विश्वको इतिहास

❖ विश्वको इतिहास

  • इतिहास भनेको ➜ इतिहास
  • प्राचीनकालिन सभ्यताको विकास ➜ नदीबाट
  • इतिहासको पिता (Father of History) ➜ हेरोडोटस (इ.पू. ४८४–४२५)
  • पहिलो पटक "Persian Wars" पुस्तक लेख्दा युद्धको सत्य तथ्य खोज्दै सकेसम्म प्रमाणिक बनाउने प्रयास गरेकोले इतिहासको पिता भनियो ।
  • Father of Modern History ➜ William Stubbs
  • Father of Scientific History ➜ थ्युसाइडिस
  • हेरोडोटसले इतिहासलाई ५ वटा खण्डमा विभाजन गरेका थिए

इतिहासको काल विभाजन

प्राग ऐतिहासिक युग

  • पूर्व पाषाण ➜ ढुङ्गे युगदेखि इ.पू. १००० वर्षसम्म
  • नव पाषाण ➜ इ.पू. १०००० देखि ६००० वर्षसम्म

प्राचीन युग ➜ इ.पू. तेस्रो शताब्दी देखि पाँचौँ शताब्दीसम्म

मध्यकालीन युग (सामन्त युग) ➜ रोमन साम्राज्यको पतनदेखि अमेरिका पत्ता लागेको सम्म (सन ४७२ देखि १४९२ सम्म)

आधुनिक युग ➜ पुनर्जागरण युगदेखि सन १७६६ मा इटालीमा दाँतोको जन्म भएपछि सुरु भएको वा १३ औँ देखि १६ औँ शताब्दी सम्म

समकालीन युग ➜ हाल चल्ने युग

५. विश्वको इतिहास

क्रम सभ्यताको नाम विशेषता
मिस्रको सभ्यता • सबैभन्दा पुरानो सभ्यता
• नाइल वा निल नदीको वरदान (हेरोडोटसले भनेका थिए)
• नाइल वा निल नदीको छेउँमा
• मिश्र विश्वको पहिलो राष्ट्र
• पिरामिड युग पनि भनिन्छ (इ.पू. ३०० देखि २५०० को काललाई)
• गिजाको पिरामिड १ लाख मानिसले २० वर्ष लगाएर बनाएका हुन्
• पिरामिडको अर्थ: तत्कालिन राजाहरूको चिहान
• मिश्रको राजालाई फारो भनिन्थ्यो
• प्रस्टर (ढुङ्गा) कलाको सुरुवात
• स्वर्ण युग (अमनोतेप चतुर्थको युगलाई स्वर्ण युग भनिएको थियो)
• मिश्रहरूको मुख्य आय स्रोत कृषि हो
• पानी र पखालोको विकास
• कागज कलम र मसिको आविष्कार
• गणित र विज्ञानको विकास
• पुनर्जन्मसम्बन्धी धारणाको विकास
• मिश्रहरू निल नदी हुँदै व्यापार गर्थे
• मिश्रहरू तामाको हतियार बनाउँथे
• हेटोटिक लिपिको विकास
मेसोपोटामियाको सभ्यता • मेसोपोटामियाको आधुनिक नाम इराक
• दोआबबाट बाङ्गो लेख्ने लिपिको विकास भएको
• न्याय व्यवस्था Tit for tat, Eye for eye, Tooth for tooth
• हाम्मुराबीको कानुन संहिताको विकास जसमा २८२ धारा थिए
• यस सभ्यताले विश्वलाई गणित, ज्योतिष र खगोल शास्त्रको ज्ञान गराएको
• अंकको ज्ञान गर्ने र गुणन गर्ने पद्धतिको विकास, फलित ज्योतिषको विकास
सिन्धुघाँटीको सभ्यता • हालको मुख्य केन्द्र पाकिस्तानको हरप्पा र मोहनजोदाडो पर्दछ (यी दुबै ठाउँ एक अर्काबाट ४०० मिल टाढा छन्)
• हरप्पाको सभ्यता भनेर चिनिने
• मुख्य व्यवसाय कृषि व्यवसाय र उद्योग
• प्रमुख पेशा पशुपालन
• मनोरञ्जनका लागि जुवा र पासा खेल्थे
युनानी सभ्यता • अंकगणित र ज्यामिति
• युनानी सभ्यताको राजालाई पोलिस
• प्रमुख बाली गहुँ
रोमन सभ्यता • वर्षमा ३६५ दिन हुन्छ भन्ने सभ्यताले साथ पाएको सभ्यता
• रोम सभ्यताको सुमधि पिटर अल्बार्ड
  • एज्टेक सभ्यता (Aztec Civilization) को उत्पत्ति ➜ मेक्सिकोबाट
  • लोकतन्त्रको जन्मस्थल भनेर चिनिने सभ्यता ➜ ग्रीक
  • हेरोडोटसलाई सर्वप्रथम इतिहासका पिता भनेर चिनाउने ➜ सिसेरो
  • इन्डस भ्याली सिभिलाइजेसन जसलाई हरप्पाको सभ्यता ➜ नामले पनि चिनिन्छ ।

प्रमुख प्राचीन सभ्यताहरू

सभ्यता उद्गम स्थल उत्पत्ति/शुरु
मिस्रको सभ्यता नाइल नदी (इजिप्ट) इ.पू. ३५००
रोमन सभ्यता टाइबर (इटली)
मेसोपोटामिया टिग्रिस र युफ्रेटिस (इराक) इ.पू. ५७३
सिन्धु घाटीको सभ्यता सिन्धु र रावी (पाकिस्तानको हरप्पा र मोहनजोदाडो) इ.पू. ३००
युनानी सभ्यता ग्रीसबाट
चिनियाँ सभ्यता याङ्सी क्याङ र सिक्याङ नदी
आर्य सभ्यता भारत

❖ म्याग्नाकार्टा (Magna Carta)

  • म्याग्नाकार्टा निर्माण: १२१३ मा ब्यारोन पादरीहरूले (म्याग्नाकार्टा: २५ जना ब्यारोनहरूले गरेका)
  • हस्ताक्षर मिति: १२१५ जुन १५
  • हस्ताक्षर भएको स्थान: रनिमेड (लन्डनभन्दा १९ माइल टाढा)
  • हस्ताक्षर गर्ने राजा: जोन द्वितीय
  • म्याग्नाकार्टामा: ६३ धारा, १४२२ शब्द र ३७ वटा कानुन छन्
  • सन्धि: राजा र धर्मगुरुको बीचमा
  • सम्झौता: राजा र जनताको बीचमा
  • म्याग्नाकार्टालाई मानव अधिकारको पहिलो दस्तावेज भनिन्छ।
  • भाषा: ल्याटिन
  • चराको पखेटाले चर्मपत्रमा लेखिएको
  • तत्कालिन समयमा बेलायतका पोप: इन्नोसेन्ट तृतीय
  • लेखक - Archbishop Stephen Langton
  • नेपालको म्याग्नाकार्टा प्रतिनिधिसभाको घोषणा पत्र २०४६ लाई भनिन्छ।
  • असन्तुष्ट ब्यारोनहरूले राजा जोनलाई हटाई फ्रान्सको लुई आठौंलाई राजा बनाएका थिए।
  • सन १२१६ अक्टोबर १८ मा राजा जोन निधन भएपछि लुई आठौंलाई धरी हटाई जोन तृतीयका छोरा हेनरी तृतीयलाई राजा बनाइएको।

म्याग्नाकार्टामा भएका मुख्य धाराहरू

धारा विवरण
धारा १ चर्चको स्वतन्त्रता सम्बन्धी विषय
धारा २८, २९ र ३९ व्यक्तिगत सम्पत्तिको प्रत्याभूतिको वर्णन
धारा ३६ व्यक्तिगत स्वतन्त्रता
धारा ३९ कानुन अनुसार दण्ड दिने बन्दी प्रत्याभूति सम्बन्धी व्यवस्था
धारा ४० न्याय प्रदान गर्न ढिला गर्ने छैन, राजाले कसैलाई पनि अधिकार र न्याय बेच्ने छैन, न्याय दिन इन्कार पनि गर्ने छैन
धारा ५४ राजाले पनि कानुन मान्नु र जान्नु पर्छ
धारा ६३ विविध व्यवस्था

