कोशी प्रदेश सम्बन्धि विविध जानकारी

कोशी प्रदेशको भौगोलिक, सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक अवस्था सम्बन्धी जानकारी

कोशी प्रदेशको भौगोलिक अवस्था तथा अन्य जानकारी

  • कोशी प्रदेशको,
  • ✔️ उत्तरमा:- चीनको स्वशासित क्षेत्र तिब्बत
  • ✔️ दक्षिणमा:- भारतको बिहार राज्य
  • ✔️ पूर्वमा:- भारतको पश्चिम बंगाल र सिक्किम राज्य
  • ✔️ पश्चिममा:- बागमती र मधेश प्रदेश
  • अक्षांश:- २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि २८ डिग्री ६ मिनेट उत्तरी अक्षांश
  • देशान्तर:- ८६ डिग्री ९ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर
  • होचो भाग:- केचना-कवल (झापा) ५८ मिटर
  • उच्च भाग:- सर्वोच्च शिखर सगरमाथा ८८४८.८६ मिटर
  • कुल क्षेत्रफल:- २०,९०५ वर्ग किलोमिटर (नेपालको क्षेत्रफलको १७.६ प्रतिशत)
  • ✔️ हिमाली क्षेत्र:- ४०.२९ प्रतिशत
  • ✔️ पहाडी क्षेत्र:- ३३.३३ प्रतिशत
  • ✔️ भित्री मधेश:- ७.४९ प्रतिशत
  • ✔️ तराई क्षेत्र:- १८.२९ प्रतिशत

कोशी प्रदेशमा १४ जिल्ला रहेका छन् । जिल्ला सम्बन्धी अन्य जानकारी,

  • हिमाली जिल्लाहरू:- सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ (३ वटा)
  • पहाडी जिल्लाहरू:- ओखलढुंगा, खोटाङ, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटा र इलाम (७ वटा)
  • भित्री मधेशका जिल्लाहरू:- उदयपुर (१ मात्र जिल्ला)
  • तराईका जिल्लाहरू:- झापा, मोरङ र सुनसरी (३ वटा)
क्षेत्रफलका आधारमा ठुलो देखि सानोको क्रम जनसंख्याका आधारमा ठुलो देखि सानोको क्रम
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, उदयपुर, मोरङ, इलाम, झापा, खोटाङ, भोजपुर, सुनसरी, पाँचथर, ओखलढुंगा, धनकुटा र तेह्रथुम मोरङ, झापा, सुनसरी, उदयपुर, इलाम, खोटाङ, पाँचथर, संखुवासभा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुम
  • कोशी प्रदेशमा कुल वडा संख्या:- ११५७
  • कोशी प्रदेशमा स्थानीय तहको संख्या:- १३७ वटा
गाउँपालिका नगरपालिका उपमहानगरपालिका महानगरपालिका जम्मा
८८ ४६ १३७
  • प्रदेश सभाको स्थापना:- २०७४/१०/१७
  • कोशी प्रदेशको राजधानी तोकिएको मिति २०७६ बैशाख २३ गते हो भने कोशी प्रदेशको नामाकरण मिति २०७९ फागुन १७ मा गरिएको हो ।
  • प्रतिनिधि सभा निर्वाचन क्षेत्र २८ वटा रहेका छन् भने प्रदेश सभा तर्फ ५६ रहेका छन् ।
  • कोशी प्रदेश सभामा निर्वाचित हुने सदस्य संख्या ९३ जना जम्मध्ये,
  • ✔️ प्रत्यक्ष तर्फ:- ५६,
  • ✔️ समानुपातिक तर्फ:- ३७,

कोशी प्रदेशमा अवस्थित ताल तथा पोखरीहरु

तालको नाम अवस्थित जिल्ला
सिजमे ताल, जलजले पोखरी, तीनपोखरी, लामपोखरी, लोचपोखरी, कालोपोखरी ताप्लेजुङ
इन्द्रणी ताल, विराट पोखरी झापा
थुलाजी ताल, फोक्सार ताल, चिङ्गिङ पोखरी, सिसमार्ग पोखरी, डुकुरपोखरी, लामपोखरी तेह्रथुम
रानी ताल, मर्गा पोखरी, राजरानी पोखरी धनकुटा
भुलभुले ताल, सालपोखरी, बाराहीपोखरी, कालोपोखरी, पञ्चकन्या पोखरी भोजपुर
बर्जु ताल, चिम्टी ताल सुनसरी
वेतना ताल, राजरानी पोखरी, सुनवर्षी पोखरी, केचना, रानीकटेरी, धनपाल, चुले पोखरी मोरङ
बराह ताल, छिता पोखरी, इन्द्रणी, काली, लाम्चे र बानेपोखरी खोटाङ
रोताहा पोखरी, जोगी दह उदयपुर
सुके पोखरी, जालिम पोखरी सोलुखुम्बु
जोरपोखरी, सुखपोखरी, तिनपोखरी पाँचथर

यस प्रदेशमा १३५३ ताल तलैयाहरू रहेका पाइन्छ भने सबैभन्दा बढी ताप्लेजुङ जिल्लामा रहेका छन् ।

