नेपाल नामकरण र उल्लेख
- तिब्बती भाषामा "ने" को अर्थ घर र "पाल" को अर्थ ऊन भन्ने हुन्छ । प्राचीनकालमा यहाँ धेरै ऊन उत्पादन हुने गरेकोले नेपाल (ऊनको घर) नाम रहेको पाइन्छ ।
- किराँती भाषामा "ने" को अर्थ मध्य र "पा" को अर्थ घर हो । नेपा अर्थात् मध्य देश भन्नाले नेपाल भएको मानिन्छ ।
- ने मुनीले पालनपोषण गरेको भूभाग हुनाले पनि नेपाल भनिएको मानिन्छ ।
- नेपाल शब्द उल्लेख भएको पहिलो अभिलेख वि.सं. १५६ को बसन्तदेवको टिस्टुङ अभिलेख हो ।
- नेपाल शब्दको उल्लेख सर्वप्रथम अथर्ववेदमा भएको पाइन्छ ।
नेपाललाई कहिले के भनिन्थ्यो ?
| युग | नेपाललाई भनिने ( बस्ने ) | पुराना प्रतापी राजा ( युगअनुसार ) |
|---|---|---|
| सत्ययुगमा | सतावती | यज्ञपति |
| त्रेतायुगमा | तापन | रामचन्द्र |
| द्वापरयुगमा | मुनि नेपाल | युधिष्ठिर |
| कलियुग | नेपाल | भोजराज |
नेपाल उपत्यकाको समयमा नेपाल आएका बुद्धहरु ( विभिन्न मत )
क) गोपालवंशी
- गोपाल भनेको केलाई जनाउँछ ? ➜ गाईपालक समुदायलाई
- नेपालमा सर्वप्रथम राज्य चलाउने गोपालहरु कुन वंशका थिए ? ➜ गुर्वंशी
- गोपालवंशका प्रथम राजा को थिए ? ➜ भुक्तमान
- गोपालवंशका अन्तिम राजा को थिए ? ➜ यक्ष गुप
- गोपालहरुले कति वर्ष राज्य चलाएका थिए ? ➜ ८ पुस्ताका राजाले ५२१ वर्ष
- कसको पालामा पशुपति ज्योतिर्लिङ्ग प्रकट भएको थियो ? ➜ गोपालवंशीको पालामा
- ने मुनीले कसलाई राजा बनाएका थिए ? ➜ भुक्तमान (भूमिगुप्त)
- गोपालवंशको राजधानी कहाँ थियो ? ➜ मातातिर्थ
- गोपालहरु कुन जातिका थिए ? ➜ ने
- हिन्दु धर्म अनुसार नेपालको प्रथम राजा भुक्तमान र बौद्ध धर्म अनुसार धर्माकर हुन् ।
- धर्माकर कुन युगका राजा थिए ➜ त्रेतायुग
- नेपालको सबैभन्दा पुरानो वंशावली: गोपाल वंशावली (राजा जयस्थिति मल्लद्वारा तयार गरिएको)
ख) आभिरवंशी (महिपाल)
- गोपालवंशी राजा यक्ष गुप निःसन्तान भएकाले नेपालको सत्ता कसको हातमा पर्यो ? ➜ महिपाल
- आभिरवंशीको पेशा के थियो ? ➜ भैंसी पाल्ने
- पहिलो आभिरवंशी राजा को हुन् ? ➜ वरसिंह
- अन्तिम आभिरवंशी राजा को हुन् ? ➜ भुवनसिंह
- आभिरवंशीको राजधानी कहाँ थियो ? ➜ मातातिर्थ
- आभिरवंशीहरुले कति वर्ष शासन गरेका थिए ? ➜ केही ऐतिहासिक अनुसार १११ वर्ष /
गोपाल वंशावली अनुसार १६७ वर्ष २ महिना - कतिजना आभिरवंशी राजाहरुले राज्य चलाएका थिए ? ➜ ३ जना (वरसिंह, जयरसिंह र भुवनसिंह)
ग) किराँतवंशी
- किरात भन्नाले के बुझिन्छ ? ➜ पर्वतका मान्छे