म्याग्नाकार्टा संशोधन

संस्करण मिति राजा
पहिलो १२१६ नोभेम्बर १२ हेनरी तृतीय
दोस्रो १२१७ फेब्रुअरी १७ हेनरी तृतीय
तेस्रो १२२५ फेब्रुअरी ११ हेनरी तृतीय
चौथो १२९७ एडवर्ड प्रथम

४ प्रति अझै सुरक्षित म्याग्नाकार्टाहरू रहेका स्थानहरू

ब्रिटिस लाइब्रेरी २ प्रति
सालिसबरी १ प्रति
लिंकन क्याथोल १ प्रति

बेलायतका प्रमुख ४ राजाहरू

राजा मिति विशेषता
जोन द्वितीय सन १२१५ म्याग्नाकार्टामा हस्ताक्षरकर्ता
चार्ल्स प्रथम सन १६४९ फाँसीमा मारिने (क्रामवेलको पालामा)
जेम्स द्वितीय सन १६८८ देश छोडेर भाग्ने
जर्ज द्वितीय सन १७१३ अंग्रेज नबुझ्ने

म्याग्नाकार्टा सम्बन्धी थप भनाइहरू

  • Modern constitution ➜ K.C. Wheare
  • Law of constitution ➜ A.V. Dicey
  • Constitutional Law ➜ Wade and Phillips

बेलायतमा जारी भएका केही नियमहरू

  • Magna Carta 1215 A.D
  • Habeas corpus 1679 A.D
  • Petition of Right 1628 A.D
  • Bill of Right 1689 A.D

❖ म्याग्नाकार्टामा भएका मुख्य व्यवस्थाहरू

  • No taxation without representation, No spending without Legislation भन्ने अवधारणा विकास
  • राजाले संसदको अधिवेशन नियमित रूपमा बोलाउनु पर्ने
  • ऐन पारित गर्ने अधिकार संसदलाई हुने
  • राजाले कुनै कर उठाउँदा संसदको स्वीकृतिबिना उठाउन नपाउने
  • राजकीय सेनाका लागि आर्थिक व्यवस्था संसदद्वारा निर्धारण गरिने
  • कानुनविना कुनै व्यक्तिलाई थुन र देश निकाला गर्न नपाउने
  • कानुनले तोकिएभन्दा बढी दण्ड सजाय गर्न नपाउने
  • मृत्युदण्डको सजाय दिन नपाउने
  • चर्चलाई स्वतन्त्रता प्राप्त हुने
  • न्याय दिनमा ढिलाइ र इन्कार गर्न नहुने
  • विवाहलाई पुनः विवाह गर्न कर लगाउने छैन ।
  • व्यक्तिगत सम्पत्ति, स्वतन्त्रता, जन्मथिति सजाय विरुद्धको अधिकारका साथै स्वतन्त्र, निष्पक्ष, पूर्णको अधिकार प्राप्त हुने

❖ पुनर्जागरण (Renaissance)

  • पुनर्जागरणको अवधि कुन हो ? ➜ १४ औं देखि १६ औं शताब्दीसम्म
  • पुनर्जागरणको सुरुवात कहाँबाट भएको हो ? ➜ युरोपको इटालीबाट
  • इटालीको साहित्यमा पुनर्जागरण ल्याउने प्रमुख ३ साहित्यकार को–को हुन् ➜ दाँते, पेट्राक र बोक्कासियो
  • पुनर्जागरण कालका प्रमुख कलाकारहरू को–को हुन् ? ➜ लियोनार्डो दा भिन्ची, माइकल एन्जेलो, राफेल
  • लियोनार्डो दा भिन्चीका प्रमुख कृतिहरू के–के हुन् ? ➜ मोनालिसा, द लास्ट सफर र द भर्जिन
  • पुनर्जागरणका प्रथम व्यक्ति कसलाई मानिन्छ ? ➜ दाँते
  • माइकल एन्जेलोले २० वर्ष लगाई निर्माण गरेको विश्वप्रसिद्ध चित्र कुन हो ? ➜ द लास्ट जजमेन्ट
  • “चित्र मस्तिष्कबाट बन्छ, हातबाट होइन” भन्ने भनाइ कसको हो ? ➜ माइकल एन्जेलो
  • डिभाइन कमेडी (Divine Comedy) नामक प्रसिद्ध पुस्तकका लेखक को हुन् ? ➜ दाँते (जन. १२६५, इटाली)
  • The Spirit of Law नामक पुस्तक कसले लेखेका हुन् ? ➜ मण्टेस्क्यु
  • (Utopia) ग्रन्थका लेखक को हुन् ? ➜ टमस मोर (बेलायत)
  • ओथेलो, मर्चेन्ट अफ भेनिस र हेमलेटका लेखक को हुन् ? ➜ शेक्सपियर
  • The Prince को लेखक को हुन् ? ➜ निकोलस म्याकियावेली
  • Back To Nature दर्शनका प्रवर्तक को हुन् ? ➜ लाओत्से (चीन)
  • The Social Contract नामक पुस्तकका लेखक को हुन् ? ➜ रूसो
  • "Nature is far better than Civilization" भन्ने भनाइ कसको हो ? ➜ रूसो
  • "Man is born free but everywhere he is in chain" कसको भनाइ हो ? ➜ रूसो
  • शक्ति पृथक्करणको सिद्धान्तका प्रतिपादक को हुन् ? ➜ मण्टेस्क्यु
  • पुनर्जागरणका प्रमुख कारणहरू के–के हुन् ? ➜ धर्मयुद्ध, मानवतावादको प्रचार र व्यापार विस्तार
  • पुनर्जागरणबाट कुन क्षेत्रमा प्रगति भयो ? ➜ साहित्य, कला, राजनीति, विज्ञान तथा भौगोलिक खोज
  • फिलिपिन्स देश कसले पत्ता लगाएका हुन् ? ➜ पोर्चुगलका नाविक म्यागेलन
  • युरोपबाट भारत आउने समुद्री मार्ग पत्ता लगाउने व्यक्ति को हुन् ? ➜ भास्को डी गामा
  • पुनर्जागरणको फलस्वरूप भौगोलिक खोजको क्रममा पत्ता लागेका देशहरू कुन–कुन हुन् ? ➜ अमेरिका, भारत, फिलिपिन्स र न्यूजिल्याण्ड
  • “पुनर्जागरण भनेको विद्या को पुनर्जन्म हो, जसमा कला विज्ञान साहित्य युरोपेली विकास भयो” भन्ने भनाइ कसको हो ? ➜ जवाहरलाल नेहरू

❖ गौरवमय क्रान्ति (Glorious Revolution)

  • कहिले भएको थियो ? ➜ सन १६८८ (बेलायतमा)
  • यो क्रान्ति कसका विरुद्ध भएको थियो ? ➜ बेलायतका जनताले राजाहरू विरुद्ध
  • बेलायतका राजाहरू कुन वंशका थिए ? ➜ स्टुअर्ट
  • बेलायतमा स्टुअर्ट वंशका राजाहरूभन्दा अगाडि कुन वंशको शासन थियो ? ➜ ट्यूडर वंशको
  • स्टुअर्ट वंशका राजाहरू कुन सिद्धान्तमा शासन गर्थे ? ➜ दैवी सिद्धान्तको
  • यो क्रान्तिको समयमा त्यहाँको राजा को थिए ? ➜ जेम्स द्वितीय
  • यस क्रान्तिलाई के उपनामले चिनिन्छ ? ➜ रक्तहीन क्रान्ति
  • यस क्रान्तिले खास के कायम गरेको थियो ? ➜ राजतन्त्रात्मक वंश परिवर्तन गरी राजतन्त्रात्मक व्यवस्था कायम
  • क्रान्तिको फलस्वरूप त्यहाँ के भयो ? ➜ निरंकुशको सत्ता एकअन्त र संवैधानिक राज्य नेतृत्वको स्थापना
  • यो क्रान्ति कस्तो थियो ? ➜ धर्म निरपेक्ष, रक्तहीन र उदार
  • गौरवमय क्रान्तिको परिणामस्वरूप जारी भएको दस्तावेज कुन हो ? ➜ Bill of Rights (१६८९ मा जारी)
  • गौरवमय क्रान्तिको मुख्य जोड के थियो ? ➜ राजा जेम्स द्वितीय, संसद तथा जनता अर्थात प्रोटेस्टेन्ट धर्मावलम्बीहरू अन्तरसंघर्ष
  • क्रान्तिको क्रममा राजा जेम्स द्वितीय भागेर कहाँ शरण लिन गएका थिए ? ➜ फ्रान्समा
  • Agrarian Revolution भनेर चिनिने क्रान्ति कुन हो ? ➜ गौरवमय क्रान्ति
  • क्रान्ति पश्चात कसको शासन स्थापना भयो ? ➜ राजाको छोरी मेरी र प्रोटेस्टेन्ट धर्मावलम्बीको संयुक्त शासन
  • राजा जेम्स द्वितीयले प्रोटेस्टेन्टहरूलाई तहस नहस पार्न भनेर ठाउँमा कति सेना राखेका थिए ? ➜ ३० हजार
  • राजाले क्याथोलिक धर्मको प्रचार प्रसारको लागि अक्सफोर्ड विश्वविद्यालयमा के स्थापना गरेका थिए ➜ प्रार्थना कक्ष
  • क्रान्ति पश्चात कसको राज्यारोहण भयो ? ➜ विलियम (राजाको छोरीसँगै थिए)

