मधेश प्रदेश विशेष
कुल क्षेत्रफल
९,६६१ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको ६.५७%)
क्षेत्रफलको आधारमा
नेपालको सबैभन्दा सानो प्रदेश
जनसंख्याको आधारमा
दोस्रो ठूलो प्रदेश
सबैभन्दा ठूलो जिल्ला
धनुषा
सबैभन्दा सानो जिल्ला
पर्सा
राजधानी
जनकपुर
जिल्लाहरू
सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा
संरक्षित क्षेत्र
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज
पहिलो मुख्यमन्त्री
लालबाबु राउत
प्रमुख भाषा प्रतिशत प्रमुख धर्म प्रतिशत प्रमुख जातजाति प्रतिशत
मैथिली ४७.७ प्रतिशत हिन्दु ८४.२ प्रतिशत यादव १५.२ प्रतिशत
भोजपुरी १८.८ प्रतिशत इस्लाम १३.३ प्रतिशत मुसलमान १३ प्रतिशत
बज्जिका १५.४ प्रतिशत बौद्ध २.२ प्रतिशत तेली ५.३ प्रतिशत
नेपाली ५.८ प्रतिशत क्रिश्चियन ०.२ प्रतिशत थारु ४.९ प्रतिशत
थारु ४.२ प्रतिशत किराँत ०.०५ प्रतिशत कोइरी/कुशवाहा ४.५ प्रतिशत
उर्दु ४.१ प्रतिशत प्रकृति ०.०३ प्रतिशत चमार/हरिजन/राम ४.४ प्रतिशत
माघी ३.५ प्रतिशत जैन ०.०१ प्रतिशत धानुक ३.६ प्रतिशत
तमाङ १.६ प्रतिशत कुर्मी ३ प्रतिशत
मगर ०.७ प्रतिशत मुसहर २.९ प्रतिशत
➤ मधेश प्रदेश
➤ क्षेत्रफलको आधारमा नेपालको सानो प्रदेश मधेश प्रदेश हो ।
➤ यस प्रदेशको स्थायी राजधानी जनकपुर(धनुषा) हो । जुन २०७८/१०/३ मा घोषणा भएको थियो भने मधेश प्रदेशको नामकरण पनि २०७८/१०/३ मा भएको हो ।
➤ मधेश प्रदेशमा ८ ओटा जिल्लाहरु रहेका छन् ।
➤ ८ जिल्लाहरु: पर्सा, रौतहट, बारा, सर्लाही, सिराहा, सर्लाही, धनुषा र महोत्तरी
➤ सबैभन्दा कम जिल्ला रहेको प्रदेश पनि मधेश प्रदेश नै हो ।
➤ नेपालको प्रवेशद्वार भनेर पर्साको वीरगञ्जलाई चिनिन्छ ।
➤ विश्वविद्यालयहरु: मधेश विश्वविद्यालय(पर्सा) र राजर्षि जनक विश्वविद्यालय(धनुषा) र मधेश कृषि विश्वविद्यालय(सप्तरी) रहेको छ ।
➤ मधेश प्रदेशको जनघनत्व: ६३३ प्रति वर्ग कि.मी
▪ बढी जनघनत्व भएको जिल्ला: धनुषा(७३५ जना प्रति वर्ग कि.मी.)
▪ कम जनघनत्व भएको जिल्ला: पर्सा(४५४ जना प्रति वर्ग कि.मी.)
➤ लैङ्गिक अनुपात: १००.५५
➤ अन्य लिङ्गको वृद्धिदर: २४.९ प्रतिशत
➤ वार्षिक जनसंख्या वृद्धिदर: १.९९ प्रतिशतमा सबैभन्दा बढी रौतहट(१.६३ प्रतिशत) र कम पर्सा(०.८२) रहेको छ ।
➤ मधेश प्रदेशमा ११,५६,१९४ परिवार संख्या रहेको छ ।
➤ मधेश प्रदेशको दीर्घकालिन सोच: आत्मनिर्भर र समृद्ध मधेश, खुशी मधेशी रहेको छ ।
स्थानीय तहको नाम वडा संख्या स्थानीय तहको नाम वडा संख्या
१. सप्तरी जिल्ला (क्षेत्रफल-१३६३ ब.कि.मी.) : नगरपालिका ९ र गाउँपालिका ९ गरी जम्मा १८ स्थानीय तह रहेको यस जिल्लाको सदरमुकाम राजविराज हो ।
