दिगो विकास (Sustainable Development)

 ♻️ दिगो विकास (Sustainable Development)

दिगो विकास भन्नाले :

➤ अक्सफोर्ड अंग्रेजी शब्दकोश अनुसार दिगो विकास भन्नाले : निरन्तरता दिन वा कायम राख्न सकिने

➤ नेपाली वृहत शब्दकोश अनुसार दिगो विकास भन्नाले : लामो समय वा धेरै अवधिसम्म टिक्न सक्ने विकास

➤ विनाश विनाको विकास, वातावरणमैत्री विकास, लामो समयसम्म टिकाइ हुने विकास नै दिगो विकास हो ।

➤ दिगो विकासको जग सन १९७० मा फिनल्याण्डको हेलसिन्कीमा भएको वातावरणीय भविष्य सम्बन्धी सम्मेलन

➤ दिगो विकास अवधारणाको विकास : सन १९८० बाट सुरु भएको

➤ दिगो विकास शब्दको प्रयोग सन १९८३ मा संयुक्त राष्ट्रसंघद्वारा गठित वातावरण र विकाससम्बन्धी विश्व आयोग

(ब्रुन्डल्यान्ड कमिसन) का अध्यक्ष Dr. Gro Harlem Brundtland द्वारा सन १९८७ मा Our Common Future मा ल्याइएको हो ।

➤ दिगो विकासका लागि नेपालमा सर्वप्रथम लागु भएको रणनीति : राष्ट्रिय संरक्षण नीति (छैठौं योजनादेखि)

➤ नेपालमा दिगो विकास सम्बन्धी व्यवस्था : आठौं योजना देखि सुरुवात गरिएको

➤ दिगो विकास शब्दको सर्वप्रथम प्रयोग गर्ने व्यक्ति : बार्बरा वार्ड (सन १९७२ मा एक मात्र पृथ्वी नामक पुस्तकमा)

➤ दिगो विकास सम्बन्धी नेपालमा राष्ट्रिय संरक्षण रणनीति : सन १९८८ लागु भएको

➤ नेपालमा दिगो विकासको एजेण्डा तयार गरिएको : वि.सं २०५०

➤ दिगो विकासका आयाम तीन प्रकारका हुन्छन् : 3P

  • आर्थिक आयाम : आर्थिक रुपले धान्न सक्ने हुनुपर्छ (profit)

  • सामाजिक आयाम : सामाजिक रुपले स्वीकार्य हुनुपर्छ (people)

  • वातावरणीय आयाम : वातावरणीय रुपले अविनाशकारी हुनुपर्छ (planet)