❖ यो क्रान्ति हुनका कारणहरू के थिए ?

  • राजाले क्याथोलिक धर्म बाहेक अन्य धर्मलाई उपेक्षा गर्नु
  • विशेष अदालतको क्याथोलिक सेनाको स्थापना, शैक्षिक क्षेत्र अथवा विश्वविद्यालयमा राजाको हस्तक्षेप
  • जेम्सको छोरा, स्थायी सेना बढाउनु, आयरल्याण्डमा राजाको निरंकुश शासन, संसदको निर्वाचित फ्रान्ससँग मित्रता, आतंकको राज्य फैलाउन आदि रहेका छन् ।
  • भातिमा संसारमा ५ जना मात्र राजाहरू हुन्छन्, ज्वालामुखीले तात्तका पहाडमा र एक जना बेलायतमा भन्ने भनाइ कसको हो ? ➜ इङ्ग्ल्यान्डका राजा जेम्स

❖ औद्योगिक क्रान्ति (Industrial Revolution)

  • औद्योगिक क्रान्ति भन्नाले के बुझिन्छ ? ➜ उद्योगमा भएको नयाँपन तथा परिवर्तनलाई औद्योगिक क्रान्ति
  • औद्योगिक क्रान्तिको सुरुवात कहाँबाट भयो ? ➜ बेलायत
  • औद्योगिक क्रान्ति कहिले भयो ? ➜ १८ औँ शताब्दीको मध्यदेखि १९ औँ शताब्दीको मध्यसम्म अथवा सन १७६० देखि सन १८४० मा
  • औद्योगिक क्रान्तिलाई के नाम दिइएको थियो ? ➜ औद्योगिक उत्पादनको तरिका र यातायातका साधनहरूमा भएका आविष्कारबाट जुन परिवर्तन भयो इतिहासकारहरूले औद्योगिक क्रान्तिको नाम दिएका थिए
  • १८ औँ शताब्दीमा भएको औद्योगिक परिवर्तनलाई औद्योगिक क्रान्तिको संज्ञा दिने व्यक्ति को हुन ? ➜ इतिहासकार रायनबी
  • औद्योगिक क्रान्तिपूर्व बेलायतमा केको बोलबाला थियो ? ➜ घरेलु उद्योगको
  • बेलायतको औद्योगिक क्रान्ति कति वर्ष चलेको थियो ? ➜ ८० वर्ष
  • औद्योगिक क्रान्तिपछि समाजमा कुन-कुन वर्गको उत्पत्ति हुन पुग्यो ? ➜ पूँजीपति वर्ग र मजदूर वर्ग
  • औद्योगिक क्रान्तिको सुरुवात सर्वप्रथम कुन क्षेत्रबाट भएको थियो ? ➜ कपडा उत्पादनबाट
  • जाकको आधारमा श्रम गर्ने पुरानो परम्परालाई के भनिन्छ ? ➜ गिल्ड सिस्टम
  • बेलायतको औद्योगिक क्रान्तिलाई अर्को के नामले चिनिन्छ ? ➜ यान्त्रिक क्रान्ति
  • औद्योगिक क्रान्ति जस्तो लामो समयक्रममा हुने परिवर्तनलाई क्रान्ति भन्नु हुँदैन भन्ने विद्वान को थिए ? ➜ Arnold Toynbee
  • औद्योगिक क्रान्तिपूर्व बेलायतमा केबाट उत्पादन गरिन्थ्यो ? ➜ हातको माध्यमबाट

❖ औद्योगिक क्रान्तिको समयमा कसले के बनाए

स.न. आविष्कार व्यक्ति मिति
सिड ड्रिल (जमिनमा बिउ छर्ने मेसिन) जेथ्रो टुल सन १७०१
Flying shuttle (छिटो कपडा बुन्ने मेसिन) जोन के सन १७३३
Spinning jenny (छिटो सुत कात्ने मेसिन) हारग्रीभ्स सन १७६७
Water Frame (जलशक्तिबाट चल्ने चरखी) सर रिचार्ड आर्कराइट सन १७६९
जलशक्ति द्वारा चल्ने पावरलुम (कपडा बनाउने मेसिन) एडमण्ड कार्टराइट सन १७८५
कटन जिन इली विटनी सन १७९३
सेफ्टी लैम्प हम्फ्री डेभी सन १८१५
टेलिग्राफ मार्कोनी सन १८३७
टेलिफोन ग्रहाम बेल सन १८७६
  • वाफ शक्तिद्वारा सन १८१४ मा रेलको इन्जिन चलाउने काम कसले गरेका थिए ? ➜ जर्ज स्टिफेन्सन
  • बेलायतमा के कस्ता खनिज पदार्थको प्रशस्ता थियो ? ➜ फलाम र कोइला
  • सतगको खेती गरेर उत्पादन बढाउने व्यक्ति को हुन ? ➜ टाउन सेड
  • पशुपालन गर्ने तरिकामा सुधार ल्याउने व्यक्ति को हुन ? ➜ रोबर्ट बेकवेल
  • कृषि क्षेत्रको विकासको लागि ब्रिटिस सरकारले कृषि विभागको स्थापना कहिले गर्यो ? ➜ सन १८३३ मा

❖ औद्योगिक क्रान्तिको कारण र परिणाम

कारण परिणाम
➤ बेलायतमा विभिन्न किसिमका आविष्कार हुनु ➤ व्यापार व्यवसायमा वृद्धि
➤ ब्रिटेनको भौगोलिक स्थिति साथ दिनु ➤ घरेलु उद्योगको समाप्ति
➤ बेलायतमा प्रशस्त पूँजी उपलब्ध रहनु ➤ बेरोजगारीको संख्या वृद्धि
➤ ब्रिटेनको उपनिवेश नीति र बजारमा सुविधा ➤ कारखानामा स्थापना हुन थाले
➤ बेलायतमा बैंकिङ प्रणालीको सुरुवात हुनु ➤ समाजमा नयाँ वर्गको उदय हुनु
➤ बेलायतमा शान्ति र उपयुक्त सरकारी नीति ➤ जनसंख्या वृद्धि
➤ बेलायतमा कृषिमा सुधार हुनु ➤ समाजवादी भावनाको उदय
➤ बेलायतमाथि फ्रान्सेली राज्य क्रान्तिको प्रभाव ➤ सहरहरूको विकास, मजदूर संगठनको विकास आदि

❖ फ्रान्सेली राज्य क्रान्ति

  • कहिले भएको ➜ सन १७८९
  • नारा ➜ समानता, स्वतन्त्रता र भ्रातृत्व (Liberty, Equality, Fraternity)
  • राजा ➜ लुई सोह्रौं
  • लुई राजाहरु कुन वंशका थिए ? ➜ बोरबोन वंशका
  • सन १७८९ मा फ्रान्समा भएको क्रान्ति कसको विरुद्ध भएको थियो ? ➜ निरंकुश राजतन्त्रको विरुद्ध
  • फ्रान्सेली राज्यक्रान्ति हुँदा त्यहाँका राजा को थिए ? ➜ लुई १६ औं
  • लुई १४ औं को पालामा पेरिसदेखि १२ कि.मि. टाढा बनाइएको दरबारलाई के भनिन्थ्यो ? ➜ भर्साइल दरबार
  • भर्साइल दरबारको निर्माण गर्न कति खर्च भएको थियो ? ➜ ३० करोड
  • विशाल बनेको उक्त दरबारमा राजाका सेवक कति थिए ? ➜ १६०० जना
  • उक्त दरबारमा रानीका दासी कति थिए ? ➜ ४०० जना (तबेलामा १९०० घोडाहरू हुन्थे)
  • लुई १६ औं कति वर्षको उमेरमा राजा भएका थिए ? ➜ ५ वर्षको उमेरमा

फ्रान्सले सन १७९५ देखि १८०३ (८ वर्ष) सम्म के गर्यो ?

