
ब्रह्माण्ड (Universe)
- ब्रह्माण्ड सम्पूर्ण तारा, तारापुञ्ज, तारामण्डल, ग्रह, उपग्रह, सम्पूर्ण आकाशीय पिण्ड, तिनमा रहेका सबै प्रकारका पदार्थ – ग्यास, धुलो बादल, प्रकाश, ऊर्जा सहितका सबै ठाउँ, समय र यसका सामग्रीहरूको सङ्ग्रह हो।
- हाम्रो पृथ्वी रहेको सौर्यमण्डलको तारापुञ्जलाई आकाशगङ्गा तारापुञ्ज भनिन्छ।
- ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई खगोल शास्त्र (Astronomy) भनिन्छ।
- नोट: ब्रह्माण्डको उत्पत्ति र विकास सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ब्रह्माण्ड विज्ञान वा ब्रह्माण्डशास्त्र (Cosmology) भनिन्छ।
- नोट: ब्रह्माण्डमा रहेका आकाशीय पिण्डहरूको नामकरण गर्ने विज्ञानलाई पनि एस्ट्रोनोमी (Astronomy) भनिन्छ।
- ब्रह्माण्ड दुई प्रकारका रहेका छन्–
- दृश्य ब्रह्माण्ड
- अदृश्य ब्रह्माण्ड
दृश्य ब्रह्माण्ड
- दृश्य ब्रह्माण्ड भन्नाले हामी देख्न सक्ने, अवलोकन गर्न सक्ने ब्रह्माण्ड हो, जसको उत्पत्ति बिग ब्याङ्गको महाविस्फोटबाट भएको हो। जस्तै: ग्रह, तारा, उपग्रह, आकाशगङ्गा, निहारिका, प्रकाश, गति, समय, गुरुत्वाकर्षण आदि।
अदृश्य ब्रह्माण्ड
- दृश्य ब्रह्माण्डको बाहिरको अज्ञात स्थानलाई अदृश्य ब्रह्माण्ड भनिन्छ।
- हाम्रो यस दृश्य ब्रह्माण्डको बाहिर अज्ञात वा अदृश्य ब्रह्माण्डमा के छ भन्ने कुरा थाहा छैन।
प्रकाश वर्ष (Light Year)
- प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ।
- १ प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा पार गरेको दूरी हो।
- प्रकाशले एक सेकेण्डमा लगभग ३ लाख किलोमिटर दूरी पार गर्छ।
ब्रह्माण्डको उत्पत्ति सम्बन्धी प्रतिपादित सिद्धान्तहरू
पृथ्वी केन्द्रित सिद्धान्त
- यस सिद्धान्तलाई टोलमी प्रणाली, Geo-centric system वा Geo-centric model पनि भनिन्छ।
- यस अवधारणा अनुसार ब्रह्माण्डको केन्द्रमा पृथ्वी रहेको र सूर्य लगायत अन्य ग्रहहरूले पृथ्वीको परिक्रमा गर्छन् भन्ने मान्यता थियो।
- सर्वप्रथम ग्रीक खगोलशास्त्री क्लाउडियस टोलमी (Ptolemy of Alexandria) ले पृथ्वी केन्द्रित सिद्धान्त प्रस्तुत गरेका थिए।
- यस सिद्धान्तको विरोध गर्दै सूर्यलाई केन्द्र मानेर ग्रहहरूले परिक्रमा गर्छन् भन्ने विचार प्रस्तुत गर्ने इटालीका दार्शनिक जियोर्डानो ब्रुनोलाई जिउँदै जलाइएको थियो।
महाविस्फोट सिद्धान्त (Big Bang Theory)
- बिग ब्याङ्ग भन्नाले समय र आकाश सुरु भएको अवस्था हो।
- ब्रह्माण्डको उत्पत्तिको सम्बन्धमा बिग ब्याङ्ग सिद्धान्त सबैभन्दा प्रचलित सिद्धान्त हो।
- बिग ब्याङ्गभन्दा पहिले ब्रह्माण्ड एउटा सानो कणको रूपमा रहेको थियो, जसमा एक भयानक विस्फोट भयो र त्यसैबाट ब्रह्माण्डको उत्पत्ति भयो।
- यसमा स्थायित्व छैन।
लेमात्रे (Georges Lemaitre) द्वारा प्रतिपादित बिग ब्याङ्ग सिद्धान्त
- यस मोडल अनुसार ब्रह्माण्डको उत्पत्ति एक प्रारम्भिक परमाणुबाट भएको थियो।
- त्यसपछि एक महाविस्फोटबाट ब्रह्माण्डको विस्तार भयो।
- यस सिद्धान्त अनुसार ब्रह्माण्डको उत्पत्ति करिब १५ अर्ब वर्ष पहिले शून्यबाट अचानक कुनै ठूलो वस्तुको महाविस्फोट भएर भएको मानिन्छ।
- सुरुवातमा लेमात्रेको यस सिद्धान्तलाई धेरैले गलत भनेर आलोचना गरे।
- लेमात्रेको यस सिद्धान्तको आलोचना गर्ने पहिलो व्यक्ति फ्रेड होयल थिए।
खगोलविद् फ्रेड होयल (Fred Hoyle) को बिग ब्याङ्ग सिद्धान्तमाथि आलोचना
- खगोलविद् फ्रेड होयलले “बिग ब्याङ्ग” शब्द पहिलो पटक सन् १९४९ मा प्रयोग गरेका थिए।
- उनले बीबीसी रेडियो अन्तर्वार्ताको क्रममा ब्रह्माण्ड शून्यबाट अचानक आफैँ आएको भन्ने लेमात्रेको विचारको विरोध गर्न “बिग ब्याङ्ग” शब्द प्रयोग गरेका थिए।