१. राजविराज नगरपालिका १५ १०. अग्निसाइर कृष्णासवरन गाउँपालिका
२. कञ्चनरुप नगरपालिका १२ ११. छिन्नमस्ता गाउँपालिका
३. डाक्नेश्वरी नगरपालिका १० १२. महादेवा गाउँपालिका
४. बोदेबर्साइन नगरपालिका १० १३. तिरहुत गाउँपालिका
५. खडक नगरपालिका ११ १४. तिलाठी-कोइलाडी गाउँपालिका
६. शम्भुनाथ नगरपालिका १२ १५. रुपनी गाउँपालिका
७. सुरुङ्गा नगरपालिका ११ १६. राजगढ गाउँपालिका
८. हनुमाननगर कंकालिनी नगरपालिका १४ १७. विष्णुपुर गाउँपालिका
९. सप्तकोशी नगरपालिका ११ १८. बलान बिहुल गाउँपालिका
२. सिरहा जिल्ला (क्षेत्रफल-११८८ ब.कि.मी.) : नगरपालिका ६ र गाउँपालिका ९ गरी जम्मा १७ स्थानीय तह रहेको यस जिल्लाको सदरमुकाम सिरहा हो ।
१. लहान नगरपालिका २४ १०. औरही गाउँपालिका
२. धनगढी माई नगरपालिका १४ ११. विष्णुपुर गाउँपालिका
३. सिरहा नगरपालिका २२ १२. बरियारपट्टी गाउँपालिका
४. गोलबजार नगरपालिका १३ १३. लक्ष्मीपुर पटारी गाउँपालिका
५. मिर्चैया नगरपालिका १२ १४. नरहा गाउँपालिका
६. कल्याणपुर नगरपालिका १२ १५. सखुवानन्कारकट्टी गाउँपालिका
३. धनुषा जिल्ला (क्षेत्रफल- ११८० ब.कि.मी.) : उपमहानगरपालिका १, नगरपालिका ११ र गाउँपालिका ६ गरी जम्मा १८ स्थानीय तह रहेको यस जिल्लाको सदरमुकाम जनकपुरधाम हो ।
१. जनकपुरधाम उपमहानगरपालिका २५ १०. सबैला नगरपालिका १३
२. छिरेश्वरनाथ नगरपालिका १० ११. कमला नगरपालिका
३. गणेशमान-चारनाथ नगरपालिका ११ १२. हंसपुर नगरपालिका
४. धनुषाधाम नगरपालिका १३. औरही गाउँपालिका
५. नगराइन नगरपालिका १४. जनक नन्दिनी गाउँपालिका
६. विदेह नगरपालिका १५. बटेश्वर गाउँपालिका
७. मिथिला नगरपालिका ११ १६. मुखियापट्टी गाउँपालिका
८. मिथिला बिहारी नगरपालिका १० १७. लक्ष्मीनिया गाउँपालिका
९. शहीदनगर नगरपालिका १८. धनौजी गाउँपालिका
४. महोत्तरी जिल्ला (क्षेत्रफल- १००२ ब.कि.मी.) : नगरपालिका १० र गाउँपालिका ५ गरी जम्मा १५ स्थानीय तह रहेको यस जिल्लाको सदरमुकाम जलेश्वर हो ।
१. जलेश्वर नगरपालिका १२ ९. बलवा नगरपालिका ११
२. बर्दिवास नगरपालिका १४ १०. औरही नगरपालिका
३. गौशाला नगरपालिका १२ ११. एकडारा गाउँपालिका
४. लोहरपट्टी नगरपालिका १२. सोनमा नगरपालिका
५. रामगोपालपुर नगरपालिका १३. सामसी गाउँपालिका
६. मनरा शिशवा नगरपालिका १० १४. महोत्तरी गाउँपालिका
७. मटिहानी नगरपालिका १५. पिपरा गाउँपालिका
८. भंगाहा नगरपालिका
५. सर्लाही जिल्ला (क्षेत्रफल– १२५९ ब.कि.मी.) : नगरपालिका ११ र गाउँपालिका ९ गरी जम्मा २० स्थानीय तह रहेको यस जिल्लाको सदरमुकाम मलङ्गवा हो ।