- नेपालमा कति जना किराँती राजाहरुले शासन गरे ? ➜ २९ पुस्ताका ३२ राजाले १५०० वर्ष
- पूर्वी नेपालबाट आएका किराँतीहरुले कसलाई पराजित गरी सत्ता लिएका थिए ? ➜ भुवनसिंह
- पहिलो र अन्तिम किराँती राजा को को हुन् ? ➜ यलम्बर र गस्ती
- किराँतवंशको राजधानी कहाँ थियो ? ➜ पहिले गोकरण पछि शंखमुल
- यलम्बरको पूर्ण कदको सालिक कुन ठाउँमा रहेको छ ? ➜ संखुवासभामा
- नेपालको सबैभन्दा पुरानो मूर्ति विरुपाक्ष कुन समयमा बनेको हो ? ➜ किराँतकालमा (पशुपति आर्यघाट)
- कुन किराँती राजाको पालामा महाभारत युद्ध भएको मानिन्छ ? ➜ छैटौं राजा हुमती
- किराँतीहरुले महाभारत युद्ध कसलाई सहयोग गरेका थिए ? ➜ पाण्डव (हुमती जितेन्द्रसालीलाई पठाएका)
- गौतम बुद्ध कसको पालामा नेपाल आएका थिए ? ➜ सातौं किराँती राजा जितेद्रसालीको पालामा
- सम्राट अशोक कसको पालामा नेपाल आए ? ➜ चौधौं किराँती राजा स्थुन्को पालामा
- नेपालको प्रथम पर्यटक कसलाई मानिन्छ ? ➜ सम्राट अशोकलाई
- सम्राट अशोक भारतको कुन राज्यका राजा थिए ? ➜ मगध
- अशोक स्तम्भ कसले निर्माण गरेका हुन् ? ➜ सम्राट अशोकले
- अशोक स्तम्भको लम्बाइ कति थियो ? ➜ ४५.५ फिट
घ) सोमवंशी
- प्रथम सोमवंशी राजा को थिए ? ➜ निमिप
- गोदावरी गोदावरीको १२ वर्षे मेला कसले चलाए ? ➜ निमिप
- सोमवंशीहरुको शासन केन्द्र कहाँ थियो ? ➜ गोदावरी
- अन्तिम सोमवंशी राजा को हुन् ? ➜ भास्कर वर्मा
ङ) लिच्छिववंशी
- लिच्छिविक को थिए ? ➜ भारतको वैशालीबाट आएका सूर्यवंशी क्षत्रीयहरु
- लिच्छिविहरुले पाटनको च्यामलमा कति किराँतीहरुलाई मारेर राज्य लिएका थिए ? ➜ ८ सय
- लिच्छिविकालका प्रथम राजा को हुन् ? ➜ जयदेव प्रथम
- लिच्छिविकालका आदिपुरुष कसलाई मानिन्छ ? ➜ सुपुष्प
- अन्तिम लिच्छिववंशी राजा को हुन् ? ➜ जयकामदेव
- लिच्छिविकालमा राज भाषा के थियो ? ➜ संस्कृत
- लिच्छिविकालमा कसको पालामा दैध शासन सुरु भएको थियो ? ➜ वसन्तदेव
- शिलालेखमा स्वस्ति नेपालय लेखाउने राजा को हुन् ? ➜ वसन्तदेव
- स्वयम्भुको ज्योतिर्लिङ्ग छोपी त्यसमाथि चैत्य निर्माण गर्ने राजा को हुन् ? ➜ प्रचण्डदेव
- लिच्छिवि राजा जयकामदेव निःसन्तान भएकाले नेपालको सत्ता कसको हातमा पर्यो ? ➜ नुवाकोटका ठकुरीवंशी राजा भास्करदेव
- नेपालको सबैभन्दा पुरानो अभिलेख कुन मानिन्छ ? ➜ माली गाउँमा प्राप्त जयवर्माको वि.सं. १८७
- लिच्छिविकालमा धानमाल तथा घिउ, तेल, दुध नाप्न प्रयोग हुने एकाइ: मानिका
❖ लिच्छिविकालीन राजाहरु