- उनले ब्रह्माण्डलाई स्थिर अवस्थामा रहेको (Steady State Model) भनेर व्याख्या गरेका थिए।
तारापुञ्ज (Galaxy)
- तारापुञ्ज भन्नाले ग्यास, धुलो र करोडौँ ताराहरू तथा तिनका सौर्यमण्डलहरूको विशाल सङ्ग्रह हो।
- ब्रह्माण्डमा लाखौँ करोडौँ ताराहरूको विशाल समूह तारापुञ्जका रूपमा रहेका छन्।
- ब्रह्माण्डमा करिब १ खर्ब तारापुञ्ज रहेका छन्।
- उदाहरण: आकाशगङ्गा तारापुञ्ज (Milky Way Galaxy), एन्ड्रोमेडा (Andromeda Galaxy)
तारापुञ्जका प्रकार
- अण्डाकार (Oval) – उदाहरण: M87 (NGC 4486) Galaxy
- सर्पिल (Spiral) – उदाहरण: एन्ड्रोमेडा, आकाशगङ्गा
- अनियमित (Irregular) – उदाहरण: MCarina Dwarf
आकाशगङ्गा तारापुञ्ज (Milky Way Galaxy)
- आकाशगङ्गा तारापुञ्ज हाम्रो ब्रह्माण्डमा रहेका अर्बौँ तारापुञ्जहरूमध्ये एक हो।
- पृथ्वी रहेको सौर्यमण्डलको तारापुञ्जलाई आकाशगङ्गा भनिन्छ।
- यसलाई सर्पिल ग्यालेक्सी भनिन्छ किनभने माथिबाट वा तलबाट हेर्दा यो घुमिरहेको चक्रजस्तो देखिन्छ।
- सूर्यले आकाशगङ्गा तारापुञ्जको केन्द्र वरिपरि परिक्रमा गर्न करिब २५ करोड वर्ष लाग्छ।
- यस अवधिलाई ब्रह्माण्डीय वर्ष (Cosmic Year) भनिन्छ।
सौर्यमण्डल (Solar System)
- सौर्यमण्डल भन्नाले सूर्य, ग्रह, तिनका चन्द्रमा, धूमकेतु, लघुग्रह, ग्रहहरू वरिपरि फैलिएका चार्जयुक्त कण र धुलो कणहरूको समूहलाई बुझिन्छ।
- यसलाई सौर्य परिवार पनि भनिन्छ।
- तारापुञ्जमा लाखौँ सौर्यमण्डल भए तापनि हाम्रो सौर्यमण्डलमा एक सूर्य, ८ वटा ग्रह, २०० भन्दा बढी उपग्रह, हजारौँ लघुग्रह, अरबौँ धूमकेतु र धुलो कणहरू समावेश छन्।
सौर्यमण्डलको उत्पत्ति सम्बन्धी सिद्धान्त
सूर्य केन्द्रित सिद्धान्त (Heliocentric Theory of Universe)
- पृथ्वी केन्द्रित सिद्धान्तको विपरीत सन् १५४३ मा पोल्यान्डका वैज्ञानिक निकोलस कोपर्निकसले सूर्य केन्द्रित सिद्धान्त प्रस्तुत गरेका थिए।
- आधुनिक खगोलशास्त्रका पिता निकोलस कोपर्निकसलाई मानिन्छ।
- यस सिद्धान्त अनुसार सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको छ र अन्य ग्रह तथा आकाशीय पिण्डहरूले सूर्यको परिक्रमा गर्छन्।
- कोपर्निकसको सूर्य केन्द्रित सिद्धान्तलाई समर्थन गर्ने पहिलो वैज्ञानिक ग्यालिलियो ग्यालिली थिए।
सूर्य (Sun)
- आकाशगङ्गा तारापुञ्जमा रहेका सयौँ अर्ब तारामध्ये हाम्रो सूर्य मात्र एउटा तारा हो।
- सौर्यमण्डलको केन्द्रमा अवस्थित सूर्य अन्य सदस्यहरूभन्दा धेरै ठूलो, चम्किलो र विशाल तारा हो।
- सूर्यको उत्पत्ति करिब ४.५६ अर्ब वर्ष अघि भएको अनुमान गरिन्छ।
- यसले सम्पूर्ण सौर्य प्रणालीको करिब ९९.८६ प्रतिशत द्रव्यमान ओगटेको छ।
सूर्यको पिण्ड
- सूर्यको वजन सौर्यमण्डलका सबै पिण्डहरूको कुल योगभन्दा करिब ७५० गुणा बढी रहेको छ।
सूर्यको अक्ष (Axis of the Sun)
- सूर्यले आफ्नो अक्षमा घुम्न करिब २५ दिन ५ घण्टा समय लिन्छ।
- त्यसकारण सूर्यको एक दिनको अवधि २५ दिन ५ घण्टा मानिन्छ।
सूर्यको कक्षा (Orbit of the Sun)
- सूर्यले आकाशगङ्गा तारापुञ्जको केन्द्र वरिपरि परिक्रमा गर्छ।
- सूर्यले आकाशगङ्गा तारापुञ्जको केन्द्र वरिपरि परिक्रमा गर्ने कक्षालाई ग्यालेक्टिक सेन्टर भनिन्छ।
- सूर्यले आकाशगङ्गाको केन्द्र वरिपरि एक पटक परिक्रमा गर्न करिब २५ करोड वर्ष लाग्छ।
- यस अवधिलाई ग्यालेक्टिक वर्ष, ब्रह्माण्डीय वर्ष वा कोस्मिक वर्ष भनिन्छ।
कोस्मिक वर्ष
- सूर्यले आकाशगङ्गा तारापुञ्जको केन्द्र वरिपरि एकपटक परिक्रमा गर्न लाग्ने समयलाई कोस्मिक वर्ष भनिन्छ।
- अर्थात् सूर्यले आकाशगङ्गाको परिक्रमा गर्न करिब २५ करोड वर्ष लाग्छ।
- यही अवधि एक कोस्मिक वर्ष हो।
सूर्यमा पाइने ग्यासहरू
- सूर्यमा सबैभन्दा बढी पाइने ग्यास हाइड्रोजन हो भने सबैभन्दा कम मात्रामा सल्फर पाइन्छ।