वर्ष घटना / विवरण
सन १९७० अवधारणाको रूपमा सुरुवात
सन १९७१ फिनल्याण्डमा वातावरणीय भविष्य सम्बन्धी हेलसिन्की सम्मेलन
सन १९७२ ➤ विश्वमा पहिलोपटक दिगो विकासको अवधारणाले प्रवेश पाएको
➤ स्विडेनको स्टकहोममा मानव पर्यावरण सम्बन्धी स्टकहोम सम्मेलन
➤ जुन ५ लाई वातावरण दिवस घोषणा
➤ जम्मा ११३ राष्ट्रहरूको सहभागिता
सन १९७२ ➤ UNEP (United National Environment Program) को स्थापना
➤ प्रधान कार्यालय : केन्याको नैरोबी
सन १९८३ संयुक्त राष्ट्र संघको ३८ औं महासभाले नर्वेका प्रधानमन्त्री Dr. Gro Harlem को अध्यक्षतामा ब्रुन्डल्यान्ड कमिसन गठन गरियो
सन १९८७ सर्वप्रथम दिगो विकास सम्बन्धी प्रयास : ब्रुन्डल्यान्ड प्रतिवेदन
Our Common Future नामक प्रतिवेदन पेश
सन १९९२
जुन ३–१४
➤ Our Common Future नामक प्रतिवेदनको अवधारणालाई संशोधन गरिएको
➤ पृथ्वी सम्मेलन : ब्राजिलको रियो डी जेनेरियोमा भएको वातावरण सम्बन्धी सम्मेलन
➤ नारा : एक मात्र पृथ्वीको संरक्षण र उपयोग गरौं
➤ सहभागी देश : १७८ वटा
➤ नेपालबाट सहभागी : गिरिजा प्रसाद कोइराला
➤ जैविक विविधता महासन्धिमा हस्ताक्षर गर्ने देश : १५५ वटा
शीर्षक विवरण
Agenda-21 ▪ वातावरण संरक्षणमा राख्नुपर्ने कामहरूको सूची
▪ जम्मा बुँदा : ४० वटा
▪ कति लामो छ : ९०० पृष्ठ लामो
▪ कति योजना समेटिएका : १२० कार्यक्रम
▪ हस्ताक्षर गर्ने देशहरू : १७५ वटा
▪ हस्ताक्षर गर्ने पहिलो राष्ट्र : चीन (सन १९९४)
▪ नेपालमा Agenda 21 अन्तर्गत capacity-3 कार्यक्रम प्रथम लागु भएका जिल्लाहरू : दाङ, सुर्खेत र कैलाली
जैविक विविधता ▪ यो सन्धि कहिले पारित भयो : सन १९९३ डिसेम्बर २९
▪ कति देशले हस्ताक्षर गरे : १९६ देशले
  • कति वटा अध्ययनहरू छन् : ३ वटा
  • के के हुन् : आर्थिक, सामाजिक र वातावरणीय अध्ययन
  • आर्थिक अध्ययन भित्र के के पर्दछन् : ग्रामीण विकास, शहरी विकास, उद्योग विकास
  • सामाजिक अध्ययन भित्र के के पर्दछन् : स्वास्थ्य, रोजगार, जोखिमबाट सुरक्षा, सामाजिक सुरक्षा र शिक्षा
  • वातावरणीय अध्ययन भित्र के के पर्दछन् : जमिन, पानी, ऊर्जा र शक्ति, वातावरणीय सचेतना, विज्ञान र प्रविधि
  • संयुक्त राष्ट्रसंघको नेतृत्वमा विश्वका साझा समस्यालाई सामूहिक र एक्यवद्धताका साथ समाधान गर्ने प्रयासको रूपमा सन २०१५ सेप्टेम्बर २५ मा राष्ट्रसंघीय महासभाबाट पारित विश्व विकासको १५ वर्षे (सन २०१६ देखि २०३० सम्म) मार्गचित्र नै दिगो विकास लक्ष्य हो ।
  • यसको मूल नारा : Transforming our world by 2030 हो ।
  • दिगो विकास लक्ष्यमा १७ लक्ष्य र १६९ वटा सूचकहरू रहेका छन् ।
  1. सबै प्रकारका गरिबीको अन्त्य,
  2. भोकमरी अन्त्य,
  3. स्वास्थ्य जीवनको सुनिश्चितता,
  4. समावेशी, समन्यायिक र स्थानीय शिक्षाको अवसरको सुनिश्चितता,
  5. लैङ्गिक समानता,
  6. सबैका लागि खानेपानी तथा सरसफाइको उपलब्धता,
  7. सबैका लागि आधुनिक तथा भरपर्दो विद्युत पहुँच,
  8. दिगो आर्थिक वृद्धि,
  9. सबैका लागि रोजगारी,
  10. असमानता न्यूनीकरण,
  11. स्वास्थ्य सुरक्षित मानव बसोबास,
  12. दिगो उपभोग र उत्पादनको सुनिश्चितता,
  13. जलवायु परिवर्तनको असर न्यूनीकरणको कार्य,
  14. समुद्र र समुद्री किनाराको संरक्षण र दिगो उपयोग,
  15. जैविक विविधता, पारिस्थितिक प्रणाली, वन तथा संरक्षित क्षेत्रको संरक्षण,
  16. शान्ति, न्याय र सशक्त संस्था,
  17. कार्यान्वयनका लागि साझेदारी सुदृढीकरण ।
दिगो विकास लक्ष्य प्रगति (२०८५/८६ मा नेपालले तय गरेको लक्ष्यहरू)
सूचकविवरण
आर्थिक वृद्धिदर१०.३ प्रतिशत पुर्‍याउने (हाल : ३.५ प्रतिशत)
गरिबीको रेखामुनि (निरपेक्ष गरिबी) रहेको जनसंख्या५ प्रतिशत झार्ने (हाल : २०.३ प्रतिशत)
बहुआयामिक गरिबी१० प्रतिशतमा झार्ने (हाल : १७.४ प्रतिशत)
प्रतिव्यक्ति आम्दानी२५०० डलर पुर्‍याउने (हाल : १४५५ अमेरिकी डलर)
मातृ मृत्युदरप्रतिलाख ७० मा झार्ने (हाल : १५१ प्रति लाख)