❖ मानदेव गरेका कार्यहरु(सुन: गोमा र सीमा नाममा नाजुप्रसारण गरे)
|
❖ गुणकामदेव (लक्ष्मी कामदेव)सुन ➜ काकु इन्द्र र कृष्ण हिलामा भड्कालोको महालक्ष्मीको गुप
|
❖ नरेन्द्रदेव गरेका कार्यहरुसुन ➜ भद्रकाली पण्ड र पूर्ण इन्द्रजात्राको बुहामा तिनको रतो मछिन्द्रनाथको देखाशान अन्य गरे
|
❖ अंशुवर्माले गरेका कार्यहरुसुन: मम बोक
(सुन: पगु बोक युग वेगी)
|
सुपुष्प
- लिच्छिविकालका आदिपुरुष कसलाई मानिन्छ ? ➜ सुपुष्प (चौथो)
- सुपुष्पले कति वर्ष राज्य चलाएका थिए ? ➜ ५६ वर्ष
- पशुपतिनाथमा देवल बनाउने राजा को हुन् ? ➜ सुपुष्प
मानदेव
- नेपालको पहिलो प्रमाणिक राजा को हुन् ? ➜ मानदेव
- मानदेवको मातापिता को थिए ? ➜ राजुवती र धर्मदेव
- मानदेवले कति समय शासन गरे ? ➜ वि.सं. ५२१ देखि ५६२ सम्म (४१ वर्ष)
- मानदेवकी रानीहरु को-को थिएन ? ➜ ३ ओटी (भोगिनी, गुणवती र क्षेत्रसुन्दरी)
- मानदेवको छोरा को थिए ? ➜ महिदेव
- मानदेवको पहिलो अभिलेख कहाँ राखिएको छ ? ➜ चाँगुनारायण (भक्तपुर)
- मानाङ्क मुद्रामा के अंकित थियो ? ➜ अग्रमभागमा सिंह र कमल लिएरकी देवी र पछाडि भागमा श्री भोगिनी
❖ मानदेवले गरेका कार्यहरु (सुन: गोमा र सिमा नाममा चाँगुनारायण गए)
- गोकर्णमा बस्ती बसालेका
- मानगृह निर्माण गरेका
- सर्वप्रथम शिलालेखको स्थापना
- मानाङ (तामाको बनेको मुद्रा) प्रचलनमा
- नाग र बाघको पूजाको सुरुवात
- चाँगुनारायणको मन्दिर
अंशुवर्मा
- अंशुवर्मालाई कसले राजा बनाएका हुन् ? ➜ मामा शिवदेव प्रथम
- अंशुवर्माले कति समय शासन गरे ? ➜ वि.सं. ६६३ देखि ६७८ सम्म (१६ वर्ष)
- अंशुवर्माको पालामा भारतका राजा को थिए ? ➜ हर्षवर्धन (बहिनी दिएको)
- भृकुटी कसकी छोरी हुन ? ➜ अंशुवर्मा
- अंशुवर्माले भृकुटीको विवाह को संग गरिदिए ? ➜ तिब्बतका सम्राट स्रङ्चन गम्पोसँग
- भृकुटीको बाल्यकालको नाम के थियो ? ➜ खुन्दी
- भृकुटीलाई चिनियाँ भाषामा के भनिन्थ्यो ? ➜ तिदुङ
- भृकुटीले तिब्बत जाँदा संगै लगेका शिल्पी को थिए ? ➜ शिल्पमञ्जु
- बोधिसत्वको रुपमा चिनिने राजा को हुन ? ➜ अंशुवर्मा
- अंशुवर्माले कसलाई सत्ता हस्तान्तरण गरे ? ➜ उदयदेव
- यिनको शासनकाललाई लिच्छिविकालको स्वर्णयुग पनि चिनिन्छ
❖ अंशुवर्माको उपनामहरु
(सुन: मम बोक)
- महासामन्त पदवी धारण गरेका
- महाराजाधिराजको उपाधि प्राप्त
- बोधिसत्व
- कलाभिनि
❖ अंशुवर्माले गरेका कार्यहरु
(सुन: पगु बोक युप बैश)
- बलम्बुमा बस्ती बसालेका
- पछिल्लो श्राद्धको सुरुवात गरेका
- गुप्त सम्भव चलाएका
