ब्रह्माण्ड सम्बन्धी महत्त्वपूर्ण जानकारी


 

ब्रह्माण्ड (Universe)

  • ब्रह्माण्ड सम्पूर्ण तारा, तारापुञ्ज, तारामण्डल, ग्रह, उपग्रह, सम्पूर्ण आकाशीय पिण्ड, तिनमा रहेका सबै प्रकारका पदार्थ – ग्यास, धुलो बादल, प्रकाश, ऊर्जा सहितका सबै ठाउँ, समय र यसका सामग्रीहरूको सङ्ग्रह हो।
  • हाम्रो पृथ्वी रहेको सौर्यमण्डलको तारापुञ्जलाई आकाशगङ्गा तारापुञ्ज भनिन्छ।
  • ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई खगोल शास्त्र (Astronomy) भनिन्छ।
  • नोट: ब्रह्माण्डको उत्पत्ति र विकास सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ब्रह्माण्ड विज्ञान वा ब्रह्माण्डशास्त्र (Cosmology) भनिन्छ।
  • नोट: ब्रह्माण्डमा रहेका आकाशीय पिण्डहरूको नामकरण गर्ने विज्ञानलाई पनि एस्ट्रोनोमी (Astronomy) भनिन्छ।
  • ब्रह्माण्ड दुई प्रकारका रहेका छन्–
    • दृश्य ब्रह्माण्ड
    • अदृश्य ब्रह्माण्ड

दृश्य ब्रह्माण्ड

  • दृश्य ब्रह्माण्ड भन्नाले हामी देख्न सक्ने, अवलोकन गर्न सक्ने ब्रह्माण्ड हो, जसको उत्पत्ति बिग ब्याङ्गको महाविस्फोटबाट भएको हो। जस्तै: ग्रह, तारा, उपग्रह, आकाशगङ्गा, निहारिका, प्रकाश, गति, समय, गुरुत्वाकर्षण आदि।

अदृश्य ब्रह्माण्ड

  • दृश्य ब्रह्माण्डको बाहिरको अज्ञात स्थानलाई अदृश्य ब्रह्माण्ड भनिन्छ।
  • हाम्रो यस दृश्य ब्रह्माण्डको बाहिर अज्ञात वा अदृश्य ब्रह्माण्डमा के छ भन्ने कुरा थाहा छैन।

प्रकाश वर्ष (Light Year)

  • प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ।
  • १ प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा पार गरेको दूरी हो।
  • प्रकाशले एक सेकेण्डमा लगभग ३ लाख किलोमिटर दूरी पार गर्छ।

ब्रह्माण्डको उत्पत्ति सम्बन्धी प्रतिपादित सिद्धान्तहरू

पृथ्वी केन्द्रित सिद्धान्त

  • यस सिद्धान्तलाई टोलमी प्रणाली, Geo-centric system वा Geo-centric model पनि भनिन्छ।
  • यस अवधारणा अनुसार ब्रह्माण्डको केन्द्रमा पृथ्वी रहेको र सूर्य लगायत अन्य ग्रहहरूले पृथ्वीको परिक्रमा गर्छन् भन्ने मान्यता थियो।
  • सर्वप्रथम ग्रीक खगोलशास्त्री क्लाउडियस टोलमी (Ptolemy of Alexandria) ले पृथ्वी केन्द्रित सिद्धान्त प्रस्तुत गरेका थिए।
  • यस सिद्धान्तको विरोध गर्दै सूर्यलाई केन्द्र मानेर ग्रहहरूले परिक्रमा गर्छन् भन्ने विचार प्रस्तुत गर्ने इटालीका दार्शनिक जियोर्डानो ब्रुनोलाई जिउँदै जलाइएको थियो।

महाविस्फोट सिद्धान्त (Big Bang Theory)

  • बिग ब्याङ्ग भन्नाले समय र आकाश सुरु भएको अवस्था हो।
  • ब्रह्माण्डको उत्पत्तिको सम्बन्धमा बिग ब्याङ्ग सिद्धान्त सबैभन्दा प्रचलित सिद्धान्त हो।
  • बिग ब्याङ्गभन्दा पहिले ब्रह्माण्ड एउटा सानो कणको रूपमा रहेको थियो, जसमा एक भयानक विस्फोट भयो र त्यसैबाट ब्रह्माण्डको उत्पत्ति भयो।
  • यसमा स्थायित्व छैन।

लेमात्रे (Georges Lemaitre) द्वारा प्रतिपादित बिग ब्याङ्ग सिद्धान्त

  • यस मोडल अनुसार ब्रह्माण्डको उत्पत्ति एक प्रारम्भिक परमाणुबाट भएको थियो।
  • त्यसपछि एक महाविस्फोटबाट ब्रह्माण्डको विस्तार भयो।
  • यस सिद्धान्त अनुसार ब्रह्माण्डको उत्पत्ति करिब १५ अर्ब वर्ष पहिले शून्यबाट अचानक कुनै ठूलो वस्तुको महाविस्फोट भएर भएको मानिन्छ।
  • सुरुवातमा लेमात्रेको यस सिद्धान्तलाई धेरैले गलत भनेर आलोचना गरे।
  • लेमात्रेको यस सिद्धान्तको आलोचना गर्ने पहिलो व्यक्ति फ्रेड होयल थिए।

खगोलविद् फ्रेड होयल (Fred Hoyle) को बिग ब्याङ्ग सिद्धान्तमाथि आलोचना

  • खगोलविद् फ्रेड होयलले “बिग ब्याङ्ग” शब्द पहिलो पटक सन् १९४९ मा प्रयोग गरेका थिए।
  • उनले बीबीसी रेडियो अन्तर्वार्ताको क्रममा ब्रह्माण्ड शून्यबाट अचानक आफैँ आएको भन्ने लेमात्रेको विचारको विरोध गर्न “बिग ब्याङ्ग” शब्द प्रयोग गरेका थिए।
  • उनले ब्रह्माण्डलाई स्थिर अवस्थामा रहेको (Steady State Model) भनेर व्याख्या गरेका थिए।

