक्षिणी गोलार्धमा: ग्रीष्म ऋतु

मार्च 21 🌸

• वसन्त सम्पात (Vernal Equinox)
• दिन र रात बराबर
• सूर्यको किरण भूमध्य रेखामा

🏔️ पर्वत श्रंखलाहरू

पर्वतका प्रकार (बनोट र निर्माणको आधारमा)

1. मोडदार पर्वत (Fold Mountain)

• आन्तरिक शक्तिको दबाबले बन्ने
• उदाहरण: हिमालय, रकी, एण्डिज
• भागहरू:
• प्रतिनति (माथि उठेको)
• सन्नति (तल धसेको)

2. भिडके पर्वत (Block Mountain)

• दरार भएको सतहमा लम्बित हलचलले बन्ने
• अवरोधी पर्वत पनि भनिन्छ
• उदाहरण: भारतको विन्ध्या, सत्पुरा

3. ज्वालामुखी पर्वत (Volcanic Mountain)

• ज्वालामुखी विस्फोटनबाट बन्ने
• सञ्चय पर्वत पनि भनिन्छ
• उदाहरण: फुजियामा (जापान), एटना (इटाली)

4. अवशिष्ट पर्वत (Residual Mountain)

• घर्षित/नावृत्तीकरण पर्वत
• पुराना पर्वत खिएर बाँकी रहेको
• उदाहरण: अरावली, पारसनाथ

🌋 ज्वालामुखी

प्रकारहरू

सक्रिय ज्वालामुखी

• लगातार बाहिर निस्कने
• उदाहरण: एटना (इटाली), मौनालोआ (हवाई)

मृत ज्वालामुखी

• विस्फोट हुने सम्भावना नभएको
• उदाहरण: कोह सुल्तान (इरान), पोपा (म्यानमार)

सुप्त ज्वालामुखी

• कुनै समयमा चालु हुने
• उदाहरण: भिसुभिएस (इटाली)

ज्वालामुखी सम्बन्धित शब्दावली

• म्याग्मा: पृथ्वीको भित्री भागमा रहेको तातो पदार्थ
• लाभा: म्याग्मा सतहमा आएपछि
• क्रेटर: लाभा निस्कने कचौरा जस्तो प्वाल
• डाइक: साना नली
• पेटी: लामो र नियमबद्ध ज्वालामुखीको पंक्ति

🌊 नदी र हिमनदी

विश्वका प्रमुख नदीहरू

नदी लम्बाइ विशेषता
नाइल 6,690 km विश्वकै लामो, 11 देशमा बग्ने
अमेजन 6,576 km विश्वकै ठूलो, क्षेत्रफल: 27,000 sq km
कंगो - विश्वकै गहिरो (720 मिटर)

नदी सम्बन्धित शब्दावली

• मुहान: नदी उत्पत्ति हुने स्थान
• मुख: नदी अन्त हुने स्थान
• सहायक नदी: मुख्य नदीसँग मिल्ने साना नदी
• दोभान: दुई नदी मिल्ने ठाउँ
• त्रिवेणी: तीन नदी मिल्ने ठाउँ

हिमनदी सम्बन्धित शब्दावली

• हिमक्षेत्र: हिउँले ढाकिएको भू-भाग
• हिमरेखा: सधैं हिउँ जम्ने र नजम्ने ठाउँ छुट्याउने रेखा
• हिमशिला: हिमनदीको हिउँका ठूला ढिक्का
• हिमसागर: हिमनदीले बनाएको खाडल
• हिमोढ: हिमनदीले बगाएर थुप्रिएको पदार्थ

🌍 विश्वका रेकर्डहरू

क्षेत्रफलको आधारमा

ठूला 5 देश (रुक्या अचिब्रा)

1. रुसिया
2. क्यानडा
3. अमेरिका
4. चिन
5. ब्राजिल

साना 5 देश (म्या मोना तुसा)

1. म्याटिकन सिटी
2. मोनाको
3. नाउरु
4. तुभालु
5. सान मारिनो

जनसंख्याको आधारमा

ठूला 5 देश (चिबा अइब्रा)

1. चिन
2. भारत
3. अमेरिका
4. इण्डोनेशिया
5. ब्राजिल

भूपरिवेष्ठित राष्ट्र

ठूला 5 (काम चानामा)

1. काजकिस्तान
2. मंगोलिया
3. चाड
4. नाइजर
5. माली

साना 5 (म्या सालि अल)