१. ईश्वरपुर नगरपालिका १५ ११. काविलासी गाउँपालिका १०
२. मलङ्गवा नगरपालिका १२ १२. चक्रघट्टा गाउँपालिका
३. लालबन्दी नगरपालिका १७ १३. चन्द्रनगर गाउँपालिका
४. हरिपुर नगरपालिका १४. धनकौल गाउँपालिका
५. हरिपूर्वा नगरपालिका १५. ब्रह्मपुरी गाउँपालिका
६. हरिवन नगरपालिका १६. रामनगर गाउँपालिका
७. बरहथवा नगरपालिका १८ १७. विष्णु गाउँपालिका
८. बलरा नगरपालिका ११ १८. बसबरिया गाउँपालिका
९. गोडैता नगरपालिका १२ १९. कौडेना गाउँपालिका
१०. बागमती नगरपालिका १० २०. पर्सा गाउँपालिका
६. रौतहट जिल्ला (क्षेत्रफल– ११२६ ब.कि.मी.) : नगरपालिका १६ र गाउँपालिका २ गरी जम्मा १८ स्थानीय तह रहेको यस जिल्लाको सदरमुकाम गौर हो ।
१. चन्द्रपुर नगरपालिका १० १०. माधव नारायण नगरपालिका
२. गरुडा नगरपालिका ११. फतुवा विजयपुर नगरपालिका १०
३. गौर नगरपालिका १२. ईशनाथ नगरपालिका
४. बौधिमाई नगरपालिका १३. परोहा नगरपालिका
५. वृन्दावन नगरपालिका १४. राजपुर नगरपालिका
६. देवाही गोनाही नगरपालिका १५. राजदेवी नगरपालिका
७. गढीमाई नगरपालिका १६. मौलापुर नगरपालिका
८. गुजरा नगरपालिका १७. दुर्गाभगवती गाउँपालिका
९. कटहरिया नगरपालिका १८. यमुनामाई गाउँपालिका
७. बारा जिल्ला (क्षेत्रफल– ११७० व.कि.मि.): उपमहानगरपालिका २, नगरपालिका ५ र गाउँपालिका ९ गरी जम्मा १६ स्थानीय तह रहेको यस जिल्लाको सदरमुकाम कलैया हो । यसमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
१. कलैया उपमहानगरपालिका २७ ९. करैयामाई गाउँपालिका
२. जीतपुर–सिमरा उपमहानगरपालिका २४ १०. देवताल गाउँपालिका
३. कोल्हवी नगरपालिका ११ ११. परवानीपुर गाउँपालिका
४. निजगढ नगरपालिका १३ १२. प्रसौनी गाउँपालिका
५. महागढीमाई नगरपालिका ११ १३. फेटा गाउँपालिका
६. सिम्रौनगढ नगरपालिका ११ १४. बारागढी गाउँपालिका
७. पचरौता नगरपालिका १५. सुवर्ण गाउँपालिका
८. आदर्शकोटवाल गाउँपालिका १६. विश्रामपुर गाउँपालिका
८. पर्सा जिल्ला (क्षेत्रफल– १३५३ व.कि.मि.): महानगरपालिका १, नगरपालिका ३ र गाउँपालिका १० गरी जम्मा १४ स्थानीय तह रहेको यस जिल्लाको सदरमुकाम वीरगंज हो । यसमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
१. वीरगंज महानगरपालिका ३२ ८. पकहा मैनपुर गाउँपालिका
२. पोखरिया नगरपालिका १० ९. बिन्दवासिनी गाउँपालिका
३. पर्सा गढी नगरपालिका १०. सकुवा प्रसौनी गाउँपालिका
४. बहुदरमाई नगरपालिका ११. पटेवा सुगौली गाउँपालिका
५. जगरनाथपुर गाउँपालिका १२. कालिकामाई गाउँपालिका
६. धोबिनी गाउँपालिका १३. ठोरी गाउँपालिका
७. छिपहरमाई गाउँपालिका १४. जिराभवानी गाउँपालिका