कोशी प्रदेशमा रहेका झरनाहरु कोशी प्रदेशमा रहेका गुफाहरु कोशी प्रदेशमा रहेका हिमतालहरु
➤ ह्याङदुङ झरना:- तेह्रथुम
➤ ओडारिखोलाको झरना:- उदयपुर
➤ पोखली, रातामाटे:- ओखलढुंगा
➤ दुधुङ झरना:- खोटाङ
➤ नमस्ते झरना:- धनकुटा
➤ टोड्के झरना:- इलाम
➤ टिप्पाले झरना:- ताप्लेजुङ
➤ हल्सी, मार्तिका र बुद्धेश्वर गुफा:- खोटाङ
➤ गोमुखी, ज्यामिरे:- तेह्रथुम
➤ बालेश्वर र खापाङ गुफा:- संखुवासभा
➤ शिवजी, सिद्धकाली:- भोजपुर
➤ सप्तकन्या गुफा:- मोरङ
➤ राजकुमारी गुफा:- इलाम
➤ चण्डीदेवी गुफा:- ओखलढुंगा
➤ हन्जा, लम्बी, हुडुकु र डिङ्गपो:- सोलुखुम्बु
➤ तल्लो बरुण:- संखुवासभा
कोशी प्रदेश रहेका नदीहरुको सामान्य जानकारी
नदी विशेषता
कोशी नदी ➤ नेपालको सबैभन्दा ठूलो नदी, औसत जलप्रवाह १५६४ क्युबिक प्रति सेकेण्ड,
➤ लम्बाई ७२० कि.मि., सबैभन्दा बढी स्थान परिवर्तन गर्ने,
➤ भारतमा दामोदर भनिने,
➤ सहायक नदीहरु:- तमोर, अरुण, दूधकोशी, लिखु, तामाकोशी, सुनकोशी र इन्द्रावती,
➤ ठूलो सहायक नदी अरुण र सानो लिखु,
➤ भारतको बिहार राज्यको कसेला घाटमा गंगा नदीमा मिसिन्छ ।
अरुण नदी ➤ कोशी नदीको ठूलो सहायक नदी, विश्वको सर्वोच्च शिखरबाट बग्ने नदी, भोटमा मूल,
➤ संखुवासभाको किमाथांका बाट नेपाल प्रवेश गर्दछ,
➤ भोजपुर जिल्लाको पनम भञ्जे ठाउँमा सुनकोशी नदीमा मिसिन्छ ।
तमोर नदी ➤ ओलाङचुङगोला घाटीबाट नेपाल प्रवेश गरेको एक मात्र नदी, भोटमा मूल भएको,
➤ संस्कृत नाम दुग्धी, उद्गम स्थल कञ्चनजंघा/तिब्बत, त्रिवेणीघाटमा सुनकोशीमा मिसिन्छ ।
➤ अरुण र तमोर टामुरामा मिसिन्छन् ।
मेची नदी ➤ उद्गम स्थल लालिखर्क, पूर्वी सीमाना बन्ने, भारतमा महानन्दा भनिने ।
कन्काई नदी ➤ उद्गम स्थल महाभारत पर्वत (माइपोखरी), भारतमा शिरिष ।
दुधकोशी नदी ➤ उद्गम स्थल दुधकुण्ड, संस्कृत नाम भद्रावती, सहायक नदी भोटेकोशी ।
क्र.सं. हिमालको नाम उचाइ (मिटरमा)
सगरमाथा८८४८.८६
कञ्चनजंघा८५८६
ल्होत्से८५१६
मकालु८४६३
चोयु८२०१
  • कोशी प्रदेशको कुल भू-भागको ४६.२४ प्रतिशत वन र ४.२४ प्रतिशत बुट्यान गरी कुल ५०.४८ प्रतिशत भू-भाग वनक्षेत्रले ओगटेको छ ।
  • नेपालको कुल वन क्षेत्रमध्ये सबैभन्दा बढी वनक्षेत्र कोशी प्रदेशमा रहेको छ ।
  • यस प्रदेशमा सबैभन्दा बढी उदयपुर जिल्लामा वन क्षेत्र रहेको छ भने सबैभन्दा कम झापामा रहेको छ ।
  • कोशी प्रदेशमा राष्ट्रिय निकुञ्जहरू २ वटा, वन्यजन्तु आरक्ष १ वटा र संरक्षण क्षेत्र १ वटा गरी कुल ४ संरक्षित क्षेत्र रहेका छन् ।
निकुञ्ज तथा आरक्ष स्थापना (वि.सं.) क्षेत्रफल (व.कि.मि.) अवस्थित जिल्ला
सगरमाथा राष्ट्रिय निकुञ्ज २०३३ ११४८ सोलुखुम्बु
मकालु बरुण राष्ट्रिय निकुञ्ज २०४९ १५०० सोलुखुम्बु र संखुवासभा
सिमसार क्षेत्र रामसार सूची नं क्षेत्रफल (हे.) अवस्थित जिल्ला
कोशी टप्पु ३५० १७५०० सुनसरी
गोख्यो ताल १६३२ ७७७० सोलुखुम्बु
माईपोखरी १५४० ९० इलाम
जिल्लाको नाम खनिजको नाम उपयोग
भोजपुर, पाँचथर calcite एसिड न्यूट्रलाइजेशन, माटोको उपचार, चुना उत्पादन
मोरङ Copper, Limestone भाँडाकुडा, औद्योगिक उत्पादन
संखुवासभा र ताप्लेजुङ Quartz, Tourmaline रत्न पत्थर
सोलुखुम्बु Aquamarine , Copper रत्न पत्थर
खोटाङ र उदयपुर Limestone सिमेन्ट उत्पादन
इलाम Limestone, Polymetal सिमेन्ट उत्पादन, रासायनिक
धनकुटा Limestone, Calcite, Dolomite सिमेन्ट उत्पादन, रासायनिक उद्योगमा म्याग्नेसियाको स्रोत
जिल्ला के का लागि प्रसिद्ध जिल्ला के का लागि प्रसिद्ध
धनकुटा एम्बोडो, सुन्तला भोजपुर खुकुरी
भोजपुर र संखुवासभा रुद्राक्ष पाँचथर अलैंची
इलाम चिया राईबारी ओखलढुंगा
  • राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको जिल्ला:- पाँचथर,
  • मजदुर आन्दोलनको सुरु:- मोरङ,
  • रुद्राक्षको व्यावसायिक खेतीको सुरुवात:- भोजपुर,
  • सबर र सुपारी खेतीको सुरुवात:- झापा,
  • चिया खेतीको सुरुवात:- इलाम
  • झोरा काण्ड:- मोरङ
  • चुलाचुली काण्ड:- इलाम
  • टिकाभोटे काण्ड:- सोलुखुम्बु
  • छिन्ताङ काण्ड:- धनकुटा
  • सुनसरी हत्याकाण्ड:- झापा
जिल्ला कसरी चिनिन्छ
सोलुखुम्बु सबैभन्दा बढी विमानस्थल भएको जिल्ला
मोरङ उजाड भूमि बढी भएको जिल्ला
झापा सबैभन्दा बढी धान फल्ने जिल्ला
इलाम चियाक्षेत्र बढी भएको जिल्ला
संखुवासभा विश्वकै होचो उपत्यका भएको जिल्ला
ओखलढुंगा तीनतिरबाट नदीले सीमा छुट्याएको जिल्ला
उदयपुर मकवानपुरबाट छुट्टिएर बनेको जिल्ला
धनकुटा देउरालीलाई खेडिएको जिल्ला
कोशी प्रदेशको सामाजिक अवस्था

