📍 गण्डकी प्रदेश विशेष
नेपाललाई ७ प्रदेशमा विभाजन गर्दा साविक धौलागिरीका ४, गण्डकीका ६ जिल्ला र लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मिलाई कुल ११ जिल्ला समेटी गण्डकी प्रदेश बनेको हो।
📌 गण्डकी प्रदेशका ११ जिल्ला
म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ, गोरखा, लमजुङ, मनाङ, स्याङ्जा, कास्की, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
📌 भौगोलिक अवस्थिति
२७°२०' उत्तरी अक्षांश देखि २९°२०' उत्तरी अक्षांश र ८३°१२' पूर्वी देशान्तर देखि ८५°१२' पूर्वी देशान्तर बीच अवस्थित।
सबैभन्दा अग्लो भू-भाग ➜ धौलागिरी हिमाल (८१६७ मि.)
सबैभन्दा होचो भू-भाग ➜ नवलपुरको त्रिवेणी सुस्ता (९३ मि.)
📌 क्षेत्रफल र जनसंख्या
विवरण अवस्था
कुल क्षेत्रफल २१,५०४ वर्ग कि.मि.
ठूलो जिल्ला गोरखा (३,६१० वर्ग कि.मि.)
सानो जिल्ला पर्वत (४९४ वर्ग कि.मि.)
धेरै जनसंख्या भएको जिल्ला कास्की
थोरै जनसंख्या भएको जिल्ला मनाङ
📌 क्षेत्रगत अवस्था
क्षेत्र जनसंख्या क्षेत्रफल जनघनत्व
हिमाली १११९९० ८५९१
पहाडी २०७३९६३ १४६०४ १४२
तराई ३१०८६५ १३१० २३२
📌 अन्य महत्त्वपूर्ण तथ्य
जम्मा जनसंख्या ➜ २४,६६,४२७
लैङ्गिक अनुपात ➜ ९०.३७
वार्षिक वृद्धिदर ➜ ०.५२%
साक्षरता दर ➜ ७१.७%
📌 जनसांख्यिक अवस्था
  • यस प्रदेशको कुल जनघनत्व ११५ जना प्रति वर्ग किलोमिटर रहेको छ ।
  • यसमा नगरपालिकामा बसोबास गर्ने जनसंख्या ६५.८ प्रतिशत र गाउँपालिकामा बसोबास गर्ने जनसंख्या ३४.२ प्रतिशत रहेको छ ।
  • यस प्रदेशको कुल जनसंख्याको ६२.८ प्रतिशत सक्रिय जनसंख्या रहेको छ । (१५–५९ वर्ष उमेर समूहको जनसंख्या)
  • सबैभन्दा बढी वार्षिक जनसंख्या वृद्धिदर भएको जिल्ला :- कास्की (१.१० प्रतिशत)
  • सबैभन्दा कम वार्षिक जनसंख्या वृद्धिदर भएको जिल्ला :- मनाङ (-१.९३ प्रतिशत)
  • प्रति परिवार औसत सदस्य संख्या :- ३.७२ जना
  • सबैभन्दा बढी जनसंख्या भएको जिल्ला :- कास्की (६,००,०५१), नवलपरासी दोस्रो र तनहुँ तेस्रो बढी भएको जिल्ला
  • सबैभन्दा कम जनसंख्या भएको जिल्ला :- मनाङ (६,५६८), मुस्ताङ दोस्रो र म्याग्दी तेस्रो कम जनसंख्या भएको जिल्ला
  • १४ वर्ष वा सो भन्दा कम उमेर समूहको जनसंख्या :- २३.१ प्रतिशत
  • ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या :- १३.३ प्रतिशत
  • अपाङ्गताको जनसंख्या :- २.९ प्रतिशत (पुरुष ५३.४० प्रतिशत र महिला ४६.६ प्रतिशत)
  • आर्थिक रुपमा सक्रिय जनसंख्या :- १३७६९६६ (५६.७ प्रतिशत)
  • बेरोजगारीको संख्या :- ९३,३२९ (७.४० प्रतिशत)
📌 सिमाना
  • यस प्रदेशको सिमाना पूर्वमा बागमती प्रदेशका रसुवा, धादिङ र चितवन जिल्ला, पश्चिममा लुम्बिनीका पूर्वी रुकुम, रोल्पा, प्युठान, गुल्मी, पाल्पा र नवलपरासी (सुस्ता बर्दघाट पश्चिम) र कर्णाली प्रदेशको डोल्पा जिल्ला पर्दछन् ।
  • यसको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनीको पाल्पा जिल्ला र भारतको बिहार राज्य रहेका छन् ।
📌 राजनीतिक प्रशासनिक विभाजन
  • गण्डकी प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन् ।
  • एउटा गाउँपालिका मुस्ताङको लोमन्थाङ गाउँपालिका पर्छ ।
  • यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन् ।
  • प्रदेश सभामा समानुपातिक सहित कुल ६० सदस्य रहने संवैधानिक प्रावधान छ ।
  • नेपालकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा महानगरपालिका समेत यस प्रदेशमा रहेको छ । तर उपमहानगरपालिका भने यस प्रदेशमा छैनन् ।
📌 स्थानीय तह र निर्वाचन क्षेत्र
क्र.सं. जिल्ला नगरपालिका गाउँपालिका प्रतिनिधि सभा प्रदेश सभा
म्याग्दी
मुस्ताङ -
पर्वत
बागलुङ
मनाङ -
स्याङ्जा
📌 गण्डकी प्रदेश : स्थानीय तह विवरण
क्र.सं. जिल्ला नगरपालिका गाउँपालिका प्रतिनिधि सभा प्रदेश सभा
गोरखा
लमजुङ
तनहुँ
१० कास्की १ (म.न.पा.)
११ नवलपरासी पूर्व
जम्मा ११ जिल्ला २६ र १ म.न.पा. ५८ १८ ३६

प्रदेश प्रतिनिधि सभा (प्रत्यक्ष) प्रदेश सभा प्रत्यक्ष समानुपातिक जम्मा (प्रदेश सभा)
गण्डकी १८ ३६ २४ ६०

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url