तारापुञ्ज (Galaxy)

  • तारापुञ्ज भन्नाले ग्यास, धुलो र करोडौँ ताराहरू तथा तिनका सौर्यमण्डलहरूको विशाल सङ्ग्रह हो।
  • ब्रह्माण्डमा लाखौँ करोडौँ ताराहरूको विशाल समूह तारापुञ्जका रूपमा रहेका छन्।
  • ब्रह्माण्डमा करिब १ खर्ब तारापुञ्ज रहेका छन्।
  • उदाहरण: आकाशगङ्गा तारापुञ्ज (Milky Way Galaxy), एन्ड्रोमेडा (Andromeda Galaxy)

तारापुञ्जका प्रकार

  • अण्डाकार (Oval) – उदाहरण: M87 (NGC 4486) Galaxy
  • सर्पिल (Spiral) – उदाहरण: एन्ड्रोमेडा, आकाशगङ्गा
  • अनियमित (Irregular) – उदाहरण: MCarina Dwarf

आकाशगङ्गा तारापुञ्ज (Milky Way Galaxy)

  • आकाशगङ्गा तारापुञ्ज हाम्रो ब्रह्माण्डमा रहेका अर्बौँ तारापुञ्जहरूमध्ये एक हो।
  • पृथ्वी रहेको सौर्यमण्डलको तारापुञ्जलाई आकाशगङ्गा भनिन्छ।
  • यसलाई सर्पिल ग्यालेक्सी भनिन्छ किनभने माथिबाट वा तलबाट हेर्दा यो घुमिरहेको चक्रजस्तो देखिन्छ।
  • सूर्यले आकाशगङ्गा तारापुञ्जको केन्द्र वरिपरि परिक्रमा गर्न करिब २५ करोड वर्ष लाग्छ।
  • यस अवधिलाई ब्रह्माण्डीय वर्ष (Cosmic Year) भनिन्छ।

सौर्यमण्डल (Solar System)

  • सौर्यमण्डल भन्नाले सूर्य, ग्रह, तिनका चन्द्रमा, धूमकेतु, लघुग्रह, ग्रहहरू वरिपरि फैलिएका चार्जयुक्त कण र धुलो कणहरूको समूहलाई बुझिन्छ।
  • यसलाई सौर्य परिवार पनि भनिन्छ।
  • तारापुञ्जमा लाखौँ सौर्यमण्डल भए तापनि हाम्रो सौर्यमण्डलमा एक सूर्य, ८ वटा ग्रह, २०० भन्दा बढी उपग्रह, हजारौँ लघुग्रह, अरबौँ धूमकेतु र धुलो कणहरू समावेश छन्।

सौर्यमण्डलको उत्पत्ति सम्बन्धी सिद्धान्त

सूर्य केन्द्रित सिद्धान्त (Heliocentric Theory of Universe)

  • पृथ्वी केन्द्रित सिद्धान्तको विपरीत सन् १५४३ मा पोल्यान्डका वैज्ञानिक निकोलस कोपर्निकसले सूर्य केन्द्रित सिद्धान्त प्रस्तुत गरेका थिए।
  • आधुनिक खगोलशास्त्रका पिता निकोलस कोपर्निकसलाई मानिन्छ।
  • यस सिद्धान्त अनुसार सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको छ र अन्य ग्रह तथा आकाशीय पिण्डहरूले सूर्यको परिक्रमा गर्छन्।
  • कोपर्निकसको सूर्य केन्द्रित सिद्धान्तलाई समर्थन गर्ने पहिलो वैज्ञानिक ग्यालिलियो ग्यालिली थिए।

सूर्य (Sun)

  • आकाशगङ्गा तारापुञ्जमा रहेका सयौँ अर्ब तारामध्ये हाम्रो सूर्य मात्र एउटा तारा हो।
  • सौर्यमण्डलको केन्द्रमा अवस्थित सूर्य अन्य सदस्यहरूभन्दा धेरै ठूलो, चम्किलो र विशाल तारा हो।
  • सूर्यको उत्पत्ति करिब ४.५६ अर्ब वर्ष अघि भएको अनुमान गरिन्छ।
  • यसले सम्पूर्ण सौर्य प्रणालीको करिब ९९.८६ प्रतिशत द्रव्यमान ओगटेको छ।

सूर्यको पिण्ड

  • सूर्यको वजन सौर्यमण्डलका सबै पिण्डहरूको कुल योगभन्दा करिब ७५० गुणा बढी रहेको छ।

सूर्यको अक्ष (Axis of the Sun)

  • सूर्यले आफ्नो अक्षमा घुम्न करिब २५ दिन ५ घण्टा समय लिन्छ।
  • त्यसकारण सूर्यको एक दिनको अवधि २५ दिन ५ घण्टा मानिन्छ।

सूर्यको कक्षा (Orbit of the Sun)

  • सूर्यले आकाशगङ्गा तारापुञ्जको केन्द्र वरिपरि परिक्रमा गर्छ।
  • सूर्यले आकाशगङ्गा तारापुञ्जको केन्द्र वरिपरि परिक्रमा गर्ने कक्षालाई ग्यालेक्टिक सेन्टर भनिन्छ।
  • सूर्यले आकाशगङ्गाको केन्द्र वरिपरि एक पटक परिक्रमा गर्न करिब २५ करोड वर्ष लाग्छ।
  • यस अवधिलाई ग्यालेक्टिक वर्ष, ब्रह्माण्डीय वर्ष वा कोस्मिक वर्ष भनिन्छ।