  • विभिन्न देशसँग युद्ध लड्यो।
  • ब्रिटेनसँग पराजित भयो।
  • व्यापारमाथिको अधिकार इङ्गल्याण्डले कायम गर्यो।
  • लुई १६ औं की रानीको नाम के हो ? ➜ मेरी एन्टोनेट (उनी अस्ट्रियाको थिएन)
  • मेरी एन्टोनेटकी आमाको नाम के थियो ? ➜ साम्राज्ञी मारिया थेरेसा
  • फ्रान्सको राज्यक्रान्तिका राजालाई सल्लाह दिन गठन भएको संस्थाको नाम के हो ? ➜ स्टेट्स जनरल

उक्त जनरल स्टेट कति प्रकारको थियो ?

  • ३ (भवनको आधारमा)
  • पहिलो भवनमा : पादरीहरू मात्र बस्थे जहाँ उनीहरूको संख्या ३०५ थियो।
  • दोस्रो भवनमा : कुलीनहरू बस्थे जहाँ २७८ जना हुन्थे।
  • तेस्रो भवनमा : सर्वसाधारण वर्गको ६२१ जना प्रतिनिधि रहन्थे।
  • बैठकको छलफलको निर्णय सदस्य संख्याको बहुमतको आधारमा नभई भवन संख्याको आधारमा हुन्थ्यो।
  • जनरल बैठक बोलाएर राजालाई दबाव परेपछि लुई १६ औं ले कहिले बैठक बोलाएका थिए ? ➜ सन १७८९ (१७५ वर्षपछि)
  • लुई चौधौंको शासनकाल कहिलेसम्म रह्यो ? ➜ सन १६४३–१७१५ सम्म
  • लुई १४ औं का नाति को थिए ? ➜ लुई १६ औं
  • लुई १६ औं कति वर्षको उमेरमा राजा भएका थिए ? ➜ २० वर्षको उमेरमा
  • लुई १६ औं की पत्निलाई फ्रान्सेली कुन उपनाम दिइएका थिए ? ➜ Madam Deficiet
  • लुई १६ औं को राजदरबार कहाँ थियो ? ➜ भर्साइल्समा

सन १७८९ मा लुई १६ औं ले बोलाएको स्टेटस जनरल बैठक के निर्णय भयो ?

  • तेस्रो भवनको सदस्य संख्या दोब्बर बनाउने निर्णय गर्यो।
  • सन १७८९ मा निर्वाचन भयो।
  • निर्वाचित सदस्यले बैठकको निर्णय भवन संख्याको आधारमा होइन कि सदस्य संख्याको आधारमा हुनुपर्ने माग गरे।

❖ फ्रान्सेली राज्यक्रान्तिका महत्वपूर्ण दिनहरू

मिति (सन मा) घटना
१७७४राजा लुई १४ औं को मृत्यु
१७८९राजा (लुई १६ औं) ले स्टेटस जनरल बैठक १७५ वर्षपछि बोलाए
१७८९निर्वाचन भयो
१७८९ जुन १७तेस्रो भवनका सदस्यले आफूलाई National Assembly को रूपमा घोषणा
१७८९ जुन २०तेस्रो भवनका सदस्यले National Assembly को बैठक बोलाए (राजाले मान्यता नदिँदा भवनमा ताला लगाएको कारण टेनिस कोर्टमा बैठक भएको)
१७८९ जुन २७फ्रान्समा विद्रोह बढ्न थालेपछि National Assembly लाई राजाले मान्यता प्रदान गरे
१७८९ जुलाई ११अर्थमन्त्री नेकरलाई राजाले हटाए
१७८९ जुलाई १४निरंकुश राजतन्त्रको प्रतीक रहेको बास्टिलको किल्लालाई ध्वस्त (ध्वस्त पार्ने क्रममा १०० को ज्यान गएको)
१७८९ अगस्ट ४National Assembly ले पादरी, सामन्त र कुलीन वर्गका सबै विशेषाधिकारको अन्त्य घोषणा गर्यो
१७८९ अगस्ट २६National Assembly ले मानव अधिकारको घोषणा जारी गर्यो
१७८९ अक्टोबर ५राजतन्त्र विरोधी समूहले भर्साइल दरबारमा रहेको राजा, रानी, युवराज लगायतका व्यक्तिलाई पेरिस ल्याए
१७९१ जुन २०राजा पेरिसबाट भाग्न खोज्दा जनताले समाते र बन्दी बनाए
१७९३ जनवरी २१राजा लुई १६ औं लाई मृत्युदण्ड
१७९३ अक्टोबर १६रानी मेरी एन्टोनेटलाई मृत्युदण्ड

फ्रान्सेली राज्यक्रान्ति सम्बन्धी महत्त्वपूर्ण तथ्यहरू

  • लुई १६ ले फाँसीमा चढ्दा के भनेका थिए ? ➜ मेरो रगत फ्रान्सको समृद्धिको कारण बनोस्, राष्ट्र चिरस्थायी बनोस्
  • लुई १६ औं को पालामा राजाले बिना सूचना नागरिकलाई पक्राउ गर्ने आदेश जारी गर्थे । Letter de cachet (लत्रे दे कासे) बिना अभियोग गिरफतार गर्ने अधिकार
  • फ्रान्समा पादरी वर्गलाई के भनिन्थ्यो ? ➜ प्रथम स्टेट
  • फ्रान्सेली राज्यक्रान्तिको बेला त्यहाँ पादरीको संख्या कति थियो ? ➜ करिब १ लाख ३० हजार
  • फ्रान्समा जनताले चर्चलाई तिर्नुपर्ने करलाई के भनिन्थ्यो ? ➜ Tithe कर
  • राज्यका तीन अंगअन्तर्गतको कार्य, स्वतन्त्रता र अहस्तक्षेप सम्बन्धी सिद्धान्त के हो ? ➜ शक्ति पृथक्करण सिद्धान्त
  • फ्रान्सको राज्यक्रान्तिमा कस्तो प्रभाव थियो ? ➜ अमेरिका स्वतन्त्रता संग्राम (१७७६), बेलायतको गौरवमय क्रान्ति १६८८ र उत्तर प्रजातान्त्रिक जनलहर
  • फ्रान्सेली क्रान्तिको बेला त्यहाँ नापतोलका लागि कुन प्रणाली प्रचलनमा थियो ? ➜ मेट्रिक प्रणाली
  • मण्टेस्क्यूले सन १७४८ मा शक्ति पृथक्करणको सम्बन्धमा लेखेको पुस्तकको नाम के हो ? ➜ The Spirit of Laws
  • फ्रान्सको राज्यक्रान्तिको समयमा तत्कालीन शासक नेपोलियन बोनापार्टले बनाएको संहितालाई के भनिन्छ ? ➜ नेपोलियन कोड
  • नेपोलियन बोनापार्टले कुन साहित्यकारको प्रशंसा गर्दै उनको अभावमा राज्यक्रान्ति असम्भव थियो भनेका थिए ? ➜ रूसो
  • नेपोलियनको मृत्यु कहिले र कहाँ भयो ? ➜ सन १८२१ मा सेन्ट हेलेनाद्वीपमा
  • फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो ? ➜ सन १७८९
  • मानव सभ्यताको इतिहासमा आधुनिक युगको सुरुवात कहिलेदेखि भएको मानिन्छ ? ➜ फ्रान्सेली क्रान्तिबाट
  • “म नै राज्य हुँ” भन्ने फ्रान्सेली राजा को हुन् ? ➜ लुई १४ औं
  • फ्रान्सेली क्रान्तिका त्यहाँ कति वटा कानुन प्रचलनमा रहेका थिए ? ➜ करिब ३५०
  • फ्रान्सको क्याथोलिक सम्प्रदायको ईसाई धर्मका गुरु र पुजारीलाई के भनिन्थ्यो ? ➜ पादरी
  • भ्रष्ट चर्चलाई नष्ट गरिदेउ भनी जनतामा क्रान्तिको जागृति गर्ने को हुन् ? ➜ भोल्टेयर
  • फ्रान्सेली क्रान्तिलाई सहयोग गर्ने ४ विचारक को हुन् ? ➜ भोल्टेयर, मण्टेस्क्यू, रूसो र दिदेरो