कोशी प्रदेशको जनसंख्या

  • कोशी प्रदेशको कुल जनसंख्या- ४५,६१,४१२
  • पुरुष:- २४,७७,३२५ (५४.७२ प्रतिशत)
  • महिला:- २१,८४,०८७ (४५.२८ प्रतिशत)
  • लैङ्गिक अनुपात:- ९५.०३ (नेपालको लैङ्गिक अनुपात ९५.४९ रहेको)
  • कोशी प्रदेशको गाउँपालिका र नगरपालिका को जनसंख्या
  • नगरपालिकाको जनसंख्या:- ३०,८३,४८९ (६२.४ प्रतिशत)
  • गाउँपालिकाको जनसंख्या:- १५,७७,९२३ (३७.६ प्रतिशत)
  • कोशी प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर:- ०.६६ (नेपालको ०.९३ रहेको छ)
  • दश वर्षको अवधिमा कोशी प्रदेशमा ८.४० प्रतिशत जनसंख्या वृद्धि भएको
  • परिवार संख्या:- ११,११,४५६ (नेपालको कुल परिवार संख्याको १७.९ प्रतिशत)
  • कोशी प्रदेशमा परिवारको औसत आकार:- ४.१६ (नेपालको ४.३७ रहेको)
  • कोशी प्रदेशको जनघनत्व:- १९३ जना प्रति ब.कि.मि. (नेपालको १९८ जना)
  • कोशी प्रदेशमा सबैभन्दा बढी (६२.८ प्रतिशत) परिवारको छाना जस्ता/टिन/टायलबाट बनेको
  • कोशी प्रदेशमा अन्य लिङ्गको जनसंख्या ३०४ जना रहेको छ (नेपालमा ३३६ जना)
  • यस प्रदेशमा सबैभन्दा बढी वार्षिक जनसंख्या वृद्धिदर भएको जिल्ला झापा (१.७०) हो भने सबैभन्दा कम भएको जिल्ला खोटाङ (-१.९५) रहेको छ
  • कोशी प्रदेशमा परिवारको औसत आकार बढी भएको जिल्ला सुनसरी (४.३६) हो भने सबैभन्दा कम इलाम (३.९६)
कोशी प्रदेशमा शैक्षिक स्थिति
क्षेत्र साक्षरता दर
जम्मा पुरुष महिला
नेपाल ७६.२ ८३.६ ६९.४
कोशी प्रदेश ७७.७ ८६.९ ७३.६
  • कोशी प्रदेशका सबै जिल्ला साक्षर घोषणा भएका छन् ।
  • कोशी प्रदेशमा केन्द्रीय विश्वविद्यालय २, प्रादेशिक विश्वविद्यालय १, सामुदायिक क्याम्पस १६, आङ्गिक क्याम्पस २८, निजी क्याम्पस ५७, मेडिकल कलेज/प्रतिष्ठान ५ वटा रहेका छन् ।
कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको स्थिति
  • कोशी प्रदेशको सरदर औसत आयु ७०.४ वर्ष रहेको (नेपालको ७१.३)
  • नवजात शिशु मृत्युदर प्रति हजार जीवित जन्ममा २० रहेको (नेपालको यस्तै दर २१)
  • प्रति लाख जीवित जन्ममा मातृ मृत्युदर १५७ रहेको (नेपालको १५१)
  • शिशु मृत्युदर (प्रति हजार जीवित जन्ममा) २८ (नेपालको पनि २८ रहेको)
  • कुल प्रजनन दर:- २.२ (नेपालको २.१)
  • २०८१ चैतसम्म कोशी प्रदेशमा २६ लाख १२ हजार ७१६ जना स्वास्थ्य बीमामा आबद्ध,
खानेपानी तथा सरसफाइ
  • २०८१ चैतसम्म कोशी प्रदेशको ९३.०८ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सुविधा पुगेको छ ।
  • कोशी प्रदेशको ७५.८३ प्रतिशत जनसंख्यामा आधारभूत सरसफाइ पुगेको छ ।
कोशी प्रदेशमा लैङ्गिक विकासको स्थिति
विवरण कोशी प्रदेश नेपाल
लैङ्गिक विकास सूचकाङ्क (GDI) ०.९०१ ०.८५६
लैङ्गिक विभमता सूचकाङ्क (GII) ०.४४९ ०.४७९
महिला प्रतिनिधित्व संख्या (प्रतिशत) ३०.९ ३१.४५
महिला साक्षरता दर (प्रतिशत) ६३.६ ६९.४
घरजग्गाको स्वामित्व भएका महिला (प्रतिशत) २६.४० २३.६६
अपाङ्गता सम्बन्धी अवस्था
  • कोशी प्रदेशको कुल जनसंख्यामध्ये अपाङ्गता भएको जनसंख्या २.४ प्रतिशत रहेका छन् (नेपालको २.२ प्रतिशत)
  • कोशी प्रदेशमा अपाङ्गता भएको जनसंख्यामध्ये शारीरिक अपाङ्गता ३४.४ प्रतिशत, न्यून दृष्टियुक्त १६.४ प्रतिशत, सुस्त श्रवण ९.५ प्रतिशतबहुअपाङ्गता ९.३ प्रतिशत रहेका छन् ।

