नेपालको संविधान

नेपालको शासन प्रणाली र शासन



– संविधान

शासन : नियन्त्रण, प्रणाली : विधि/प्रक्रिया

• कुनै पनि मुलुकको शासन सञ्चालन गर्ने विधि/प्रक्रिया उक्त मुलुकको संविधानले प्रदान गरेको हुन्छ । संविधानले राज्य सञ्चालनको आधार प्रस्तुत गरेको हुन्छ ।

• नेपालको वर्तमान संविधानले नेपाललाई एकात्मक शासन व्यवस्थाबाट संघीय शासन प्रणाली/प्रणालीमा रूपान्तरण गरेको छ ।

• संघीयता भनेको सरकारका तहहरूबीच राज्यशक्ति/अधिकारको बाँडफाँड हुने गरी गरिएको सहमति हो । यसले स्रोत, साधन र अधिकारहरूलाई संवैधानिक रूपमा नै केन्द्र–संघ, संघीय इकाइ र स्थानीय तह/सरकारहरूबीच बाँडफाँड गर्दछ ।

• नेपालमा राज्यशक्ति/अधिकारको बाँडफाँड संघ, प्रदेश र स्थानीय तह गरी ३ तहमा विभाजन गरिएको छ ।

विश्वको संवैधानिक विकासक्रम :

• विश्वको प्रथम लिखित कानुनी दस्तावेज — म्याग्नाकार्टा (Magna Carta – १२१५ जुन १५ मा हस्ताक्षर भएको),

• लिखित संविधान नभएको/अलिखित संविधान भएको देश — बेलायत (संयुक्त अधिराज्य),

• विश्वको प्रथम लिखित संविधान — अमेरिकी संविधान, १७८७ मार्च ४ मा लागू,

• विश्वको सबैभन्दा छोटो संविधान — अमेरिकी संविधान, जारी हुँदा ७ वटा धारा मात्र थिए,

• विश्वको सबैभन्दा ठूलो र लामो संविधान — भारतीय संविधान, २५ भाग, ४४८ धारा, १२ अनुसूची (१९५० जनवरी २६ मा जारी हुँदा २२ भाग, ३९५ धारा र ८ अनुसूची) थिए ।

नेपालको संवैधानिक विकासक्रम :

➢ नेपालमा हालसम्म ७ वटा संविधान जारी गरिएको भएतापनि कार्यान्वयनको दृष्टिकोणबाट ६ वटा संविधान मात्र लागू भएका छन् ।

➢ नेपाल सरकार वैधानिक कानुन २००४, माघ १३ गते प्रधानमन्त्री पद्म शमशेरद्वारा जारी भई २००५ बैशाख १ बाट कार्यान्वयनमा आउनुपर्ने थियो तर २००४ फागुन १८ मा पद्म शमशेर स्वास्थ्यको समस्या देखाई भारत प्रस्थान गरे र उतैबाट राजीनामा दिए । मोहन शमशेर प्रधानमन्त्री नियुक्त भए । यो संविधानलाई प्रगतिशील दस्तावेज भनिएको थियो । यसैले यो दस्तावेज कार्यान्वयनमा आए जनताले अधिकार पाउने र राणा शासनको अन्त्य हुने आँकलन मोहन शमशेरले गरे । उनी जनतालाई अधिकार दिने पक्षमा थिएनन्, त्यसैले यो संविधान कार्यान्वयनमा आउन सकेन ।

➢ नेपाल सरकार वैधानिक कानुन २००४ ले बालिग मताधिकारको व्यवस्था गरेको थियो । उमेर पुगेको नागरिकले मतदान गर्न पाउने भनिएतापनि, कति उमेर पुगेकोले मतदान गर्ने भन्ने उल्लेख गरिएको थिएन ।

➢ नेपालको अन्तरिम शासन विधान २००७, नेपालमा लागू भएको पहिलो संविधान हो ।

➢ नेपालको अन्तरिम शासन विधान २००७, नेपालको पहिलो अन्तरिम संविधान हो जसमा पहिलो पटक राज्यका निर्देशक सिद्धान्त र नीतिको व्यवस्था गरिएको थियो ।

