पाठ्यक्रम सम्बन्धी जानकारी
पाठ्यक्रमका मुख्य तत्वहरू
सूत्र – उवि सिमु
- उद्देश्य
- विषयवस्तु
- सिकाइ अनुभव (क्रियाकलाप)
हिल्ला टावाका अनुसार पाठ्यक्रम विकासका चरणहरू (७ चरण)
सूत्र – आ वि वि सि मु
- आवश्यकताहरूको पहिचान
- उद्देश्यहरूको निर्माण
- विषयवस्तुको छनोट
- विषयवस्तुको संगठन
- सिकाइ अनुभवहरूको छनोट
- सिकाइ अनुभवहरूको संगठन
- मूल्याङ्कन
नेपालमा पाठ्यक्रम विकासका चरणहरू (सामान्यत: पाँच)
सूत्र – आनि पापा मु
- आवश्यकताको पहिचान
- नीतिगत निर्णय
- पाठ्यक्रम विकास
- पाठ्यक्रम स्वीकृति
- पाठ्यक्रम मूल्याङ्कन र सुधार
स्थानीय पाठ्यक्रमको चरण/प्रक्रिया
सूत्र – आस वि सि बि स
- आवश्यकता पहिचान
- क्षमता वा उद्देश्यको निर्धारण
- विषयवस्तुको छनोट
- कक्षागत सिकाइ उपलब्धि निर्धारण
- शिक्षण विधि र प्रक्रिया निर्धारण
- विद्यार्थी मूल्याङ्कन प्रक्रिया
- समय निर्धारण
पाठ्यक्रमको संरचना
पाठ्यक्रममा दुई खण्ड रहने छन्:
१. परिचयात्मक खण्ड (१२ अङ्क)
सूत्र – परासमा पतविव सिवि पाका
- परिचय
- शिक्षाको राष्ट्रिय उद्देश्य
- शिक्षाको संरचना
- शिक्षाको माध्यम
- पाठ्यक्रम ढाँचा तथा संरचना
- तहगत क्षमता
- विषयगत पाठ्यक्रमका अङ्क
- पठन पाठनको समयावधि
- सिकाइ सहजीकरण प्रक्रिया
- विद्यार्थी मूल्याङ्कन
- पाठ्यक्रम मूल्याङ्कन
- कार्यान्वयन योजना
विषयवस्तु छनौटका मापदण्डहरू
सूत्र – बैम रसा उपको
- वैधताको आधार
- महत्वको आधार
- रुचि वा चाहनाको आधार
- सान्दर्भिकताको आधार
- उपयोगिताको आधार
- प्रजातान्त्रिक मूल्यको आधार
- बौद्धिक आधार
सिकाइ अनुभवका प्रकारहरू (टायलरद्वारा प्रस्तुत)
सूत्र – विसु रसा
- चिन्तन सीप विकास गर्ने सिकाइ अनुभवहरू
- सूचना प्रदान गर्ने सिकाइ अनुभवहरू
- रुचि विकास गर्ने सिकाइ अनुभवहरू
- सामाजिक प्रवृत्ति विकास गर्ने सिकाइ अनुभवहरू
माध्यमिक (कक्षा ९–१२) प्राविधिक तथा व्यावसायिक शिक्षाका विषयहरू
सूत्र – बाप इनि कस
- बाली विज्ञान
- पशु विज्ञान
- इलेक्ट्रिकल इन्जिनियरिङ
- सिभिल इन्जिनियरिङ
- कम्प्युटर इन्जिनियरिङ
- सङ्गीत शिक्षा
सिकाइ (विद्यार्थी/बालबालिका)
- समकालीन समाज तथा संस्कृति
- सामाजिक परिवर्तन
- विषयवस्तु र यसको क्षेत्रमा भएका विकासहरू
- दर्शन
- मनोविज्ञान
टायलर (Tyler, १९४९) का अनुसार (४ तत्व):
सूत्र - उसि सिमु
- उद्देश्य
- सिकाइ अनुभवको छनोट
- सिकाइ अनुभवको संगठन
- मूल्याङ्कन
हिल्डा टावा (Hilda Taba, १९६२) का अनुसार (५ तत्व):
सूत्र - लवि सो कृ मु
- लक्ष्य र उद्देश्यहरू
- विषयसूची
- स्रोत र सामग्रीहरू
- क्रियाकलापहरू
- मूल्याङ्कन
डि.के. व्हीलर (D.K. Wheeler, १९६७) का अनुसार (५ तत्व):
सूत्र - लसि विविमु