कोशी प्रदेशको जातीय अवस्था

  • कोशी प्रदेशमा १३० जातजातिको बसोबास रहेको छ
  • कोशी प्रदेशमा बसोबास गर्ने धेरै जनसंख्या भएका ५ जातजातिहरु
क्र.सं जातजाति जनसंख्या जनसंख्या प्रतिशत
क्षेत्री७४५०३५१५
ब्राह्मण५७३९७७११.६
राई५०६४३२१०.२
लिम्बु३७८५१५७.८
तामाङ२२८६३८४.६
क्र.सं जातजाति जनसंख्या
ल्होपा१० जना
व्यासी / सौका१३ जना
चुम्बा / नुब्री१८ जना
खोनक२० जना
लोथ२० जना
कोशी प्रदेशको धार्मिक अवस्था
  • कोशी प्रदेशमा धर्म अनुसारको विवरण
क्र.सं धर्म जनसंख्या जनसंख्या प्रतिशत
हिन्दु३३४३९६३६७.४
किराँत८३४५८६१६.८
बौद्ध४३३३८४८.७
इस्लाम२०५३९१४.२
क्रिश्चियन९९३२३२.३
प्रकृति२२९१७०.५
बोन२९५३०.०
जैन१०२७०.०
बहाई१९४०.०
१०शिव१२४०.०
  • जैन र बहाई धर्म मात्र जनसंख्याको तुलना गर्दा सबैभन्दा बढी कोशी प्रदेशमा रहेको छ ।
  • कोशी प्रदेशका धार्मिक स्थलहरु
क्र.सं. धार्मिक स्थलहरु जिल्ला
माईपोखरी, गजुरमुखी, पञ्चकन्याइलाम
हलेसी महादेवखोटाङ
सिद्धकाली, ख्याप्मापालुङ र रमापोखरीसंखुवासभा
अर्जुनधारा, सतासीधामझापा
बराह क्षेत्र, दन्तकाली, पिण्डेश्वर, रामधुनी र बुढासुब्बासुनसरी
किरातेश्वर महादेव मन्दिरधनकुटा
गुह्येश्वर महादेवपाँचथर
मेनाेमनीउदयपुर
पाथिभरादेवीताप्लेजुङ
कोशी प्रदेशको सांस्कृतिक अवस्था

कोशी प्रदेशको भाषिक अवस्था

  • कोशी प्रदेशमा बोलिने भाषाको संख्या १०७ रहेको छ ।
क्र.सं. प्रमुख मातृभाषा प्रतिशत
नेपाली४५.३
मैथिली११.७
लिम्बु६.७
थारु४.४
तामाङ३.५

कला तथा संस्कृति

  • कोशी प्रदेशमा ३३ वटा संग्रहालयहरु रहेका छन् । धनकुटा जिल्लामा प्रदेश संग्रहालय रहेको छ ।
  • धनकुटा र सुनसरीमा ५/५ वटा संग्रहालयहरु रहेका छन् ।
  • प्रदेशभित्र रहेका सबै भाषा, लिपि, साहित्य, कला र संस्कृतिको संरक्षण संवर्द्धन र विकास गर्ने उद्देश्यले प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ जारी भएको छ ।
  • प्रदेश सरकारबाट २०७५ देखि हालसम्म प्रदेश भाषा साहित्य कला प्रतिभा सम्मान ४५ जनालाई, नवोदित भाषा साहित्य कला प्रतिभा पुरस्कार १० जनालाई, र बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मान ५ जना गरी कुल ६३ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

कोशी प्रदेशमा मनाइने प्रमुख चाडपर्वहरु

  • उधौली र उभौली:- किराँती समुदायको सबैभन्दा ठूलो पर्व जसमा प्रकृति र पितृको पूजा गरिन्छ ।
  • चासोक तङनाम:- लिम्बु समुदायले कार्तिक महिनामा मनाउने यो पर्वलाई न्वागी पूजा पनि भनिन्छ ।
  • सिरुवा पर्व:- राजवंशी र थारु समुदायले नयाँ वर्षको अवसरमा मनाउने पर्व हो ।
  • ल्होसार पर्व:- गुरुङ समुदायले तमु, तामाङ समुदायले सोनाम र शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउँछन् ।