- करिब ७४ प्रतिशत हाइड्रोजन ग्यास र २४ प्रतिशत हेलियम ग्यास पाइन्छ।
- सूर्यको मुख्य भाग करिब ९८ प्रतिशत हाइड्रोजन र हेलियमले बनेको हुन्छ।
सूर्यमा ऊर्जा तथा प्रकाश उत्पादन प्रक्रिया
- सूर्य लगायत अन्य ताराहरूको प्रकाश तथा तापको मुख्य स्रोत हाइड्रोजन–हेलियम परमाणु नाभिकीय संलयन प्रक्रिया (Nuclear Fusion) हो।
सूर्य अवलोकनका उपकरणहरू
- सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्रलाई हेलियोस्कोप (Helioscope) भनिन्छ।
- सूर्यबाट निस्किने विकिरण मापन गर्ने यन्त्र पारहेलियोमिटर (Parheliometer) हो।
- धेरै टाढा रहेका आकाशीय पिण्डहरू हेर्न बनाइएको यन्त्रलाई टेलिस्कोप (Telescope) भनिन्छ।
- प्रकाशको तीव्रता मापन गर्न प्रयोग हुने यन्त्र फोटोमिटर (Photometer) हो।
अम्ब्रा (Umbra) र पेनुम्ब्रा (Penumbra)
- सूर्यको केन्द्र भाग वा मध्य भागमा देखिने पूर्ण छायाँलाई अम्ब्रा भनिन्छ।
- सूर्यको किनाराको हल्का छायाँलाई पेनुम्ब्रा भनिन्छ।
हेलियोस्फियर (Heliosphere) र फोटोस्फियर (Photosphere)
- सूर्यको ताप वा त्यसले तान्न नसक्ने क्षेत्रलाई हेलियोस्फियर भनिन्छ।
- सूर्यको सतहलाई फोटोस्फियर भनिन्छ।
पृथ्वीबाट सूर्यसम्मको दूरी
- पृथ्वीबाट सूर्यसम्मको दूरी करिब १५ करोड किलोमिटर रहेको छ।
- प्रकाशले यो दूरी पार गर्न करिब ८ मिनेट २० सेकेण्ड समय लिन्छ।
- यस दूरीलाई १ खगोलीय एकाइ (Astronomical Unit) भनिन्छ।
- १ खगोलीय एकाइ = १५ करोड किलोमिटर हुन्छ।
एप्हेलियन (Aphelion) र पेरिहेलियन (Perihelion)
- पृथ्वी सूर्यबाट सबैभन्दा टाढा रहेको अवस्थालाई वा पृथ्वीबाट सूर्यसम्मको अधिकतम दूरीलाई एप्हेलियन भनिन्छ।
- पृथ्वी सूर्यबाट सबैभन्दा नजिक रहेको अवस्थालाई वा पृथ्वीबाट सूर्यसम्मको न्यूनतम दूरीलाई पेरिहेलियन भनिन्छ।
सूर्यको प्रकाश
- सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न करिब ८ मिनेट २० सेकेण्ड समय लाग्छ।
हाम्रो सौर्यमण्डलका ग्रहहरू
१. बुध (Mercury)
- यो ग्रह रोमन पौराणिक कथामा वर्णित तीव्र सन्देशवाहक देवता मर्करीको नामबाट नामकरण गरिएको हो।
- ग्रहहरूमध्ये सबैभन्दा सानो र सूर्यबाट सबैभन्दा नजिक रहेको ग्रह हो।
- सूर्यको सबैभन्दा नजिक परिक्रमा गर्ने ग्रह भएकाले यसले सबैभन्दा छोटो समयमा सूर्यको परिक्रमा गर्छ।
- वायुमण्डल तथा पानी विहीन यो ग्रहको कुनै पनि उपग्रह छैन।
- बुध ग्रहको दुईतिहाइ भाग सूर्यतिर फर्किएको हुन्छ।
- बुध ग्रहलाई परिक्रमा गर्न पृथ्वीबाट प्रक्षेपण गरिएको पहिलो उपग्रह ‘मेसेंजर’ हो।
- बुध ग्रहलाई पृथ्वीबाट साँझ सूर्यास्तपछि पश्चिमी आकाशमा र बिहान पूर्वी आकाशमा नाङ्गो आँखाले देख्न सकिन्छ।
- त्यसकारण बुध ग्रहलाई बिहान र साँझको तारा (Morning and Evening Star) पनि भनिन्छ।
२. शुक्र (Venus)
- यो ग्रह रोमन पौराणिक कथामा वर्णित सौन्दर्य तथा प्रेमकी देवी भेनसको नामबाट नामकरण गरिएको हो।
- यस ग्रहलाई प्रेम र सौन्दर्यको ग्रह (Goddess of Love and Beauty) पनि भनिन्छ।
- पृथ्वीबाट सबैभन्दा नजिक पर्ने र पृथ्वीबाट अन्वेषण गरिएको पहिलो ग्रह यही शुक्र ग्रह हो।
- शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह वा पृथ्वीकी बहिनी ग्रह (Twin/Sister Planet) पनि भनिन्छ, किनकि यसको आकार र घनत्व पृथ्वीसँग मिल्दोजुल्दो छ।
- कुनै पनि उपग्रह नभएको यो ग्रहमा दिन र रात दुवै समयमा बिजुली चम्कने र बादल गर्जने गर्छ।
- शुक्र ग्रहले आफ्नो अक्षमा घुम्न २४३ दिन समय लिन्छ।
- यस कारण शुक्र ग्रहले आफ्नो अक्षमा एकपटक घुम्न सबैभन्दा बढी समय लिन्छ।
- शुक्र ग्रहमा करिब ९६ प्रतिशत कार्बन डाइअक्साइड ग्यास रहेको हुँदा यसले सूर्यको तापलाई थुनेर राख्छ।
