नेपालको सोह्रौँ आवधिक योजना

१६ औँ आवधिक योजना

१. नेपालको सोह्रौँ आवधिक योजना कहिले पारित/स्वीकृत भएको हो?
उत्तर: वि.सं. २०८१ जेठ १ गते

२. नेपालको सोह्रौँ आवधिक योजना कसले पारित/स्वीकृत गरेको हो?
उत्तर: प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले

३. नेपालको सोह्रौँ आवधिक योजना कति वर्षीय योजना हो?
उत्तर: पञ्चवर्षीय

४. नेपालको सोह्रौँ आवधिक योजनाको अवधि कति रहेको छ?
उत्तर: ५ वर्ष (२०८१/०८२–२०८५/०८६)

५. नेपालको सोह्रौँ आवधिक योजनाको सोच/नारा के रहेको छ?
उत्तर: “सुशासन, सामाजिक न्याय र समृद्धि”

६. नेपालको सोह्रौँ आवधिक योजनाको अवधारणपत्र कहिले पारित भएको हो?
उत्तर: वि.सं. २०८० साउन १७ गते

७. नेपालको सोह्रौँ आवधिक योजनाको अवधारणपत्र कसले पारित गरेको हो?
उत्तर: राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले

८. नेपालको सोह्रौँ आवधिक योजनाको जम्मा कति वटा लक्ष्य रहेका छन्?
उत्तर: ४० वटा

९. नेपालको सोह्रौँ आवधिक योजनामा सुशासनका कति वटा लक्ष्य रहेका छन्?
उत्तर: १० वटा

१०. नेपालको सोह्रौँ आवधिक योजनामा सामाजिक न्यायका कति वटा लक्ष्य रहेका छन्?
उत्तर: १० वटा

११. नेपालको सोह्रौँ आवधिक योजनामा समृद्धिका कति वटा लक्ष्य रहेका छन्?
उत्तर: २० वटा

१२. नेपालको सोह्रौँ आवधिक योजनाको समष्टिगत रणनीति कति वटा रहेका छन्?
उत्तर: ४ वटा

१३. नेपालको सोह्रौँ आवधिक योजनाको संरचनात्मक रूपान्तरणकारी प्रमुख क्षेत्र कति वटा रहेका छन्?
उत्तर: १२ वटा

१४. नेपालको सोह्रौँ आवधिक योजना जारी हुँदा राष्ट्रिय योजना आयोगका अध्यक्ष को रहेका थिए?
उत्तर: पुष्पकमल दाहाल प्रचण्ड

१५. नेपालको सोह्रौँ आवधिक योजना जारी हुँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष को रहेका थिए?
उत्तर: मीन बहादुर श्रेष्ठ

१६. नेपालको सोह्रौँ आवधिक योजनाले मुख्य प्राथमिकतामा राखेको विषय कुन हो?
उत्तर: Digital Database & E-Governance

१७. नेपालको सोह्रौँ आवधिक योजनाको कुल अनुमानित लागत/लगानी कति रहेको छ?
उत्तर: रु. ९ सय ११ खर्ब ४४ अर्ब २२ करोड

१८. नेपालको सोह्रौँ आवधिक योजनाले सार्वजनिक क्षेत्रबाट अनुमानित लगानी लक्ष्य कति राखेको छ?
उत्तर: ३३ खर्ब ७७ अर्ब

१९. नेपालको सोह्रौँ आवधिक योजनाले निजी क्षेत्रबाट अनुमानित लगानी लक्ष्य कति राखेको छ?
उत्तर: ५५ खर्ब १५ अर्ब

२०. नेपालको सोह्रौँ आवधिक योजनाले सहकारी क्षेत्रबाट अनुमानित लगानी लक्ष्य कति राखेको छ?
उत्तर: २ खर्ब १० अर्ब

२१. नेपालको सोह्रौँ आवधिक योजनाको नारा/सोच के रहेको छ?
उत्तर: “सुसासन, सामाजिक न्याय र समृद्धि”

विकसित सोच २१०० ले तय गरेका समृद्धि र सुखका मूलभूत तत्वहरुलाई आत्मसात गर्दै सोह्रौँ योजनाले “सुसासन, सामाजिक न्याय र समृद्धि” को सोच राखेको छ। सुसासनमार्फत नै सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिन्छ। सामाजिक न्याय सहितको समृद्धिमा समावादी विशेषता अन्तर्निहित भएको हुन्छ। सामाजिक न्याय स्थापना गर्दै हासिल भएको समृद्धि दिगो, समावेशी, सन्तुलित एवम् अनुकूलनीय हुन्छ।

२२. नेपालको सोह्रौँ आवधिक योजनाको उद्देश्य:

(क) राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुसासन कायम गर्नु,
(ख) स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु,
(ग) मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु।

२३. नेपालको सोह्रौँ आवधिक योजनाको उद्देश्य:

(क) योजना कार्यान्वयन सम्बन्धमा संघ, प्रदेश र स्थानीय तह गरी सबै तह र सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्र एवम् विकास साझेदार गरी सबै पक्षमा सरोकारवालाबीचको अन्तरसम्बन्ध र कार्यान्वयन क्षमतालाई मजबुत तुल्याउने।
(ख) अध्ययन, अनुसन्धान तथा तथ्यमामा आधारित नीति निर्माण एवम् विकासका कार्यक्रम कार्यान्वयन गर्ने।
(ग) विकासका सबै आयाममा लैङ्गिक मूलप्रवाहीकरण, दिगो विकास तथा वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई आन्तरिकीकरण गर्ने।
सुसासनका राष्ट्रिय लक्ष्य: १० वटा
क्र.सं. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति आ.व. २०८५/८६ को स्थिति
१. भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क सूचकाङ्क ३५ ४३
२. विधिको शासन सूचकाङ्क सूचकाङ्क ०.४२ ०.५०
३. विश्वव्यापी प्रतिस्पर्धा सूचकाङ्क सूचकाङ्क ५२ ६५
४. निर्वाचनमा मतदाताको सहभागिता प्रतिशत ६२ ६५
५. अदालतमा दर्ता भएका मुद्दाको फर्छ्योट अनुपात प्रतिशत ६४.०५ ७५
६. कुल विनियोजनमा खर्चको अनुपात प्रतिशत ८० ९०
७. बेरुजु (कुल ग्राहस्थ उत्पादनको अनुपात) प्रतिशत १०.९ ५.०
८. वित्तीय सरकार विकास सूचकाङ्क सूचकाङ्क ०.५१३ ०.६००
९. राष्ट्रिय परिचय–पत्र प्राप्त गरेका नेपाली नागरिक प्रतिशत ६३.४ ९०
१०. पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता प्रतिशत ७४ १००

२४. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा अदालतमा दर्ता भएका मुद्दाको फर्छ्योट अनुपात कति रहेको छ?
उत्तर: ६४.०५

२५. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्यसम्म अदालतमा दर्ता भएका मुद्दाको फर्छ्योट अनुपात कति पुग्ने लक्ष्य रहेको छ?
उत्तर: ७५

२६. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता कति प्रतिशत रहेको छ?
उत्तर: ७४%

२७. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्यसम्म पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता कति प्रतिशत पुग्ने लक्ष्य रहेको छ?
उत्तर: १००%

२८. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा राष्ट्रिय परिचय–पत्र प्राप्त गरेका नेपाली नागरिक कति प्रतिशत रहेको छ?
उत्तर: ६३.४%

२९. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्यसम्म राष्ट्रिय परिचय–पत्र प्राप्त गरेका नेपाली नागरिक कति प्रतिशत पुग्ने लक्ष्य रहेको छ?
उत्तर: ९०%

सामाजिक न्यायका राष्ट्रिय लक्ष्य: १० वटा
क्र.सं. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति आ.व. २०८५/८६ को स्थिति
१. असमानता समायोजित मानव विकास सूचकाङ्क सूचकाङ्क ०.४२४ ०.६००
२. उपभोगमा आधारित जिनी गुणक गुणक ०.३०० ०.२८०
३. सम्पत्तिमा आधारित जिनी गुणक गुणक ०.२४ ०.२२
४. उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवार प्रतिशत ९.३ ९.०
५. आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या प्रतिशत ३२ ४५
६. लैङ्गिक विकास सूचकाङ्क सूचकाङ्क ०.५८४ ०.६५७
७. लैङ्गिक असमानता सूचकाङ्क सूचकाङ्क ०.४८५ ०.२२५
८. रोजगारीमा महिला र पुरुषको सहभागिता अनुपात १:१.७ १:१.२
९. बाल्यकारी श्रमको दर (१५ वर्ष वा सोभन्दा माथि) प्रतिशत १.२
१०. महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दर्ता गरेका परिवार प्रतिशत २३.५ ३५.०

३०. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/८० मा असमानता समायोजित मानव विकास सूचकाङ्क कति रहेको छ?
उत्तर: ०.४२४

३१. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्यसम्म असमानता समायोजित मानव विकास सूचकाङ्क कति पुग्ने लक्ष्य रहेको छ?
उत्तर: ०.६००

३२. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/८० मा लैङ्गिक विकास सूचकाङ्क कति रहेको छ?
उत्तर: ०.५८४