कोशी प्रदेशको आर्थिक अवस्था

कोशी प्रदेशको आर्थिक स्थिति

  • आर्थिक वर्ष २०७९/८० मा प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादन रु. ६१ खर्ब ७ अर्ब २२ करोड मध्ये कोशी प्रदेशको अंश १५.१ प्रतिशत (रु. ९ खर्ब ३० अर्ब ७४ करोड) रहने अनुमान गरिएको ।
  • प्रदेशगत रूपमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.५ प्रतिशत र त्यसपछि दोस्रोमा कोशी प्रदेशको छ भने कर्णाली प्रदेशको सबैभन्दा कम ४.२ प्रतिशत रहने अनुमान छ ।
  • आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा
    • कृषि क्षेत्रको योगदान:- ३४.१ प्रतिशत,
    • उद्योग क्षेत्रको योगदान:- १६.९ प्रतिशत र
    • सेवा क्षेत्रको योगदान:- ४९.१ प्रतिशत रहने अनुमान छ ।
  • आ.व २०८०/८१ मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३३.२, १५.९ र ५०.९ प्रतिशत अनुमान ।
  • आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको ३४.४ प्रतिशत, द्वितीय क्षेत्र १५.७ प्रतिशत र सेवा क्षेत्रको ४९.९ प्रतिशत रहने अनुमान गरिएको ।
परिसूचक नेपाल कोशी मधेश बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूर पश्चिम
स्थानीय तहको संख्या ७५३ १३७ १३६ ११९ ८५ १०९ ७९ ५८
जनसंख्या (प्रतिशतमा) १०० १७.१२ २०.४० २०.६९ ८.०७ १८.८६ ५.३३ ९.६३
क्षेत्रफल (प्रतिशतमा) १०० १७.६ ६.६ १३.८ १५.३ १९.८ २९.६ १३.३
आर्थिक वृद्धिदर (प्रतिशत) ४.६१ ३.३४ ४.५० ५.९६ ५.२१ ४.७० ४.७८ ३.३२
गृहस्थ्य उत्पादनमा प्रदेशगत योगदान (उ.म.) १०० १५.१ १३.३ ३६.५ ९.० १४.२ ४.२ ७.०
प्रतिव्यक्ति GDP (अमेरिकी डलरमा) १४८६ १५०१ ८३२ २६०१ १६२० १३७१ ९०५ ११४३
जलविद्युत उत्पादन (मेगावाट) ३५१२ ६३१ ३४ १५५८ १००२ ७८ ११ १५७
वन क्षेत्र (प्रतिशतमा) १०० १८.५ ३.९ १५.७ १२.५ १५.२ १३.४ १६.९
  • नेपालमा गरिबीको रेखामुनिको जनसंख्या २०.२७ प्रतिशत रहेको छ । कोशी प्रदेशमा गरिबीको दर राष्ट्रिय औसतभन्दा कम अर्थात् १७.९ प्रतिशत रहेको छ । यस प्रदेशको सहरी क्षेत्रमा १५.१० प्रतिशत र ग्रामीण क्षेत्रमा १९.६७ प्रतिशत गरिबी रहेको छ ।
  • कोशी प्रदेशको सबैभन्दा बढी गरिबी दर भएको जिल्ला ओखलढुङ्गा हो भने सबैभन्दा कम गरिबी भएको जिल्ला झापा रहेको छ ।
  • प्रदेशगत रूपमा सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेश (३४.२ प्रतिशत) मा रहेको छ भने सबैभन्दा कम गरिबी गण्डकी प्रदेशमा ११.९ प्रतिशत रहेको छ ।
विवरण बहुआयामिक गरिबीको सूचकांक गरिबीको रेखामुनिको जनसंख्या % गरिबीको गम्भीरता गरिबीको गहिराइ गरिबीको फैलावट
नेपाल ०.०७४ २०.२७ ४.५२ ९.८५ १९.८
कोशी ०.०५६ १७.९ ३.५४ ९.३५ १३.८

यस प्रदेशमा बेरोजगारी दर १०.३० प्रतिशत छ जुन राष्ट्रिय औसत (११.४० प्रतिशत) भन्दा कम हो । यस मध्ये ९.१० प्रतिशत पुरुष र ११.८० प्रतिशत महिला बेरोजगार रहेको देखिन्छ ।

कृषि क्षेत्र

  • कोशी प्रदेशको कुल जनसंख्या मध्ये ६२.७ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आबद्ध रहेका छन् ।
  • प्रदेश बिउ बजेट ऐन, २०७९ हाल कार्यान्वयनमा रहेको छ ।
  • २०७९/८० मा कोशी प्रदेशमा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर २.०३ प्रतिशत रहेको छ ।
  • कोशी प्रदेशको कुल क्षेत्रफलको ३१.४ प्रतिशत भू-भाग कृषियोग्य रहेको छ । कृषि गणना २०७५ अनुसार उक्त कृषियोग्य भू-भागको ६६.८ प्रतिशत भू-भागमा खेती गरिएको छ ।
  • कोशी प्रदेशमा प्रमुख खाद्यान्न बालीहरूको क्रम धान (४२.० प्रतिशत), मकै (३७.८ प्रतिशत), गहुँ (५.७ प्रतिशत), कोदो (४.२ प्रतिशत), फापर (०.२ प्रतिशत) र जौ (०.१ प्रतिशत) रहेको छ ।
  • प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत कोशी प्रदेशमा चालु आर्थिक वर्षमा सुपर जोन ३, जोन ४०, ब्लक १६ र कृषि तर्फ ५५ र पशुपन्छी तर्फ २२ गरी कुल ७८ प्याकेट सञ्चालनमा रहेका छन् ।

सिँचाइ

  • नेपालमा २०७९ फागुनसम्म १५ लाख ७३ हजार ५ सय ५१ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ भने कोशी प्रदेशमा ३ लाख ५९ हजार ९ सय ६० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।
  • कोशी प्रदेशको कृषि योग्य जमिनमा औसत वार्षिक सिँचाइ सुविधा पुगेको क्षेत्रफल ३५.३ प्रतिशत रहेको छ ।

