शिक्षा मनोविज्ञान

एकाइ–२ : शिक्षा मनोविज्ञान
२.१ शिक्षा मनोविज्ञान: अवधारणा र आवश्यकता

मनोविज्ञानको अवधारणा:

  • मनोविज्ञानका पिता भनेर चिनिने जर्मन मनोविज्ञानी: विल्हेम वुण्ट
  • मनोविज्ञान (Psychology): ग्रिक भाषाको Psyche र Logos मिलेर बनेको।
  • Psyche को अर्थ आत्मा (Soul) र Logos को अर्थ विज्ञान (Science) अर्थात आत्माको विज्ञान (Soul of science)
मनोविज्ञानको नाम अवधि समर्थकहरू
आत्माको विज्ञान (Soul of science) सुरुवाती चरणमा डिमोक्रिटस, प्लेटो, अरस्तु
मस्तिष्कको विज्ञान (Science of mind) सन ५००–१८०० सम्म कान्ट, लेबनिज, ह्यूम, लक, डिकार्ट, फेलोसोफी, डेसकार्ट
चेतनाको विज्ञान (Science of Consciousness) सन १८००–१९०० सम्म (१९ औँ शताब्दीमा) विल्हेम वुण्ट, विलियम जेम्स, ब्रेम
व्यवहारको विज्ञान (Science of behaviour) सन १९०० पछि (२० औँ शताब्दीमा) वाटसन, उडवर्थ, ब्लुम, स्किनर
  • सर्वप्रथम मनोविज्ञानले आफ्नो आत्मालाई व्याख्या गर्‍यो, पछि मस्तिष्कलाई व्याख्या गर्‍यो, त्यसपछि आफ्नो चेतनालाई व्याख्या गर्‍यो र अब व्यवहारको स्वरूपलाई अपनाइयो। – उडवर्थ
  • व्यवहार भनेको प्राणीका सम्पूर्ण गतिविधि र क्रियाकलापहरू हुन्, जुन सहजै अवलोकन र मापन गर्न सकिन्छ।
  • प्राणीका व्यवहारहरू आन्तरिक र बाह्य (Internal and External), चेतन, अचेतन र अवचेतन (Conscious, Sub-conscious and Unconscious), संज्ञानात्मक, मनोक्रियात्मक र भावनात्मक (Cognitive, Psychomotor and Affective) हुन्छन्। जसको अध्ययन, अवलोकन, व्याख्या र विश्लेषण गर्न सकिन्छ।
  • सर्वप्रथम सन १९१३ मा विलियम वाटसनले मनोविज्ञानलाई व्यवहारको अध्ययन गर्ने विज्ञान भन्ने धारणा प्रस्तुत गरे।
  • व्यवहारवादी सिद्धान्तका जनक जे.बी. वाटसनले मनोविज्ञानलाई सकारात्मक मनोविज्ञानको रूपमा परिभाषित गरेका हुन्।
  • यसैले “व्यवहारको विज्ञान” नै मनोविज्ञान हो।
  • यसर्थ मनोविज्ञानलाई मानवसँग सम्बन्धित सम्पूर्ण मानवीय व्यवहारको वैज्ञानिक अध्ययन गर्ने विज्ञान (Psychology is the scientific study of human behaviour) हो।

मनोविज्ञानका केही परिभाषा:

परिभाषा विद्वान
व्यवहारको अध्ययन गर्ने विज्ञान जे.बी. वाटसन
आचरण तथा व्यवहारको सकारात्मक विज्ञान वाटसन
वातावरणसँग सम्बन्धित व्यक्तिका क्रियाकलापहरूको अध्ययन गर्ने विज्ञान उडवर्थ
प्राणी र वातावरणबीचको आपसी अन्तरक्रिया अध्ययन गर्ने विज्ञान मर्फी
मानिस तथा पशुहरूको व्यवहार र मानसिक प्रक्रियाको वैज्ञानिक अध्ययन डोनाल्ड पेरिन्सन
मानवीय व्यवहार तथा मानविय सम्बन्धहरूको अध्ययन क्रो एन्ड क्रो
चेतन र अचेतन व्यवहारहरूको विज्ञान ब्रिजेस
व्यवहार तथा अनुभवको विज्ञान बी.एफ. स्किनर
बाह्य संसारसँगको सम्पर्कमा रहेका जीवित प्राणीहरूको व्यवहारको अध्ययन कुर्ट कोफ्का
मानव प्रकृतिको अध्ययन गर्ने विज्ञान वुडवर्थ
प्राणी र मानवजातिको व्यवहारको विज्ञान मर्गन
मानव व्यवहारको विज्ञान पिल्सबरी
शिक्षा मनोविज्ञान
परिचय:
  • मनोविज्ञानको एउटा शाखा जसको प्रारम्भ स्कूलबाट भएको हो।
  • सन १९०० मा यो मनोविज्ञानको एउटा शाखी रूपमा देखा परेको र सन १९२० पछि छुट्टै विषयको रूपमा अध्ययन हुन थालेको।
  • मनोवैज्ञानिक परीक्षणलाई शिक्षाको क्षेत्रमा प्रयोग गर्ने जोड दिने व्यक्ति: विलियम वुण्ट
  • शिक्षा मनोविज्ञानको एक प्रयोगात्मक ढाँचा हो भने यसको सैद्धान्तिक आधार शिक्षा र मनोविज्ञान हुन्।
शिक्षा मनोविज्ञानको परिभाषा:
शिक्षाको विज्ञान। – ई.ए. पील
शैक्षिक विकासको क्रमबद्ध अध्ययन। – स्टेफन
शैक्षिक वातावरण वा मनोवैज्ञानिक पक्षहरूको अध्ययन। – ज्यू. बी. डेभ
शिक्षासँग सम्बन्धित सम्पूर्ण व्यक्तिगत तथा व्यवहार र मानव व्यवहारलाई शैक्षिक परिस्थितिमा अध्ययन। – स्किनर
तथ्य तथा सिद्धान्तहरूको अध्ययन जसले शिक्षा प्रक्रियाको व्याख्या, विश्लेषण र सुधार कार्यमा सहयोग पुर्‍याउँछ। – कोलसनिक वाल्टर बी
एउटा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्म सिकाइ अनुभवहरूको वर्णन तथा व्याख्या गर्ने कार्य। – क्रो एण्ड क्रो
शिक्षा मनोविज्ञानको क्षेत्र:
  • सिकाइको पहिचान
  • सिकाइ प्रक्रियाको पहिचान
  • सिकाइलाई प्रभाव पार्ने तत्वहरूको पहिचान
  • शिक्षण प्रक्रिया र विधिको पहिचान
  • सिकाइ उपलब्धिको मूल्याङ्कन
  • मार्गदर्शन र सल्लाह
  • व्यक्तित्व र समायोजन
शिक्षा र मनोविज्ञानको सम्बन्ध:
मनोविज्ञान शिक्षा
सिकाइको स्वभाव एवं क्षमताको बारेमा जानकारी दिन्छ। सिकाइको रुचि, चाहनालाई आधार मानेर ज्ञान, सिप र अभिवृत्ति प्रदान गर्दछ।
शिक्षाको निर्माण आधार तयार गर्दछ। मनोविज्ञानलाई अध्ययन र अनुसन्धानमा महत्व दिन्छ।
शिक्षण विधि तथा सामग्रीहरूको छनोटमा मद्दत गर्दछ। शिक्षण विधि तथा सामग्रीहरूको प्रयोग गर्दछ।
समस्याहरूको पहिचान गर्दछ। समस्याहरूको निराकरणमा योगदान गर्दछ।