- साथै यसलाई एसिडिक बादलले ढाकेको हुँदा यसको तापक्रम बुध ग्रहभन्दा पनि बढी हुन्छ।
- शुक्र ग्रह आफ्नो अक्षमा घडीको सुईको विपरीत दिशामा घुम्छ तर कक्षामा घडीको दिशामा घुम्छ।
- शुक्र ग्रहपछि यही विशेषता युरेनस ग्रहमा पनि देखिन्छ।
- शुक्र ग्रहलाई बिहानको तारा (Morning Star) र साँझको तारा (Evening Star) पनि भनिन्छ।
३. पृथ्वी (Earth)
- ल्याटिन भाषामा पृथ्वीलाई “Terra” अर्थात् मानव समुदायकी भूमिमाता (Goddess of the Earth) भनिन्छ।
- पृथ्वीको उत्पत्ति आजभन्दा करिब ४.५६ अर्ब वर्ष पहिले भएको मानिन्छ।
- जीवित प्राणीको अस्तित्व भएको एकमात्र ग्रह पृथ्वी हो।
- पानीको कुल मात्रा करिब ७१ प्रतिशत रहेको छ, जसमा करिब ७० प्रतिशत महासागरले ढाकेको छ।
- महासागरको रंग निलो हुने भएकाले अन्तरिक्षबाट हेर्दा पृथ्वी निलो देखिन्छ, त्यसैले यसलाई निलो ग्रह (Blue Planet/Blue Marble) भनिन्छ।
- पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा हो, जसको व्यास करिब ३,४७४ किलोमिटर रहेको छ।
- पृथ्वी आफ्नो अक्ष (Axis) र कक्षा (Orbit) मा पश्चिमबाट पूर्वतर्फ घुम्छ।
- पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्ड समय लिन्छ, जसलाई १ वर्ष भनिन्छ।
- पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्न २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड समय लिन्छ, जसलाई १ दिन भनिन्छ।
- पृथ्वीको अक्षको झुकाव २३.५° रहेको छ।
- सबैभन्दा बढी घनत्व भएको ग्रह पृथ्वी हो।
- पृथ्वीको घनत्व करिब ५.५१ ग्राम प्रति घन से.मि. रहेको छ।
- नाइट्रोजन – ७८.०८ प्रतिशत
- अक्सिजन – २०.९५ प्रतिशत
- आर्गन – ०.९३ प्रतिशत
- कार्बन डाइअक्साइड – ०.०३ प्रतिशत
- साथै न्यून मात्रामा नियन, हेलियम, मिथेन, क्रिप्टोन, हाइड्रोजन आदि पाइन्छ।
- पिण्ड (Mass): ५.९७ × १०²⁴ किलोग्राम
- भूमध्यरेखीय व्यास (Equatorial Diameter): करिब १२,७५६ किलोमिटर
- ध्रुवीय व्यास (Polar Diameter): करिब १२,७१४ किलोमिटर
- औसत व्यास (Average Diameter): करिब १२,७४२ किलोमिटर
- परिधि (Circumference): करिब ४०,०७५ किलोमिटर
४. मंगल (Mars)
- यो ग्रह रोमन युद्धका देवता ‘मार्स’को नामबाट नामकरण गरिएको हो।
- मंगल ग्रहमा भविष्यमा मानव पठाउन सकिने सम्भावनाको खोजी वैज्ञानिकहरूले गरिरहेका छन्।
- सन् २०३० सम्म मंगलमा मानव पठाउने प्रयासमा विभिन्न अन्तरिक्ष संस्थाहरू लागिरहेका छन्।
- मंगल ग्रहका दुईवटा उपग्रह फोबोस (Phobos) र डिमोस (Deimos) हुन्।
- फोबोस ठूलो उपग्रह हो भने डिमोस सानो उपग्रह हो।
- मंगल ग्रह सौर्यमण्डलको सबैभन्दा सानो उपग्रह भएको ग्रह हो।
- डिमोस सौर्यमण्डलको सबैभन्दा सानो उपग्रह हो।
- मंगल ग्रहको सतहमा आइरन अक्साइड (Iron Oxide) को मात्रा बढी भएकाले यो रातो देखिन्छ।
- त्यसैले मंगल ग्रहलाई रातो ग्रह (Red Planet) भनिन्छ।
- नोट: मंगलमा पानीको सम्भावना सम्बन्धी अध्ययनमा नेपाली वैज्ञानिक लुजेन्द्र ओझाको योगदान रहेको छ।
५. बृहस्पति (Jupiter – King of Planets)
- यो ग्रह रोमन देवताहरूका राजा ‘जुपिटर’को नामबाट नामकरण गरिएको हो।
- सूर्यबाट दूरीको हिसाबले पाँचौँ स्थानमा पर्ने र आकार तथा द्रव्यमानको हिसाबले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो।
- नासाको सौर्यमण्डल अन्वेषण अनुसार बृहस्पतिमा ९५ वटा उपग्रह रहेका छन्।
- बृहस्पतिको सबैभन्दा ठूलो उपग्रह ग्यानिमिड (Ganymede) हो भने सबैभन्दा सानो उपग्रह लिडा (Leda) हो।
- नोट: ग्यानिमिड सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह हो।
- ग्यालिलियो ग्यालिलीले सन् १६१० जनवरी ७ मा पत्ता लगाएका बृहस्पतिका चार प्रमुख उपग्रहहरू – आयो (Io), युरोपा (Europa), ग्यानिमिड (Ganymede) र क्यालिस्टो (Callisto) हुन्।