प्रमुख पुस्तक, विचार र तथ्य

  • The social contract (१७६२) पुस्तक लेखी मानिस स्वतन्त्र रूपमा जन्मन्छ तर ऊ सर्वत्र आफूलाई बन्धनमा पाउँछ भन्ने उल्लेख गर्ने व्यक्ति को हुन् ? ➜ रूसो
  • चर्चको भ्रष्ट र विकृतिबारे लेखिएको चर्चित पुस्तक विश्वको कसले लेखेको हुन ? ➜ दिदेरो (१७५०)
  • क्रान्तिको समयमा कसैले आफ्नो आम्दानीको कति प्रतिशत करका रूपमा बुझाउनुपर्थ्यो ? ➜ ८० प्रतिशत
  • राजालाई १४ औं ले प्रोटेस्टेन्ट धर्मावलम्बीलाई के गरेका थिए ? ➜ धार्मिक स्वतन्त्रताको हरण

फ्रान्सेली राज्यक्रान्तिमा महत्वपूर्ण भूमिका खेल्ने विचारकहरू

  • मोन्टेस्क्यु (सन १६८९ – १७५५)
  • भोल्टेयर (सन १६९४ – १७७८)
  • रूसो (सन १७१२ – १७७८)
  • दिदेरो (सन १७१३ – १७८४)

फ्रान्सेली राज्यक्रान्तिको कारण र परिणाम

कारण परिणाम
निरंकुश राजतन्त्र र असक्षम शासक सामन्ती राज्य व्यवस्थाको अन्त्य
राज परिवारको विलासी जीवन चर्चको विशेषाधिकारको अन्त्य
केन्द्रित शासन व्यवस्था ट्याक्स बराबर भएको
राजाले जनतामा कर लगाउने स्वतन्त्रतापूर्ण राजनीतिमा भाग लिन पाउने
राज्य प्रणालीमा राजाको पूर्ण नियन्त्रण उद्योग सञ्चालन गर्न पाउने
समाज पादरी, कुलीन र सर्वसाधारण गरी ३ वर्गमा विभाजन कृषकको जमिनमा आधिपत्य कायम भएको
कुलीन र पादरी वर्गलाई विशेषाधिकार मानव अधिकार सम्बन्धी घोषणा पत्र जारी भएको
क्याथोलिक धर्मावलम्बीको संरक्षण र प्रोटेस्टेन्टलाई निरुत्साहित गरिएको जनताको शासन प्रणालीमा सहभागिता हुन गएको

❖ अमेरिकी स्वतन्त्रता संग्राम (American War of Independence)

“बेलायतको उपनिवेशबाट स्वतन्त्रता पाउनको लागि अमेरिकी स्वतन्त्रता सेनानीहरूले गरेको युद्ध नै अमेरिकी स्वतन्त्रता संग्राम हो”

  • सञ्चालन : सन १७७५ अप्रिल १९ – १७८३ सेप्टेम्बर ३ (८ वर्ष)
  • नारा : समानता, स्वतन्त्रता र सुखको खोजी (life, liberty and pursuit of happiness)
  • टिकट सम्बन्धी कानुन (The Stamp Act) : सन १७६५
  • बोस्टन चिया काण्ड : १७७३ डिसेम्बर १६
  • बोस्टन चिया काण्डको नेतृत्व : स्यामुअल एडम्स
  • अमेरिकी युद्धको नारा : मृत्यु देऊ वा स्वतन्त्रता देऊ
  • यो नारा कसले दिएका थिए ? पेट्रिक हेनरिसन (१७७५ को भाषणमा)
  • कसको नेतृत्वमा युद्ध भयो ? जर्ज वासिङ्टन
  • स्वतन्त्रताको घोषणा पत्र जारी : सन १७७६ जुलाई ४ (५६ जनाले हस्ताक्षर)
  • घोषणा पत्र तयार पार्ने : थोमस जेफर्सन
  • हस्ताक्षर गर्नेहरू : महिला, मजदुर र निग्रोहरू
  • क्रान्तिमा भाग लिन खोलिएका संस्था : स्वतन्त्रताको छोरा र स्वतन्त्रताको छोरी
  • सहयोग गर्ने देश : स्पेन र फ्रान्स
  • अमेरिका स्वतन्त्र भएको सन्धि : भर्साइल सन्धि (सन १७८३, बेलायत र अमेरिका बीच)
  • पहिलो राष्ट्र जसले स्वतन्त्रता स्वीकार गर्‍यो : फ्रान्स
  • जर्ज वासिङ्टन पहिलो राष्ट्रपति : सन १७८९

अतिरिक्त महत्वपूर्ण तथ्य

  • थोमस पेनद्वारा लिखित प्रसिद्ध पुस्तक : Common Sense
  • मरकन्टाइल नीति भनेको : मातृदेशको हितलाई ध्यानमा राखी व्यापार गर्ने नीति
  • संग्रामका बेला बेलायतका प्रधानमन्त्री : लर्ड नर्थ

❖ अमेरिकी स्वतन्त्रता संग्रामका मुख्य २ काण्ड

➤ बोस्टन हत्या काण्ड

सन १७७० अप्रिल १९ मा बेलायतका विरुद्ध आक्रोशित भइरहेका बेला अमेरिकी उपनिवेशवासीहरूले बोस्टन शहरको सैनिक छावनीमा एक्कासी घेरा हालेर दुर्व्यवहार गर्न थाले। आत्मरक्षाका लागि ब्रिटिश सैनिकहरूले गोली चलाउँदा केही विद्रोही मारिए। यसले उपनिवेशमा झन् असन्तोष फैलायो। यस घटनालाई बोस्टन हत्या काण्ड भनिन्छ।

➤ बोस्टनको टी पार्टी (Boston Tea Party)

सन १७७३ मा बेलायतको संसदले चिया विधेयक पास गर्‍यो। यस विधेयकले ईस्ट इण्डिया कम्पनीलाई अमेरिकामा चियाको व्यापार गर्ने एकाधिकार दियो। यस कारण अमेरिकीहरूले सस्तो चिया किन्न पाए पनि बेलायत सरकारले चियामा कर लगाएको थियो। अमेरिकीहरू कर तिर्न तयार थिएनन्।

१६ डिसेम्बर १७७३ मा बोस्टन बन्दरगाहमा अड्याइएको ईस्ट इण्डिया कम्पनीको चियाले भरिएको जहाजमा आन्दोलनकारीहरू (Liberty Boys) रेड इन्डियनको भेषमा चढेर ३४२ पेटी चिया पानीमा फालिदिए। यस घटनालाई बोस्टन टी पार्टी भनिन्छ।