कोस्मिक वर्ष

  • सूर्यले आकाशगङ्गा तारापुञ्जको केन्द्र वरिपरि एकपटक परिक्रमा गर्न लाग्ने समयलाई कोस्मिक वर्ष भनिन्छ।
  • अर्थात् सूर्यले आकाशगङ्गाको परिक्रमा गर्न करिब २५ करोड वर्ष लाग्छ।
  • यही अवधि एक कोस्मिक वर्ष हो।

सूर्यमा पाइने ग्यासहरू

  • सूर्यमा सबैभन्दा बढी पाइने ग्यास हाइड्रोजन हो भने सबैभन्दा कम मात्रामा सल्फर पाइन्छ।
  • करिब ७४ प्रतिशत हाइड्रोजन ग्यास र २४ प्रतिशत हेलियम ग्यास पाइन्छ।
  • सूर्यको मुख्य भाग करिब ९८ प्रतिशत हाइड्रोजन र हेलियमले बनेको हुन्छ।

सूर्यमा ऊर्जा तथा प्रकाश उत्पादन प्रक्रिया

  • सूर्य लगायत अन्य ताराहरूको प्रकाश तथा तापको मुख्य स्रोत हाइड्रोजन–हेलियम परमाणु नाभिकीय संलयन प्रक्रिया (Nuclear Fusion) हो।

सूर्य अवलोकनका उपकरणहरू

  • सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्रलाई हेलियोस्कोप (Helioscope) भनिन्छ।
  • सूर्यबाट निस्किने विकिरण मापन गर्ने यन्त्र पारहेलियोमिटर (Parheliometer) हो।
  • धेरै टाढा रहेका आकाशीय पिण्डहरू हेर्न बनाइएको यन्त्रलाई टेलिस्कोप (Telescope) भनिन्छ।
  • प्रकाशको तीव्रता मापन गर्न प्रयोग हुने यन्त्र फोटोमिटर (Photometer) हो।

अम्ब्रा (Umbra) र पेनुम्ब्रा (Penumbra)

  • सूर्यको केन्द्र भाग वा मध्य भागमा देखिने पूर्ण छायाँलाई अम्ब्रा भनिन्छ।
  • सूर्यको किनाराको हल्का छायाँलाई पेनुम्ब्रा भनिन्छ।

हेलियोस्फियर (Heliosphere) र फोटोस्फियर (Photosphere)

  • सूर्यको ताप वा त्यसले तान्न नसक्ने क्षेत्रलाई हेलियोस्फियर भनिन्छ।
  • सूर्यको सतहलाई फोटोस्फियर भनिन्छ।

पृथ्वीबाट सूर्यसम्मको दूरी

  • पृथ्वीबाट सूर्यसम्मको दूरी करिब १५ करोड किलोमिटर रहेको छ।
  • प्रकाशले यो दूरी पार गर्न करिब ८ मिनेट २० सेकेण्ड समय लिन्छ।
  • यस दूरीलाई १ खगोलीय एकाइ (Astronomical Unit) भनिन्छ।
  • १ खगोलीय एकाइ = १५ करोड किलोमिटर हुन्छ।

एप्हेलियन (Aphelion) र पेरिहेलियन (Perihelion)

  • पृथ्वी सूर्यबाट सबैभन्दा टाढा रहेको अवस्थालाई वा पृथ्वीबाट सूर्यसम्मको अधिकतम दूरीलाई एप्हेलियन भनिन्छ।
  • पृथ्वी सूर्यबाट सबैभन्दा नजिक रहेको अवस्थालाई वा पृथ्वीबाट सूर्यसम्मको न्यूनतम दूरीलाई पेरिहेलियन भनिन्छ।

सूर्यको प्रकाश

  • सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न करिब ८ मिनेट २० सेकेण्ड समय लाग्छ।

हाम्रो सौर्यमण्डलका ग्रहहरू

१. बुध (Mercury)

  • यो ग्रह रोमन पौराणिक कथामा वर्णित तीव्र सन्देशवाहक देवता मर्करीको नामबाट नामकरण गरिएको हो।
  • ग्रहहरूमध्ये सबैभन्दा सानो र सूर्यबाट सबैभन्दा नजिक रहेको ग्रह हो।
  • सूर्यको सबैभन्दा नजिक परिक्रमा गर्ने ग्रह भएकाले यसले सबैभन्दा छोटो समयमा सूर्यको परिक्रमा गर्छ।
  • वायुमण्डल तथा पानी विहीन यो ग्रहको कुनै पनि उपग्रह छैन।
  • बुध ग्रहको दुईतिहाइ भाग सूर्यतिर फर्किएको हुन्छ।
  • बुध ग्रहलाई परिक्रमा गर्न पृथ्वीबाट प्रक्षेपण गरिएको पहिलो उपग्रह ‘मेसेंजर’ हो।
  • बुध ग्रहलाई पृथ्वीबाट साँझ सूर्यास्तपछि पश्चिमी आकाशमा र बिहान पूर्वी आकाशमा नाङ्गो आँखाले देख्न सकिन्छ।
  • त्यसकारण बुध ग्रहलाई बिहान र साँझको तारा (Morning and Evening Star) पनि भनिन्छ।

२. शुक्र (Venus)