- लक्ष्य, ध्येय र उद्देश्य
- सिकाइ अनुभवको छनोट
- विषयवस्तुको छनोट
- सिकाइ अनुभव र विषयवस्तुको संगठन र एकीकरण
- मूल्याङ्कन
आउडी र हावार्ड निकोल्स (Audie and Howard Nichols) का अनुसार (५ तत्व):
सूत्र - पउ विसिमु
- परिस्थितिको विश्लेषण
- उद्देश्यको छनोट
- विषयवस्तुको छनोट र संगठन
- शिक्षण विधिको छनोट र संगठन
- मूल्याङ्कन
किर (Kerr) का अनुसार (४ तत्व):
सूत्र - उवि सिमु
- उद्देश्य
- विषयवस्तु
- शिक्षण विधि
- मूल्याङ्कन
रोबर्ट एस. जैस (Robert S. Jais) का अनुसार (४ तत्व):
सूत्र - धवि सिमु
- ध्येय, लक्ष्य र उद्देश्य
- विषयवस्तु
- सिकाइ क्रियाकलाप
- मूल्याङ्कन
पाठ्यक्रम विकासका आधार (निर्देशिका, २०७९/२/१२ अनुसार)
सैद्धान्तिक आधार
सूत्र - सए संवि पवि प्रजा जि
- संवैधानिक तथा कानुनी आधार
- ऐतिहासिक, दार्शनिक, आर्थिक, सामाजिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक आधार
- संवेगात्मक तथा मनोवैज्ञानिक आधार
- विश्वव्यापीकरण र भूमण्डलीय आधार
- परम्परागत ज्ञान, सिप तथा अनुभवजन्य आधार
- विकासका आधुनिक प्रवृत्तिगत आधार
- प्रचलित नीति, समसामयिक मुद्दाहरूले निर्देशित गरेका आधार
- ज्ञानको विस्तार तथा सूचना प्रविधिहरूले विस्तार गरेका क्षेत्रका आधार
- जीवनोपयोगी तथा जीवन वृत्तिको आवश्यकताको आधार
थप आधार (सुझाव, सिफारिस, प्रतिबद्धता, राय, पुष्टिपोषण जस्ता)
सूत्र - विरा ररा प्रवि मापा
- विद्यार्थी, अभिभावक, स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय सन्दर्भ
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राज्यद्वारा व्यक्त गरिएका प्रतिबद्धता
पाठ्यक्रमको मूल्याङ्कनका आधार
सूत्र - वि शि पवि अस
- विद्यार्थीको उपलब्धि स्तर
- शिक्षकको कार्य सम्पादन स्तर
- पठनपाठनमा उपयोग गरिएको समय
- विद्यार्थीको व्यक्तिगत तथा सामाजिक व्यवहार र प्रभाव
- अभिभावक तथा समाजको सिकाइप्रतिको अपेक्षा र प्रतिक्रिया
- सरोकावालाको विद्यालयप्रतिको धारणा
- विशेष: उपयुक्त पक्षमा समेटिएका आधारमा प्रत्येक पाँच वर्षमा पाठ्यक्रमको मूल्याङ्कन, व्यक्ति, परिवार र समाजमा परेको प्रभाव समेतलाई हेरिने छ ।
२. विषयगत खण्ड (विषयगत पाठ्यक्रमका अङ्गः ६ वटा)
सूत्र - पत कवि सिमु
- परिचय
- तहगत क्षमता
- कक्षागत सिकाइ उपलब्धि
- विधा वा विषयवस्तुको क्षेत्र, क्रम (विस्तृतिकरणसमेत)
- सिकाइ सहजीकरण प्रक्रिया
- मूल्याङ्कन प्रक्रिया
विषयवस्तुका तहहरू
सूत्र - तथ्य सिमु
- तथ्यहरू (Facts): यी मानव अनुभवका ती सझाई हुन् जुन जुनसुकै समयद्वारा प्रमाणित हुन्छन्। तथ्य विभिन्न स्वरूप भएका उपयोगी ज्ञान हुन्।