❖ अमेरिकी स्वतन्त्रता संग्रामसँग सम्बन्धित ऐन (कानुन) हरू

कानुन साल विवरण
Navigation Act
(पानी जहाजसम्बन्धी कानुन)
सन १६५१ यस कानुनले बेलायती उपनिवेशहरूले बेलायतसँग मात्र व्यापार गर्न पाउने व्यवस्था गरेको थियो।
Stamp Act सन १७६५ यस कानुनअनुसार कानुनी कागजात, पत्रपत्रिका, किताब आदिमा आधिकारिक टिकट टाँस्नुपर्ने व्यवस्था गरिएको थियो।
कानुन साल विवरण
Declaratory Act
(कर लगाउने कानुन)
सन १७६६ उपनिवेशहरूमा कर लगाउने पूर्ण अधिकार बेलायतलाई छ भन्ने घोषणा गर्दै यो कानुन पारित गरिएको थियो।
Tea Act
(चिया कानुन)
सन १७७३ ईस्ट इण्डिया कम्पनीलाई अमेरिकामा चियाको व्यापार गर्ने एकाधिकार प्रदान गरिएको थियो।
Trade Act
(व्यापार कानुन)
अमेरिकाले चामल, सुर्ती, फलाम, काठ, छाला आदि वस्तुहरू बेलायतमा मात्र पठाउनुपर्ने व्यवस्था गरिएको थियो।
The Intolerable Act
(असह्य कानुन)
सन १७७४ बोस्टन बन्दरगाह बन्द गर्ने, सभा सम्मेलनमा रोक लगाउने, सैनिक राख्ने, कर्मचारीलाई बेलायत पठाई मुद्दा चलाउने जस्ता कठोर निर्णयहरू गरिएको थियो।

❖ अमेरिकी स्वतन्त्रता संग्रामका कारणहरू

  • राजनीतिक कारण : बेलायतीहरू पटक पटक धार्मिक युद्ध वा राजनीतिक झमेलाका कारण बेलायती शासनमा टिक्न नसकेर बेलायतबाट भागेर आएका थिए।
  • आर्थिक कारण : बेलायतले अमेरिकी उपनिवेशलाई आफ्नो धन उत्पादन गर्ने स्रोत ठान्थ्यो।
  • सातवर्षीय युद्धको प्रभाव : युरोपमा सन १७५६ देखि फ्रान्स, रुस, स्विडेन, अमेरिका र बेलायतबीच युद्ध भयो। फ्रान्सको हारपछि फ्रान्सको नियन्त्रणमा रहेका अमेरिकी उपनिवेश बेलायतको अधिकारमा आए।
  • बौद्धिक कारण : सेम्युल एडम्स, जोन एडम्स, थॉमस पेन जस्ता विद्वानहरूले स्वतन्त्रताको विचार फैलाए। थॉमस पेनको Common Sense ले जनचेतना बढायो।
  • बेलायती सम्राट जर्ज तृतीयको कठोरता : उपनिवेशहरूमाथि अत्यधिक कडाइ अपनाइयो।
  • प्रधानमन्त्री ग्रेनभिलका गलत कार्य : सन १७६३–१७६५ सम्म बेलायतका प्रधानमन्त्री ग्रेनभिलले कठोर कर नीति अपनाए र Court of Admiralty स्थापना गरे।
  • तात्कालिन कारण : Stamp Act, आयातकर नियम, बोस्टन नरसंहार, बोस्टन चिया काण्ड।
  • ब्रिटिस सरकारको दमनकारी नीति : बोस्टन चिया काण्डपछि कडा कानुनहरू लागू गरियो।
  • युद्धको घटना : सन १७७५ अप्रिलमा लेक्सिङ्टनमा भिडन्तपछि खुला युद्ध सुरु भयो।

❖ अमेरिकी स्वतन्त्रता संग्रामका परिणाम

  • यस संग्रामको प्रभाव विश्वभर फैलियो।
  • ब्रिटिश आधिपत्यबाट अमेरिका स्वतन्त्र भयो।
  • जोन एडम्सको अगुवाइमा संविधान बन्यो।
  • स्वतन्त्रताको पक्षमा लड्ने चेतनाको विस्तार भयो।
  • अमेरिकामा जर्ज वासिङ्टन राष्ट्रपतिको रूपमा चयन भए।
  • विश्वभर स्वतन्त्रताको लहर फैलियो।
  • ब्रिटिश व्यापारमा गिरावट आयो।

❖ रूसी/अक्टोबर क्रान्ति (Russian Revolution/October Revolution)

विश्वको इतिहासमा सन् १९१७ मा रूसमा भएको क्रान्तिलाई महत्वपूर्ण घटनाको रूपमा लिइन्छ। विश्वमा साम्यवादको स्थापना भयो। यसले जार शासक निकोलस द्वितीयको निरंकुश शासनलाई समाप्त गरी, साम्यवादी शासनको शुरुआत गर्यो। जुन ७२ वर्षसम्म टिक्न सफल रह्यो। सन् ९० को दशकमा सुधार गोर्भाचोभको सत्तापतन पश्चात् विन, क्रान्ति साम्यवादी सरकार ढल्यो। रक्तपात नभई विघटन भएको क्रान्तिलाई मखमली क्रान्ति भनिन्छ। साम्यवादी सरकारको पतन पश्चात् बोरिस एल्त्सिनको नेतृत्वको सरकार सञ्चालन भयो।

❖ रूसी क्रान्तिका चरण

रूसी क्रान्ति २ चरणमा सम्पन्न भएको थियो। पहिलो चरणको क्रान्तिलाई फेब्रुअरी क्रान्ति भनिन्छ। ति फेब्रुअरी-मार्चमा भएको थियो। यस क्रान्तिले जारशाहीको अन्त्य र प्रजातन्त्रको स्थापना गरेको थियो। य. (Mensheviks) वा अल्पसंख्यकको सरकार पनि भनिन्छ। यो सरकार अलेक्जेण्डर केरेन्स्कीको नेतृत्व थियो। दोस्रो चरणको क्रान्तिलाई बोल्सेभिक (Bolshevik) अर्थात् बहुसंख्यकको क्रान्ति भनिन्छ। यस लेनिनले गरेका थिए। यस क्रान्ति पछि केरेन्स्कीको अल्पसंख्यक सरकारको ठाउँमा बोल्सेभिक सरकारको थियो। यो क्रान्ति अक्टोबर-नोभेम्बरमा भएको हुनाले अक्टोबर क्रान्ति भनिन्छ।

❖ रूसी क्रान्ति सम्बन्धि विविध प्रश्नहरू

  • रूसी क्रान्तिको समयमा रूसमा कसले शासन गर्थे ? राजा निकोलस द्वितीय
  • रूसका राजालाई जार भनिन्थ्यो भने महारानीलाई के भनिन्थ्यो ? जारिना
  • अक्टोबर क्रान्तिको नेतृत्व कसले गरेको थियो ? लेनिनले
  • रूसी क्रान्ति कसको शासन कालमा भएको थियो ? निकोलस द्वितीयको
  • निकोलस द्वितीयले कहिले पद त्याग गरेका थिए ? सन् १९१७ मार्च १५
  • रूसमा विधान सभा (संसद) को नाम के थियो ? डुमा
  • बोल्सेभिक सरकारले नयाँ संविधान कहिले निर्माण गरेको थियो ? सन् १९१८
  • सन् १९०५ जनवरी २२ मा फादर जर्ज ग्यापोनको नेतृत्वमा एउटा जुलुस आफ्ना केही माग राजासमक्ष प्रस्तुत गर्न र अगाडि बढेको बखत जारको सेनाले प्रदर्शनकारीहरूमाथि अन्धाधुन्ध गोली चलायो, उक्त गोलीकाण्डमा अनेक मानिस निर्मम हत्या भएको घटनालाई के नामले चिनिन्छ ? रक्तिम आइतबार (Bloody Sunday)
  • अक्टोबर क्रान्तिपछि सरकार विरोधी मानिसका १३ हजार जनालाई फाँसी दिएको घटनालाई के भनिन्छ ? लाल आतङ्क (Red Terror)

❖ रूसी क्रान्तिका कारण र परिणामहरू

कारणहरू परिणामहरू
जार शासकहरूले अवलम्बन गरेका निरंकुश शासन प्रणाली सर्वहारा वर्गको अधिनायकत्वको स्थापना
भेदभावपूर्ण समाज, अनिकाल र भोकमरी वर्गहीन समाजको स्थापना
जापानसँग युद्ध नयाँ समाजको स्थापना
प्रथम विश्वयुद्ध, जनचेतनाको विकास साम्यवादको प्रचारप्रसार
अल्पसंख्यक जातिको विरोध र १९०५ को क्रान्तिको अनुभव आर्थिक समानताको स्थापना
समाजवादी विचारधाराको प्रचारप्रसार प्रथम पटक विश्वका कम्युनिस्ट एकताको उदय