क्र.सं. जिल्ला न.पा. गा.पा. उप.म.न.पा. म.न.पा. स्थानीय तह संख्या वडा संख्या
बारा - १६ १६७
सिराहा - - १७ १६४
रौतहट १६ - - १८ १५७
महोत्तरी १० - - १५ १३६
पर्सा १० - १४ १३२
धनुषा ११ - १८ १६९
सर्लाही ११ - - २० २००
सप्तरी - - १८ १६४
जम्मा: ७३ ५९ १३६ १२९१
  • मधेश प्रदेशको प्रतिव्यक्ति आय १३२ अमेरिकी डलर रहेको छ ।
  • मधेश प्रदेशको आर्थिक वृद्धिदर ४.५० प्रतिशत रहने अनुमान रहेको छ ।
  • प्रदेशगत GDP मा कृषिको योगदान: ३६.७ प्रतिशत
  • प्रदेशगत GDP मा उत्पादनमूलक उद्योगको योगदान: १०.७ प्रतिशत
  • प्रदेशगत GDP मा अन्य सेवाका क्षेत्रमा योगदान: ५२.६ प्रतिशत
जिल्ला सदरमुकाम प्रमुख विशेषता धार्मिक, स्थल तथा पर्यटकीय स्थलहरू ताल, झरना, कुण्ड, पोखरी आर्थिक प्रसिद्ध पर्यटकीय स्थल विविध जानकारी
धनुषा जनकपुर जनकपुर जयनगर रेलवे जानकी मन्दिर, दुल्हा दुल्हिन मन्दिर, रंगभूमि स्थान, दुर्वासा आश्रम, नोलाखा मन्दिर तेलदिहि सागर, धनुषा सागर, गङ्गा सागर, मुरलीधर पोखरी, राम सागर, रत्नसागर धनुषाधाम, माछाको लागि प्रसिद्ध जिल्ला नेपालको सबैभन्दा होचो भाग धनुषाको मुसहरनिया (५९ मिटर)
सिरहा सिरहा सहलेंस दरबार सारस्वनाथ मन्दिर पातार पोखरी, बाबा ताल सहलेंस क्षेत्र (वैशाख १ गते मात्र फुल्ने फूल)
पर्सा वीरगञ्ज महेंद्र राजमार्गले नछोएको तराईको जिल्ला राधेमाई मन्दिर, तराईको रानीगञ्ज दरबार बन्जरी ताल, छप्कैया दह, मानसिंह पोखरी तालको लागि प्रसिद्ध जिल्ला, सिता गुफा भएको चराको चुच्चो आकारको जिल्ला, अल्पवर्षा घटेको जिल्ला, नेपालको प्रवेशद्वार वीरगञ्ज
महोत्तरी जलेश्वर मधेश प्रदेशको सानो जिल्ला जलेश्वरनाथ, पुरातात्त्विक गढि, डुटेश्वर महादेव सिसुवा खडैया दह, गुड्के दह एक गाउँ एक उत्पादन: आलु खेती नेपालको सबैभन्दा होचो सदरमुकाम (जलेश्वर)
सप्तरी राजविराज नेपालको सबैभन्दा सानो गोभरगाढा टापु भएको जिल्ला छिन्नमस्ता भगवती, कंकालिनी, शम्भुनाथ, मानराजा भोक्मारी दह, लोहजरा ताल पेडाको लागि प्रख्यात स्थान (बस्सिया) सबैभन्दा बढी दलित बसोबास भएको जिल्ला
सर्लाही मलंगवा सबैभन्दा बढी स्थानीय तह हुने जिल्ला (२०) रजबा शिवालय, मुर्तियाश्वेर नर्दिमन ताल, भरत ताल, नागी ताल गोलभेडाको लागि प्रख्यात जिल्ला पथरकोट क्षेत्र
रौतहट गौर सबैभन्दा धेरै मुसलमान वाणेश्वर मन्दिर वरहवा ताल, मझर एक जिल्ला एक माछा उत्पादनमा माछाको लागि प्रसिद्ध -
बारा कलैया गढीमाई, कंकालिनीमाई हरिहरगढी सिमसार क्षेत्र: कागिनी दह एक जिल्ला एक उत्पादनमा डेरी, सितागुफा भएको जिल्ला, डोय राज्यको राजधानी सिम्रौंगढ