उद्योग

  • कोशी प्रदेशमा हाल संघीय निकाय मातहत रहेका १, प्रदेश सरकार मातहत रहेका १, र स्थानीय तह मातहत रहेका ७ गरी कुल ९ औद्योगिक क्षेत्र/औद्योगिक ग्राम रहेका छन् ।
  • प्रदेश सरकार अन्तर्गत धनकुटामा एकवटा औद्योगिक ग्राम रहेको छ ।
  • कोशी प्रदेशमा ठूला उद्योग २५२, मझौला उद्योग ३९९ र साना उद्योग ५४७० (९२.२ प्रतिशत) गरी कुल ५४९१ उद्योगहरू दर्ता भएका छन् ।
  • २०७९ चैत्रसम्म कोशी प्रदेशमा दर्ता भएका कुल उद्योगमध्ये साना उद्योगको हिस्सा ९२.२ प्रतिशत छ ।
  • २०७९ फागुनसम्म नेपालमा दर्ता तथा नवीकरण भएका लघु, घरेलु तथा साना उद्योगमध्ये कोशी प्रदेशमा रहेका उद्योगको हिस्सा १४.१ प्रतिशत रहेको छ ।

व्यापार

➤ कोशी प्रदेश स्थित भन्सार कार्यालयहरूबाट आ.व. २०८०/८१ मा मुख्य आयात र निर्यात

५ मुख्य आयात ५ मुख्य निर्यात
✔ पेट्रोल
✔ एल.पि.ग्यास
✔ एल पि ग्रिस
✔ डिजेल
✔ कच्चा पाम तेल
✔ अलैँची
✔ फलामे पाता
✔ जुटका बुनिएका कपडा
✔ सेन्थेटिक यार्न
✔ प्लाइउड

कोशी प्रदेश लगानी सम्मेलन, २०२५

  • ➤ २०२५ साल वैशाख १५ र १६ गते सम्पन्न भएको,
  • ➤ २०२५ पुष २५ मा घोषणा भएको,
  • ➤ कोशी प्रदेश लगानी सम्मेलन, २०२५ मा ७ वटा क्षेत्रका ७१ वटा परियोजनाहरूलाई शोकेसमा राखिएको,
  • ➤ ७ वटा विषयक्षेत्रहरू कृषि, ऊर्जा, उद्योग, भौतिक पूर्वाधार, सूचना प्रविधि, फोहोर व्यवस्थापन र पर्यटन

पर्यटन

  • ➤ नेपाल सरकारले पहिचान गरेका प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये कोशी प्रदेशमा १४ रहेका छन् भने नयाँ र विकास गरिनुपर्ने पर्यटकीय क्षेत्र १६ वटा रहेका छन् ।

कोशी प्रदेशमा सञ्चालित पदमार्ग आधारित पर्यटन विकास परियोजनाहरू (४ वटा)

क्र.सं. पदमार्ग परियोजना जिल्ला
लालीगुराँस पदमार्ग संखुवासभा
फाल्गुनन्द पदमार्ग इलाम र पाँचथर
मुन्धुम पदमार्ग भोजपुर र खोटाङ
चियावारी पदमार्ग इलाम

कोशी प्रदेश पर्यटन वर्ष २०८२

  • ➤ नारा: "कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान"
  • ➤ घोषणा भएको मिति: २०८१ असोज ११
  • ➤ ८२ वटा पर्यटकीय गन्तव्य र अन्य गन्तव्य समेत पहिचान गरिएको ।

भौतिक पूर्वाधार तथा यातायात

➤ कोशी प्रदेशमा कालोपत्रे सडक ६१२.२४ किलोमिटर सम्पन्न भएको छ ।

प्रदेशभित्रका राजमार्गहरू (किलोमिटरमा)

विवरण पूर्व पश्चिम राजमार्ग हुलाकी राजमार्ग मध्यपहाडी राजमार्ग तमोर करिडोर मदन भण्डारी राजमार्ग
जम्मा लम्बाइ १०२७.६७ १५८७ १५७९ ३९४ १३८०
कोशी प्रदेशभित्र ५५५ ३१३ ४५३ १९२ १३५

ऊर्जामा पहुँच

  • ➤ २०८१ फागुनसम्म नेपालमा ९९ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ भने कोशी प्रदेशमा ९९.३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।
  • ➤ २०८१ फागुनसम्म नेपालमा कुल ३५९२ मेगावाट विद्युत उत्पादन क्षमता रहेकोमा कोशी प्रदेशमा ६३१ मेगावाट रहेको छ । नेपालको कुल विद्युत उत्पादनमा कोशी प्रदेशको हिस्सा १८ प्रतिशत रहेको छ ।

कोशी प्रदेशको आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रम

➤ आ.व. २०८२/८३ को बजेटका उद्देश्यहरू

  1. समग्र आर्थिक आधारको सवलीकरण गरी उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने,
  2. सार्वजनिक-निजी साझेदारीको माध्यमबाट लगानी विस्तार गरी रोजगारीको अवसर सिर्जना र प्रदेशको समग्र आयमा वृद्धि गर्ने,
  3. कृषि र उद्योग क्षेत्रमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरी राष्ट्रिय पूँजीको निर्माण गर्ने,
  4. भौगोलिक क्षेत्रको सन्तुलित एवम् समन्यायिक विकास गर्ने,
  5. नागरिकमैत्री सार्वजनिक सेवा प्रवाह र सुशासन प्रवर्द्धन गर्ने,
  6. हिमाली, पहाडी तथा ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गरी बसाइँसराइ न्यूनीकरण गर्ने ।

➤ आ.व. २०८२/८३ बजेटका प्राथमिकताहरू

  1. सुशासन, सेवा प्रवाह, कानुनी शासन र शान्ति सुरक्षा,
  2. भौतिक पूर्वाधार विकास,
  3. कृषिको आधुनिकीकरण र व्यवसायीकरण,
  4. खानेपानी, सिँचाइ र ऊर्जा क्षेत्रको विकास,
  5. पर्यटन क्षेत्रको विकास,
  6. स्वास्थ्य, शिक्षा, खेलकुद, संस्कृति र समावेशिता,
  7. वन, वातावरण तथा जलवायु अनुकूलन,
  8. औद्योगिक विकास र निजी क्षेत्रको प्रवर्द्धन,
  9. यातायात क्षेत्र व्यवस्थापन,
  10. विपद् व्यवस्थापन ।