- धारणा (Concepts): यी समानताका आधारमा सङ्गठित गरिएका तथ्यहरूको वर्ग हुन्।
- सिद्धान्त र सामान्यीकरण (Principles and Generalizations): यी धारणाहरू बिचको कारण र प्रभावको रूपमा व्यक्त कथनहरू हुन्। यसले मानव वरिपरि घटनाहरूको ध्यान गर्ने र भविष्यवाणी गर्ने कार्य गर्दछन्।
- मूल्य र मान्यताहरू (Values and Beliefs): यी मानवीय दृष्टिकोणमा आधारित ज्ञानका स्वरूपहरू हुन्। मानिसले आफ्नो कल्याणको लागि यी दृष्टिकोणहरूको निर्माण गरेको हुन्छ।
सिकाइ अनुभवको संगठनका ३ आधारहरू
सूत्र - एनिक्रम
- निरन्तरता: अनुभव निरन्तर रूपमा प्रदान गर्नुपर्दछ। यसको क्षेत्र क्रमशः विस्तार गर्नुपर्दछ।
- क्रम: अनुभव विषयवस्तुको तार्किक क्रमानुसार प्रदान गर्नुपर्दछ।
- एकीकरण: अनुभवहरू एक अर्कासँग सम्बन्धित गरेर एकीकृत रूपमा प्रदान गर्नुपर्दछ।
सुस्पष्ट पाठ्यक्रममा प्रभाव पार्ने तत्वहरू
सूत्र - विधि शिशि
- विद्यालयका नियम र सिद्धान्तहरू
- अन्तरव्यक्तिक सम्बन्ध
- शिक्षक र विद्यार्थीबीचको अन्तरक्रिया
- शिक्षा र सुस्पष्ट पाठ्यक्रमबीचको अन्तरसम्बन्ध
पाठ्यक्रममा समावेशी पद्धति अनुसारका लक्षित वर्ग (१५ समूह)
सूत्र - महिला अपाङ्गता दलित सीमितस्र श्रमदे द्वन्द्व काजेकु
- महिला
- अपाङ्गता भएका बालबालिका
- दलित बालबालिका
- सीमान्तकृत र पिछडिएका जातजाति
- विभिन्न भाषाभाषी बालबालिका
- सडक बालबालिका
- श्रमिक बालबालिका
- बेचबिखनमा परी उद्धार गरिएका बालबालिका
- देवी प्रकोप पीडित बालबालिका
- द्वन्द्वपीडित बालबालिका
- यौन शोषित तथा दुराचारग्रस्त बालबालिका
- गरिबीको रेखामुनि रहेका परिवारका बालबालिका
- कामदार वा मजदुरका बालबालिका
- जेलमा रहेका बालबालिका
- कुष्ठरोगी र अन्य सङ्क्रामक रोगग्रस्त बालबालिका
शिक्षा सम्बन्धी अधिकार (संघ, प्रदेश र स्थानीय तह)
सूत्र - रावि पानक
- संघ, प्रदेश र स्थानीय सरकारको पाठ्यक्रमसम्बद्ध अधिकार क्षेत्रको बाँडफाँड सम्बन्धी अधिकार:
- राष्ट्रिय पाठ्यक्रम प्रारूप विकास
- विषयगत/क्रम तथा पाठ्यपुस्तकको मापदण्ड विकास
- पाठ्यक्रमको ढाँचा
- नमूना पाठ्यपुस्तक विकास
- कक्षा ११ र १२ को सार्वजनिक परीक्षा सञ्चालन व्यवस्थापन
- प्रदेशको अधिकार:
- राष्ट्रिय पाठ्यक्रम प्रारूपको मार्गदर्शन र विषयगत तथा ढाँचाका आधारमा पाठ्यपुस्तक विकास गर्ने
- कक्षा १० को परीक्षा सञ्चालन व्यवस्थापन
- स्थानीय तहको अधिकार:
- कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री (मातृभाषा समेत)
- ऐच्छिक विषयहरू स्थानीय तहले समन्वय र सहजीकरणमा विद्यालयले छनोट गर्ने
- अभिभावक र विद्यालयको परामर्शमा मातृभाषा पठनपाठनको व्यवस्था स्थानीय तहले गर्ने
- स्वीकृत पाठ्यपुस्तकको सुनिश्चितता स्थानीय तहले गर्ने