- बालकको सालनाल काट्ने चलन चलाएका
- केलाशकुट भवन (ठिमी गाउँमा रहेको) बनाएका
- युवराजाधिराज घोषणा गर्ने चलन चलाएका
- पशुपतिनाथलाई राज्यमान्यता दिएका
- चैत्यमा मुद्रा प्रचलनमा ल्याएका
- शब्द विद्या ग्रन्थ लेखेका
- चन्द्र व्याकरण लेखेका
- पशुपतिनाथनुसृप्ति पदवी धारण गर्ने
उदयदेव
- उदयदेव कसका छोरा थिए ? ➜ शिवदेव प्रथमका
- युवराज घोषित हुने पहिलो व्यक्ति को हुन ? ➜ उदयदेव
- तिब्बत शरण लिने पहिलो राजा को हुन ? ➜ उदयदेव
- उदयदेवलाई कसले पदच्युत गरे ? ➜ भाई ध्रुवदेव र सामन्त जिन गुप्ताले
नरेन्द्रदेव
- नरेन्द्रदेवले कति वर्ष शासन गरे ? ➜ ३५ वर्ष (वि.सं. ७०२ देखि ७३६ सम्म)
- नरेन्द्रदेव कसका छोरा थिए ? ➜ उदयदेव
- लिच्छिवि आकाशको पूर्ण चन्द्र कसलाई भनिन्छ ? ➜ नरेन्द्रदेव
- रातो मछिन्द्रनाथको रथयात्रा गर्ने पहिलो राजा को हुन ? ➜ वर्देव
- मछिन्द्रनाथलाई के को देवता मानिन्छ ? ➜ वर्षा र सहकालका देवता
- रातो मछिन्द्रनाथको रथयात्रा कति समय मनाइन्छ ? ➜ २ महिना
नरेन्द्रदेवले गरेका कार्यहरु
- भद्रावास भवनको निर्माण
- रातो मछिन्द्रनाथको (नेपालमा लामो समय चल्ने जात्रा) जात्रा चलाएका
- भोटोजात्राको प्रचलन चलाउने
- सिंहासन शब्द प्रचलनमा ल्याएका
- महाराजाधिराज परमेश्वर उपाधि प्राप्त गरेका
- द्यालमा बुद्ध राख्ने चलन चलाएका
- देवस्थानको अन्य गरेका
- तिब्बतको सहयोगमा जिन गुप्तको फौजलाई हराएर सिंहासनको पुनःप्राप्ति गरेका
- पग्ग र राणा नामक मुद्राहरु प्रचलनमा
गुणकामदेव
- गुणकामदेवको गद्दी आरोहण कहिले भएको थियो ? ➜ वि.सं. १२१७ मा
- गुणकामदेवले कति वर्ष शासन गरे ? ➜ १८ वर्ष
- गुणकामदेव अर्को के नामले चिनिन्छ ? ➜ लक्ष्मी कामदेव
- कसको पालामा दरबारलाई ललितपुरबाट कान्तिपुरमा सारिएको थियो ? ➜ गुणकामदेवको पालामा
- गुणकामदेवले काठमाडौं शहरको स्थापना गर्दा कति घरहरू बनाएका थिए ? ➜ १८००
- गुणकामदेवले काठमाडौं शहरको स्थापना गर्न कति खर्च गरेका थिए ? ➜ १ लाख
गुणकामदेवले गरेका कार्यहरु
- कुमारीको पूजा गर्ने चलन चलाएका
- कान्तिपुर शहरको स्थापना गरेका
- टुँडिखेलको भद्रकालीको मन्दिर निर्माण गरेका
- लाखेजात्रा, कुण्डजात्रा, हिलेजात्रा, भुजुङ्गे जात्रा, इन्द्रजात्राको चलन चलाउने
- पशुपतिमा २१ कोठ चढाएका
- महादेवीको स्थापना
- पशुपति मन्दिर परिसरमा रहेको इशानेश्वर मन्दिरमा तामाको छाना राखेका
- लुन्धदेवी, नवदुर्गा र रक्तकालीको स्थापना
लिच्छिविकालमा कसलाई के भनिन्थ्यो ?