कोशी प्रदेशको आ.व. २०८२/८३ को बजेट

  • ➤ कुल बजेट:- ३५ अर्ब ८७ करोड ११ लाख
  • ✔️ चालु तर्फ:- १८ अर्ब ६० करोड ३३ लाख (५२ प्रतिशत)
  • ✔️ पूँजीगत तर्फ:- १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत)
  • ✔️ वित्तीय व्यवस्था तर्फ:- १० करोड (०.३ प्रतिशत)
  • ➤ वित्तीय हस्तान्तरण तर्फ:- ४ अर्ब ७० करोड ३२ लाख

➤ खर्च व्यहोर्ने स्रोतहरू

  • ✔️ आन्तरिक राजस्वबाट:- ५ अर्ब ५० करोड,
  • ✔️ राजस्व बाँडफाँडबाट:- १२ अर्ब ३९ करोड ६० लाख,
  • ✔️ संघबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट:- ८ अर्ब १८ करोड ६० लाख,
  • ✔️ सशर्त अनुदानबाट:- ४ अर्ब ५७ करोड १० लाख,
  • ✔️ समपूरक अनुदानबाट:- ३९ करोड १७ लाख,
  • ✔️ विशेष अनुदानबाट:- ५५ करोड ७२ लाख ।
  • ✔️ रोयल्टीबाट प्राप्त हुने रकम: ३५ करोड ०६ लाख खर्च व्यहोर्ने ।

➤ प्रस्तावित बजेटको कार्यान्वयनबाट आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ५.३ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

दोस्रो आवधिक योजना (कोशी प्रदेश)

  • ➤ अवधि:- आ.व. २०८१/८२ – २०८५/८६ सम्म,
  • ➤ दीर्घकालीन सोच:- “स्वच्छ, सुखी र समुन्नत प्रदेश”
  • ➤ दीर्घकालीन सोचका आधारस्तम्भ व्यहोराअन्तर्गतका विभिन्न सूचकहरू
स्वच्छ सुखी समुन्नत
✔️ स्वच्छ र सन्तुलित पर्यावरण
✔️ आधारभूत सरसफाइ सुविधा
✔️ नवीकरणीय ऊर्जा
✔️ जैविक कृषि
✔️ परिष्कृत तथा मर्यादित जीवन,
✔️ सभ्य र न्यायपूर्ण समाज,
✔️ सुशासन
✔️ गुणस्तरीय जीवनस्तर
✔️ उच्च र समानतामूलक आय,
✔️ मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग,
✔️ सर्वसुलभ तथा आधुनिक पूर्वाधार एवं सघन अन्तरआबद्धता,
✔️ उच्च र दिगो उत्पादन र उत्पादकत्व

दोस्रो आवधिक योजनाको सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा परिमाणात्मक लक्ष्य

सोच

  • ➤ सुशासित, खुशी, आर्थिक रूपले गतिशील र समुन्नत प्रदेश

लक्ष्य

  • ➤ शान्ति, समानता र सुशासनसहितको लगानीमैत्री समृद्ध प्रदेश निर्माण गर्ने,

उद्देश्य

  1. कृषि, उद्योग र सेवा क्षेत्रमा लगानीको वातावरण तयार गरी प्रविधिमैत्री उत्पादन तथा उत्पादकत्व वृद्धिमार्फत सम्पन्न नागरिक र समुन्नत प्रदेश निर्माण गर्नु ।
  2. शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायतका सामाजिक विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सामाजिक न्यायसहित नागरिकमा खुशी वृद्धि गर्नु ।
  3. प्रदेशका भौतिक तथा सामाजिक पूर्वाधारको उच्चतम उपयोग गरी समृद्धि हासिल गर्नु ।
  4. प्रदेशमा सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सेवा प्रवाह नागरिकमैत्री बनाई प्रत्येक नागरिकमा शान्ति, सुरक्षा तथा सुशासनको अनुभूति गर्न सक्ने वातावरण तयार गर्नु ।