५ वर्ष मुनिका बाल मृत्युदरप्रति हजार २० जनामा झार्ने (हाल : २८ जना प्रतिहजार)
सम्पत्तिमा आधारित जिनी गुणांक०.२५ मा झार्ने (हाल : ०.३०)
३० मिनेट समयको दूरीमा यातायातको पहुँच भएको परिवार७५ प्रतिशत पुर्‍याउने (हाल : ५४ प्रतिशत)
विद्युत पहुँच भएको परिवार संख्या९९ प्रतिशत पुर्‍याउने (हाल : ९६.७ प्रतिशत)
इन्टरनेट पहुँच प्राप्त जनसंख्या९५ प्रतिशत पुर्‍याउने (हाल : ६५.२ प्रतिशत)
उच्च मध्यम स्तरको खानेपानी सुविधा पाएको जनसंख्या९० प्रतिशत पुर्‍याउने (हाल : ५५.६ प्रतिशत)
आयु अपेक्षा७५ वर्ष पुर्‍याउने (हाल : ७०.५ वर्ष)
औद्योगिक क्षेत्रबाट उत्सर्जन हुने हरित ग्यासलाई६ प्रतिशतमा झार्ने
१५ औँ योजनाको आधारमा नेपालको आर्थिक वृद्धि६.५ प्रतिशत (लक्ष्य १०.३) पुर्‍याउने
जलवायु परिवर्तन
के हो : पृथ्वीको वायुमण्डल मा तापक्रमको वृद्धि हुनु तथा प्राकृतिक रुपले हावापानी स्थिर नहुनु
जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन
कहिले भयो२०५५ पौष १५–१७
स्थानसिंहदरबार
नारास्वच्छ नेपाल र स्वस्थ नेपाली
उद्घाटनविष्णुदेव भण्डारी
घोषणापत्र१० बुँदे घोषणापत्र जारी भएको
क्योटो प्रोटोकल
के हो क्योटो प्रोटोकल कार्बन व्यापार संग सम्बन्धित विषय
कहिले हस्ताक्षर भयो सन १९९७ डिसेम्बर ११
विश्वव्यापी जानकारी
विश्वभर लागू कहिले भयो :- सन २००५ फेब्रुअरी १६
हाल सदस्य राष्ट्र कति :- १९३ देश
नेपालमा कहिलेदेखि लागू भयो :- सन २००५ सेप्टेम्बर १७
पेरिस सम्झौता
मस्यौदा कहिले निर्माण भयो :- सन २०१५ नोभेम्बर ३० देखि डिसेम्बर १२
आधिकारिक हस्ताक्षर (संयुक्त राष्ट्रसंघको मुख्यालयमा) :- सन २०१६ अप्रिल २२
विश्वभर लागू :- सन २०१६ नोभेम्बर ४
कति वटा देशहरूले हस्ताक्षर गरेका थिए ? १९५
नेपालको तर्फबाट हस्ताक्षर गर्ने : कमल थापा
यो सम्झौतामा २९ धारा रहेका छन्
मुख्य बुँदा : सदस्य राष्ट्रले आफ्नो क्षेत्रबाट हुने कार्बन उत्सर्जनमा ४५ प्रतिशत कटौती गर्नुपर्ने व्यवस्था
सन २०२० नोभेम्बर ४ मा अमेरिका यस सम्झौताबाट बहिर्गमन
नेपालको लक्ष्य : सन २०३० सम्म कार्बन उत्सर्जन ४५ प्रतिशत घटाउने र सन २०४५ सम्म शून्य कार्बन उत्सर्जन बनाउने
जलवायु परिवर्तन न्यूनीकरणका लागि विश्वभर भएका प्रयासहरू
सन १९९२ जुन ३–१४, ब्राजिलमा पृथ्वी सम्मेलन
सन २००० डिसेम्बर ३–५, इन्डोनेसियाको बालीमा कार्बन उत्सर्जन घटाउने कार्यक्रम
सन २००२ अक्टोबर १७, माल्दिभ्समा पानीमुनि मन्त्रिपरिषद्को बैठक
सन २००९ डिसेम्बर ८ (वि.सं. २०६६ मंसिर २३), कोपेनहेगनमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक (प्रधानमन्त्री माधव कुमार नेपालको अध्यक्षतामा विश्वकै पहिलो अक्सिजन मन्त्रिपरिषद्को बैठक, ५,२१२ मिटर उचाइमा)
सन २००९ डिसेम्बर ७–११, डेनमार्कको कोपेनहेगनमा जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय बैठक
जलवायुसम्बन्धी सम्मेलन (COP-29)
सञ्चालन : सन २०२४ नोभेम्बर ११–२२, अजरबैजानको बाकुमा
नेपालको तर्फबाट सहभागी : राष्ट्रपति रामचन्द्र पौडेल
कोप २९ को अध्यक्ष : अजरबैजानका पारिस्थितिकीय तथा प्राकृतिक मन्त्री मुख्तार बाबायेव
नेपालले उठान गरेको विषय : हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो
यो सम्मेलनमा क्लाइमेट फाइनान्स र कार्बन क्रेडिटका विषयमा प्राथमिकताका साथ छलफल भएकोले फाइनान्स कोप पनि भनिन्छ
पहिलो कोप : जर्मनी (सन १९९५)
कोप २८ : दुबई (सन २०२३)
कोप ३० : ब्राजिल (सन २०२५ मा हुने)
कोप ३१ : अष्ट्रेलिया (सन २०२६ मा हुने)
हरितगृह प्रभाव
के हो हरितगृह प्रभाव : सूर्यबाट आउने ताप र प्रकाश पृथ्वीमा प्रवेश गर्ने तर भित्रको न्यूनतम बाहिर जान नसक्ने अवस्था हरितगृह प्रभाव हो ।
हरितगृह प्रभावको अवधारणा : फ्रान्सका वैज्ञानिक जिन फुरियर
हरित गृह ग्यास पत्ता लगाउने : जोसेफ फुरियर (सन १८२४)
हरितगृह प्रभाव
कसले पत्ता लगाए हरितगृह प्रभाव : अर्विन्स स्विडेनका रसायनशास्त्री, सन १८९६ ।