शिक्षा मनोविज्ञानको महत्व:
  • सिकाइको विकासात्मक विशेषताहरूको व्याख्या गर्छ।
  • सिकाइको व्यक्तिगत रुचि पत्ता लगाउन।
  • आवश्यक शैक्षिक उद्देश्य, शिक्षण विधि तथा क्रियाकलापको निर्धारण गर्न।
  • आवश्यक शैक्षिक मापन प्रक्रिया अंगाल्ने पृष्ठपोषण प्रदान गर्न।
  • आवश्यक पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माण गर्न।
  • आवश्यक अनुसन्धानको विकास गर्न।
  • विद्यालय तथा कक्षा प्रशासन सञ्चालन गर्न।
  • नयाँ–नयाँ अनुसन्धानात्मक कार्यद्वारा नयाँ कुराको विकास र कार्यान्वयन गर्न।
२.२ मानव विकास : वृद्धि र विकासको अवधारणा
मानव वृद्धि:
  • वृद्धिले संरचनात्मक र शारीरिक परिवर्तनलाई बुझाउँछ। – क्रो एण्ड क्रो
  • बालकको शरीरको भित्री र बाहिरी अङ्गको बनावट, आकार, प्रकार, उचाइ, तौल आदिमा आउने परिवर्तन।
  • वृद्धि गर्भाधानको दिनदेखि मृत्यु हुने निश्चित अवस्थासम्म मात्र सीमित रहन्छ।
  • वृद्धि सबै एकनासको नभई हुने अवस्थामा बढी र कुनै अवस्थामा कम हुन्छ।
  • सामान्यत: वृद्धि भनेको शरीरको आकार र बनावटमा आउने परिवर्तन हो।
वृद्धिका विशेषताहरू:
  • स्पष्ट देख्न सकिने
  • नाप वा तौल्न सकिने
  • निश्चित समय पछि रोकिने
  • केवल शारीरिक परिवर्तनसँग मात्र सम्बन्धित
  • परिमाण सबै स्थान विशेषमा प्रायः एउटै हुने
मानव विकास:
  • विकास प्रगतिशील र परिवर्तनशील हो जुन कुनै निश्चित लक्ष्यतर्फ निर्देशित रहन्छ। – जेम्स ड्रेभर
  • विकासले परिपक्वता र सिकाइ अनुभवको परिणामस्वरूप आउने प्रगतिशील क्रमिक परिवर्तनलाई बुझाउँछ। – हल्क
  • मानिस वा बालकको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक आदि सम्पूर्ण पक्षमा देखापर्ने गुणात्मक परिवर्तन।
  • विकास जीवनभरी चलिरहने प्रक्रिया हो।
  • आमाको गर्भमा रहँदा र जन्म पश्चात् पनि बालकमा देखिने सूक्ष्म व्यवहार वा क्रियाकलाप र परिवर्तनहरू मृत्यु हुँदासम्म निरन्तर रूपमा चलिरहन्छन्।
वृद्धि विकास
भौतिक वृद्धि वा भौतिक पक्षको वृद्धिलाई मात्र जनाउँछ। गुणात्मक पक्षमा आउने र भौतिक पक्षमा आउने सम्पूर्णतालाई समावेश गर्दछ।
विकासको एउटा भाग हो। व्यापक पक्ष हो।
परिमाणात्मक पक्ष हो। गुणात्मक पक्ष हो।
निश्चित अवधिसम्म मात्र चल्छ। निरन्तर रूपमा चलिरहन्छ।
आंशिक पक्ष हो। पूर्ण र व्यापक पक्ष हो।
अन्य क्षमतालाई समावेश गर्न सक्दैन। सबै क्षमतालाई समावेश गर्न सक्छ।
तौल, उचाइ, शारीरिक अनुपात बढ्नु। विभिन्न क्षमता बढ्नु: लेख्नु, पढ्नु, कुरा गर्नु, समायोजन गर्नु।
यसको सम्बन्ध शारीरिक परिवर्तनसँग मात्र हुन्छ। यसको सम्बन्ध परिवर्तन र सिकाइ दुवैसँग हुन्छ।