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
एकीकृत पाठ्यक्रममा व्यवहार कुशल सीपहरू (Soft Skills)
विद्यालय शिक्षाको एउटा महत्वपूर्ण कार्य विद्यार्थीहरूमा व्यवहार कुशल सीपहरू (Soft skills) विकास गराउन सहयोग गर्नु हो । पाठ्यक्रमले व्यवहार कुशल सीप पाँच विस्तृत क्षेत्र र सोअन्तर्गत २१ वटा व्यवहार कुशल सीपहरूको विस्तृतिकरण गरिएको छ ।
व्यवहार कुशल सीपहरू (Soft Skills)
सूत्र - सोवे असुना
१. सोचाई सीपहरू (Thinking Skills)
सूत्र - प्रसि रकनि
- प्रयोग सीप (Application skill)
- सिकाइ सीप (Learning skill)
- रचनात्मक सोचाई सीप (Creative thinking skill)
- समालोचनात्मक सोचाई सीप (Critical thinking skill)
- निर्णय तथा समस्या समाधान सीप (Decision making and problem-solving skill)
२. व्यक्तिगत सीपहरू (Intrapersonal Skills)
२. व्यक्तिगत सीपहरू (Intrapersonal Skills)
सूत्र - स्वआइ सत्य स्वजि
- स्वव्यवस्थापन (Self management)
- आत्मबल, स्वाभिमानको विकास (Develop self-esteem/respect)
- इमान्दारी, स्वअनुशासन (Integrity/honesty/self-discipline)
- समय व्यवस्थापन (Time management)
- व्यक्तिगत लक्ष्य निर्धारण र कार्यमा अग्रसरता (Personal goal setting and taking initiatives)
- स्वतन्त्र सिकाइ, लचकता र अनुकूलनता (Independent learning, flexibility and adaptability)
- जिम्मेवारी एवम् प्रतिबद्धता (Responsibility and commitment)
३. अन्तरव्यक्तिक सीपहरू (Interpersonal Skills)
सूत्र - CCC AC
- सञ्चार (Communication)
- सहकार्य (Collaboration)
- सहयोग तथा सहानुभूति (Cooperation and empathy)
- सक्रियात्मक सुन्ने (Active listening)
- सांस्कृतिक सीपहरू र नैतिकता (Cultural skills/ethics)
४. सूचना प्रविधि तथा बहुसाक्षरता सीपहरू
(Information communication and multi-literacy skills)
सूत्र - आभा ई सुबाई
सूचना प्रविधि तथा बहुसाक्षरता सीपहरू
- आधारभूत साक्षरता (Basic Literacy)
- प्राविधिक साक्षरता (Technological Literacy)
- दृश्य साक्षरता (Visual literacy)
- सूचना साक्षरता (Information Literacy)
- बहुसांस्कृतिक साक्षरता (Multicultural Literacy)
५. नागरिक सीप (Citizenship Skills)
सूत्र - सविलो बारा साबे
- सहिष्णुता र खुलापन (Tolerance and openness)
- विविधताको सम्मान र अन्तरसांस्कृतिक बुझाइ (Respect for diversity and intercultural understanding)
- लोकतान्त्रिक, सहभागितात्मक र समतामूलक मूल्य (Democratic, participatory and equitable value)
- वातावरणप्रतिको सजगता र सम्मान (Awareness of and respect for the environment)