महासर्वदण्डनायक ➜ प्रधानन्यायाधीश
सामन्त ➜ प्रशासक
सर्वदण्डनायक ➜ न्यायाधीश
प्रतिहार ➜ दौरे
अमात्य ➜ मन्त्री
गोल्मिक ➜ सेनानायक
महाबलाध्यक्ष ➜ सेनामुख
भट ➜ सेना/सिपाही
बलाध्यक्ष ➜ सेनापति
महाप्रतिहार ➜ राजदरबारसम्बन्धी विषय हेर्ने
वाणिक ➜ साधारण व्यापारी
पीठाध्यक्ष ➜ राजद्वार निरीक्षण गर्ने
प्रसादाधिकृत ➜ कार्यालय प्रमुख
दूतक ➜ शाही घोषणा प्रचार गर्ने
भटनायक ➜ सेनाध्यक्ष
पौर ➜ केन्द्रमा बस्ने जनता
भट्टक ➜ राजाको निजी सचिव
जानपद ➜ ग्राममा बस्ने जनता
वाणिक ➜ साधारण व्यापारी
सार्थवाह ➜ व्यापारी नेता
कृतिक ➜ कृषि, वन, सिंचाइ हेर्ने कर्मचारी
लिच्छिविकालका करहरु
भाग ➜ कृषि उत्पादनमा लगाउने कर
तैलकर ➜ तेलमा लगाउने कर
भोग ➜ पशुपालनमा लगाउने कर
सुङ्कर ➜ सुङ्गामा लगाउने कर
कर ➜ व्यापारमा लगाउने कर
चौथकर ➜ कुपमा लगाउने कर
सिँकर ➜ फर्निचरमा लगाउने कर
मल्लकर ➜ मेलामा लगाउने कर
- आपणकर ➜ पसलमा लाग्ने कर
- गोष्ठ कर ➜ मनोरञ्जनमा लाग्ने कर
- पिठकर ➜ मालपोत
- पाण्डुल कर ➜ ब्याजमा लाग्ने कर
लिच्छिविकालीन अड्डाहरु
- कुञ्जेर ➜ विभिन्न करहरु उठाउने अड्डा
- माल्टोक ➜ विवाह, सम्बन्ध विच्छेद गर्ने अड्डा
- शुल्की ➜ पशुपात, चोरी, हत्या, परस्त्रीगमन, राजद्रोह र अपराधमा सजाय गर्ने मुद्दा हेर्ने अड्डा
- लिबल ➜ कूलो, नहर, बाटो आदि निर्माण गर्ने अड्डा
- पाङ्गली ➜ गाउँको मुद्दामामिला र विकास निर्माण गर्ने निकाय
- परमशासन ➜ पश्चिमको मुद्दा हेर्ने अधिकार भएको अड्डा
- अन्तराश्र ➜ न्यायिक निर्णय दिनको लागि बनेको राजासहितको सभा वा इजलास
- बजार अड्डा ➜ भन्सारसम्बन्धी काम गर्ने कार्यालय
- पूर्वाधिकारण ➜ पूर्वी भागको प्रशासन हेर्ने दरबारको अड्डा
- पश्चिमाधिकारण ➜ पश्चिम भागको प्रशासन हेर्ने दरबारको अड्डा
- भट्टारकण ➜ जात, धर्मको छेदखेद गर्ने
- विधि ➜ झारासम्बन्धी कार्य गर्ने वा श्रमको बन्दोबस्त गर्ने
प्रशासनिक एकाइ
- ग्राम ➜ सानो गाउँ (प्रमुख: प्रधान)
- तल ➜ ठुलो गाउँ (प्रमुख: तलसिंह)
- द्रंग ➜ व्यापारिक केन्द्र (प्रमुख: कुञ्जेर)
- विषय ➜ जिल्ला (प्रमुख: विषयपति)
कुन ठाउँमा कसले बस्ती बसाए ?
| बस्ती | बसाउने राजा | बस्ती | बसाउने राजा |
|---|---|---|---|
| कान्तिपुर | गुणकामदेव | ललितपुर | वरदेव |
| भक्तपुर | आनन्ददेव | बलम्बु | अंशुवर्मा |
| गोकर्ण | मानदेव | किर्तिपुर | शिवदेव |
| देवपाटन | देवपाल | चापागाउँ | चारुमति |
| गोरखा | द्रव्य शाह | कास्की | विजय सेन |
| बझाङ | शक्ति सिंह | बुढानीलकण्ठ | जयदेव द्वितीय |
| नुवाकोट | अजय सिंह / मिना खान | चौदण्डी | जगतसेन |
| तनहुँ | भूपालसिंह |
tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url