मानव विकासका विशेषताहरू:
  • विकास एउटा प्रक्रिया हो र यसको निश्चित क्रम पनि हुन्छ।
  • पहिलेका विकासभन्दा पछिल्ला विकास ज्यादा जटिल हुन्छन्।
  • बालकको विकासक्रम मानवको विकासक्रम अनुरूप हुन्छ।
  • विकास सामान्यतया दिशानिर्दिष्ट हुन्छ।
  • विकासमा व्यक्तिगत भिन्नता पाइन्छ।
  • विकास परिपक्वता र सिकाइको प्रतिफल हो।
  • शरीरका विभिन्न अङ्गहरूको विकासको गति फरक-फरक हुन्छ।
  • विकास पूर्वनिर्धारित हुन्छ। अर्नोल्ड गेसलका अनुसार:
    क) शिरोपाद नियम (Cephalocaudal law): विकास शिरदेखि पाउतर्फ
    ख) निकट दूर नियम (Proximodistal law): विकास शरीरको केन्द्रबाट छेउतर्फ
  • विकासमा परिवर्तन हुन्छ।
  • विकासमा सह-सम्बन्ध हुन्छ।
  • विकासमा वंशाणुगत र वातावरणीय अन्तर्क्रिया हुन्छ।
  • विकासात्मक ढाँचाका चरणहरू हुन्छन्।
  • हरेक विकास अवधिमा सामाजिक अपेक्षाहरू हुन्छन्।
मानव विकासका चरण:
  • हल्द्वेल मानव विकासका चरणलाई १० चरणमा विभाजन गरेका।
  • जिन पियाजेले मानव विकासलाई ४ चरणमा विभाजन गरेका:
    • Sensory-motor Stage: जन्मदेखि २ वर्षसम्म
    • Pre operational Stage: २ वर्षदेखि ७ वर्षसम्म
    • Concrete Operational Stage: ७ वर्षदेखि ११ वर्षसम्म
    • Formal Operational: १२ वर्षदेखि वयस्कावस्थासम्म
  • सामान्यतया मानव विकासलाई निम्न तरिकाले विभाजन गर्न सकिन्छ।
बालकको जन्मपूर्वको अवस्था (Prenatal period of child)
क्र.सं. नाम अवधि
१. डिम्बावस्था (Zygote) गर्भाधान-२ हप्ता
२. भ्रूणावस्था (Embryo) २ हप्ता-२ महिना
३. फिटसको अवस्था (Fetus) २ महिना-जन्मसम्म
बालकको जन्मपश्चातको अवस्था (Post-natal stage of child)
१. नवजात अवस्था (Infancy period) जन्म-२ हप्ता
२. शैशवावस्था (Babyhood) २ हप्ता-२ वर्ष
३. पूर्वबाल्यावस्था (Early Childhood) २ वर्ष-६ वर्ष
४. उत्तर बाल्यावस्था (Late Childhood) ६ वर्ष-१२ वर्ष
५. यौवनावस्था (पूर्वकिशोरावस्था) (Puberty) ११/१२-१३/१४ वर्ष
६. किशोरावस्था (Adolescent) १३/१४-१८ वर्ष
७. वयस्कावस्था (युवावस्था) (Adulthood) १८ वर्ष-४० वर्ष
८. मध्यावस्था (प्रौढावस्था) (Middle age) ४० वर्ष-६० वर्ष
९. वृद्धावस्था (Old age) ६० वर्षभन्दा माथि
मानव विकासका विभिन्न चरणका विशेषताहरू:
१. नवजात अवस्था: २. शैशवावस्था: बाल्यावस्था
  • सबभन्दा छोटो अवधि
  • समायोजनको अवस्था
  • विकासको प्रारम्भ अवस्था
  • परिपक्वताको अभाव अवस्था
  • खतरा भएको अवस्था
  • वास्तविक आधारशिलाको उमेर
  • तीव्र वृद्धि र परिवर्तनको उमेर
  • घट्दो निर्भरताको उमेर
  • व्यक्तित्वको बढ्दो उमेर
  • सामाजिककरणको सुरुवातको अवस्था
