शिक्षा मनोविज्ञान
एकाइ–२ : शिक्षा मनोविज्ञान
२.१ शिक्षा मनोविज्ञान: अवधारणा र आवश्यकता
मनोविज्ञानको अवधारणा:
- मनोविज्ञानका पिता भनेर चिनिने जर्मन मनोविज्ञानी: विल्हेम वुण्ट
- मनोविज्ञान (Psychology): ग्रिक भाषाको Psyche र Logos मिलेर बनेको।
- Psyche को अर्थ आत्मा (Soul) र Logos को अर्थ विज्ञान (Science) अर्थात आत्माको विज्ञान (Soul of science)
| मनोविज्ञानको नाम | अवधि | समर्थकहरू |
|---|---|---|
| आत्माको विज्ञान (Soul of science) | सुरुवाती चरणमा | डिमोक्रिटस, प्लेटो, अरस्तु |
| मस्तिष्कको विज्ञान (Science of mind) | सन ५००–१८०० सम्म | कान्ट, लेबनिज, ह्यूम, लक, डिकार्ट, फेलोसोफी, डेसकार्ट |
| चेतनाको विज्ञान (Science of Consciousness) | सन १८००–१९०० सम्म (१९ औँ शताब्दीमा) | विल्हेम वुण्ट, विलियम जेम्स, ब्रेम |
| व्यवहारको विज्ञान (Science of behaviour) | सन १९०० पछि (२० औँ शताब्दीमा) | वाटसन, उडवर्थ, ब्लुम, स्किनर |
- सर्वप्रथम मनोविज्ञानले आफ्नो आत्मालाई व्याख्या गर्यो, पछि मस्तिष्कलाई व्याख्या गर्यो, त्यसपछि आफ्नो चेतनालाई व्याख्या गर्यो र अब व्यवहारको स्वरूपलाई अपनाइयो। – उडवर्थ
- व्यवहार भनेको प्राणीका सम्पूर्ण गतिविधि र क्रियाकलापहरू हुन्, जुन सहजै अवलोकन र मापन गर्न सकिन्छ।
- प्राणीका व्यवहारहरू आन्तरिक र बाह्य (Internal and External), चेतन, अचेतन र अवचेतन (Conscious, Sub-conscious and Unconscious), संज्ञानात्मक, मनोक्रियात्मक र भावनात्मक (Cognitive, Psychomotor and Affective) हुन्छन्। जसको अध्ययन, अवलोकन, व्याख्या र विश्लेषण गर्न सकिन्छ।
- सर्वप्रथम सन १९१३ मा विलियम वाटसनले मनोविज्ञानलाई व्यवहारको अध्ययन गर्ने विज्ञान भन्ने धारणा प्रस्तुत गरे।
- व्यवहारवादी सिद्धान्तका जनक जे.बी. वाटसनले मनोविज्ञानलाई सकारात्मक मनोविज्ञानको रूपमा परिभाषित गरेका हुन्।
- यसैले “व्यवहारको विज्ञान” नै मनोविज्ञान हो।
- यसर्थ मनोविज्ञानलाई मानवसँग सम्बन्धित सम्पूर्ण मानवीय व्यवहारको वैज्ञानिक अध्ययन गर्ने विज्ञान (Psychology is the scientific study of human behaviour) हो।
मनोविज्ञानका केही परिभाषा:
| परिभाषा | विद्वान |
|---|---|
| व्यवहारको अध्ययन गर्ने विज्ञान | जे.बी. वाटसन |
| आचरण तथा व्यवहारको सकारात्मक विज्ञान | वाटसन |
| वातावरणसँग सम्बन्धित व्यक्तिका क्रियाकलापहरूको अध्ययन गर्ने विज्ञान | उडवर्थ |
| प्राणी र वातावरणबीचको आपसी अन्तरक्रिया अध्ययन गर्ने विज्ञान | मर्फी |
| मानिस तथा पशुहरूको व्यवहार र मानसिक प्रक्रियाको वैज्ञानिक अध्ययन | डोनाल्ड पेरिन्सन |
| मानवीय व्यवहार तथा मानविय सम्बन्धहरूको अध्ययन | क्रो एन्ड क्रो |
| चेतन र अचेतन व्यवहारहरूको विज्ञान | ब्रिजेस |