- यी उपग्रहहरूलाई ग्यालिलियन चन्द्रमा भनिन्छ।
- बृहस्पति आफ्नो अक्षमा सबैभन्दा तीव्र गतिले घुम्ने ग्रह हो।
- यसले आफ्नो अक्षमा घुम्न करिब ९ घण्टा ५६ मिनेट ३ सेकेण्ड समय लिन्छ।
- त्यसैले बृहस्पतिको एक दिन सबैभन्दा छोटो हुन्छ।
- बृहस्पतिको वायुमण्डलमा करिब ८१ प्रतिशत हाइड्रोजन र २४ प्रतिशत हेलियम पाइन्छ।
६. शनि (Saturn)
- यो ग्रह रोमन पौराणिक कथामा वर्णित कृषि देवता ‘स्याटर्न’को नामबाट नामकरण गरिएको हो।
- शनिलाई ग्यालिलियो ग्यालिलीले सन् १६१० मा पहिलो पटक अवलोकन गरेका थिए।
- शनि ग्रहका घेरा (Rings) पत्ता लगाउने वैज्ञानिक क्रिस्टियान हाइजन्स हुन्।
- शनि ग्रह वरिपरि बरफका साना टुक्रा र चट्टानका कणहरूबाट बनेका सातवटा घेरा रहेका छन्।
- पहेँलो रंगको भएकाले शनिलाई पहेँलो ग्रह (Yellow Planet) वा सुनौलो ग्रह पनि भनिन्छ।
- नासाको तथ्याङ्क अनुसार शनिमा ८३ वटा उपग्रह रहेका छन्।
- शनिको सबैभन्दा ठूलो उपग्रह टाइटन (Titan) हो, जुन बुध ग्रहभन्दा पनि ठूलो छ।
- शनिको सानो उपग्रह फोबे (Phoebe) हो।
- सबैभन्दा कम औसत घनत्व भएको ग्रह शनि हो।
- शनिको घनत्व करिब ०.६८ ग्राम प्रति घन से.मि. रहेको छ।
- शनि पानीमा तैरन सक्ने ग्रह भनेर पनि चिनिन्छ।
७. अरुण (Uranus)
- यो ग्रह रोमन पौराणिक कथामा वर्णित आकाशका देवता ‘युरेनस’को नामबाट नामकरण गरिएको हो।
- युरेनस ग्रहको सतह निलो–हरियो रंगको देखिन्छ, त्यसैले यसलाई हरियो ग्रह (Green Planet) पनि भनिन्छ।
- यो ग्रहलाई जुपिटरका हजुरबुवा तथा असफलताको तारा जस्ता नामले पनि चिनिन्छ।
- युरेनस ग्रहमा २७ वटा उपग्रह रहेका छन्।
- युरेनसको सबैभन्दा ठूलो उपग्रह टाइटानिया (Titania) हो भने सबैभन्दा सानो उपग्रह मिरान्डा (Miranda) हो।
- युरेनस ग्रह आफ्नो अक्षमा उल्टो दिशामा घुम्छ।
- यस कारण युरेनस ग्रहमा पश्चिमबाट सूर्य उदाउँछ र पूर्वबाट अस्ताउँछ।
- त्यसैले युरेनसलाई पश्चिमबाट सूर्य उदाउने ग्रह भनिन्छ।
८. वरुण (Neptune)
- यो ग्रह रोमन पौराणिक कथामा वर्णित जल देवताको नामबाट नामकरण गरिएको हो।
- यस ग्रहलाई भेरियर ग्रह (Verrier Planet) पनि भनिन्छ।
- नेप्च्यून पृथ्वीबाट सबैभन्दा टाढा रहेको ग्रह हो।
- यसलाई जल देवताको ग्रह तथा हल्का पहेँलो रंगको ग्रह पनि भनिन्छ।
- नेप्च्यून ग्रहमा १४ वटा उपग्रह रहेका छन्।
- नेप्च्यूनको सबैभन्दा ठूलो उपग्रह ट्राइटन (Triton) हो भने सबैभन्दा सानो उपग्रह हिप्पोक्याम्प (Hippocamp) हो।
प्लुटो ग्रहलाई ग्रहको सूचीबाट हटाइएको
- हटाइएको मिति: सन् २००६ अगस्ट २३ / २४ मा चेक गणतन्त्रको राजधानी प्रागमा भएको बैठकमा
- हटाउने संस्था: अन्तर्राष्ट्रिय खगोल विज्ञान सङ्घ (International Astronomical Union) को २६ औँ महासभाको निर्णय अनुसार
- प्लुटो ग्रहलाई ग्रहहरूको सूचीबाट औपचारिक रूपमा १ सेप्टेम्बर २००६ बाट हटाइएको हो।
- हाल प्लुटोलाई बौना ग्रह (Dwarf Planet) को समूहमा राखिएको छ।
अन्तर्राष्ट्रिय खगोल विज्ञान सङ्घ (International Astronomical Union – IAU)
- स्थापना मिति: सन् १९१९ जुलाई २८
- अन्तर्राष्ट्रिय खगोल दिवस अक्टोबर ३ मा मनाइन्छ।
- अन्तर्राष्ट्रिय खगोल विज्ञान सङ्घको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ।
ग्रह सम्बन्धी थप जानकारी
आकारको आधारमा ठूला देखि साना ग्रहहरूको क्रम
- बृहस्पति – सबैभन्दा ठूलो
- शनि
- युरेनस
- नेप्च्यून
- पृथ्वी
- शुक्र
- मंगल
- बुध – सबैभन्दा सानो
सूर्यबाट दूरीको आधारमा ग्रहहरूको क्रम
- बुध – सबैभन्दा नजिक
- शुक्र
- पृथ्वी
- मंगल
- बृहस्पति
- शनि
- युरेनस
- नेप्च्यून – सबैभन्दा टाढा
पृथ्वीबाट दूरीको आधारमा ग्रहहरूको क्रम
- शुक्र – सबैभन्दा नजिक
- मंगल
- बुध
- बृहस्पति