➢ संविधानसभाबाट संविधान बनाउने परिकल्पना गरिएको नेपालको पहिलो संविधान “नेपालको अन्तरिम शासन विधान २००७” हो । यो संविधानमा विधान सभाले संविधान बनाउने भनिएको थियो र तोकिएको समयसम्मका लागि कामचलाऊ भनेर राजा त्रिभुवनले “नेपालको अन्तरिम शासन विधान २००७” जारी गरेका थिए ।

➢ राज्यको आय र व्ययको वार्षिक विवरण (बजेट) सरकारले संसदमा पेश गर्नुपर्ने व्यवस्था यही २००७ सालको संविधानले गरेको थियो ।

➢ राज्यका निर्देशक सिद्धान्त र नीतिको व्यवस्था भएको संविधान २००७ हो ।

➢ सरकारी नोकरीका पदहरूमा आरक्षणको नीतिगत व्यवस्था गर्ने संविधान २००७ हो तर यो व्यवस्था कार्यान्वयनमा आउन सकेन ।

➢ संवैधानिक इतिहासमा २ वटा संविधान जारी गर्ने व्यक्ति राजा महेन्द्र हुन् । उनले नेपाल अधिराज्यको संविधान २०१५ र नेपालको संविधान २०१९ जारी गरे ।

➢ संविधान मूल कानुन र नेपाली भाषा राष्ट्र भाषा भनेर नेपाल अधिराज्यको संविधान २०१५ ले भनेको थियो ।

➢ अध्यादेश सम्बन्धी प्रावधान ल्याउने संविधान २०१५ हो ।

➢ राष्ट्र र राज्यको परिभाषा पहिलो पटक नेपालको संविधान २०१९ मा उल्लेख गरिएको थियो ।

➢ सबैभन्दा लामो समयसम्म लागू भएको संविधान नेपालको संविधान २०१९ हो ।

➢ जनताको प्रतिनिधि/पुनःस्थापित प्रतिनिधिसभाद्वारा जारी गरिएको पहिलो संविधान नेपालको अन्तरिम संविधान २०६३ हो ।

➢ सबैभन्दा बढी पटक संशोधन भएको संविधान नेपालको अन्तरिम संविधान २०६३ हो । यो संविधान १२ पटकसम्म संशोधन भएको थियो ।

➢ नेपालमा हालसम्म जारी भएका संविधानहरूको मूलभूत विशेषतालाई देखाउन तलको तालिका प्रस्तुत गर्न सकिन्छ ।


संविधानको नाम जारी मिति लागु मिति भाग, धारा, अनुसूची जारी गर्ने
नेपाल सरकार वैधानिक कानुन, २००४ माघ १३ लागु हुन सकेन ६, ६३, १ अनुसूची पद्म शमशेर
नेपालको अन्तरिम शासन विधान, २००७ चैत १७ चैत २८ ८, ८३, ४ परिच्छेद राजा त्रिभुवन
नेपाल अधिराज्यको संविधान, २०१५ फागुन १ फागुन १ १०, ६८, ३ राजा महेन्द्र
नेपालको संविधान, २०१९ पौष १ पौष १ २०, ८५, ६ राजा महेन्द्र
नेपाल अधिराज्यको संविधान, २०४७ कार्तिक २३ कार्तिक २३ २३, १३३, ३ राजा वीरेन्द्र
नेपालको अन्तरिम संविधान, २०६३ माघ १ माघ १ २५, १६७, ४ प्रतिनिधि सभा/जनताको प्रतिनिधिद्वारा
नेपालको संविधान असोज ३ असोज ३ ३५, ३०८, ९ संविधान सभा