  • अनुकरण गर्ने उमेर
३. पूर्वबाल्यावस्था: सबैभन्दा अस्थिर ४. उत्तर बाल्यावस्था: तुलनात्मक स्थिर
  • समयको उमेर (बाबुआमाले दिएको नाम)
  • खेलौनाको उमेर (बाबुआमा)
  • पूर्वविद्यालय जाने उमेर (शिक्षाविद्)
  • पूर्व बालसुलभको उमेर (मनोवैज्ञानिक)
  • जिज्ञासु र अन्वेषणात्मक उमेर (मनोवैज्ञानिक)
  • अनुकरण गर्ने उमेर (मनोवैज्ञानिक)
  • रचनात्मक उमेर (मनोवैज्ञानिक)
  • प्रश्न गर्ने उमेर (मनोवैज्ञानिक)
  • दुःख दिने (सताउने) उमेर (बाबुआमा)
  • झगडालु उमेर (बाबुआमा)
  • लापरवाहीको उमेर वा फोहोरी उमेर (बाबुआमा)
  • विद्यालय जाने उमेर (शिक्षाविद्)
  • नाजुक उमेर वा सोचनीय उमेर (शिक्षाविद्)
  • बाल-समूहको उमेर (मनोवैज्ञानिक)
  • सिर्जनात्मक एवं रचनात्मक उमेर (मनोवैज्ञानिक)
  • खेलको उमेर (मनोवैज्ञानिक)
५. यौवनावस्था: ६. किशोरावस्था: मध्यम स्व-अव
  • छिटोको अवस्था
  • एक छोटो अवस्था
  • विभिन्न तहमा विभाजित
  • पूर्वबाल्यावस्था
  • तीव्र वृद्धि र परिवर्तनको अवस्था
  • एउटा नकारात्मक अवस्था
  • विभिन्न उमेरमा देखापर्ने अवस्था
  • महत्त्वपूर्ण अवस्था
  • संक्रमणकालीन अवस्था
  • परिवर्तनको अवस्था
  • समस्यासत्र उमेर
  • स्व-परिचय खोज्ने अवस्था
  • दोधारको अवस्था
  • अवसादनिकताको समय (विवादात्मक उमेर)
  • वयस्क अवस्थातर्फ संक्रमण
७. वयस्कावस्था: कार्यक्षमता प्रमुखावस्था ८. प्रौढावस्था वा मध्यावस्था:
  • कार्यव्यवस्था गर्ने उमेर (निर्णय गर्ने उमेर)
  • सन्तान उत्पादन गर्ने उमेर, समस्याको उमेर
  • संवेगात्मक तनावको उमेर
  • प्रतिबद्धताको उमेर
  • मूल्य परिवर्तनको उमेर
  • सामाजिकरूपमा परिपक्व अवस्था
  • बहु-उत्तरदायित्वको अवस्था
  • संघर्षशील उमेर एवं आश्रित अवस्था
  • भरिएको अवस्था
  • दबाबको समय
  • उपलब्धि र मूल्याङ्कनको उमेर
  • खतरापूर्ण उमेर
  • संक्रमणकालको उमेर
  • यौवन हराएको महसुस
  • मानसिक र शारीरिक असन्तुलनताको उमेर
९. वृद्धावस्था:
  • मिति अवस्था, लिँदै दिएको अवस्था
  • रुढीवादी सोचबाट प्रभावित हुने अवस्था
  • भिन्न भिन्न मापदण्डअनुसार मूल्याङ्कन गर्ने अवस्था
  • दोस्रो दर्जाका नागरिक सरह सामाजिक प्रतिष्ठाको अवस्था
मानव विकास अध्ययनको उद्देश्य:
  • बालबालिकाको उमेरअनुसार परिवर्तनको जानकारी पाउन
  • बालबालिकाको अपेक्षाको सही सम्बोधन गर्न
  • बालबालिकाको सिकाइमा सहयोग पुर्याउन
  • बालबालिकामा उपयुक्तमा प्रोत्साहन एवं उत्प्रेरणा जगाउन
  • विकासको उपयुक्त मापदण्ड तयार गरी उनीहरूको क्रियाकलापको व्यवस्थापन गर्न
  • उपयुक्त पथ प्रदर्शन एवं परामर्श सेवा उपलब्ध गराउन
  • उपचारात्मक शिक्षण गर्न