✤ विमानस्थल

  • सिमरा विमानस्थल : बारा
  • जनकपुर विमानस्थल : धनुषा
  • राजविराज विमानस्थल : सप्तरी
  • निजगढ विमानस्थल : बारा

✤ राष्ट्रिय निकुञ्ज २ वटा

चितवन राष्ट्रिय निकुञ्ज: चितवन राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०३० सालमा भएको हो । चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज पनि हो । यो निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग कि.मि रहेको छ । यो निकुञ्ज मकवानपुर, चितवन, पर्सा र नवलपुर (नवलपरासी पूर्व) जिल्लामा रहेको छ । वि.सं. २०३०/०६/०४ गते राजपत्रमा प्रकाशन, २०३१/०७/०९ मा पुनः प्रकाशन भई क्षेत्रफल ९५२.६३ वर्ग कि.मि. कायम भएको थियो । यस निकुञ्जमा एकसिङ्गे गैडा, पाटे बाघ, चितुवा, घडियाल घोडी जस्ता अन्य थुप्रै जीवजन्तु पाइन्छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज: पर्सा राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०४० सालमा भएको हो । यस निकुञ्जको क्षेत्रफल ६२७.३७ वर्ग कि.मि रहेको छ । पर्सा राष्ट्रिय निकुञ्ज मकवानपुर, चितवन, पर्सा जिल्लामा पर्छ । वि.सं. २०४१/०२/०८ गतेको राजपत्र अनुसार पर्सा वन्यजन्तु आरक्षको रूपमा घोषणा भएको हो । वि.सं. २०७४/०२/१९ मा राष्ट्रिय निकुञ्जको रूपमा स्थापित भएको हो ।

✤ वन क्षेत्र

  • मधेश प्रदेशमा वनले ढाकेको क्षेत्रफल २३७६६३ हेक्टर रहेको छ भने अन्य काठ तथा बुट्यानले ढाकेको क्षेत्रफल १९९२३४ हेक्टर रहेको छ ।
  • देशको कुल वन बुट्यानले ढाकेको क्षेत्रको आधारमा मधेश प्रदेशमा ३.७२ प्रतिशत वन बुट्यानको क्षेत्रफल रहेको छ ।
  • मधेश प्रदेशको भूभागको २५.६० प्रतिशत वनले ढाकेको क्षेत्र रहेको छ ।
  • मधेश प्रदेशका १३६ पालिका मध्ये ४७ वटा पालिकाहरूमा मात्र वन क्षेत्र रहेको छ ।
  • मधेश प्रदेशमा रहेको सामुदायिक वन, साझेदारी वन, कबुलियती वन, धार्मिक वन, चकला वन, वन संरक्षण क्षेत्र, वन अतिक्रमण क्षेत्र, निजी वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्र र सार्वजनिक कृषि वन गरी १७६३ वटा रहेका छन् भने सो क्षेत्रमा ३ लाख ६१ हजार ४ सय ५५ हेक्टर क्षेत्रफल समेटेको छ ।

✤ मधेश प्रदेशका ८ वटा जिल्ला स्थित पालिकाहरू र वन क्षेत्रको संख्यात्मक विवरण

जिल्ला जम्मा पालिका संख्या (वटा) वन क्षेत्र रहेका पालिका संख्या (वटा) जिल्ला जम्मा पालिका संख्या (वटा) वन क्षेत्र रहेका पालिका संख्या (वटा)
सप्तरी१८ सर्लाही२०
सिराहा१७११ रौतहट१८
धनुषा१८ बारा१६
महोत्तरी१५ पर्सा१४