संविधान निर्माणमा संलग्न व्यक्ति तथा समिति

नेपाल सरकार वैधानिक कानुन, २००४

भारततर्फबाट : बी. आर. अम्बेडकर, रघुनाथ शुक्ला, राम उग्र सिंह

नेपालतर्फबाट : गुन्जमान सिंह, कृष्ण शमशेर, रुद्रराज पाण्डे

नेपालको अन्तरिम शासन विधान, २००७

नेपाल अधिराज्यको संविधान, २०१५

भगवती प्रसाद सिंह, डा. शरद आचार्य (आमन्त्रित), बेलायती संविधानविद्

नेपालको संविधान, २०१९

ऋषिकेश शाह

नेपाल अधिराज्यको संविधान, २०४७

विश्वनाथ उपाध्याय

नेपालको अन्तरिम संविधान, २०६३

लक्ष्मण प्रसाद आर्याल

नेपालको संविधान

कृष्ण प्रसाद सिटौला, १६ सदस्यीय मस्यौदा समिति


संविधान कार्यकारी अधिकार, राज्यशक्ति र सार्वभौमसत्ता

नेपाल सरकार वैधानिक कानुन, २००४

राजा र प्रधानमन्त्री

नेपालको अन्तरिम शासन विधान, २००७

राजा र मन्त्रीपरिषद्

नेपाल अधिराज्यको संविधान, २०१५

राजा र मन्त्रीपरिषद्

नेपालको संविधान, २०१९

राजा र मन्त्रीपरिषद्

नेपाल अधिराज्यको संविधान, २०४७

राजा र मन्त्रीपरिषद्

नेपालको अन्तरिम संविधान, २०६३

मन्त्रीपरिषद् र नेपाली जनता

नेपालको संविधान

मन्त्रीपरिषद् र नेपाली जनता


संविधान संशोधनसम्बन्धी व्यवस्था

• संविधान सभाबाट संविधान जारी गर्ने नेपाल ५५औँ मुलुक हो ।

• वि.सं. २०७२ माघ ७ गते वर्तमान संविधानको पहिलो संशोधन प्रस्ताव पारित ।

• वि.सं. २०७२ फागुन १६ गते वर्तमान संविधानको पहिलो संशोधनको सूचना राजपत्रमा प्रकाशित भई सोही मितिबाट लागू ।

संशोधित धाराहरू :

➢ धारा ४२ : समावेशी सामाजिक न्यायसम्बन्धी व्यवस्था

➢ धारा ८४ : प्रतिनिधि सभा

➢ धारा २८६ : निर्वाचन क्षेत्र निर्धारण आयोगको क्षेत्राधिकार

नेपालको संविधान,

  • वि. स. २०७२ असोज ३ मा जारी भएको यस संविधानमा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
  • संविधानसभा बाट जारी भएको नेपालको पहिलो संविधान,
  • कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा ७३ सदस्यीय संविधान मस्यौदाकार समिति गठन गरिएको थियो ।
  • नेपालको संविधान लागू भएको घोषणा गर्ने राष्ट्रपति डा. रामवरण यादव हुन् ।
  • नेपालको समग्रमा ७ औं संविधान हो, भने कार्यान्वयनको दृष्टिकोणले छैटौं संविधान हो ।
  • २०७२ जेठ २५ : वर्तमान संविधान निर्माण प्रक्रिया अगाडी बढाउन ४ दल बिच १६ बुँदे सम्झौता,
  • २०७२ असार ११ : वर्तमान संविधानको पहिलो एकीकृत मस्यौदा तयार,
  • २०७२ श्रावण ४ र ५ : संविधानको मस्यौदामा जनताको सुझाव संकलन,
  • २०७२ भाद २२ : संशोधन प्रस्ताव सहित संविधानको विधेयकमा दफावार छलफल सुरु,
  • २०७२ भाद ३० : संविधानको विधेयकका धाराहरुमा संविधान सभामा मतदान,
  • २०७२ भाद ३० : संविधानको विधेयक २/३ भन्दा बढीले पारित, तत्काल कायम सदस्य संख्या ५७७, उपस्थित ५३२, पक्षमा मतदान ५०७, विपक्षमा मतदान २५, मधेशी दलका ५७ सभासद्वारा संविधान निर्माण प्रक्रिया बहिष्कार र ५ जना सभासद अनुपस्थित रहे ।
  • २०७२ असोज १ : संविधानसभाका ५३७ सभासद बाट संविधानको विधेयकमा हस्ताक्षर, सभाध्यक्षद्वारा प्रमाणित,
  • २०७२ असोज ३ : राष्ट्रपतिद्वारा संविधानमा हस्ताक्षर गरी नेपालको संविधान लागू भएको घोषणा, नेपाल ७ प्रदेशको संघीय संरचनामा प्रवेश ।
  • संविधान सभाबाट संविधान जारी गर्ने नेपाल ४४ औं मुलुक हो ।
  • २०७२ माघ ९ : वर्तमान संविधानको पहिलो संशोधन प्रस्ताव पारित,
  • २०७२ फाल्गुन १६ : वर्तमान संविधानको पहिलो संशोधन को सूचना राजपत्रमा प्रकाशित र यही मिति बाट लागू ।