- शनि
- युरेनस
- नेप्च्यून – सबैभन्दा टाढा
घनत्वको आधारमा ग्रहहरूको क्रम
- पृथ्वी – सबैभन्दा बढी घनत्व
- बुध
- शुक्र
- मंगल
- नेप्च्यून
- बृहस्पति
- युरेनस
- शनि – सबैभन्दा कम घनत्व
ग्रहहरूको परिक्रमा र परिभ्रमण सम्बन्धी तथ्य
बिहान वा साँझ देखिने ग्रह
- पृथ्वीभन्दा नजिक भएर सूर्यको परिक्रमा गर्ने ग्रह बुध र शुक्र हुन्।
- यी ग्रहहरू राति देखिँदैनन्, किनकि राति पृथ्वी यी ग्रहहरूभन्दा उल्टो दिशामा हुन्छ।
- त्यसैले यी ग्रहहरू बिहान वा साँझ मात्र देखिन्छन्।
- सूर्यको तीव्र प्रकाशका कारण नाङ्गो आँखाले यी ग्रहहरू देख्न गाह्रो हुने हुँदा बिहान वा साँझ देखिन्छन्।
- त्यसकारण बुध र शुक्रलाई बिहान र साँझको तारा भनिन्छ।
- नोट: यदि विकल्पमा शुक्र नदिइएको भए बिहान/साँझको तारा भनेर बुधलाई मानिन्छ।
स्थलीय ग्रह / भित्री ग्रह (Terrestrial Planets / Inner Planets)
- बुध (Mercury), शुक्र (Venus), पृथ्वी (Earth) र मंगल (Mars) लाई स्थलीय ग्रह वा भित्री ग्रह भनिन्छ।
- यी ग्रहहरू चट्टानी प्रकृतिका, साना आकारका र उच्च घनत्व भएका हुन्छन्।
- यी ग्रहहरू मंगल ग्रह र बृहस्पति ग्रहको कक्षाभित्र पर्दछन्।
- यी ग्रहहरू सूर्यको नजिक रहेका हुन्छन्।
गैसीय ग्रह / बाहिरी ग्रह (Gaseous Planets / Outer Planets)
- बृहस्पति (Jupiter), शनि (Saturn), युरेनस (Uranus) र नेप्च्यून (Neptune) लाई गैसीय ग्रह भनिन्छ।
- यी ग्रहहरू ग्यास र बरफको मिश्रणबाट बनेका हुन्छन्।
- यी ग्रहहरू आकारमा ठूला र घनत्वमा कम हुन्छन्।
- यी ग्रहहरू मंगल ग्रह र बृहस्पति ग्रहको कक्षाबाहिर पर्दछन्।
बरफे दानव ग्रह (Ice Giants)
- युरेनस र नेप्च्यूनलाई Ice Giants भनिन्छ।
- यी ग्रहहरूमा पानी, मिथेन र अमोनियाका बरफीय कणहरू पाइन्छन्।
उपग्रह (Satellite)
- ग्रह वा बौना ग्रह वरिपरि परिक्रमा गर्ने खगोलीय पिण्डलाई उपग्रह भनिन्छ।
- उपग्रहहरू प्राकृतिक र कृत्रिम गरी दुई प्रकारका हुन्छन्।
- पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा हो।
- सौर्यमण्डलमा २०० भन्दा बढी प्राकृतिक उपग्रहहरू रहेका छन्।
- उपग्रहहरूको आफ्नै प्रकाश हुँदैन।
- बुध र शुक्र ग्रहका कुनै पनि उपग्रह छैनन्।
- सौर्यमण्डलको सबैभन्दा ठूलो प्राकृतिक उपग्रह ग्यानिमिड (Ganymede) हो।
- सौर्यमण्डलको सबैभन्दा सानो प्राकृतिक उपग्रह डिमोस (Deimos) हो।
ग्रह अनुसार उपग्रहहरूको वितरण
- बुध – कुनै उपग्रह छैन
- शुक्र – कुनै उपग्रह छैन
- पृथ्वी – १ (चन्द्रमा)
- मंगल – २ (फोबोस, डिमोस)
- बृहस्पति – ९५
- शनि – ८३
- युरेनस – २७
- नेप्च्यून – १४
चन्द्रमा (Moon)
- चन्द्रमा पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह हो।
- चन्द्रमा सौर्यमण्डलको पाँचौँ ठूलो उपग्रह हो।
- चन्द्रमाको अध्ययन गर्ने विज्ञानलाई सेलेनोलोजी (Selenology) भनिन्छ।
- पृथ्वीबाट चन्द्रमासम्मको औसत दूरी करिब ३,८४,४०० किलोमिटर रहेको छ।
- चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न करिब १.३ सेकेण्ड समय लाग्छ।
चन्द्रमाका गति तथा समय
- चन्द्रमाले पृथ्वी वरिपरि एकपटक परिक्रमा गर्न २७ दिन ७ घण्टा ४३ मिनेट ११ सेकेण्ड समय लिन्छ।
- यस अवधिलाई नक्षत्र महिना (Sidereal Month) भनिन्छ।
- एक पूर्णिमादेखि अर्को पूर्णिमा वा एक औँसीदेखि अर्को औँसीसम्मको समय २९ दिन १२ घण्टा ४४ मिनेट ३ सेकेण्ड हुन्छ।
- यस अवधिलाई चन्द्र महिना (Synodic Month) भनिन्छ।
- चन्द्रमाको आफ्नै प्रकाश हुँदैन भन्ने तथ्य पत्ता लगाउने वैज्ञानिक ग्यालिलियो ग्यालिली हुन्।
- सौर्य संवत् ३६५ दिनको हुन्छ भने चन्द्र संवत् ३५४ दिनको हुन्छ।
- पृथ्वीको गुरुत्वबलभन्दा चन्द्रमाको सतहमा गुरुत्वबल १/६ गुणा मात्र हुन्छ।