- राष्ट्रिय पहिचान र अपनत्वको अनुभूति (National identity and sense of belonging)
- सामाजिक एवम् नागरिक जिम्मेवारी (Social and civic responsibility)
- व्यक्तिगत जिम्मेवारी (Personal responsibility)
पाठ्यक्रम निर्माणमा प्रभाव पार्ने मुख्य तत्वहरू
सूत्र - स्ति र स्वाविको दम
मनोविज्ञानको इतिहास र परिभाषाहरू
- मनोविज्ञानको पिता: William Wundt
- मनोविज्ञानको माता: Margaret Foly Washburn
- शैक्षिक मनोविज्ञानको पिता: Johann Herbert
- आधुनिक शैक्षिक मनोविज्ञानको पिता: E.L. Thorndike
- प्रयोगात्मक मनोविज्ञानको पिता: William Wundt
- व्यवहारवादी मनोविज्ञानको पिता: J.B. Watson
- विकासात्मक मनोविज्ञानको पिता: Jean Piaget
- आत्माको विज्ञानको रूपमा मनोविज्ञानलाई परिभाषित प्रथम व्यक्ति: Democritus
| क्र.सं. | काल | रूपमा | मनोवैज्ञानिक | सूत्र |
|---|---|---|---|---|
| १ | प्राचीनकाल (सन ४०० देखि ५०० सम्म) | आत्माको विज्ञानको रूपमा (परम्परागत/शाब्दिक अर्थ) | Democritus, Plato, Aristotle | DAP |
| २ | मध्ययुग (सन ५०० देखि १५०० सम्म) | मस्तिष्कको विज्ञानको रूपमा | Kant, Leibniz, Hobbes, Hume, Locke, Tichener | कालेह लपट्टी |
| ३ | चेतनाको विज्ञानको युग (सन १५०० देखि १९००) | चेतनाको विज्ञानको रूपमा | Sigmand Fruid, Wilhelm Wundt, Vives, William James | WVSW |
| ४ | व्यवहारको विज्ञानको युग (सन १९०५ देखि) | व्यवहारको विज्ञानको रूपमा (आधुनिक अर्थ) | J.B. Watson, Wood Worth, B.F. Skinner, Blooms | WWSB |
शिक्षा मनोविज्ञानका प्रमुख क्षेत्रहरू
सूत्र- सिस प्रअनि अघि
- सिकाइ प्रक्रिया र सिकाइको पहिचान
- समायोजन र व्यक्तित्व
- सिकाइलाई प्रभाव पार्ने तत्वहरूको पहिचान
- सिकाइ उपलब्धिको मूल्याङ्कन
- निर्देशन र सल्लाह
- अवस्थाहरूको पहिचान
- शिक्षण प्रक्रिया र विधिको पहिचान
मनोविज्ञानका शाखाहरू
सूत्र- शि विकासि
- शिक्षा मनोविज्ञान
- विकासात्मक मनोविज्ञान
- सिकाइ मनोविज्ञान
विकासात्मक मनोविज्ञानका उद्देश्यहरू (हर्लकका अनुसार)
सूत्र: विशेष परिवर्तनहरू, कहिले आउँछन्, आउने कारणहरू, प्रभाव, पूर्वकथन, व्यक्तिगत वा सर्वसामान्य पत्ता लगाउनु ।
- एउटा विकासात्मक अवस्थाबाट अर्कोमा जाँदा बनोट, व्यवहार, रुचि र लक्षणमा के कस्ता साना र विशेष परिवर्तनहरू हुन्छन् त्यो पत्ता लगाउनु ।
- यी परिवर्तनहरू कहिले आउँछन् पत्ता लगाउनु ।
- यी परिवर्तन आउने कारणहरू के-के हुन पत्ता लगाउनु ।
- व्यवहारमा तिनीहरूले कसरी प्रभाव पार्छन् पत्ता लगाउनु ।
- ती परिवर्तनहरूबाट पूर्वकथन गर्न सकिन्छ सकिँदैन पत्ता लगाउनु ।
- ती परिवर्तन व्यक्तिगत वा सर्वसामान्य हुन् होइनन् पत्ता लगाउनु ।