| व्यवहार तथा अनुभवको विज्ञान | बी.एफ. स्किनर |
| बाह्य संसारसँगको सम्पर्कमा रहेका जीवित प्राणीहरूको व्यवहारको अध्ययन | कुर्ट कोफ्का |
| मानव प्रकृतिको अध्ययन गर्ने विज्ञान | वुडवर्थ |
| प्राणी र मानवजातिको व्यवहारको विज्ञान | मर्गन |
| मानव व्यवहारको विज्ञान | पिल्सबरी |
शिक्षा मनोविज्ञान
परिचय:
- मनोविज्ञानको एउटा शाखा जसको प्रारम्भ स्कूलबाट भएको हो।
- सन १९०० मा यो मनोविज्ञानको एउटा शाखी रूपमा देखा परेको र सन १९२० पछि छुट्टै विषयको रूपमा अध्ययन हुन थालेको।
- मनोवैज्ञानिक परीक्षणलाई शिक्षाको क्षेत्रमा प्रयोग गर्ने जोड दिने व्यक्ति: विलियम वुण्ट
- शिक्षा मनोविज्ञानको एक प्रयोगात्मक ढाँचा हो भने यसको सैद्धान्तिक आधार शिक्षा र मनोविज्ञान हुन्।
शिक्षा मनोविज्ञानको परिभाषा:
| शिक्षाको विज्ञान। | – ई.ए. पील |
| शैक्षिक विकासको क्रमबद्ध अध्ययन। | – स्टेफन |
| शैक्षिक वातावरण वा मनोवैज्ञानिक पक्षहरूको अध्ययन। | – ज्यू. बी. डेभ |
| शिक्षासँग सम्बन्धित सम्पूर्ण व्यक्तिगत तथा व्यवहार र मानव व्यवहारलाई शैक्षिक परिस्थितिमा अध्ययन। | – स्किनर |
| तथ्य तथा सिद्धान्तहरूको अध्ययन जसले शिक्षा प्रक्रियाको व्याख्या, विश्लेषण र सुधार कार्यमा सहयोग पुर्याउँछ। | – कोलसनिक वाल्टर बी |
| एउटा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्म सिकाइ अनुभवहरूको वर्णन तथा व्याख्या गर्ने कार्य। | – क्रो एण्ड क्रो |
शिक्षा मनोविज्ञानको क्षेत्र:
- सिकाइको पहिचान
- सिकाइ प्रक्रियाको पहिचान
- सिकाइलाई प्रभाव पार्ने तत्वहरूको पहिचान
- शिक्षण प्रक्रिया र विधिको पहिचान
- सिकाइ उपलब्धिको मूल्याङ्कन
- मार्गदर्शन र सल्लाह
- व्यक्तित्व र समायोजन
शिक्षा र मनोविज्ञानको सम्बन्ध:
| मनोविज्ञान | शिक्षा |
|---|---|
| सिकाइको स्वभाव एवं क्षमताको बारेमा जानकारी दिन्छ। | सिकाइको रुचि, चाहनालाई आधार मानेर ज्ञान, सिप र अभिवृत्ति प्रदान गर्दछ। |
| शिक्षाको निर्माण आधार तयार गर्दछ। | मनोविज्ञानलाई अध्ययन र अनुसन्धानमा महत्व दिन्छ। |
| शिक्षण विधि तथा सामग्रीहरूको छनोटमा मद्दत गर्दछ। | शिक्षण विधि तथा सामग्रीहरूको प्रयोग गर्दछ। |
| समस्याहरूको पहिचान गर्दछ। | समस्याहरूको निराकरणमा योगदान गर्दछ। |
शिक्षा मनोविज्ञानको महत्व:
- सिकाइको विकासात्मक विशेषताहरूको व्याख्या गर्छ।
- सिकाइको व्यक्तिगत रुचि पत्ता लगाउन।
- आवश्यक शैक्षिक उद्देश्य, शिक्षण विधि तथा क्रियाकलापको निर्धारण गर्न।
- आवश्यक शैक्षिक मापन प्रक्रिया अंगाल्ने पृष्ठपोषण प्रदान गर्न।
- आवश्यक पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माण गर्न।
- आवश्यक अनुसन्धानको विकास गर्न।
- विद्यालय तथा कक्षा प्रशासन सञ्चालन गर्न।