  • यो ग्रह रोमन पौराणिक कथामा वर्णित सौन्दर्य तथा प्रेमकी देवी भेनसको नामबाट नामकरण गरिएको हो।
  • यस ग्रहलाई प्रेम र सौन्दर्यको ग्रह (Goddess of Love and Beauty) पनि भनिन्छ।
  • पृथ्वीबाट सबैभन्दा नजिक पर्ने र पृथ्वीबाट अन्वेषण गरिएको पहिलो ग्रह यही शुक्र ग्रह हो।
  • शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह वा पृथ्वीकी बहिनी ग्रह (Twin/Sister Planet) पनि भनिन्छ, किनकि यसको आकार र घनत्व पृथ्वीसँग मिल्दोजुल्दो छ।
  • कुनै पनि उपग्रह नभएको यो ग्रहमा दिन र रात दुवै समयमा बिजुली चम्कने र बादल गर्जने गर्छ।
  • शुक्र ग्रहले आफ्नो अक्षमा घुम्न २४३ दिन समय लिन्छ।
  • यस कारण शुक्र ग्रहले आफ्नो अक्षमा एकपटक घुम्न सबैभन्दा बढी समय लिन्छ।
  • शुक्र ग्रहमा करिब ९६ प्रतिशत कार्बन डाइअक्साइड ग्यास रहेको हुँदा यसले सूर्यको तापलाई थुनेर राख्छ।
  • साथै यसलाई एसिडिक बादलले ढाकेको हुँदा यसको तापक्रम बुध ग्रहभन्दा पनि बढी हुन्छ।
  • शुक्र ग्रह आफ्नो अक्षमा घडीको सुईको विपरीत दिशामा घुम्छ तर कक्षामा घडीको दिशामा घुम्छ।
  • शुक्र ग्रहपछि यही विशेषता युरेनस ग्रहमा पनि देखिन्छ।
  • शुक्र ग्रहलाई बिहानको तारा (Morning Star) र साँझको तारा (Evening Star) पनि भनिन्छ।

३. पृथ्वी (Earth)

  • ल्याटिन भाषामा पृथ्वीलाई “Terra” अर्थात् मानव समुदायकी भूमिमाता (Goddess of the Earth) भनिन्छ।
  • पृथ्वीको उत्पत्ति आजभन्दा करिब ४.५६ अर्ब वर्ष पहिले भएको मानिन्छ।
  • जीवित प्राणीको अस्तित्व भएको एकमात्र ग्रह पृथ्वी हो।
  • पानीको कुल मात्रा करिब ७१ प्रतिशत रहेको छ, जसमा करिब ७० प्रतिशत महासागरले ढाकेको छ।
  • महासागरको रंग निलो हुने भएकाले अन्तरिक्षबाट हेर्दा पृथ्वी निलो देखिन्छ, त्यसैले यसलाई निलो ग्रह (Blue Planet/Blue Marble) भनिन्छ।
  • पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा हो, जसको व्यास करिब ३,४७४ किलोमिटर रहेको छ।
  • पृथ्वी आफ्नो अक्ष (Axis) र कक्षा (Orbit) मा पश्चिमबाट पूर्वतर्फ घुम्छ।
  • पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्ड समय लिन्छ, जसलाई १ वर्ष भनिन्छ।
  • पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्न २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड समय लिन्छ, जसलाई १ दिन भनिन्छ।
  • पृथ्वीको अक्षको झुकाव २३.५° रहेको छ।
  • सबैभन्दा बढी घनत्व भएको ग्रह पृथ्वी हो।
  • पृथ्वीको घनत्व करिब ५.५१ ग्राम प्रति घन से.मि. रहेको छ।
  • नाइट्रोजन – ७८.०८ प्रतिशत
  • अक्सिजन – २०.९५ प्रतिशत
  • आर्गन – ०.९३ प्रतिशत
  • कार्बन डाइअक्साइड – ०.०३ प्रतिशत
  • साथै न्यून मात्रामा नियन, हेलियम, मिथेन, क्रिप्टोन, हाइड्रोजन आदि पाइन्छ।
  • पिण्ड (Mass): ५.९७ × १०²⁴ किलोग्राम
  • भूमध्यरेखीय व्यास (Equatorial Diameter): करिब १२,७५६ किलोमिटर
  • ध्रुवीय व्यास (Polar Diameter): करिब १२,७१४ किलोमिटर
  • औसत व्यास (Average Diameter): करिब १२,७४२ किलोमिटर
  • परिधि (Circumference): करिब ४०,०७५ किलोमिटर

४. मंगल (Mars)

  • यो ग्रह रोमन युद्धका देवता ‘मार्स’को नामबाट नामकरण गरिएको हो।
  • मंगल ग्रहमा भविष्यमा मानव पठाउन सकिने सम्भावनाको खोजी वैज्ञानिकहरूले गरिरहेका छन्।
  • सन् २०३० सम्म मंगलमा मानव पठाउने प्रयासमा विभिन्न अन्तरिक्ष संस्थाहरू लागिरहेका छन्।
  • मंगल ग्रहका दुईवटा उपग्रह फोबोस (Phobos) र डिमोस (Deimos) हुन्।
  • फोबोस ठूलो उपग्रह हो भने डिमोस सानो उपग्रह हो।
  • मंगल ग्रह सौर्यमण्डलको सबैभन्दा सानो उपग्रह भएको ग्रह हो।
  • डिमोस सौर्यमण्डलको सबैभन्दा सानो उपग्रह हो।
  • मंगल ग्रहको सतहमा आइरन अक्साइड (Iron Oxide) को मात्रा बढी भएकाले यो रातो देखिन्छ।
  • त्यसैले मंगल ग्रहलाई रातो ग्रह (Red Planet) भनिन्छ।
  • नोट: मंगलमा पानीको सम्भावना सम्बन्धी अध्ययनमा नेपाली वैज्ञानिक लुजेन्द्र ओझाको योगदान रहेको छ।

५. बृहस्पति (Jupiter – King of Planets)