३३. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्यसम्म लैङ्गिक विकास सूचकाङ्क कति पुग्ने लक्ष्य रहेको छ?
उत्तर: ०.६५७

३४. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/८० मा लैङ्गिक असमानता सूचकाङ्क कति रहेको छ?
उत्तर: ०.४८५

३५. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्यसम्म लैङ्गिक असमानता सूचकाङ्क कति पुग्ने लक्ष्य रहेको छ?
उत्तर: ०.२२५

समृद्धिका राष्ट्रिय लक्ष्य : २० वटा
क्र.सं. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति आ.व. २०८५/८६ को स्थिति
१. आर्थिक वृद्धिदर प्रतिशत २.२ ७.३
२. प्रतिव्यक्ति आय अमेरिकी डलर १४९० २९१३
३. गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) प्रतिशत २०.३ १२.०
४. उपभोक्ता मुद्रास्फीति प्रतिशत ७.७ ५.०
५. मानव विकास सूचकाङ्क सूचकाङ्क ०.६०७ ०.६५०
६. मानव सम्पत्ति सूचकाङ्क (HAI) सूचकाङ्क ७६.३ ७८.०
७. आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क (EVI) सूचकाङ्क २९.७ २८.०
८. अपेक्षित आयु (जन्म हुँदाको) वर्ष ७०.५ ७३.०
९. ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार प्रतिशत ७७ ९०
१०. उच्च मध्यमस्तरको खानेपानीमा पहुँच भएको घरपरिवार प्रतिशत २५.८ ४५
११. साक्षरता दर (५ वर्ष माथि) प्रतिशत ७६.२ ८५.०
१२. बेरोजगारी दर प्रतिशत ११.४ ५.०
१३. श्रम उत्पादकत्व रु. हजारमा २८४ ७४५
१४. सडक घनत्व कि.मि. प्रति १०० ब.कि.मि. ०.६३ ०.७७
१५. विद्युत उत्पादन (जलविद्युत तथा वैकल्पिक ऊर्जा जडित क्षमता) मेगावाट २,१६५ ११,७६९
१६. प्रतिव्यक्ति विद्युत उपभोग किलोवाट घण्टा ३५० ७००
१७. विद्युतमा पहुँच पुगेको जनसंख्या प्रतिशत ९६.७ १००
१८. इन्टरनेटमा पहुँच पुगेको जनसंख्या प्रतिशत ६९.२ ९०.०
१९. कृषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली) मे.ट. प्रति हेक्टर ३.३ ३.७
२०. बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार प्रतिशत ६३ ८५
३६. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा आर्थिक वृद्धिदर कति प्रतिशत रहेको थियो?
उत्तर: २.२%
३७. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा आर्थिक वृद्धिदर कति प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ?
उत्तर: ७.३%
३८. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा प्रतिव्यक्ति आय कति रहेको थियो?
उत्तर: १४९० अमेरिकी डलर
३९. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा प्रतिव्यक्ति आय कति पुर्‍याउने लक्ष्य रहेको छ?
उत्तर: २९१३ अमेरिकी डलर
४०. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) कति प्रतिशत रहेको थियो?
उत्तर: २०.३%
४१. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ?
उत्तर: १२%
४२. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा मानव विकास सूचकाङ्क कति रहेको थियो?
उत्तर: ०.६०१
४३. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा मानव विकास सूचकाङ्क कति पुर्‍याउने लक्ष्य रहेको छ?
उत्तर: ०.६५०
४४. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा अपेक्षित आयु कति रहेको थियो?
उत्तर: ७०.५ वर्ष
४५. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा अपेक्षित आयु कति पुर्‍याउने लक्ष्य रहेको छ?
उत्तर: ७३ वर्ष
४६. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा बेरोजगारी दर कति रहेको थियो?
उत्तर: ११.४%
४७. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा बेरोजगारी दर कति पुर्‍याउने लक्ष्य रहेको छ?
उत्तर: ५%
४८. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा प्रतिव्यक्ति विद्युत उपभोग कति रहेको थियो?
उत्तर: ३५० किलोवाट घण्टा
४९. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा प्रतिव्यक्ति विद्युत उपभोग कति पुर्‍याउने लक्ष्य रहेको छ?