हरित गृह कुन कुन हुन् : ओजोन, नाइट्रस अक्साइड, मिथेन, कार्बनडाइअक्साइड, पानीको वाष्प
हरितगृह प्रभाव पार्ने प्रमुख तत्व कुन हो : कार्बनडाइअक्साइड
ओजोन तह
के हो ओजोन तह : सूर्यबाट पृथ्वीमा आउने पराबैजनी किरणलाई पृथ्वीको सतहसम्म बाहिर रोक्ने सुरक्षा कवच
कसले पत्ता लगाए : जोसेफ फार्म्यान
कहाँ छ ओजोन तह : पृथ्वीको सतहबाट २५ देखि ४० किमि सम्म
कति छ ओजोन तह : वायुमण्डलमा ०.०३ प्रतिशत ओजोन छ
के कारणले ओजोन तह विनाश हुन्छ : CFC (क्लोरो फ्लोरो कार्बन) उत्सर्जन (पत्ता लगाउने : थोमस मिज, सन १९३०)
CFC ले ओजोन तह विनाश गर्छ भनी पत्ता लगाउने : अमेरिकाका मोलिना र रोल्याण्ड
ओजोन तह पातलो भएको तथ्य पत्ता लगाउने : शेरुड रोल्याण्ड
ओजोन तह सुरक्षा सम्बन्धी पहिलो सम्मेलन : सन १९८७ सेप्टेम्बर १६ मा क्यानडाको मोन्ट्रियलमा
मोन्ट्रियल प्रोटोकलमा आधिकारिक हस्ताक्षर : सन १९८७ सेप्टेम्बर १६
मोन्ट्रियल प्रोटोकल लागू : सन १९८९ जनवरी १
ओजोन तह संरक्षण दिवस : सेप्टेम्बर १६
ओजोन तह संरक्षण दिवस २०२३ को नारा : Montreal Protocol : Advancing Climate
ओजोन तहको विनाश भएको नाप्ने यन्त्र : TOMS – Total Ozone Mapping Spectrometer
कुन एकाइमा नापिन्छ : डोबसन
अण्टार्कटिकामा परेको ओजोन तहको प्वाल : Holy way
सन १९८५ मा नासाले निम्मर र उपग्रहमार्फत पत्ता लगाएको
अम्लीय वर्षा
कारखाना र उद्योगबाट निस्कने कार्बनडाइअक्साइड, नाइट्रोजन अक्साइड र सल्फरडाइअक्साइड जस्ता ग्यासले वातावरणमा रहेको पानीको वाष्पसँग मिसिएर अम्ल बन्छ र वर्षामा झर्दछ, जसलाई अम्लीय वर्षा भनिन्छ ।
अवधारणा : रोबर्ट एंगस स्मिथ (सन १८५२)
जैविक विविधता
प्रति एकाइ क्षेत्रमा विद्यमान जीवाणु, प्राणी र पारिस्थितिक प्रणालीलाई जैविक विविधता भन्छ ।
शब्दको पहिलोपटक उल्लेख : सन १९८८ मा
कुन पुस्तकमा : “The diversity of life” (ई. ओ. विल्सन)
जैविक विविधतामा विश्वका ५ धनी देश : ब्राजिल, इन्डोनेसिया, चीन, कोलम्बिया र पेरु (सन २०२४ अनुसार)
नेपाल विश्वको २५ औं स्थानमा र एसियाको ११ औं स्थानमा पर्दछ ।
जैविक विविधता महासन्धिमा नेपालले गरेको हस्ताक्षर : सन १९९४ फेब्रुअरी २१
जैविक विविधता दिवस : मे २२ (सन १९९३ देखि)
जैविक विविधता दिवस २०२३ को नारा : From Agreement to Action : Building Back Biodiversity
जैविक विविधता दिवस २०२४ को विश्वको नारा : Be part of the Plan
जैविक विविधता दिवस २०२४ को नेपालको नारा : सबैको सहभागिता : दिगो जैविक विविधता
जैविक विविधताका प्रकार (३ प्रकार)
१. पारिस्थितिक विविधता
जीवजन्तु र वातावरणबीचको अन्तर्सम्बन्ध
नेपालमा पाइने जम्मा पारिस्थितिक प्रणाली : ११८ प्रकारका
जलिय, सिमसार, चौर, जमिन आदिमा फरकफरक पाइने
२. प्रजातिगत विविधता
• प्रजाति-प्रजातिबीच हुने फरकपन
३. वंशाणुगत विविधता
• वंशाणु : आमाबाबाबाट जीवका गुणहरू सन्ततिमा सार्ने कार्यमा सक्रिय रहने शरीरको सूक्ष्म एकाइ
• वंशाणु विविधता : प्रजाति एवम् उपप्रजाति भित्रका सम्पूर्ण वंशाणुहरूको समूह किसिम तथा फरकपन
• जस्तै : मानिसमा आर्यन, मंगोल, निग्रो आदि
साइट्स CITES – Convention on International Trade in Endangered Species of Wild Fauna and Flora
के हो साइट्स : लोप हुन लागेका वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि
प्रधान कार्यालय : स्वीजरल्याण्डको जेनेभा
हस्ताक्षर गर्ने देशहरू : १८३ वटा
महासन्धि पारित : सन १९७३ मार्च ३
महासन्धि लागू : सन १९७५ जुलाई १
नेपाल सदस्य : सन १९७५ जुन १५ (१२ औं देश) पहिलो राष्ट्र : एण्डोरा
वन्यजन्तु : २३० प्रजाति वनस्पति : ४७९ प्रजाति
✓ स्तनधारी : ३७ प्रजाति
✓ चरा : ११३ प्रजाति
✓ सरिसृप : २६ प्रजाति
✓ उभयचर : २ प्रजाति (Indian green frog र Indian bull frog)
✓ पुतली : ३ प्रजाति (हरियो सुनौलो पुतली, चरी पुतली र सुनौलो चरी पुतली)
 