चन्द्रमाको सबैभन्दा अग्लो पर्वत
- चन्द्रमाको सबैभन्दा अग्लो पर्वत मोन्स ह्युजन्स (Mons Huygens) हो।
चन्द्रमामा पुग्ने पहिलो देश र यान
- सबैभन्दा पहिले चन्द्रमाको सतहमा पुग्ने देश सोभियत संघ हो।
- सोभियत संघको ‘लुना–२’ नामक यान सन् १९५९ सेप्टेम्बर १२ मा चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको थियो।
चन्द्रमामा मानवले पहिलो पटक पाइला टेकेको घटना
- अमेरिकी नागरिक निल आर्मस्ट्रङले सन् १९६९ जुलाई २१ मा अपोलो–११ यानमार्फत चन्द्रमाको सतहमा पहिलो पटक मानव पाइला टेकेका थिए।
- निल आर्मस्ट्रङपछि चन्द्रमाको सतहमा अवतरण गर्ने दोस्रो व्यक्ति बज एल्ड्रिन थिए।
- उनीहरूले चन्द्रमामा पाइला टेकेको स्थानलाई “Sea of Tranquility” भनिन्छ।
- अपोलो–११ यान सन् १९६९ जुलाई २४ मा प्रशान्त महासागरमा अवतरण गरेको थियो।
चन्द्रमामा पुग्ने देशहरू
- चन्द्रमामा पुग्ने देशहरू:
- सोभियत संघ
- संयुक्त राज्य अमेरिका
- चीन
- भारत
मानव निर्मित / कृत्रिम उपग्रह
स्पुटनिक–१ (Sputnik-1)
- विश्वको पहिलो मानव निर्मित कृत्रिम उपग्रह स्पुटनिक–१ हो।
- यसलाई सोभियत संघले सन् १९५७ अक्टोबर ४ मा पृथ्वीको कक्षामा प्रक्षेपण गरेको थियो।
स्पुटनिक–२ (Sputnik-2)
- स्पुटनिक–२ पृथ्वीको कक्षामा प्रक्षेपण गरिएको दोस्रो उपग्रह हो।
- यसमा लाइका नामक कुकुरलाई अन्तरिक्षमा पठाइएको थियो।
भोस्तोक–१ (Vostok-1) र युरी गागारिन (Yuri Gagarin)
- भोस्तोक–१ पहिलो मानवसहितको अन्तरिक्ष उडान हो।
- यस यानमार्फत युरी गागारिन अन्तरिक्षमा जाने पहिलो मानव बने।
- युरी गागारिन सोभियत संघका नागरिक थिए।
- यससँगै मानवलाई अन्तरिक्षमा पठाउने पहिलो देश सोभियत संघ बन्यो।
भोस्तोक–६ (Vostok-6) र भ्यालेन्टिना तेरेश्कोभा (Valentina Tereshkova)
- अन्तरिक्षमा जाने पहिलो महिला भ्यालेन्टिना तेरेश्कोभा हुन्।
- उनी सन् १९६३ जुन १६ मा भोस्तोक–६ यानमार्फत अन्तरिक्षमा गएकी थिइन्।
स्वेतलाना सावित्स्काया (Svetlana Savitskaya)
- अन्तरिक्षमा हिँड्ने विश्वकी पहिलो महिला स्वेतलाना सावित्स्काया हुन्।
- उनी सन् १९८४ जुलाई २५ मा सोयुज–७ यानमार्फत ३ घण्टा ३५ मिनेट अन्तरिक्षमा हिँडेकी थिइन्।
- उनी दुई पटक अन्तरिक्ष यात्रा गर्ने पहिलो महिला पनि हुन्।
अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार
- अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार जापानका टोयोहिरो आकियामा हुन्।
- उनी सोभियत संघको स्टार सिटीस्थित युरी गागारिन कोस्मोनट प्रशिक्षण केन्द्रमा तालिम लिएर सन् १९९० डिसेम्बर २ मा Soyuz TM-11 यानमार्फत अन्तरिक्षमा गएका थिए।
नेपालको पहिलो भू-उपग्रह
- नेपालले प्रक्षेपण गरेको पहिलो भू-उपग्रह ‘नेपालीसैट–१’ हो।
- प्रक्षेपण मिति: सन् २०१९ अप्रिल १८ (वि.सं. २०७६ वैशाख ५ गते)
- प्रक्षेपण गरिएको स्थान: भर्जिनिया एयर एण्ड स्पेस सेन्टर, अमेरिका
- नेपालीसैट–१ जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत दुई नेपाली विद्यार्थी अभास मास्के र हरिराम श्रेष्ठद्वारा निर्माण गरिएको हो।
- नेपालीसैट–१ ‘BIRDS-3 Satellite Project’ अन्तर्गत श्रीलंकाको उपग्रह ‘Raavana-1’ सँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट प्रक्षेपण गरिएको हो।
अन्तरिक्ष यात्रा (Space Travel)
- अन्तरिक्ष यात्रा सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई एस्ट्रोनटिक्स (Astronautics) भनिन्छ।
- युरी गागारिनलाई अन्तरिक्षको कोलम्बस भनिन्छ।
- रुसका अन्तरिक्ष यात्रीलाई कोस्मोनट (Cosmonaut) भनिन्छ।
- अमेरिकाका अन्तरिक्ष यात्रीलाई एस्ट्रोनट (Astronaut) भनिन्छ।
- अन्तरिक्षमा प्रवेश गर्ने पहिलो पाँच देशहरू:
- रुस
- संयुक्त राज्य अमेरिका
- फ्रान्स