मानव विकास अध्ययन विधि:

क) लाम्बिक विधि (Longitudinal method):

प्रतिपादक: अर्नोल्ड एफ. स्टेन र विलियम कोसान

  • कुनै एउटा बालकको जन्मदेखि मृत्युसम्म देखापर्ने सम्पूर्ण परिवर्तनहरूको अध्ययन गरी निष्कर्ष निकाल्ने विधि।
  • हाल यस विधिद्वारा परिमाणात्मक गरी बालबालिकाको प्रतिनिधिमूलक नमूना छनौट गरेर लामो समयसम्म उनीहरूमा देखापर्ने विभिन्न पक्षहरूको परिवर्तन सम्बन्धी अध्ययन गरी निष्कर्ष निकाल्ने विधि।
  • बालबालिकाको क्रियात्मक, मनोवैज्ञानिक, संवेगात्मक, सामाजिक, शारीरिक, सांस्कृतिक, आर्थिक पक्षहरूको विकास के कसरी हुन्छ भन्ने कुराको वास्तविकता थाहा पाउन यो विधि उपयोगी।
  • हाल यस विधिको प्रयोगको सन्दर्भमा २ प्रयोग हुने बताइन्छ: शील गुण उन्मुख (Trait oriented) र जीवन परिणाम उन्मुख (Life-outcome oriented)।
फाइदाहरू बेफाइदाहरू
  • गहिरो अध्ययन
  • परिवर्तनको वास्तविक अध्ययन
  • सांस्कृतिक र वातावरणीय परिवर्तनको प्रभावहरूको अध्ययन
  • मानिसका सामान्य जीवनको अध्ययन गर्नका लागि फलदायी
  • विद्यालयको तुलनामा क्लिनिक र प्रयोगशालामा बढी प्रयोगमा ल्याइने।
  • शोधकर्ताहरूका लागि खर्चिलो विधि
  • लामो समय लाग्ने/झन्झटिलो
  • तथ्याङ्कहरू सुरक्षित राख्न अप्ठ्यारो
  • सामान्यीकरण गर्न नसकिने।

ख) क्षितिज-खण्डात्मक विधि (Cross-sectional method):

प्रतिपादक: स्टेनले

  • विभिन्न उमेर समूहका बालबालिकालाई एकै-चोटि नमूना विभाजन गरी छोटो समयको अध्ययन अनुसन्धानबाट निष्कर्ष निकाल्ने विधि।
  • अध्ययन गर्दा विभिन्न समूहका बालबालिकाको प्रतिनिधित्व हुने गरी नमूना लिई अध्ययन अनुसन्धान गरिने भएकाले यस विधिलाई प्रतिनिधिमूलक विधि पनि भनिन्छ।
  • अध्ययनको स्थितिमा यस विधिले समस्याको उठान, समस्याको पहिचान, समस्याको विश्लेषण, सामान्यीकरण तथा निष्कर्ष जस्ता वैज्ञानिक अनुसन्धानका चरणहरू प्रयोग गर्दछ। त्यसैले यसलाई मानव अध्ययनको वैज्ञानिक विधि मानिन्छ।
फाइदाहरू बेफाइदाहरू
  • विभिन्न उमेरमा हुने खास प्रकारका विशेषताहरू झट्कै दिन्छ।
  • कम खर्चमा सञ्चालन गर्न सकिन्छ।
  • यसमा समयको बचत हुन्छ।
  • एक जना अध्ययनकर्ताबाट पनि सञ्चालन गर्न सकिन्छ।
  • वैज्ञानिक र सरल विधि मानिन्छ।
  • एउटा उमेर समूहको गुणलाई अर्कोमा सामान्यीकरण गर्न सकिँदैन।
  • यसमा सांस्कृतिक प्रभावलाई अध्ययन गर्न सकिँदैन।
  • उमेर समूहको भिन्नताको ख्याल गरिँदैन।
  • तुलना योग्य बालकहरूको उमेर र समूह पाउन कठिन हुन्छ।
  • व्यक्तिको जीवन वृत्तको अध्ययन सम्भव हुँदैन।

ग) मिश्रित क्रमबद्ध योजना (Sequential Design):

  • यो मानव विकास अध्ययनको नयाँ विधि नभई लाम्बिक र क्षितिज-खण्डात्मक विधिको संयोजन हो।
  • यसमा दुवै विधिहरूका सबल पक्षहरू समावेश गरिएको हुन्छ जसले गर्दा यो विधि ज्यादा प्रभावकारी, उपयोगी र विश्वसनीय मानिन्छ।
  • कतिपय अवस्थामा दुवै विधिहरूको प्रयोगमा कठिनाइ आउने र दुवै विधिहरू मिलाएर उपयोग गर्नुपर्ने भएकाले मनोवैज्ञानिकहरूले यस व्यवस्थालाई प्रयोगमा ल्याउन थालेका छन्।

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url