  • यो ग्रह रोमन देवताहरूका राजा ‘जुपिटर’को नामबाट नामकरण गरिएको हो।
  • सूर्यबाट दूरीको हिसाबले पाँचौँ स्थानमा पर्ने र आकार तथा द्रव्यमानको हिसाबले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो।
  • नासाको सौर्यमण्डल अन्वेषण अनुसार बृहस्पतिमा ९५ वटा उपग्रह रहेका छन्।
  • बृहस्पतिको सबैभन्दा ठूलो उपग्रह ग्यानिमिड (Ganymede) हो भने सबैभन्दा सानो उपग्रह लिडा (Leda) हो।
  • नोट: ग्यानिमिड सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह हो।
  • ग्यालिलियो ग्यालिलीले सन् १६१० जनवरी ७ मा पत्ता लगाएका बृहस्पतिका चार प्रमुख उपग्रहहरू – आयो (Io), युरोपा (Europa), ग्यानिमिड (Ganymede) र क्यालिस्टो (Callisto) हुन्।
  • यी उपग्रहहरूलाई ग्यालिलियन चन्द्रमा भनिन्छ।
  • बृहस्पति आफ्नो अक्षमा सबैभन्दा तीव्र गतिले घुम्ने ग्रह हो।
  • यसले आफ्नो अक्षमा घुम्न करिब ९ घण्टा ५६ मिनेट ३ सेकेण्ड समय लिन्छ।
  • त्यसैले बृहस्पतिको एक दिन सबैभन्दा छोटो हुन्छ।
  • बृहस्पतिको वायुमण्डलमा करिब ८१ प्रतिशत हाइड्रोजन र २४ प्रतिशत हेलियम पाइन्छ।

६. शनि (Saturn)

  • यो ग्रह रोमन पौराणिक कथामा वर्णित कृषि देवता ‘स्याटर्न’को नामबाट नामकरण गरिएको हो।
  • शनिलाई ग्यालिलियो ग्यालिलीले सन् १६१० मा पहिलो पटक अवलोकन गरेका थिए।
  • शनि ग्रहका घेरा (Rings) पत्ता लगाउने वैज्ञानिक क्रिस्टियान हाइजन्स हुन्।
  • शनि ग्रह वरिपरि बरफका साना टुक्रा र चट्टानका कणहरूबाट बनेका सातवटा घेरा रहेका छन्।
  • पहेँलो रंगको भएकाले शनिलाई पहेँलो ग्रह (Yellow Planet) वा सुनौलो ग्रह पनि भनिन्छ।
  • नासाको तथ्याङ्क अनुसार शनिमा ८३ वटा उपग्रह रहेका छन्।
  • शनिको सबैभन्दा ठूलो उपग्रह टाइटन (Titan) हो, जुन बुध ग्रहभन्दा पनि ठूलो छ।
  • शनिको सानो उपग्रह फोबे (Phoebe) हो।
  • सबैभन्दा कम औसत घनत्व भएको ग्रह शनि हो।
  • शनिको घनत्व करिब ०.६८ ग्राम प्रति घन से.मि. रहेको छ।
  • शनि पानीमा तैरन सक्ने ग्रह भनेर पनि चिनिन्छ।

७. अरुण (Uranus)

  • यो ग्रह रोमन पौराणिक कथामा वर्णित आकाशका देवता ‘युरेनस’को नामबाट नामकरण गरिएको हो।
  • युरेनस ग्रहको सतह निलो–हरियो रंगको देखिन्छ, त्यसैले यसलाई हरियो ग्रह (Green Planet) पनि भनिन्छ।
  • यो ग्रहलाई जुपिटरका हजुरबुवा तथा असफलताको तारा जस्ता नामले पनि चिनिन्छ।
  • युरेनस ग्रहमा २७ वटा उपग्रह रहेका छन्।
  • युरेनसको सबैभन्दा ठूलो उपग्रह टाइटानिया (Titania) हो भने सबैभन्दा सानो उपग्रह मिरान्डा (Miranda) हो।
  • युरेनस ग्रह आफ्नो अक्षमा उल्टो दिशामा घुम्छ।
  • यस कारण युरेनस ग्रहमा पश्चिमबाट सूर्य उदाउँछ र पूर्वबाट अस्ताउँछ।
  • त्यसैले युरेनसलाई पश्चिमबाट सूर्य उदाउने ग्रह भनिन्छ।

८. वरुण (Neptune)

  • यो ग्रह रोमन पौराणिक कथामा वर्णित जल देवताको नामबाट नामकरण गरिएको हो।
  • यस ग्रहलाई भेरियर ग्रह (Verrier Planet) पनि भनिन्छ।
  • नेप्च्यून पृथ्वीबाट सबैभन्दा टाढा रहेको ग्रह हो।
  • यसलाई जल देवताको ग्रह तथा हल्का पहेँलो रंगको ग्रह पनि भनिन्छ।
  • नेप्च्यून ग्रहमा १४ वटा उपग्रह रहेका छन्।
  • नेप्च्यूनको सबैभन्दा ठूलो उपग्रह ट्राइटन (Triton) हो भने सबैभन्दा सानो उपग्रह हिप्पोक्याम्प (Hippocamp) हो।

प्लुटो ग्रहलाई ग्रहको सूचीबाट हटाइएको

  • हटाइएको मिति: सन् २००६ अगस्ट २३ / २४ मा चेक गणतन्त्रको राजधानी प्रागमा भएको बैठकमा
  • हटाउने संस्था: अन्तर्राष्ट्रिय खगोल विज्ञान सङ्घ (International Astronomical Union) को २६ औँ महासभाको निर्णय अनुसार
  • प्लुटो ग्रहलाई ग्रहहरूको सूचीबाट औपचारिक रूपमा १ सेप्टेम्बर २००६ बाट हटाइएको हो।
  • हाल प्लुटोलाई बौना ग्रह (Dwarf Planet) को समूहमा राखिएको छ।

अन्तर्राष्ट्रिय खगोल विज्ञान सङ्घ (International Astronomical Union – IAU)

  • स्थापना मिति: सन् १९१९ जुलाई २८
  • अन्तर्राष्ट्रिय खगोल दिवस अक्टोबर ३ मा मनाइन्छ।
  • अन्तर्राष्ट्रिय खगोल विज्ञान सङ्घको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ।

ग्रह सम्बन्धी थप जानकारी

आकारको आधारमा ठूला देखि साना ग्रहहरूको क्रम

  • बृहस्पति – सबैभन्दा ठूलो
  • शनि
  • युरेनस
  • नेप्च्यून
  • पृथ्वी
  • शुक्र
  • मंगल
  • बुध – सबैभन्दा सानो