मानव वृद्धि (Human Growth) का विशेषताहरू
सूत्र- पूर्वधार स्पष्ट निश्चित प्राकृतिक वंश नाप्न हुने
- विकासको पूर्वधार
- स्पष्ट देख्न सकिन्छ
- निश्चित समय पछाडि रोकिएन पनि सक्छ
- प्राकृतिक प्रक्रिया
- वंशाणुगत गुणबाट प्रभावित
- नाप वा तोल्न सकिने
- परिमाणात्मक वा संख्यात्मक
- शरीरको आकार बनोट र संरचनामा परिवर्तन
मानव विकास (Human Development) का विशेषताहरू
सूत्र- परिको अर्जित व्यवहार पनिमा
- परिपक्वता र सिकाइको प्रतिफल
- अर्जित प्रक्रिया
- व्यवहारमा आउने परिवर्तन
- परिमाणात्मक र गुणात्मक परिवर्तन
- निरन्तर चलिरहने प्रक्रिया
- मापन गर्न कठिन
नवजात अवस्थाका विशेषताहरू
सूत्र- पगर पछि पूर्णरूपमा असहाय, छोटो आधारभूत सामञ्जस्य अवस्था हो
- समायोजनको अवस्था हो
- विकासमा नवजात अवस्था एउटा पगर हो
- पछि हुने विकासको पूर्वावलोकन गर्ने अवस्था हो
- पूर्णरूपमा असहाय अवस्था हो
- खतरापूर्ण अवस्था हो
- सबै विकासात्मक अवस्थाभन्दा छोटो अवस्था हो
- बाह्य वातावरणसँग सामञ्जस्य वा आधारभूत सामञ्जस्य प्राप्त गर्ने समय हो
किशोरावस्थाका विशेषताहरू
सूत्र- वाति घट्दो बढ्दो यौन आकर्षकले सिर्जनालाई संकट को अवस्था
- वास्तविक आधारशिलाको अवस्था
- तीव्र वृद्धि तथा परिवर्तनको उमेर
- घट्दो निर्भरताको उमेर
- बढ्दो व्यक्तिवादी उमेर
- यौन भूमिका छुट्याउने सुरुवात अवस्था
- आकर्षक उमेर
- सिर्जनात्मकताको सुरुवातको उमेर
- एक संकटपूर्ण अवस्था
पूर्वबाल्यावस्थाका विशेषताहरू
- आमाबाबुद्वारा प्रयोग गरिने नाम:
सूत्र- सरकेन
- समस्याको उमेर वा दुःखपूर्ण उमेर
- खेलौनाको वा खेल्ने उमेर
- नकारात्मक अवस्था
- शिक्षाविद्हरूद्वारा प्रयोग गरिने नाम:
- पूर्व विद्यालय उमेर
- मनोवैज्ञानिकहरूद्वारा प्रयोग गरिने नाम:
- पूर्वबालक अनु जिज्ञासु र सिर्जनशील
- पूर्वबाल समूह उमेर
- अन्वेषणात्मक उमेर
- प्रश्नपूर्ण वा जिज्ञासु उमेर
- अनुकरण वा नक्कल गर्ने उमेर
- सिर्जनशील अवस्था
उत्तर बाल्यावस्थाका विशेषताहरू
- आमाबाबुबाट प्रयोग गरिने नाम:
सूत्र- स्फोज भ
- समस्यापूर्ण उमेर
- फोहोरी उमेर
- झगडा गर्ने उमेर
- भद्दा उमेर
- शिक्षाविद्हरूद्वारा प्रयोग गरिने नाम:
- प्रारम्भिक विद्यालय उमेर
- नाजुक वा संवेदनशील अवस्था
- मनोवैज्ञानिकहरूद्वारा प्रयोग गरिने नाम:
सूत्र- ससि खेल सहायतता
- समूहको उमेर (Gang age)
- सिर्जनात्मक उमेर
- खेल उमेर
यौवनावस्थाका विशेषताहरू
छोटो विभाजित तीव्र नकारात्मक स्वार्थिको यौन अवस्था
- छोटो समयावधि (१०/११–१३/१४ वर्षसम्म)
- विभिन्न अवस्थामा विभाजित: (क) पूर्वयौन परिपक्वता, (ख) यौन परिपक्वता र (ग) पार्श्वयौन परिपक्वता