उत्तर: ७०० किलोवाट घण्टा
५०. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा विद्युतमा पहुँच पुगेको जनसंख्या कति रहेको थियो?
उत्तर: १६.७%
५१. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा विद्युतमा पहुँच पुगेको जनसंख्या कति पुर्‍याउने लक्ष्य रहेको छ?
उत्तर: १००%
५२. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा इन्टरनेटमा पहुँच पुगेको जनसंख्या कति रहेको थियो?
उत्तर: ६१.२%
५३. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा विद्युतमा पहुँच पुगेको जनसंख्या कति पुर्‍याउने लक्ष्य रहेको छ?
उत्तर: ९०%
५४. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा कृषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली) कति रहेको थियो?
उत्तर: ३.३ मेट्रिक टन प्रति हेक्टर
५५. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा कृषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली) कति पुर्‍याउने लक्ष्य रहेको छ?
उत्तर: ३.७ मेट्रिक टन प्रति हेक्टर
५६. नेपालको सोह्रौँ आवधिक योजनाले नेपाललाई कहिलेसम्म अति कम विकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ?
उत्तर: वि.सं. २०८३
५७. नेपालको सोह्रौँ आवधिक योजनाले नेपाललाई कहिलेसम्म दिगो विकासका लक्ष्यहरू हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुर्‍याउने लक्ष्य तय गरेको छ?
उत्तर: वि.सं. २०८७
प्रमुख सूचकहरू २०२४ को उपलब्धि सन २०२५ को लक्ष्य १६ औं योजनाको लक्ष्य
कुल पर्यटक आगमन १०,१७,५४८ १५,२२,००० २५ लाख
प्रति पर्यटक बसाइ अवधि (औसत) १३.३ दिन १५ १५
प्रति दिन प्रति पर्यटक खर्च (USD) ४०.८ ५० ७५
GDP मा योगदान ७.३% ५.२%
☆ सन २०२३–२०३२ दशकले प्रति पर्यटक प्रति दिन खर्च ७५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको थियो
देश प्रतिशत उद्देश्य प्रतिशत
भारत २७.७% विदा, मनोरञ्जन र यात्रा ६०.५%
अमेरिका ५.७% पर्वतारोहण/साहसिक यात्रा/पदयात्रा १४.८%
चीन ८.८% तीर्थयात्रा १५.३%
बेलायत ४.८% अन्य ५.८%
बंगलादेश ४.३%
अष्ट्रेलिया ३.८%
श्रीलंका २.७%
☆ नेपालमा तारे होटलको संख्या – २९८ वटा २०२७ फागुन सम्म
☆ पर्यटक धेरै पुग्ने गन्तव्य : लुम्बिनी
☆ हालको रणनीति २०१६–२०२५ हो
क्षेत्र अवस्था GDP अनुपात
आयात (Import) रु. १८ खर्ब ४ अर्ब १२ करोड २५.५%
निर्यात (Export) रु. २ खर्ब ७७ अर्ब ३ करोड ४.५%
कुल व्यापार २० खर्ब २१ अर्ब १५ करोड ३४%
घाटा (Deficit) रु. १५ खर्ब २७ अर्ब ५ करोड २१%
विप्रेषण (Remittance) रु. ११ खर्ब २३ अर्ब २७ करोड २८.२%
चालु खाता बचत ४ खर्ब ५ अर्ब २० करोड ६.७%
शोधनान्तर स्थिति ५ खर्ब ५४ अर्ब ५४ करोड ५.७%
२०७१/७२ को कुल GDP ६९ खर्ब ७ अर्ब १५ करोडलाई आधार मानिएको हो ।
★ कुल व्यापारमा निकासी तथा पेट्रोलको योगदान क्रमशः १३.३ प्रतिशत र ४६.७ प्रतिशत रहेको छ ★ निकासी पेट्रोली व्यापारको अनुपात १:६.५ रहन आएको छ । ★ नेपालले निकासी गरेका प्रमुख वस्तुहरू– सोयाबिन तेल, फलाम तथा फलामका उत्पादनहरू, चिया, सूर्यमुखी तेल, ऊनी गलैचा, तयारी पोशाक, जुट तथा जुटका सामानहरू, जुस, अलैंची । ★ नेपालले बढी आयात गरेका वस्तुहरू– पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादन, मेसिनरी तथा पार्ट्स, कच्चा भटमासको तेल । ★ नेपालको निर्यात व्यापारमा प्रमुख देशहरू– भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, यूएई । ★ नेपालको पेट्रोल व्यापारमा प्रमुख देशहरू– भारत, चीन, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका । ★ नेपालले १६३ देशसँग व्यापार गरेको छ जसमा ४० देशसँग मात्र नाफा छ । ★ उच्च व्यापार घाटा भएका देशहरू– भारत, चीन, अर्जेन्टिना र युक्रेन रहेका छन् । ★ उच्च व्यापार नाफा भएका देशहरू– अफगानिस्तान, डेनमार्क, रस, रोमानिया रहेका छन् ।

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url