संशोधित धाराहरु :

  • ➤ ४२ : समानुपातिक समावेशी सम्बन्धी, धारा ४२ को उपधारा १ मा रहेको सामाजिक न्याय सम्बन्धी हकलाई समानुपातिक समावेशी बनाइयो ।
  • ➤ ८४ : प्रतिनिधि सभा
  • ➤ २८६ : निर्वाचन क्षेत्र निर्धारण आयोगको क्षेत्राधिकार बारे उल्लेख छ ।

नेपालको संविधान

भाग–१ प्रारम्भिक

१. संविधान मूल कानुन : यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ ।

भाग–२ नागरिकता

१०. नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ । नागरिकताको व्यवस्था संघको अधिकार सूचीमा पर्दछ ।

११. नेपालको नागरिक हुने / नागरिकता प्राप्तिका आधार :

  1. वंशज
  2. अङ्गीकृत
  3. सम्मानार्थ
  4. गैरआवासीय नेपाली नागरिकता
  • विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका मुलुकमा बसोबास गरेको साविकमा बाबु वा आमाको आधारमा निज वा निजका बाबु वा आमा, बाजे वा बज्यै नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।
  • नेपालभित्र बसोबास गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास भएको व्यक्ति संघीय कानुनको अधीनमा रही नेपालको नागरिक हुनेछ ।

१२. वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकता :

  • यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैङ्गिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ ।

भाग–३ : मौलिक हक र कर्तव्य (धारा १६ – धारा ४६ सम्म)

१६. सम्मानपूर्वक बाँच्न पाउने हक :

  • प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ । कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन ।

१७. स्वतन्त्रताको हक : प्रत्येक नेपाली नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ :

  • विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, संघ संस्था खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता ।

१८. समानताको हक :

  • समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन ।
  • पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ ।

१९. सञ्चारको हक

२०. न्याय सम्बन्धी हक

  • कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन ।

२०. न्याय सम्बन्धी हक

  • कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन ।
  • प्रत्येक व्यक्तिलाई निज विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक हुनेछ ।

२१. अपराध पीडितको हक

२२. यातना विरुद्धको हक

२३. निवारक नजरबन्द विरुद्धको हक

२४. छुवाछुत तथा भेदभाव विरुद्धको हक

२५. सम्पत्तिको हक

२६. धार्मिक स्वतन्त्रताको हक

२७. सूचनाको हक

२८. गोपनीयताको हक

२९. शोषण विरुद्धको हक : कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन ।

३०. स्वच्छ वातावरणको हक

३१. शिक्षा सम्बन्धी हक

  • प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
  • प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
  • अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ ।
  • दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ।

३२. भाषा तथा संस्कृतिको हक

३३. रोजगारीको हक

३४. श्रमको हक

३५. स्वास्थ्य सम्बन्धी हक

३६. खाद्य सम्बन्धी हक

३७. आवासको हक

३८. महिलाको हक

  • प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ ।
  • प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ ।
  • सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ ।

३९. बालबालिकाको हक

४०. दलितको हक

४१. ज्येष्ठ नागरिकको हक

४२. सामाजिक न्यायको हक

  • सामाजिक रूपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडा वर्ग, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ ।

४३. सामाजिक सुरक्षाको हक

४४. उपभोक्ताको हक

४५. देश निकाला विरुद्धको हक

४६. संवैधानिक उपचारको हक

४७. नागरिकका कर्तव्य : प्रत्येक नागरिकका कर्तव्य देहाय बमोजिम हुनेछन् :-

  • राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
  • संविधान र कानुनको पालना गर्नु,
  • राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
  • सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।

नेपालको संविधानमा थप भएका मौलिक हकहरू : नेपालको संविधानको धारा १६ देखि धारा ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था छ । नेपालको अन्तरिम संविधान, २०६३ मा २१ वटा मौलिक हकको व्यवस्था थियो । यसरी हेर्दा वर्तमान नेपालको संविधानमा १० वटा मौलिक हक थप भएका छन् तर केही नयाँ मौलिक हक थप भएका छन् भने बाँकी मौलिक हक परिमार्जन गरेर थप भएका छन् जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