नेपालका केही संरक्षित क्षेत्रहरू
संरक्षित राष्ट्रिय निकुञ्ज संख्या : ९
संरक्षित आरक्ष संख्या : ३
स्तनधारी वन्यजन्तु : २६ वटा (पहिला स्तनधारी वन्यजन्तुको संख्या २७ रहेता पनि हाल इन्डियन सालक र चाइनिज सालक लाई एकैप्रजातिमा गणना गरिएको हुनाले स्तनधारी वन्यजन्तु संख्या २६ भएको)
संरक्षित वन पैदावार : १४
नेपालमा मात्र पाइने दुर्लभ जनावर : ३ (काँडे स्याल, जलकपुर माछा, रारा दहको असला माछा)
नेपालको चौथो राष्ट्रिय बाघ सर्वेक्षण – २०८१
कहिले भयो ? – वि.सं. २०८१ मंसिर १९
नेपालमा बाघ गणना कार्य सुरु : – वि.सं. २०६७ देखि
सर्वेक्षण कति वर्षको अन्तरालमा गरिन्छ ? – ४ वर्ष
बाघ गणना २०२३ अनुसार नेपालमा बाघको संख्या :
चितवन राष्ट्रिय निकुञ्ज१२८ वटा
बर्दिया राष्ट्रिय निकुञ्ज१२५ वटा
पर्सा राष्ट्रिय निकुञ्ज४१ वटा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज३६ वटा
बाँके राष्ट्रिय निकुञ्ज२५ वटा
कुल बाघ संख्या३५५ वटा
  • नेपालले २०२३ भित्र बाघको संख्या दोब्बर बनाएको नेपाल इतिहासमा बाघको संख्या दोब्बर बनाउने पहिलो देश बनेको छ ।
  • विश्वका १३ देशमा बाघ पाइन्छन् ।
  • सबैभन्दा बढी बाघ पाइने देश भारत हो ।
राष्ट्रिय गैँडा गणना – २०७७ :
कहिले भयो ?वि.सं. २०७७ चैत्र १ देखि चैत्र २६ सम्म
सर्वेक्षण कति वर्षको अन्तरालमा गरिन्छ ?५ वर्ष
नेपालमा गैँडा गणना कार्य सुरुवि.सं. २०५७ देखि
विश्व गैँडा दिवस कहिले मनाइन्छ ?सेप्टेम्बर २२
गैँडा गणना २०७८ अनुसार नेपालमा गैँडाको संख्या :
चितवन राष्ट्रिय निकुञ्ज६९४ वटा
बर्दिया राष्ट्रिय निकुञ्ज३८ वटा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज१७ वटा
पर्सा राष्ट्रिय निकुञ्ज३ वटा
कुल गैँडा संख्या७५२ वटा
नेपालका केही संरक्षित जिवहरू
संरक्षित पक्षी संख्या : ९
संरक्षित स्तनधारी जिव : ३
स्तनधारी वन्यजन्तु : २६ वटा (पहिला स्तनधारी वन्यजन्तुको संख्या २७ रहेता पनि हाल इन्डियन सालक र चाइनिज सालक लाई एकैप्रजातिमा गणना गरिएको हुनाले स्तनधारी वन्यजन्तु संख्या २६ भएको)
संरक्षित वन पैदावार : १४
नेपालमा मात्र पाइने दुर्लभ जनावर : ३ (काँडे स्याल, जलकपुर माछा, रारा दहको असला माछा)
नेपालमा रहेका शिकार आरक्ष
स्थापना (वि.सं. २०४४)
क्षेत्रफल : १३२५ वर्ग कि.मि
जिल्ला : बाग्लुङ, म्याग्दी, रुकुम पूर्व
नाउर, झारल, थार, हिमाली भालु, निलो भेडा, घोरल आदि ।
संरक्षण क्षेत्र स्थापना (वि.सं.) क्षेत्रफल (वर्ग कि.मि) अवस्थित जिल्ला वन्यजन्तु
अन्नपूर्ण २०४८ ७६२९ लमजुङ, मनाङ, कास्की, मुस्ताङ, म्याग्दी हिमाली दुर्लभ जीवजन्तु, वनस्पति आदि
कञ्चनजंघा २०५४ २०३५ ताप्लेजुङ हिँड चितुवा, कस्तुरी मृग, हिम भालु, व्याँसो, नाउर, घोरल
मनास्लु २०५५ १६६३ गोरखा २९ प्रकारका स्तनधारी पाइने
कृष्णसार २०५४ १६.९५ बर्दिया कृष्णसार
गौरीशंकर २०६६ २१७९ दोलखा, रामेछाप, सिन्धुपाल्चोक खोटो सलला, कस्तुरी, डाँफे, तालिसपत्र, भोजपत्र
अपिनपा २०६७ १९०३ दार्चुला हिँड चितुवा, घोरल, कालो भालु, थार, जटामसी, यार्सागुम्बा, पाँच औंले
  • नदी, ताल, कुण्ड वा वनजंगल तथा आबादी क्षेत्रमा पानीले भिजेको वा पानीको गहिराई ६ मिटर भएको स्थान
  • नेपालको कुल वनस्पति मध्ये १७ प्रतिशत सिमसार मा पर्दछन्
  • विश्व सिमसार साइटमा करिब २०२१ सिमसार क्षेत्र रहेका छन् भने नेपालमा १० क्षेत्र सूचीकृत रहेका छन्
  • नेपालमा रहेका साना ठूला तालहरूमा करिब २४४ वटा सिमसार क्षेत्र रहेका छन्
  • सिमसार दिवस : फेब्रुअरी २
  • सिमसार दिवस २०२४ को नारा : सिमसार मानव हितको आधार
  • कहिले भयो ? : सन १९७१
  • कहाँ भयो ? : इरानको रामसारमा
  • प्रधान कार्यालय : स्विट्जरल्याण्डको ग्ल्याण्डमा
  • उद्देश्य : सिमसार संरक्षण गर्ने
  • महासन्धि लागू : सन १९७५ देखि
  • नेपालले रामसार महासन्धिमा हस्ताक्षर : सन १९८७ डिसेम्बर १७
  • पहिलो : कोशीटप्पु (सन १९८७ डिसेम्बर १७)
  • २००३ मा सिमसार क्षेत्रमा सूचीकृत भएका
  • सुच : जगदिशपुर विश्व धरोहरको मूल्य मात्र २००३
  • ज : जगदिशपुर ताल, विस : बिसहजारी ताल, घो : घोडाघोडी ताल
  • २००७ मा सिमसार क्षेत्रमा सूचीकृत भएका
  • सुच : गोसाइँकुण्ड रारा को मूल्य रु. २००७
  • स : सगरमाथा राष्ट्रिय निकुञ्ज भित्रको (गोसाइँकुण्ड)
  • से : शे-फोक्सुण्डो क्षेत्र
  • रा : रारा ताल