सूर्यबाट दूरीको आधारमा ग्रहहरूको क्रम

  • बुध – सबैभन्दा नजिक
  • शुक्र
  • पृथ्वी
  • मंगल
  • बृहस्पति
  • शनि
  • युरेनस
  • नेप्च्यून – सबैभन्दा टाढा

पृथ्वीबाट दूरीको आधारमा ग्रहहरूको क्रम

  • शुक्र – सबैभन्दा नजिक
  • मंगल
  • बुध
  • बृहस्पति
  • शनि
  • युरेनस
  • नेप्च्यून – सबैभन्दा टाढा

घनत्वको आधारमा ग्रहहरूको क्रम

  • पृथ्वी – सबैभन्दा बढी घनत्व
  • बुध
  • शुक्र
  • मंगल
  • नेप्च्यून
  • बृहस्पति
  • युरेनस
  • शनि – सबैभन्दा कम घनत्व

ग्रहहरूको परिक्रमा र परिभ्रमण सम्बन्धी तथ्य

बिहान वा साँझ देखिने ग्रह

  • पृथ्वीभन्दा नजिक भएर सूर्यको परिक्रमा गर्ने ग्रह बुध र शुक्र हुन्।
  • यी ग्रहहरू राति देखिँदैनन्, किनकि राति पृथ्वी यी ग्रहहरूभन्दा उल्टो दिशामा हुन्छ।
  • त्यसैले यी ग्रहहरू बिहान वा साँझ मात्र देखिन्छन्।
  • सूर्यको तीव्र प्रकाशका कारण नाङ्गो आँखाले यी ग्रहहरू देख्न गाह्रो हुने हुँदा बिहान वा साँझ देखिन्छन्।
  • त्यसकारण बुध र शुक्रलाई बिहान र साँझको तारा भनिन्छ।
  • नोट: यदि विकल्पमा शुक्र नदिइएको भए बिहान/साँझको तारा भनेर बुधलाई मानिन्छ।

स्थलीय ग्रह / भित्री ग्रह (Terrestrial Planets / Inner Planets)

  • बुध (Mercury), शुक्र (Venus), पृथ्वी (Earth) र मंगल (Mars) लाई स्थलीय ग्रह वा भित्री ग्रह भनिन्छ।
  • यी ग्रहहरू चट्टानी प्रकृतिका, साना आकारका र उच्च घनत्व भएका हुन्छन्।
  • यी ग्रहहरू मंगल ग्रह र बृहस्पति ग्रहको कक्षाभित्र पर्दछन्।
  • यी ग्रहहरू सूर्यको नजिक रहेका हुन्छन्।

गैसीय ग्रह / बाहिरी ग्रह (Gaseous Planets / Outer Planets)

  • बृहस्पति (Jupiter), शनि (Saturn), युरेनस (Uranus) र नेप्च्यून (Neptune) लाई गैसीय ग्रह भनिन्छ।
  • यी ग्रहहरू ग्यास र बरफको मिश्रणबाट बनेका हुन्छन्।
  • यी ग्रहहरू आकारमा ठूला र घनत्वमा कम हुन्छन्।
  • यी ग्रहहरू मंगल ग्रह र बृहस्पति ग्रहको कक्षाबाहिर पर्दछन्।

बरफे दानव ग्रह (Ice Giants)

  • युरेनस र नेप्च्यूनलाई Ice Giants भनिन्छ।
  • यी ग्रहहरूमा पानी, मिथेन र अमोनियाका बरफीय कणहरू पाइन्छन्।

उपग्रह (Satellite)

  • ग्रह वा बौना ग्रह वरिपरि परिक्रमा गर्ने खगोलीय पिण्डलाई उपग्रह भनिन्छ।
  • उपग्रहहरू प्राकृतिक र कृत्रिम गरी दुई प्रकारका हुन्छन्।
  • पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा हो।
  • सौर्यमण्डलमा २०० भन्दा बढी प्राकृतिक उपग्रहहरू रहेका छन्।
  • उपग्रहहरूको आफ्नै प्रकाश हुँदैन।
  • बुध र शुक्र ग्रहका कुनै पनि उपग्रह छैनन्।
  • सौर्यमण्डलको सबैभन्दा ठूलो प्राकृतिक उपग्रह ग्यानिमिड (Ganymede) हो।
  • सौर्यमण्डलको सबैभन्दा सानो प्राकृतिक उपग्रह डिमोस (Deimos) हो।

ग्रह अनुसार उपग्रहहरूको वितरण

  • बुध – कुनै उपग्रह छैन
  • शुक्र – कुनै उपग्रह छैन
  • पृथ्वी – १ (चन्द्रमा)
  • मंगल – २ (फोबोस, डिमोस)
  • बृहस्पति – ९५
  • शनि – ८३
  • युरेनस – २७
  • नेप्च्यून – १४

चन्द्रमा (Moon)

  • चन्द्रमा पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह हो।
  • चन्द्रमा सौर्यमण्डलको पाँचौँ ठूलो उपग्रह हो।
  • चन्द्रमाको अध्ययन गर्ने विज्ञानलाई सेलेनोलोजी (Selenology) भनिन्छ।
  • पृथ्वीबाट चन्द्रमासम्मको औसत दूरी करिब ३,८४,४०० किलोमिटर रहेको छ।
  • चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न करिब १.३ सेकेण्ड समय लाग्छ।