❖ रूसी क्रान्ति / अक्टोबर क्रान्ति

  • रूसका निरंकुश राजाको विरुद्ध यहाँका जनताले गरेको क्रान्ति नै रूसी क्रान्ति हो।
  • रूसी क्रान्तिलाई बोल्शेविक क्रान्ति, अक्टोबर क्रान्ति र पहिलो सफल विचारधारात्मक क्रान्ति पनि भनिन्छ।

❖ रूसी क्रान्ति सम्बन्धी महत्वपूर्ण तथ्यहरू

  • रूसी क्रान्ति हुँदा रूसका राजा: निकोलस द्वितीय
  • रूसका अन्तिम राजा: निकोलस द्वितीय
  • रूसी क्रान्तिको सुरुवात: सन १९१७ मार्च ८ (पेट्रोग्राड)
  • रूसी संसदलाई भनिन्थ्यो: डुमा
  • रूसी क्रान्तिको समयमा सक्रिय पार्टीहरू: बोल्शेविक र मेन्सेविक पार्टी
  • बोल्शेविक पार्टीका नेता: भ्लादिमिर लेनिन
  • मेन्सेविक पार्टीका नेता: केरेन्स्की
  • रूसी क्रान्तिका महान नेता: भ्लादिमिर लेनिन
  • विश्वका पहिलो कम्युनिस्ट राष्ट्रपति: लेनिन
  • रूसी क्रान्ति दुई चरणमा सम्पन्न भएको थियो
  • पहिलो चरणमा सरकार गठन: केरेन्स्कीको नेतृत्वमा
  • दोस्रो चरणमा क्रान्ति सफल: लेनिनको नेतृत्वमा
  • लेनिनको जन्म: सन १८७० अप्रिल २२
  • लेनिनको वास्तविक नाम: भ्लादिमिर इलिच उल्यानोभ लेनिन
  • लेनिनको निधन: सन १९२४ जनवरी २१
  • रूसी क्रान्ति सम्पन्न: १९१७ अक्टोबर २५
  • सोभियत संघको गठन: १९२२ डिसेम्बर ३०
  • सोभियत संघका अन्तिम राष्ट्रपति: मिखाइल गोर्बाचेभ
  • सोभियत संघमा कम्युनिस्ट पार्टीको शासन: ७४ वर्ष
  • सोभियत संघको विघटन: १९९१ डिसेम्बर २५
  • सोभियत संघ विघटनपछि स्वतन्त्र भएका देशहरू: १५ देश

❖ प्रथम विश्वयुद्ध (१९१४–१९१८)

  • शुरुवात: १९१४ जुलाई २८
  • समाप्त: १९१८ नोभेम्बर ११
  • तत्कालीन कारण: अष्ट्रिया–हंगेरीका युवराज आर्च ड्युक फ्रान्स फर्डिनान्ड र उनकी पत्नीको १९१४ जुन २८ मा हत्या
  • हत्या गर्ने समूह: Black Hand Society
  • नारा: Union of Death
  • आधार युद्ध: १९१२–१९१३ बाल्कन युद्ध
  • प्रथम विश्वयुद्धमा सहभागी राष्ट्र: ३२ राष्ट्र
  • नेपालका प्रधानमन्त्री: चन्द्र शमशेर
  • नेपाली फौजको नेतृत्व: खड्ग शमशेरको नेतृत्वमा १६,५४४ जना
  • सबैभन्दा बढी जनधन क्षति भएको देश: बुल्गेरिया
  • जर्मन राजा काइजर विलियम द्वितीय भागेको देश: नेदरल्याण्ड

❖ Versailles सन्धि (१९१९)

विवरण जानकारी
सन्धि भएको मिति १९१९ जुन २८
सन्धि अवधि २० वर्ष
सन्धि भएको स्थान फ्रान्सको Versailles दरबार
सन्धि कस–कसबीच बेलायत र जर्मनी
सन्धिका धारा ४३९ धारा

❖ युद्धका पक्षहरू

Central Powers Allied Powers
1. Germany
2. Bulgaria
3. Austria-Hungary
4. Turkey (Ottoman Empire)
1. Britain
2. France
3. Russia
4. America (पछि)

❖ दोस्रो विश्वयुद्ध (१९३९–१९४५)

  • शुरुवात: १९३९ सेप्टेम्बर १
  • समाप्त: १९४५ सेप्टेम्बर २
  • युद्ध सुरु हुने कारण: जर्मनीले पोल्याण्डमाथि आक्रमण
  • प्रथम विश्वयुद्धपछि जर्मनीमा उदय भएको विचारधारा: हिटलरको नाजीवाद
  • इटालीमा उदय भएको विचारधारा: मुसोलिनीको फासिवाद
  • नेपालका प्रधानमन्त्री: जुद्ध शमशेर
  • नेपालबाट पठाइएको सैनिक: १,४५,०००
  • पहिलो आत्मसमर्पण गर्ने राष्ट्र: इटाली (१९४३ सेप्टेम्बर ७)
  • अन्तिम आत्मसमर्पण गर्ने राष्ट्र: जापान (१९४५)
  • युद्धपछि शक्तिशाली बनेका राष्ट्र: अमेरिका र रस (USSR)
  • मित्र राष्ट्र: बेलायत, अमेरिका, फ्रान्स, रस
  • धुरी राष्ट्र: जर्मनी, इटाली, जापान

❖ युद्ध घोषणाहरू (मुख्य मितिहरू)

देश कसविरुद्ध मिति
जर्मनीरस विरुद्ध१ अगस्ट १९१४
जर्मनीफ्रान्स विरुद्ध३ अगस्ट १९१४
बेलायतजर्मनी विरुद्ध४ अगस्ट १९१४
बेलायत र फ्रान्सअष्ट्रिया-हंगेरी विरुद्ध१२ अगस्ट १९१४
इटालीअष्ट्रिया विरुद्ध२४ मे १९१५
बेलायतबुल्गेरिया विरुद्ध१४ अक्टोबर १९१५
इटालीजर्मनी विरुद्ध२८ अगस्ट १९१६
रोमानियाअष्ट्रिया विरुद्ध२७ अगस्ट १९१६
अमेरिकाजर्मनी विरुद्ध६ अप्रिल १९१७
  • रसले आफ्नो सेना रक्षा गर्न आदेश दिएको मिति: २९ जुलाई १९१४
  • जर्मनीले रसका सम्राटलाई सेना फिर्ता बोलाउन दिएको दबाब: ३० जुलाई १९१४
  • जर्मन सम्राट काइजर विलियम द्वितीय पलायन: ९ नोभेम्बर १९१८

❖ प्रथम विश्वयुद्ध सम्बन्धी महत्वपूर्ण प्रश्नोत्तर

  • जर्मन सम्राट काइजर विलियम द्वितीयको पलायन: ९ नोभेम्बर १९१८
  • प्रथम विश्वयुद्धपछि शक्तिशाली राष्ट्रको उदय: अमेरिका र रस
  • प्रथम विश्वयुद्धमा संलग्न नेपाली सेना: १,६५,४८४
  • Allies Power को नेतृत्व: बेलायत
  • Axis (Central) Power को नेतृत्व: जर्मनी
  • नेपालले सहयोग गरेको समूह: Allies Power
  • भर्साई सन्धि अन्तर्गत भएका सन्धिहरू: ५ वटा
  • जर्मनीले अष्ट्रिया–हंगेरीसँग सन्धि गरेको वर्ष: १९७९
  • प्रथम विश्वयुद्धमा मृत्यु अनुमान: करिब १ करोड
  • प्रथम विश्वयुद्धको प्रमुख कारण: सन् १९१७ को घटना मध्ये एक
  • जर्मनीको “कालो दिन”: ९ नोभेम्बर १९१८
  • प्रथम विश्वयुद्धको कुल खर्च: करिब २ खर्ब डलर
  • भर्साई सन्धि अनुसार जर्मनीले गुमाएको भूभाग: १३% भूभाग
  • जनसंख्या घाटा: करिब ७० लाख
  • सबैभन्दा फाइदा लिएको राष्ट्र: संयुक्त राज्य अमेरिका
  • प्रथम विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संस्था: राष्ट्र संघ (१९२० जनवरी १०)
  • भर्साई सन्धि अनुसार जर्मनीको सेना कटौती: १,००,००० सैनिक मात्र
  • बेलायत पक्षका राष्ट्रहरूको नाम: मित्र राष्ट्र (Allies Power)
  • जर्मनीले तिर्नुपर्ने क्षतिपूर्ति: धेरै अर्ब पाउण्ड