  • गो : गोसाइँकुण्ड
  • माइपोखरी : सन २००६
  • कास्कीका ९ ताल (फेवा, बेगनास, रुपा, कमल पोखरी, घाटे ताल, गुर्दे ताल, न्यूरनी ताल, दिपाङ ताल र मैदी ताल)
  • – सन २०१५ फेब्रुअरी २ मा
सि.नं. सिमसार क्षेत्र अवस्थित जिल्ला सूचीकृत मिति क्षेत्रफल (वर्ग कि.मि.)
कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी सन १९८७ डिसेम्बर १७ १७५ वर्ग कि.मि.
बीस हजारि ताल चितवन सन २००३ अगस्ट १३ ३२ वर्ग कि.मि.
घोडाघोडी ताल कैलाली सन २००३ अगस्ट १३ २५.६३ वर्ग कि.मि.
जगदिशपुर ताल कपिलवस्तु सन २००३ अगस्ट १३ २.२५ वर्ग कि.मि.
गोसाइँकुण्ड ताल रसुवा सन २००७ ७३.७० वर्ग कि.मि.
शे-फोक्सुण्डो क्षेत्र डोल्पा सन २००७ ४.४८ वर्ग कि.मि.
रारा ताल र निकुञ्ज मुगु सन २००७ १५.६३ वर्ग कि.मि.
गोसाइँकुण्ड रसुवा सन २००७ ९.३० वर्ग कि.मि.
माइपोखरी इलाम सन २००६ अक्टोबर २८ ०.९ वर्ग कि.मि.
१० पोखराम रहेका ९ ताल कास्की सन २०१५ फेब्रुअरी २ २६१ वर्ग कि.मि.
  • विश्व वातावरण दिवस : जुन ५
  • वातावरण दिवस २०२४ को नारा : Our land Our Future
  • मनाउन सुरु : सन १९७३ देखि
  • के हो : वातावरण संरक्षण गर्न चलाइएको वृक्षारोपण अभियान
  • कसले सुरु गरे : केन्याको वाङारी मथाई ले केन्याली महिलाहरूको सक्रियतामा
  • नोबेल पुरस्कार कहिले प्राप्त गरिन् : सन २००४ मा
  • WWF – World Wide Fund for Nature (विश्व वन्यजन्तु कोष)
  • स्थापना : सन १९६१ अप्रिल २९
  • प्रधान कार्यालय : ग्ल्याण्ड, स्विट्जरल्याण्ड
  • के हो : विश्व वन्यजन्तु कोष : विश्वव्यापी रूपमा जीवजन्तु संरक्षण स्वरूप चलाइएको कदम
  • लोगो : पाण्डा
  • आदर्श वाक्य : For a long Planet
ISO-5000 ऊर्जा व्यवस्थापन
ISO-50000 सामाजिक सुरक्षा व्यवस्थापन
ISO-14000 वातावरण व्यवस्थापन
ISO-9000 वस्तुको गुणस्तर
ISO-22000 खाद्य सुरक्षा व्यवस्थापन
ISO-31000 जोखिम व्यवस्थापन
Euro - 1 सवारी प्रदूषण
Euro - 3 सवारी मापदण्ड
Vision - 2005 पर्यटन
Vision - 2020 परिवार नियोजन
10/10/10 जलवायु परिवर्तन
To-In-To सन २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने
हामी दौडौं वातावरण मैत्री सफा यात्रा
  • कुनै पनि वातावरणमा जीवित र निर्जीव तत्वहरूबीच रहेको अन्तरसम्बन्ध तथा त्यसबाट उत्पन्न परिणाम नै पारिस्थितिक पद्धति हो ।
  • पारिस्थितिक पद्धति तथा यसका अन्तरसम्बन्ध अध्ययन गर्ने शास्त्र हो ।
  • सूर्य ऊर्जाको उपस्थितिमा आफ्नो खाना आफै तयार पार्ने (बोट बिरुवा, घाँसपात)
  • भोजनका निम्ति अरूमा निर्भर रहने (मानिस, जनावर, किरा आदि) । यस अन्तर्गत प्रथम उपभोक्ता र द्वितीय उपभोक्ता पर्दछन् ।
  • कुनै पनि जीवलाई कुहाएर पुनः जमिनमा फर्काउने तत्व (ब्याक्टेरिया, फङ्गाइ जस्ता सूक्ष्म जीवाणु)
  • उत्पादकदेखि सबै उपभोक्ताको सम्बन्ध रहने पिरामिड
  • जिवहरूको खाद्य वस्तुको आधारमा तयार गरिने हुनाले खाद्य पिरामिड (Food pyramid) पनि भनिने
  • जीवित तत्वहरूको संख्याको आधारमा पिरामिड कोरिन्छ ।
  • स्थलीय जीवपिण्ड पिरामिड : सुल्टो आकार
  • जलिय जीवपिण्ड पिरामिड : उल्टो आकार
  • यस अन्तर्गत वस्तु तथा तत्वको आदानप्रदान हुने कार्य चलिरहन्छ । (जल चक्र, अक्सिजन चक्र, कार्बन चक्र, नाइट्रोजन चक्र आदि)
  • सूर्यबाट आएको तापले गर्दा नदी, नाला, पोखरी, ताल, समुद्र आदिको पानी वाष्पीकरण हुन्छ । यसको असरले हिउँको समयमा पानीको मात्रा सामान्यतया घटेको हुन्छ ।
  • यसैगरी बोटबिरुवा हल्का पनि पातका रन्ध्रहरूका माध्यमद्वारा वाष्पको रूपमा पानी बाहिर निकालिरहेका हुन्छन् । जीवजन्तुले पसिना, मूत्र आदिबाट आफूले लिएको पानी वातावरणमा फिर्ता गर्छन् ।
  • यसरी वाष्पीकरण भएर आकाशमा गएको वाष्प बादल बनेर पुनः पृथ्वीमा पानीको रूपमा फर्कन्छ ।
  • जलवायु परिवर्तनको असर कम गर्न विश्वमा थुप्रै प्रयासहरू भएका छन् । सन १९९२ को पृथ्वी सम्मेलन, सन १९९७ को क्योटो प्रोटोकल आदि ।
प्रदूषण
  • नेपालमा सवारी प्रदूषण जाँच सुरु : वि.सं. २०७१ वैशाख १
  • नेपाल सरकारले प्रदूषण कर लगाउन सुरु : आर्थिक वर्ष २०५८/२०५९
वातावरण प्रदूषण
  • वातावरणमा जैविक तत्वहरूको मिश्रण नै वातावरण प्रदूषण हो ।
  • वायु प्रदूषण के मा मापन गरिन्छ : पीएम १० र पीएम २.५
  • युरोप र सवारी साधनको मापदण्ड संग सम्बन्धित रहेका छन् ।