चन्द्रमाका गति तथा समय

  • चन्द्रमाले पृथ्वी वरिपरि एकपटक परिक्रमा गर्न २७ दिन ७ घण्टा ४३ मिनेट ११ सेकेण्ड समय लिन्छ।
  • यस अवधिलाई नक्षत्र महिना (Sidereal Month) भनिन्छ।
  • एक पूर्णिमादेखि अर्को पूर्णिमा वा एक औँसीदेखि अर्को औँसीसम्मको समय २९ दिन १२ घण्टा ४४ मिनेट ३ सेकेण्ड हुन्छ।
  • यस अवधिलाई चन्द्र महिना (Synodic Month) भनिन्छ।
  • चन्द्रमाको आफ्नै प्रकाश हुँदैन भन्ने तथ्य पत्ता लगाउने वैज्ञानिक ग्यालिलियो ग्यालिली हुन्।
  • सौर्य संवत् ३६५ दिनको हुन्छ भने चन्द्र संवत् ३५४ दिनको हुन्छ।
  • पृथ्वीको गुरुत्वबलभन्दा चन्द्रमाको सतहमा गुरुत्वबल १/६ गुणा मात्र हुन्छ।

चन्द्रमाको सबैभन्दा अग्लो पर्वत

  • चन्द्रमाको सबैभन्दा अग्लो पर्वत मोन्स ह्युजन्स (Mons Huygens) हो।

चन्द्रमामा पुग्ने पहिलो देश र यान

  • सबैभन्दा पहिले चन्द्रमाको सतहमा पुग्ने देश सोभियत संघ हो।
  • सोभियत संघको ‘लुना–२’ नामक यान सन् १९५९ सेप्टेम्बर १२ मा चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको थियो।

चन्द्रमामा मानवले पहिलो पटक पाइला टेकेको घटना

  • अमेरिकी नागरिक निल आर्मस्ट्रङले सन् १९६९ जुलाई २१ मा अपोलो–११ यानमार्फत चन्द्रमाको सतहमा पहिलो पटक मानव पाइला टेकेका थिए।
  • निल आर्मस्ट्रङपछि चन्द्रमाको सतहमा अवतरण गर्ने दोस्रो व्यक्ति बज एल्ड्रिन थिए।
  • उनीहरूले चन्द्रमामा पाइला टेकेको स्थानलाई “Sea of Tranquility” भनिन्छ।
  • अपोलो–११ यान सन् १९६९ जुलाई २४ मा प्रशान्त महासागरमा अवतरण गरेको थियो।

चन्द्रमामा पुग्ने देशहरू

  • चन्द्रमामा पुग्ने देशहरू:
    • सोभियत संघ
    • संयुक्त राज्य अमेरिका
    • चीन
    • भारत

मानव निर्मित / कृत्रिम उपग्रह

स्पुटनिक–१ (Sputnik-1)

  • विश्वको पहिलो मानव निर्मित कृत्रिम उपग्रह स्पुटनिक–१ हो।
  • यसलाई सोभियत संघले सन् १९५७ अक्टोबर ४ मा पृथ्वीको कक्षामा प्रक्षेपण गरेको थियो।

स्पुटनिक–२ (Sputnik-2)

  • स्पुटनिक–२ पृथ्वीको कक्षामा प्रक्षेपण गरिएको दोस्रो उपग्रह हो।
  • यसमा लाइका नामक कुकुरलाई अन्तरिक्षमा पठाइएको थियो।

भोस्तोक–१ (Vostok-1) र युरी गागारिन (Yuri Gagarin)

  • भोस्तोक–१ पहिलो मानवसहितको अन्तरिक्ष उडान हो।
  • यस यानमार्फत युरी गागारिन अन्तरिक्षमा जाने पहिलो मानव बने।
  • युरी गागारिन सोभियत संघका नागरिक थिए।
  • यससँगै मानवलाई अन्तरिक्षमा पठाउने पहिलो देश सोभियत संघ बन्यो।

भोस्तोक–६ (Vostok-6) र भ्यालेन्टिना तेरेश्कोभा (Valentina Tereshkova)

  • अन्तरिक्षमा जाने पहिलो महिला भ्यालेन्टिना तेरेश्कोभा हुन्।
  • उनी सन् १९६३ जुन १६ मा भोस्तोक–६ यानमार्फत अन्तरिक्षमा गएकी थिइन्।

स्वेतलाना सावित्स्काया (Svetlana Savitskaya)

  • अन्तरिक्षमा हिँड्ने विश्वकी पहिलो महिला स्वेतलाना सावित्स्काया हुन्।
  • उनी सन् १९८४ जुलाई २५ मा सोयुज–७ यानमार्फत ३ घण्टा ३५ मिनेट अन्तरिक्षमा हिँडेकी थिइन्।
  • उनी दुई पटक अन्तरिक्ष यात्रा गर्ने पहिलो महिला पनि हुन्।

अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार

  • अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार जापानका टोयोहिरो आकियामा हुन्।
  • उनी सोभियत संघको स्टार सिटीस्थित युरी गागारिन कोस्मोनट प्रशिक्षण केन्द्रमा तालिम लिएर सन् १९९० डिसेम्बर २ मा Soyuz TM-11 यानमार्फत अन्तरिक्षमा गएका थिए।

नेपालको पहिलो भू-उपग्रह

  • नेपालले प्रक्षेपण गरेको पहिलो भू-उपग्रह ‘नेपालीसैट–१’ हो।
  • प्रक्षेपण मिति: सन् २०१९ अप्रिल १८ (वि.सं. २०७६ वैशाख ५ गते)
  • प्रक्षेपण गरिएको स्थान: भर्जिनिया एयर एण्ड स्पेस सेन्टर, अमेरिका
  • नेपालीसैट–१ जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत दुई नेपाली विद्यार्थी अभास मास्के र हरिराम श्रेष्ठद्वारा निर्माण गरिएको हो।
  • नेपालीसैट–१ ‘BIRDS-3 Satellite Project’ अन्तर्गत श्रीलंकाको उपग्रह ‘Raavana-1’ सँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट प्रक्षेपण गरिएको हो।

अन्तरिक्ष यात्रा (Space Travel)