समृद्धित परिमाणात्मक लक्ष्यहरू

क्र.सं. सूचक एकाई २०७८/७९ को यथार्थ २०८०/८१ को अनुमानित २०८५/८६ को लक्ष्य
समुन्नति
आर्थिक वृद्धिदर प्रतिशत २.३८ ३.५१ ७.५५
प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा १२११ १३३६ १६४५
गरिबीको रेखामुनि रहेको जनसंख्या प्रतिशत १७.५० १७.३० १२
बेरोजगारी दर प्रतिशत १०.२० ८.५ ५.४
सम्पत्तिमा आधारित जिनी गुणांक सूचकांक ०.३० ०.२९ ०.२६
खुशी
अपेक्षित आयु वर्ष ७०.४ ७०.६ ७२
मातृ मृत्यु दर (प्रति लाख जीवित जन्ममा) संख्या १५७ १४३ ७०
पाँच वर्ष मुनिको बाल मृत्यु दर (प्रति हजार जीवित जन्ममा) संख्या ३४ ३१ २०
साक्षरता दर प्रतिशत ७१.७ ७१.२ ९०
१० श्रमशक्ति सहभागिता दर प्रतिशत ३६.८ ४० ६०
११ लैङ्गिक विकास सूचकांक ०.५० ०.५० ०.५२
१२ मानव विकास सूचकांक ०.४५ ०.४९ ०.६२
१३ डिजिटल साक्षरता प्रतिशत ३७ ५० ९०
१४ विद्युत उत्पादन मेगावाट ५१४ ५४७ २२००
सुशासन
१५ भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकांक सूचकांक ३५ ४० ४५
१६ बजेट (कुल खर्चको) प्रतिशत ३.४० २.५० १.३०
१७ विधिको शासन सूचकांक ०.५२ ०.६० ०.६२
क्र.सं सूचक एकाई आ.व. २०७८/७९
को यथार्थ
आ.व. २०८०/८१
को अनुमानित
आ.व. २०८५/८६
आर्थिक क्षेत्र
कृषि क्षेत्रको वार्षिक वृद्धिदर प्रतिशत २.४० २.४५ ६.००
उद्योग क्षेत्रको वार्षिक वृद्धिदर प्रतिशत २.५० ९.५० १०.५६
सेवा क्षेत्रको वार्षिक वृद्धिदर प्रतिशत २.६० ४.५० ७.४९
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) अमेरिकी डलरमा १२९९ १३३६ १८४५
आधारभूत खाद्य सुरक्षामा रहेका परिवार प्रतिशत ६१ ६४ ७६
वनले ढाकेको क्षेत्रफल प्रतिशत ४४.४४ ४४.४६ ४५
सामाजिक क्षेत्र
प्रजनन दर प्रतिशत २.२० २.१० २.१०
५ वर्ष मुनिका बालबालिकामा पुड्कोपना प्रतिशत २० १९ १८
आधा घण्टाको दूरीमा स्वास्थ्य संस्थाको पहुँच प्रतिशत ६८.५० ७० ९०
आधारभूत तहको खुद भर्नादर प्रतिशत ९५.३० ९५.८० ९७.५०
उच्च शिक्षामा खुद भर्नादर प्रतिशत १२.५० १५ १७
सुरक्षित खानेपानी पुगेको जनसंख्या प्रतिशत ९८ ९९ १००
महिला श्रम सहभागिता दर प्रतिशत २५.६० २६ ३०
जनघनत्व (५ वर्षमुनिका) प्रतिशत ७०.५० ७५.२० ८५
राष्ट्रिय परिचयपत्र प्राप्त गरेका संख्या (हजारमा) ४० ४९ ११५०
१० बेरोजगार युवा (१६ देखि ४० वर्ष) प्रतिशत ३५.८० ३३ २०
पूर्वाधार क्षेत्र
प्रदेशिक कालोपत्रे सडक कि.मी. ४२४ ४२५ १३४०
क्र.सं. सूचक एकाई २०७८/७९ २०८०/८१ २०८५/८६
सडक घनत्व प्रति ब.कि.मी ०.५१ ०.५२ ०.८०
आधा घण्टाको दूरीमा यातायातको पहुँच भएको जनसंख्या प्रतिशत ८९ ९० ९५
सडकसँग आबद्ध स्थानीय तह संख्या १२४ १२६ १३७
यातायात क्षेत्रको राजस्व सङ्कलन रु.करोडमा २५० ३०७ ४५०
खेतीयोग्य भूमिमा सिँचाइ प्रतिशत ३७.३० ४० ५०
विद्युत पहुँच प्राप्त परिवार प्रतिशत ९५ ९५.५० ९८
कुल गार्हस्थ्य योगदानमा सूचना तथा सञ्चार प्रविधिको योगदान प्रतिशत २.१० २.५०
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र
पारदर्शिता प्रतिशत ४० ४२.५ ६१.३२
गरिबीको विषमता प्रतिशत ३.५४ ३.३० २.५०
गरिबीको गहिराइ सूचकांक १.२४ १.२० ०.८२
जलवायुमैत्री प्रत्यक्ष बजेट प्रतिशत १८.४० १९ २१
श्रम उत्पादकत्व रु.हजारमा ११० २०५ ३००

रणनीतिहरू

  1. अर्थतन्त्रका संरचनात्मक अवरोध हटाई संस्थागत क्षमता विकास गरी उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धि गर्ने ।
  2. सरकारी, निजी तथा सहकारी/सामुदायिक क्षेत्रको लगानीमार्फत कोशी बेसिन तथा अन्य उपलब्ध स्रोतको उच्चतम उपयोगबाट उच्च, दिगो एवम् फराकिलो आर्थिक वृद्धि हासिल गर्ने ।
  3. संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको बीच सहकार्यात्मक स्रोत परिचालन एवम् योजना तथा कार्यक्रम कार्यान्वयन गरी प्रदेशको कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने ।
  4. प्रदेशको भौगोलिक विविधता र विशेषताबीच अन्तरसम्बन्ध कायम गर्दै भौगोलिक तथा पर्यावरणीय विशेषताबाट लाभ लिन सक्ने गरी सहभागीमूलक तथा हरित, उत्थानशील एवम् समावेशी विकासमा जोड दिने ।
  5. शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायत आधारभूत सेवाहरूको गुणस्तरमा सुधार गरी सन्तुलित, समावेशी तथा समानुपातिक वितरणमार्फत सामाजिक न्याय प्रत्याभूति गराउने ।
  6. तथ्यमा आधारित नीति निर्माणमा जोड दिने, सेवा प्रवाहमा पारदर्शिता तथा विश्वसनीयता कायम गरी सुशासन अभिवृद्धि गर्ने ।
  7. बजारको मागबमोजिम क्षमतावान श्रमशक्तिको विकास गर्ने ।
  8. उत्तर–दक्षिण सडक कोरिडोरलाई प्राथमिक खेती र पर्यटनसँग आबद्ध गरी विशेष एकीकृत कार्यक्रममार्फत आर्थिक गतिविधि चलायमान बनाउने ।

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url