  • नेपालमा ४० माइक्रोनभन्दा कमको प्लास्टिक उत्पादनमा रोक लगाइएको छ ।
  • वायु प्रदूषण
  • जल प्रदूषण
  • ध्वनि प्रदूषण
  • भू प्रदूषण
  • खाद्य प्रदूषण
  • औद्योगिक प्रदूषण
  • विकिरणीय प्रदूषण
जनसंख्या व्यवस्थापन
जनगणना २०७८
  • जनगणना २०७८ कति औं जनगणना हो ? : १२ औं
  • अन्तिम नतिजा सार्वजनिक मिति : वि.सं. २०७९ चैत्र १०
  • सार्वजनिक गर्ने : राष्ट्रिय तथ्यांक कार्यालय
  • सार्वजनिक गर्ने व्यक्ति : तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • मूल गणना सुरु : वि.सं. २०७८ कार्तिक २५ देखि (राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर)
  • अन्त्य : वि.सं. २०७८ मंसिर ९
  • जम्मा चलेको अवधि : १५ दिन
  • नारा : मेरो गणना, मेरो सहभागिता
  • लोगो : वि.सं. २०७६ कार्तिक ३ गते सार्वजनिक भएको
  • कुल जनसंख्या : २,९१,६८,४०५
  • पुरुष : १,४२,४३,४५९ (४८.५७ प्रतिशत)
  • महिला : १,४८,११,०३७ (५०.९३ प्रतिशत)
  • अन्य : २३८ (०.०१ प्रतिशत)
  • लैङ्गिक अनुपात : ९५.४५ प्रतिशत
  • जनसंख्या वृद्धिदर : ०.९२ प्रतिशत
जिल्ला जनसंख्या देशको कुल जनसंख्यामा प्रतिशत
काठमाण्डौ २०४१५८७ ७.००
मोरङ ११४५९६६ ३.९४
रुपन्देही ११३२९७५ ३.५४
झापा ९८४०४४ ३.४२
सुनसरी ९६६९६२ ३.३५
जिल्ला जनसंख्या देशको कुल जनसंख्यामा प्रतिशत
मनाङ ५६५८ ०.०२
मुस्ताङ १४४५२ ०.०५
डोल्पा ४२७९४ ०.१५
रुकुम (पूर्व) ४६६८१ ०.१६
हुम्ला ५३३८४ ०.१९
जिल्ला जनसंख्या देशको कुल जनसंख्यामा प्रतिशत
मनाङ ५६५८ ०.०२
मुस्ताङ १४४५२ ०.०५
डोल्पा ४२७९४ ०.१५
रुकुम (पूर्व) ४६६८१ ०.१६
हुम्ला ५३३८४ ०.१९
  • सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश : बागमती (२०.५७ प्रतिशत)
  • सबैभन्दा कम जनसंख्या भएको प्रदेश : कर्णाली (५.७६ प्रतिशत)
प्रदेश जनसंख्या लैङ्गिक अनुपात
कोशी प्रदेश ४९६१९२२ ९५.०२
मधेश प्रदेश ६११४६०० १००.५४
बागमती प्रदेश ६९१६६६६ ९९.३६
गण्डकी प्रदेश २४६६४२७ ९०.३९
लुम्बिनी प्रदेश ५१२३०७६ ९२.०१
कर्णाली प्रदेश १६८६९१२ ९५.२७
सुदूरपश्चिम प्रदेश २६९४५८३ ९४.५१
  • जनसंख्या वृद्धिदर : ०.९२
  • जनसंख्या वृद्धिदर ऋणात्मक रहेका जिल्ला : ३५ वटा
क्र.सं. वृद्धिदर सबैभन्दा बढी धनात्मक हुने जिल्ला वार्षिक जनसंख्या वृद्धिदर (%)
१. भक्तपुर ३.३५
२. रुपन्देही २.३३
३. चितवन २.०७
४. बाँके १.९७
५. झापा १.९७
  • जनसंख्या वृद्धिदर : ०.९२
  • जनसंख्या वृद्धिदर ऋणात्मक रहेका जिल्ला : ३५ वटा
क्र.सं. वृद्धिदर सबैभन्दा बढी धनात्मक हुने जिल्ला वार्षिक जनसंख्या वृद्धिदर (%)
१. भक्तपुर ३.३५
२. रुपन्देही २.३३
३. चितवन २.०७
४. बाँके १.९७
५. झापा १.९७
क्र.सं. वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने जिल्ला वार्षिक जनसंख्या वृद्धिदर (%)
१. रामेछाप -१.६७
२. खोटाङ -१.५६
३. मनाङ -१.३९
४. भोजपुर -१.३९
५. तेह्रथुम -१.३०
क्षेत्र जनसंख्या वृद्धिदर
हिमाल -०.०४
पहाड ०.३०
तराई १.५४
प्रदेश जनसंख्या वृद्धिदर
कोशी प्रदेश०.५६
मधेश प्रदेश१.१२
बागमती प्रदेश०.७७
गण्डकी प्रदेश०.२५
लुम्बिनी प्रदेश१.२४
कर्णाली प्रदेश०.३०
सुदूरपश्चिम प्रदेश०.५२
  • तराई : ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना)
  • पहाड : ४०.३१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना)
  • हिमाली : ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ४७६ जना)
बढी जनसंख्या भएका ५ नगरपालिकाहरू : कम जनसंख्या भएका ५ नगरपालिकाहरू :
काठमाण्डौ महानगरपालिका, काठमाण्डौ डोल्पो भेरी नगरपालिका, डोल्पा
पोखरा महानगरपालिका, कास्की त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा
भरतपुर महानगरपालिका, चितवन माडी नगरपालिका, सखुवासभा
ललितपुर महानगरपालिका, ललितपुर लालीगुराँस नगरपालिका, तेह्रथुम
वीरगञ्ज महानगरपालिका, पर्सा धर्मदेव नगरपालिका, सखुवासभा
बढी जनसंख्या भएका ५ गाउँपालिकाहरू : कम जनसंख्या भएका ५ गाउँपालिकाहरू :
बैजनाथ गाउँपालिका, बाँके नापो भूमि गाउँपालिका, मनाङ
राप्ती सोनारी गाउँपालिका, बाँके चामे गाउँपालिका, मनाङ
खजुरा गाउँपालिका, बाँके लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
मायादेवी गाउँपालिका, रुपन्देही लोमन्थाङ गाउँपालिका, मुस्ताङ
गैडहवा गाउँपालिका, रुपन्देही मनाङ डिस्याङ गाउँपालिका, मनाङ