पूर्णरूपमा थप भएका मौलिक हक (७) :

  • सम्मानपूर्वक बाँच्न पाउने हक : धारा १६
  • आवासको हक : धारा ३७
  • खाद्य सम्बन्धी हक : धारा ३६
  • नागरिकताको हक : धारा १०
  • उपभोक्ताको हक : धारा ४४
  • अपराध पीडितको हक : धारा २१
  • दलितको हक : धारा ४०

परिमार्जन गरेर थप भएका मौलिक हक (३) :

  • भाषा तथा संस्कृतिको हक : धारा ३२
  • स्वास्थ्य सम्बन्धी हक : धारा ३५
  • सञ्चारको हक : धारा १९

वर्तमान संविधान बमोजिम संकटकालीन अवस्थामा पूर्ण रूपले निलम्बन नहुने हकहरू : (१८ वटा)

  • धारा १६, सम्मानपूर्वक बाँच्न पाउने हक,
  • धारा १८, समानताको हक,
  • धारा २०, न्याय सम्बन्धी हक,
  • धारा २१, अपराध पीडितको हक,
  • धारा २२, यातना विरुद्धको हक,
  • धारा २४, छुवाछुत तथा भेदभाव विरुद्धको हक,
  • धारा २९, शोषण विरुद्धको हक,
  • धारा ३०, स्वच्छ वातावरणको हक,
  • धारा ३१, शिक्षा सम्बन्धी हक,
  • धारा ३२, भाषा तथा संस्कृतिको सम्बन्धी हक,
  • धारा ३५, स्वास्थ्य सम्बन्धी हक,
  • धारा ३८, महिलाको हक,
  • धारा ३९, बालबालिकाको हक,
  • धारा ४१, ज्येष्ठ नागरिकको हक,
  • धारा ४२, सामाजिक न्यायको हक,
  • धारा ४३, सामाजिक सुरक्षाको हक,
  • धारा ४५, देश निकाला विरुद्धको हक,
  • धारा ४६, बमोजिमको संवैधानिक उपचारको हक

वर्तमान संविधान बमोजिम संकटकालीन अवस्थामा पूर्ण रूपले निलम्बन हुने हकहरू : (८ वटा)

  • धारा २३, निवारक नजरबन्द विरुद्धको हक,
  • धारा २५, सम्पत्तिको हक,
  • धारा २७, सूचनाको हक,
  • धारा २८, गोपनीयताको हक,
  • धारा ३३, रोजगारीको हक,
  • धारा ३४, श्रम सम्बन्धी हक,
  • धारा ३७, आवासको हक,
  • धारा ४४, उपभोक्ताको हक ।

वर्तमान संविधान बमोजिम संकटकालीन अवस्थामा आंशिक रूपमा निलम्बन / खुला हुने हकहरू :

  • धारा १७, स्वतन्त्रताको हक,
  • धारा १९, सञ्चारको हक,
  • धारा २६, धार्मिक स्वतन्त्रताको हक,
  • धारा ३६, खाद्य सम्बन्धी हक,
  • धारा ४०, दलितको हक ।

भाग–५ राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड

५६. राज्यको संरचना :

  • संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ ।
  • यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा कायम रहेका अनुसूची–४ मा उल्लेख भए बमोजिमका जिल्लाहरू रहेका प्रदेश रहनेछन् ।
  • स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन् ।

५७. राज्यशक्तिको बाँडफाँड :

  • संघको अधिकार अनुसूची–५ मा उल्लिखित विषयमा निहित रहनेछ ।
  • प्रदेशको अधिकार अनुसूची–६ मा उल्लिखित विषयमा निहित रहनेछ ।
  • संघ र प्रदेशको साझा अधिकार अनुसूची–७ मा उल्लिखित विषयमा निहित रहनेछ ।
  • स्थानीय तहको अधिकार अनुसूची–८ मा उल्लिखित विषयमा निहित रहनेछ ।
  • संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार अनुसूची–९ मा उल्लिखित विषयमा निहित रहनेछ ।

५८. अवशिष्ट अधिकार :

  • यस संविधान बमोजिम संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहले प्रयोग गर्ने गरी तोकिएको विषयमा संघको अधिकार हुनेछ ।

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url