- तीव्र वृद्धि र विकासको समय
- नकारात्मक समय
- स्वार्थिको उमेर
- यौन परिपक्वताको अवस्था विभिन्न उमेरमा आउँछ
यौवनावस्थाका विशेषताहरू
छोटो विभाजित तीव्र नकारात्मक स्वार्थिको यौन अवस्था
- छोटो समयावधि (१०/११–१३/१४ वर्षसम्म)
- विभिन्न अवस्थामा विभाजित: (क) पूर्वयौन परिपक्वता, (ख) यौन परिपक्वता र (ग) पार्श्वयौन परिपक्वता
- तीव्र वृद्धि र विकासको समय
- नकारात्मक समय
- स्वार्थिको उमेर
- यौन परिपक्वताको अवस्था विभिन्न उमेरमा आउँछ
किशोरावस्थाका विशेषताहरू
सूत्र- मस पस भअ प्रौं
- महत्वपूर्ण अवस्था
- संक्रमणकालीन अवस्था
- परिवर्तनको अवस्था
- समस्याग्रस्त उमेर
- भयभीत अवस्था
- अवास्तविकताको समय
- पहिचान खोज्ने अवस्था
- प्रौढावस्थाको सुधारको अवस्था
किशोरावस्था शारीरिक संकट
आशा मुषाभयो
- आत्महत्या
- शारीरिक अक्षमता
- मृत्यु
मनोविज्ञान
- शारीरिक दोषणहरू
- भद्दापन
- यौन अनुसार शरीर विकास नहुनु
किशोरावस्था मनोवैज्ञानिक संकट
योपा साने- यौन व्यवहार
- पारिवारिक सम्बन्ध
- सामाजिक व्यवहार
- नैतिक व्यवहार
प्रारम्भिक वयस्क अवस्थाका विशेषताहरू
व्यवस्थित सन्तान,संवेगात्मक कमूनता, प्रतिसे
- व्यवस्थित वा स्थापित हुने उमेर
- सन्तानोत्पादन गर्ने वा उत्पादनशील अवस्था
- समस्याग्रस्त अवस्था
- संवेगात्मक तनावको उमेर
- कहिलेकाहीँ परनिर्भरताताको अवस्था
- मूल्य परिवर्तनको अवस्था
- नयाँ जीवन परिस्थिति सँग सामञ्जस्यता प्राप्त गर्ने अवस्था
- सामाजिक रूपमा एकीत्रिने अवस्था
- प्रतिबद्धता वा बचनबद्धता पूरा गर्ने अवस्था
- सिर्जनशील अवस्था
मध्य अवस्थाका विशेषताहरू
कहाली लाग्ने सङ्क्रमण, तनाव खतरा , खाली भद्दा उपलब्धि , पट्यार अवस्था
- सङ्क्रमण काल (यता न उताको) अवस्था
- तनावग्रस्त समय
- खतरापूर्ण उमेर: मनोवैज्ञानिकका अनुसार आत्महत्याको चरम उमेर
- प्राप्ति र मूल्याङ्कनको अवस्था (उपलब्धि र समीक्षा को उमेर)
- खाली काख वा रित्तो गुँडो अवस्था
- भद्दा अवस्था
- उपलब्धिको अवस्था
- दोहोरो मापदण्डद्वारा मूल्याङ्कन गरिने अवस्था
- पट्यार लाग्ने समय
वृद्धावस्थाका मुख्य विशेषताहरू
- पतन हुने वा गिर्दै अवस्था वा अवनतिको अवस्था
- वृद्धत्वको प्रभावमा व्यक्तिगत मित्रता
- वृद्धावस्थालाई विभिन्न आधारद्वारा लेखाजोखा गरिने (भिन्न-भिन्न मापदण्ड अनुसार मूल्याङ्कन गर्ने अवस्था)
- वृद्धावस्थाबारे निश्चित पूर्वाग्रहपूर्ण अवधारणा पाइने
- एक्लो र लिङ्गहीनको अवस्था
- अल्पसङ्ख्यक समूहको उमेर
- पुनः बाल्यपनको चाहना
- परिवारसँग कमजोर समायोजनको अवस्था
- दोश्रो दर्जाका नागरिक सरहको सामाजिक स्तरको अवस्था
tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url