जनघनत्व : १८२ जना प्रति वर्ग किलोमिटर

क्षेत्र जनघनत्व
हिमाल३४
पहाड१९२
तराई४६०
प्रदेश जनघनत्व
कोशी प्रदेश१९२
मधेश प्रदेश६३३
बागमती प्रदेश३०१
गण्डकी प्रदेश११५
लुम्बिनी प्रदेश२३०
कर्णाली प्रदेश६०
सुदूरपश्चिम प्रदेश१३६
जनघनत्व बढी भएका ५ जिल्लाहरू जनघनत्व (प्रति वर्ग कि.मि.) जनघनत्व कम भएका ५ जिल्लाहरू जनघनत्व (प्रति वर्ग कि.मि.)
काठमाण्डौ५१६९ मनाङ
भक्तपुर३६३१ मुस्ताङ
ललितपुर१४३३ डोल्पा
रुपन्देही ८२५ हुम्ला १०
सुनसरी ७३७ मुस्ताङ १५
क्षेत्र साक्षरता दर (प्रतिशत)
जम्मा पुरुष महिला
नेपाल ७६.२ ८३.६ ६९.४
शहरी/ग्रामीण
नगरपालिका क्षेत्र ८६.५ ८५.४ ७७.९
गाउँपालिका क्षेत्र ७१.९ ७७.५ ६६.४
भौगोलिक क्षेत्र
हिमाल ७२.८ ७९.१ ६६.८
पहाड ८०.९ ८७.९ ७४.३
तराई ७३.१ ८०.५ ६६.९
प्रदेश
कोशी प्रदेश ७५.७ ८६.१ ६३.६
मधेश प्रदेश ६३.५ ७२.५ ४८.७
बागमती प्रदेश ८२.१ ८८.३ ७६.०
गण्डकी प्रदेश ७९.१ ८४.२ ७३.७
कर्णाली प्रदेश ६६.१ ७३.३ ६१.४
सुदूरपश्चिम प्रदेश ७६.२ ८४.४ ६८.२
बढी साक्षरता साक्षरता दर (प्रतिशत) कम साक्षरता साक्षरता दर (प्रतिशत)
काठमाण्डौ ८९.२३ रौतहट ५७.०५
ललितपुर ८५.०५ महोत्तरी ५९.३७
भक्तपुर ८७.१६ सर्लाही ६०.३९
कास्की ८७.९३ हुम्ला ६३.५४
चितवन ८३.६६ बारा ६४.४४
जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर
सबैभन्दा धेरै जनघनत्व रहेको जिल्ला काठमाण्डौ (१९५९ जना प्रतिवर्ग किलोमिटर)
सबैभन्दा कम जनघनत्व रहेको जिल्ला मनाङ जिल्ला (३ जना प्रतिवर्ग किलोमिटर)
परिवार संख्या ६६,६६,९३७
परिवारको औसत आकार ४.३७ जना
साक्षरता ७६.२ प्रतिशत (पुरुष ८३.६ प्रतिशत, महिला ६९.४ प्रतिशत)
अपांगता २.२ प्रतिशत (६,७९,०००) (पुरुष : ४५.२ प्रतिशत र महिला : ५४.८ प्रतिशत)
मातृ मृत्युदर १५१ जना प्रति लाख
शौचालय प्रयोग गर्ने ९५.५ प्रतिशत
मोबाइल प्रयोगकर्ता ७३.१५ प्रतिशत
इन्टरनेट प्रयोगकर्ता ३७.९२ प्रतिशत
विद्युत् बाले ९२.२ प्रतिशत
मानिस बसोबास गर्ने जनसंख्या ३२ प्रतिशत
जम्मा परिवार ६६ लाख ६६ हजार ९३७
(शहर) नगरपालिकामा ६६.१७ प्रतिशत
(गाउँ) गाउँपालिकाहरू ३३.८३ प्रतिशत
विदेशमा रहेका परिवार १५ लाख ५५ हजार ६११ परिवारका कोही न कोही सदस्य विदेशमा रहेको
विदेशमा रहेका नागरिक २९ लाख ४० हजार ४५२ जना
१५ वर्षमुनिका बालबालिकाको जनसंख्या ९८ लाख ६९ हजार ५४३ जना
घरजग्गा स्वामित्वमा रहेका महिला २३.८ प्रतिशत

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url