- जापान
- चीन
अन्तरिक्ष पर्यटन (Space Tourism)
- अन्तरिक्ष पर्यटनको सुरुवात रसियन अन्तरिक्ष एजेन्सीबाट सन् २००१ मा भएको हो।
- अन्तरिक्षमा जाने पहिलो पर्यटक डेनेस टिटो (अमेरिका) हुन्।
- उनले सन् २००१ मा अन्तरिक्ष यात्रा गरेका थिए।
- उनी यात्रा गरेको अन्तरिक्ष यान ‘सोयुज’ (Soyuz) थियो।
- अन्तरिक्षमा जाने पहिलो महिला पर्यटक अनुशेह अन्सारी (इरान–अमेरिकी इन्जिनियर) हुन्।
- उनले सन् २००६ सेप्टेम्बर १८ मा अन्तरिक्ष यात्रा गरेकी थिइन्।
लघुग्रह (Asteroids / Minor Planets)
- लघुग्रहलाई सूर्यको परिक्रमा गर्ने साना, चट्टानी वस्तुको रूपमा लिइन्छ।
- लघुग्रहहरूले अन्य ग्रहहरूजस्तै सूर्यको परिक्रमा गरे तापनि ती ग्रहहरूभन्दा धेरै साना हुन्छन्।
- हाम्रो सौर्यमण्डलमा धेरै लघुग्रहहरू रहेका छन्।
- तीमध्ये अधिकांश लघुग्रहहरू मुख्य लघुग्रह पेटी (Main Asteroid Belt) मा अवस्थित छन्।
- नोट: मुख्य लघुग्रह पेटी मंगल र बृहस्पति ग्रहको कक्षाबीचको क्षेत्रमा अवस्थित हुन्छ।
- नोट: सबैभन्दा ठूलो लघुग्रह सेरेस (Ceres) हो।
धूमकेतु / पुच्छ्रेतारा (Comets)
- धूमकेतुको खोज गर्ने वैज्ञानिक एडमण्ड हेली हुन्।
- ग्रह र लघुग्रहजस्तै धूमकेतुहरूले पनि सूर्यको परिक्रमा गर्छन् तर तिनको कक्षा धेरै लामो र अण्डाकार हुन्छ।
- उदाहरण: हेलीको धूमकेतु, टेम्पल–टटल, एन्के, बेन्नेट आदि।
- हेलीको धूमकेतु पहिलो पटक सन् १६८२ मा देखिएको थियो।
उल्का (Meteoroid / Meteor / Meteorite)
- उल्का भन्नाले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अन्तरिक्षीय चट्टान वा आकाशीय पिण्डलाई जनाउँछ।
- यी पिण्डहरूको आकार धुलोको सानो कणदेखि साना लघुग्रहसम्म हुन सक्छ।
- जब कुनै आकाशीय पिण्ड पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गर्छ, त्यो उच्च गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा जल्दै उज्यालो देखिन्छ, यस अवस्थालाई उल्का (Meteor) भनिन्छ।
- यदि त्यो पिण्ड पूर्ण रूपमा नजली पृथ्वीको सतहमा खस्छ भने त्यसलाई उल्कापिण्ड (Meteorite) भनिन्छ।
उल्का सम्बन्धी थप जानकारी
- उल्कालाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ– मेटियोराइड (Meteoroid), मेटियोर (Meteor), मेटियोराइट (Meteorite)
- अन्तरिक्षमा घुमिरहेको सानो चट्टानी पिण्डलाई मेटियोराइड भनिन्छ।
- मेटियोराइड पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा जल्दै चम्किलो रेखाजस्तो देखिएमा त्यसलाई मेटियोर भनिन्छ।
- मेटियोर पूरै नजली पृथ्वीको सतहमा खस्दा त्यसलाई मेटियोराइट भनिन्छ।
उल्का वर्षा (Meteor Shower)
- धेरै उल्काहरू एकै समयमा आकाशमा देखिने घटनालाई उल्का वर्षा भनिन्छ।
- उल्का वर्षा प्रायः धूमकेतुले छोडेका धुलो कणहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा देखिन्छ।
- प्रसिद्ध उल्का वर्षा: पर्सिड (Perseids), लियोनिड (Leonids), जेमिनिड (Geminids)
सौर्यमण्डलसम्बन्धी सामान्य तथ्यहरू
- सौर्यमण्डल सूर्य, ग्रह, उपग्रह, लघुग्रह, धूमकेतु, उल्का तथा धुलो कणहरूको समष्टि हो।
- सौर्यमण्डल आकाशगङ्गा तारापुञ्जभित्र अवस्थित छ।
- आकाशगङ्गा तारापुञ्जमा अर्बौँ तारा र अर्बौँ सौर्यमण्डल रहेका छन्।
खगोल विज्ञानसम्बन्धी शाखाहरू
- खगोल विज्ञान (Astronomy): आकाशीय पिण्डहरूको अध्ययन
- ब्रह्माण्ड विज्ञान (Cosmology): ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययन
- सेलेनोलोजी (Selenology): चन्द्रमाको अध्ययन
- एस्ट्रोनटिक्स (Astronautics): अन्तरिक्ष यात्राको अध्ययन
साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्
ब्रह्ममाण्ड सम्बधी जानकारी
tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url