❖ अन्य महत्वपूर्ण तथ्य

  • Saar क्षेत्र: कोइला उत्पादन क्षेत्र फ्रान्सलाई दिइएको
  • फ्रान्स प्रथम विश्वयुद्धमा: केन्द्रीय शक्ति विरुद्ध
  • जर्मन पक्षबाट भागेका सैनिक: २ करोड
  • रुसमा साम्यवादको उदय: सन् १९१७

❖ प्रथम विश्वयुद्धका कारणहरू

  • विभिन्न गोप्य सन्धिहरू
  • यूरोपमा बढ्दो सैनिकवाद
  • समाचार पत्रको गलत प्रसार
  • तत्कालीन जर्मन सम्राट विलियमको गलत व्यवहार
  • यूरोपमा आएको उग्र राष्ट्रवादको लहर
  • युद्ध रोक्ने प्रभावकारी अन्तर्राष्ट्रिय संस्थाको अभाव
  • जर्मनीले फ्रान्सलाई एक्ल्याउन गरेका विभिन्न प्रयासहरू
  • तत्कालीन समयमा देखा परेका अन्य कारणहरू

❖ भारतीय स्वतन्त्रता संग्राम – आधारभूत जानकारी

  • भारतीय स्वतन्त्रता संग्राम: ब्रिटिश उपनिवेशवाद विरुद्ध भारतीय जनताले गरेको आन्दोलन
  • अंग्रेज भारतमा किन आएका थिए? व्यापार गर्न
  • भारतमा अंग्रेज प्रवेश: सन् १६०० मा
  • भारतमा अंग्रेज शासन सुरु: सन् १७५७
  • अंग्रेजले कब्जा गरेको पहिलो स्थान: बंगालको कलकत्ता
  • अंग्रेजको शासन अवधि: १९० वर्ष
  • भारतमा अंग्रेज विरुद्ध पहिलो विद्रोह: सन् १८५७ को सिपाही विद्रोह
  • १८५७ विद्रोह दबाउन नेपालबाट गएको सेना: जंगबहादुरको नेतृत्वमा करिब १५ हजार सेना
  • त्यतिबेला नेपालका राजा: राजा सुरेन्द्र
  • मंगल पाण्डेलाई मृत्युदण्डपछि विद्रोह सुरु
  • नेपालले सहयोग गरेबापत फिर्ता पाएको जिल्ला: बाँके, बर्दिया, कैलाली, कञ्चनपुर (वि.सं. १९१६)
  • भारतीय स्वतन्त्रता संग्रामको नेतृत्व गर्ने दल: भारतीय राष्ट्रिय कांग्रेस
  • भारतीय राष्ट्रिय कांग्रेस स्थापना: सन् १८८५ डिसेम्बर २८

❖ भारतीय स्वतन्त्रता संग्रामका चरणहरू

  • उदारवादी युग: सन् १८८५ – १९०५
  • उग्रवादी युग: सन् १९०६ – १९१५
  • गांधीवादी युग: सन् १९१९ – १९४७

❖ महात्मा गाँधी सम्बन्धी महत्वपूर्ण तथ्य

  • भारतीय स्वतन्त्रता संग्रामको नेतृत्व: महात्मा गाँधी
  • गाँधीले सुरु गरेको पहिलो आन्दोलन: चम्पारण आन्दोलन
  • चम्पारण आन्दोलन सुरु: सन् १९२०
  • ब्रिटिश संसदले नुन कानुन पारित: सन् १९३०
  • कांग्रेसले सविनय अवज्ञा आन्दोलन गर्ने निर्णय: सन् १९३० फेब्रुअरी
  • अहिंसात्मक आन्दोलन सुरु: सन् १९२०
  • सविनय अवज्ञा आन्दोलन सुरु: सन् १९३० अप्रिल ६
  • भारत छोडो आन्दोलन सुरु: सन् १९४२
  • गाँधीको जन्म: सन् १८६९ अक्टोबर २, गुजरातको पोरबन्दर
  • गाँधीको मृत्यु: १९४८ जनवरी ३० (नाथुराम गोड्सेले गोली हाने)
  • प्रारम्भिक शिक्षा: स्वदेशमै
  • उच्च शिक्षा: बेलायत
  • उच्च शिक्षा विषय: कानून
  • वकालतको अभ्यास: दक्षिण अफ्रिका
  • भारतका राष्ट्रपिता: महात्मा गाँधी

❖ भारतीय स्वतन्त्रता आन्दोलन सम्बन्धी अन्य तथ्य

  • ब्रिटिस क्रिप्स मिसन (१९४२): भारतीय स्वतन्त्रता संग्रामलाई सहयोग गर्ने प्रस्ताव
  • गोप्य सहयोग गर्ने नेता: डा. राममनोहर लोहिया, श्रीमती अरुणा आसफ अली
  • संविधान निर्माणका लागि संविधानसभाको गठन गर्ने प्रस्ताव: क्रिप्स मिसनबाट
  • सविनय अवज्ञा आन्दोलन सुरु कारण: डाँडी पुगेर नुन कानुन उल्लङ्घन
  • गाँधीको ऐतिहासिक यात्रा: अहमदाबादबाट डाँडीसम्म नुन कानून विरोध

❖ भारतीय स्वतन्त्रता संग्रामका महत्वपूर्ण घटनाहरू

  • रोलट एक्ट ल्याइएको समय: सन् १९१९ मार्च
  • जलियाँवाला बाग हत्याकाण्ड: सन् १९१९ अप्रिल १३
  • घटनास्थल: अमृतसर
  • ज्यान गुमाउने संख्या (झण्डै): ४०० जना
  • यस घटनाको विरोधमा उपाधि फिर्ता गर्ने भारतीय: रविन्द्रनाथ टैगोर
  • भारतीय स्वतन्त्रता विधेयक पारित: जुलाई १८, १९४७
  • उदारवादी विचारकहरू: दादाभाई नौरोजी, फिरोज शाह मेहता, सुरेन्द्रनाथ बनर्जी

❖ भारतीय स्वतन्त्रता संग्रामका प्रमुख नेता

  • हाइकमाण्ड समूह: बाल गंगाधर तिलक, लाला लाजपत राय, विपिनचन्द्र पाल
  • “स्वराज मेरो जन्मसिद्ध अधिकार हो” भन्ने नेता: बाल गंगाधर तिलक
  • भारतीय स्वतन्त्रता सफल भएको मिति: अगस्त १५, १९४७
  • पाकिस्तान स्वतन्त्र भएको मिति: अगस्त १४, १९४७
  • भारतीय संविधान जारी: २६ जनवरी १९५०

❖ स्वतन्त्र भारत सम्बन्धी सामान्य ज्ञान

  • भारतका पहिलो राष्ट्रपति: डा. राजेन्द्र प्रसाद
  • स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री: पण्डित जवाहरलाल नेहरू
  • भारतका पहिलो गभर्नर जनरल: लर्ड माउन्टबेटन
  • बंगलादेश पाकिस्तानबाट अलग भएको वर्ष: सन् १९७१
  • बंगलादेशका राष्ट्रपिता: बंगबन्धु मुजिबुर रहमान
  • भारतका अन्तिम हिन्दु राजा: पृथ्वीराज चौहान
  • भारतमा अंग्रेजभन्दा अघि उपनिवेश बनाउने देश: पोर्चुगल
  • भारत पत्ता लगाउने नाविक: वास्को द गामा (१४९८)

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url