✤ कृषि

वस्तु तथा सामग्री बढी कम
अण्डा उत्पादनसर्लाहीधनुषा
दूध उत्पादनसिराहाधनुषा
मासु उत्पादनपर्साधनुषा
फलफूल उत्पादनसप्तरीपर्सा
तरकारी तथा बागवानी उत्पादनमहोत्तरीपर्सा
माछा उत्पादनबारापर्सा
खाद्य तथा अन्य बालीको उत्पादनसर्लाहीधनुषा
  • मधेश प्रदेशको खेती नभएको जमिन १२.२६ प्रतिशत रहेको छ ।
  • सिँचाइको हिसाबले सबैभन्दा बढी सिँचित भूमि रौतहट (४८.४%) हो भने सबैभन्दा कम सप्तरी (४२.२%) रहेको छ ।

✤ मधेश प्रदेश सम्बन्धी विविध जानकारी

  • मधेश प्रदेशलाई अन्नको भण्डार पनि भनिन्छ ।
  • मधेश प्रदेश पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढी भएको प्रदेश पनि हो । जसको क्षमता ४३.११ % रहेको छ ।
  • मधेश प्रदेशमा १२ वटा तारे होटलहरू पनि रहेका छन् ।
  • मधेश प्रदेशका मुख्य नदीहरू: कमला, बागमती, नारायणी रहेका छन् ।

१. राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा धेरै साक्षरता दर भएको प्रदेश मधेशमा साक्षरता दर कति रहेको छ?

(A) ५३.६ प्रतिशत    (B) ६२.४५ प्रतिशत    (C) ६३.१ प्रतिशत    (D) ६३.५ प्रतिशत

  • देशको ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्या साक्षरता दर : ७६.२%
  • पुरुष साक्षरता दर : ८३.६%    महिला साक्षरता दर : ६९.४%
  • सबैभन्दा बढी साक्षरता दर रहेको प्रदेश : बागमती, ८२.७%
  • सबैभन्दा कम साक्षरता रहेको प्रदेश : मधेश प्रदेश, ६३.५%
  • सबैभन्दा बढी साक्षरता दर रहेको जिल्ला : काठमाडौं
  • सबैभन्दा कम साक्षरता दर रहेको जिल्ला : रौतहट
  • १५–२४ वर्षको साक्षरता दर ९१.२ प्रतिशत साथै १५ वर्ष माथिको साक्षरता दर ७१.९ प्रतिशत रहेको छ ।

२. विद्युतिकरण तथ्यांक २०७९ अनुसार सबैभन्दा बढी विद्युतीकरण भएको प्रदेश कुन हो?

(A) कोशी प्रदेश    (B) गण्डकी प्रदेश    (C) बागमती प्रदेश    (D) मधेश प्रदेश

  • ७ प्रदेशमध्ये कुन प्रदेशमा शतप्रतिशत विद्युतीकरण भएको छ? : मधेश
  • सबैभन्दा कम विद्युतीकरण भएको प्रदेश कुन हो? : कर्णाली प्रदेश (७४.३८ प्रतिशत)

३. नेपालको भूगोलमा सबैभन्दा धेरै नगरपालिका कुन प्रदेशमा अवस्थित छन्?

(A) बागमती प्रदेश    (B) कोशी प्रदेश    (C) लुम्बिनी प्रदेश    (D) मधेश प्रदेश

  • सबैभन्दा बढी स्थानीय तह (१३७ वटा) र गाउँपालिका (८८ वटा) भएको प्रदेश कोशी हो तर सबैभन्दा बढी नगरपालिका भएको प्रदेश मधेश प्रदेश हो । (७३ वटा)

४. सबैभन्दा सानो प्रदेश मधेश प्रदेशले कुल नेपाली क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छ?

(A) ६.२८ प्रतिशत    (B) ६.९७ प्रतिशत    (C) ६.५७ प्रतिशत    (D) ६.५० प्रतिशत

  • मधेश प्रदेश कुल क्षेत्रफल : ९,६६१ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको ६.५०%)
  • कर्णाली प्रदेश कुल क्षेत्रफल : २७,९८४ व.कि.मि. (नेपालको क्षेत्रफलको १८.९७%)

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url