1. म्याटिकन सिटी
2. सानमारिनो
3. लिचेष्टाइन
4. अन्डोरा
5. लग्जम्बर्ग

🏙️ शहरहरूका उपनामहरू

उपनाम शहर/देश
हजारौं तालको देश फिनल्याण्ड
हजारौं हात्तीहरूको देश लाओस
सेती हात्तीको देश थाइल्याण्ड
सूर्योदयको देश जापान
सूर्यास्तको देश ग्रेट ब्रिटेन
लडाकुहरूको देश नेपाल
विश्वको चिनीको भाँडो क्युबा
बंगालको दुःख दामोदर नदी
बिहारको दुःख कोशी
पवित्र भूमि जेरुसेलम
गोल्डेन गेट सिटी सान फ्रान्सिस्को

⚡ भूकम्प (Earthquake)

आधारभूत जानकारी

• भूकम्प अध्ययन: सिस्मोलोजी
• भूकम्प मापन यन्त्र: सिस्मोग्राफ
• भूकम्प मापन एकाइ: म्याग्निच्युड
• भूकम्प उत्पत्ति केन्द्र: हाइपोसेन्टर
• सतहमा पहिले आउने केन्द्र: इपिसेन्टर

भूकम्पको वर्गीकरण

म्याग्निच्युड वर्गीकरण
8+ महाभूकम्प (Great)
7-7.9 ठूलो भूकम्प (Major/Large)
6-6.9 शक्तिशाली (Strong)
5-5.9 मध्यम (Moderate)
3-4.9 सानो भूकम्प (Small)

नेपालमा भूकम्प

• सबैभन्दा ठूलो: 1990 माघ 2 (8.4)
• हालको ठूलो: 2072 बैशाख 12 (7.6)
• भूकम्प दिवस: माघ 2 गते

सुरक्षा उपाय: Drop, Cover & Hold

• Drop: दुवै घुँडा कुहिना टेकेर बस्ने
• Cover: ओत लाग्ने
• Hold: समात्ने

⚡ चट्याङ (Thunderstorm)

चट्याङका प्रकार

1. बादल देखि बादल (Cloud to Cloud - CC)
2. बादल देखि जमीन (Cloud to Ground - CG)
3. इन्ट्रा क्लाउड (Intracloud - IC)

विश्वमा सबैभन्दा बढी चट्याङ पर्ने ठाउँ

• भेनेजुएलाको माराकाइबो ताल क्षेत्र
• प्रति वर्ग किलोमिटरमा करिब 250 पटक
• प्रत्येक 1 मिनेटमा 28 पटक
• एक वर्षमा 12 लाख पटक

नेपालमा चट्याङको जोखिम

• झापाको दक्षिणपूर्व क्षेत्र देखि नवलपरासीको चुरे क्षेत्रमा
• चर्को घाम लाग्ने समयमा
• दिउँसो 3 देखि 8 बजेको समयमा बढी

चट्याङबाट बच्ने उपाय

✅ घरभित्र बस्नु सबैभन्दा सुरक्षित ✅ विद्युतीय साधन नछोउने ✅ रूखमुनि नबस्ने ✅ धातुका वस्तु नछोउने ✅ पानीमा हात नधुने

🌡️ मनसुन (Monsoon)

विशेषताहरू

• मनसुन सुरु: बंगालको खाडीबाट
• विश्वको प्रमुख क्षेत्र: दक्षिणपूर्व एशिया
• नेपालमा दिशा: पूर्वबाट पश्चिम र दक्षिणबाट उत्तरतिर
• विशेषता: हिउँदमा ठण्डा र गर्मीमा गर्मी हुने जलवायु

अन्य मनसुन क्षेत्रहरू

• दक्षिणपूर्व ब्राजिल
• मध्य अमेरिका
• उत्तरी अष्ट्रेलिया
• भेनेजुएला र कोलम्बिया

🏜️ मरुभूमि (Desert)

मरुभूमिको परिभाषा

• वर्षमा 250 मिलिमिटर (10 इन्च) भन्दा कम वर्षा हुने क्षेत्र
• पृथ्वीको सतहको एक तिहाई भाग मरुभूमिले ओगटेको

मरुभूमिका प्रकार

1. ध्रुवीय मरुभूमि (Polar Deserts)
2. उष्णप्रदेशीय मरुभूमि (Subtropical Deserts)
3. शीत मरुभूमि (Cold Winter Deserts)
4. तटीय मरुभूमि (Cool Coastal Deserts)

📝 महत्वपूर्ण सूत्रहरू

दूरी निकाल्ने

• 1° अक्षांश = 111 किमी
• एउटै देशान्तरमा परेका दुई ठाउँको अक्षांश थाहा भए
• अक्षांशको फरकलाई 111 ले गुणन गर्ने

समय निकाल्ने

• 1° देशान्तर = 4 मिनेट

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url