  • अन्तरिक्ष यात्रा सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई एस्ट्रोनटिक्स (Astronautics) भनिन्छ।
  • युरी गागारिनलाई अन्तरिक्षको कोलम्बस भनिन्छ।
  • रुसका अन्तरिक्ष यात्रीलाई कोस्मोनट (Cosmonaut) भनिन्छ।
  • अमेरिकाका अन्तरिक्ष यात्रीलाई एस्ट्रोनट (Astronaut) भनिन्छ।
  • अन्तरिक्षमा प्रवेश गर्ने पहिलो पाँच देशहरू:
    • रुस
    • संयुक्त राज्य अमेरिका
    • फ्रान्स
    • जापान
    • चीन

अन्तरिक्ष पर्यटन (Space Tourism)

  • अन्तरिक्ष पर्यटनको सुरुवात रसियन अन्तरिक्ष एजेन्सीबाट सन् २००१ मा भएको हो।
  • अन्तरिक्षमा जाने पहिलो पर्यटक डेनेस टिटो (अमेरिका) हुन्।
  • उनले सन् २००१ मा अन्तरिक्ष यात्रा गरेका थिए।
  • उनी यात्रा गरेको अन्तरिक्ष यान ‘सोयुज’ (Soyuz) थियो।
  • अन्तरिक्षमा जाने पहिलो महिला पर्यटक अनुशेह अन्सारी (इरान–अमेरिकी इन्जिनियर) हुन्।
  • उनले सन् २००६ सेप्टेम्बर १८ मा अन्तरिक्ष यात्रा गरेकी थिइन्।

लघुग्रह (Asteroids / Minor Planets)

  • लघुग्रहलाई सूर्यको परिक्रमा गर्ने साना, चट्टानी वस्तुको रूपमा लिइन्छ।
  • लघुग्रहहरूले अन्य ग्रहहरूजस्तै सूर्यको परिक्रमा गरे तापनि ती ग्रहहरूभन्दा धेरै साना हुन्छन्।
  • हाम्रो सौर्यमण्डलमा धेरै लघुग्रहहरू रहेका छन्।
  • तीमध्ये अधिकांश लघुग्रहहरू मुख्य लघुग्रह पेटी (Main Asteroid Belt) मा अवस्थित छन्।
  • नोट: मुख्य लघुग्रह पेटी मंगल र बृहस्पति ग्रहको कक्षाबीचको क्षेत्रमा अवस्थित हुन्छ।
  • नोट: सबैभन्दा ठूलो लघुग्रह सेरेस (Ceres) हो।

धूमकेतु / पुच्छ्रेतारा (Comets)

  • धूमकेतुको खोज गर्ने वैज्ञानिक एडमण्ड हेली हुन्।
  • ग्रह र लघुग्रहजस्तै धूमकेतुहरूले पनि सूर्यको परिक्रमा गर्छन् तर तिनको कक्षा धेरै लामो र अण्डाकार हुन्छ।
  • उदाहरण: हेलीको धूमकेतु, टेम्पल–टटल, एन्के, बेन्नेट आदि।
  • हेलीको धूमकेतु पहिलो पटक सन् १६८२ मा देखिएको थियो।

उल्का (Meteoroid / Meteor / Meteorite)

  • उल्का भन्नाले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अन्तरिक्षीय चट्टान वा आकाशीय पिण्डलाई जनाउँछ।
  • यी पिण्डहरूको आकार धुलोको सानो कणदेखि साना लघुग्रहसम्म हुन सक्छ।
  • जब कुनै आकाशीय पिण्ड पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गर्छ, त्यो उच्च गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा जल्दै उज्यालो देखिन्छ, यस अवस्थालाई उल्का (Meteor) भनिन्छ।
  • यदि त्यो पिण्ड पूर्ण रूपमा नजली पृथ्वीको सतहमा खस्छ भने त्यसलाई उल्कापिण्ड (Meteorite) भनिन्छ।

उल्का सम्बन्धी थप जानकारी

  • उल्कालाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ– मेटियोराइड (Meteoroid), मेटियोर (Meteor), मेटियोराइट (Meteorite)
  • अन्तरिक्षमा घुमिरहेको सानो चट्टानी पिण्डलाई मेटियोराइड भनिन्छ।
  • मेटियोराइड पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा जल्दै चम्किलो रेखाजस्तो देखिएमा त्यसलाई मेटियोर भनिन्छ।
  • मेटियोर पूरै नजली पृथ्वीको सतहमा खस्दा त्यसलाई मेटियोराइट भनिन्छ।

उल्का वर्षा (Meteor Shower)

  • धेरै उल्काहरू एकै समयमा आकाशमा देखिने घटनालाई उल्का वर्षा भनिन्छ।
  • उल्का वर्षा प्रायः धूमकेतुले छोडेका धुलो कणहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा देखिन्छ।
  • प्रसिद्ध उल्का वर्षा: पर्सिड (Perseids), लियोनिड (Leonids), जेमिनिड (Geminids)

सौर्यमण्डलसम्बन्धी सामान्य तथ्यहरू

  • सौर्यमण्डल सूर्य, ग्रह, उपग्रह, लघुग्रह, धूमकेतु, उल्का तथा धुलो कणहरूको समष्टि हो।
  • सौर्यमण्डल आकाशगङ्गा तारापुञ्जभित्र अवस्थित छ।
  • आकाशगङ्गा तारापुञ्जमा अर्बौँ तारा र अर्बौँ सौर्यमण्डल रहेका छन्।

खगोल विज्ञानसम्बन्धी शाखाहरू

  • खगोल विज्ञान (Astronomy): आकाशीय पिण्डहरूको अध्ययन
  • ब्रह्माण्ड विज्ञान (Cosmology): ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययन
  • सेलेनोलोजी (Selenology): चन्द्रमाको अध्ययन
  • एस्ट्रोनटिक्स (Astronautics): अन्तरिक्ष यात्राको अध्ययन

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url