- नयाँ–नयाँ अनुसन्धानात्मक कार्यद्वारा नयाँ कुराको विकास र कार्यान्वयन गर्न।
२.२ मानव विकास : वृद्धि र विकासको अवधारणा
मानव वृद्धि:
- वृद्धिले संरचनात्मक र शारीरिक परिवर्तनलाई बुझाउँछ। – क्रो एण्ड क्रो
- बालकको शरीरको भित्री र बाहिरी अङ्गको बनावट, आकार, प्रकार, उचाइ, तौल आदिमा आउने परिवर्तन।
- वृद्धि गर्भाधानको दिनदेखि मृत्यु हुने निश्चित अवस्थासम्म मात्र सीमित रहन्छ।
- वृद्धि सबै एकनासको नभई हुने अवस्थामा बढी र कुनै अवस्थामा कम हुन्छ।
- सामान्यत: वृद्धि भनेको शरीरको आकार र बनावटमा आउने परिवर्तन हो।
वृद्धिका विशेषताहरू:
- स्पष्ट देख्न सकिने
- नाप वा तौल्न सकिने
- निश्चित समय पछि रोकिने
- केवल शारीरिक परिवर्तनसँग मात्र सम्बन्धित
- परिमाण सबै स्थान विशेषमा प्रायः एउटै हुने
मानव विकास:
- विकास प्रगतिशील र परिवर्तनशील हो जुन कुनै निश्चित लक्ष्यतर्फ निर्देशित रहन्छ। – जेम्स ड्रेभर
- विकासले परिपक्वता र सिकाइ अनुभवको परिणामस्वरूप आउने प्रगतिशील क्रमिक परिवर्तनलाई बुझाउँछ। – हल्क
- मानिस वा बालकको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक आदि सम्पूर्ण पक्षमा देखापर्ने गुणात्मक परिवर्तन।
- विकास जीवनभरी चलिरहने प्रक्रिया हो।
- आमाको गर्भमा रहँदा र जन्म पश्चात् पनि बालकमा देखिने सूक्ष्म व्यवहार वा क्रियाकलाप र परिवर्तनहरू मृत्यु हुँदासम्म निरन्तर रूपमा चलिरहन्छन्।
| वृद्धि | विकास |
|---|---|
| भौतिक वृद्धि वा भौतिक पक्षको वृद्धिलाई मात्र जनाउँछ। | गुणात्मक पक्षमा आउने र भौतिक पक्षमा आउने सम्पूर्णतालाई समावेश गर्दछ। |
| विकासको एउटा भाग हो। | व्यापक पक्ष हो। |
| परिमाणात्मक पक्ष हो। | गुणात्मक पक्ष हो। |
| निश्चित अवधिसम्म मात्र चल्छ। | निरन्तर रूपमा चलिरहन्छ। |
| आंशिक पक्ष हो। | पूर्ण र व्यापक पक्ष हो। |
| अन्य क्षमतालाई समावेश गर्न सक्दैन। | सबै क्षमतालाई समावेश गर्न सक्छ। |
| तौल, उचाइ, शारीरिक अनुपात बढ्नु। | विभिन्न क्षमता बढ्नु: लेख्नु, पढ्नु, कुरा गर्नु, समायोजन गर्नु। |
| यसको सम्बन्ध शारीरिक परिवर्तनसँग मात्र हुन्छ। | यसको सम्बन्ध परिवर्तन र सिकाइ दुवैसँग हुन्छ। |
मानव विकासका विशेषताहरू:
- विकास एउटा प्रक्रिया हो र यसको निश्चित क्रम पनि हुन्छ।
- पहिलेका विकासभन्दा पछिल्ला विकास ज्यादा जटिल हुन्छन्।
- बालकको विकासक्रम मानवको विकासक्रम अनुरूप हुन्छ।
- विकास सामान्यतया दिशानिर्दिष्ट हुन्छ।
- विकासमा व्यक्तिगत भिन्नता पाइन्छ।
- विकास परिपक्वता र सिकाइको प्रतिफल हो।
- शरीरका विभिन्न अङ्गहरूको विकासको गति फरक-फरक हुन्छ।
- विकास पूर्वनिर्धारित हुन्छ। अर्नोल्ड गेसलका अनुसार:
क) शिरोपाद नियम (Cephalocaudal law): विकास शिरदेखि पाउतर्फ
ख) निकट दूर नियम (Proximodistal law): विकास शरीरको केन्द्रबाट छेउतर्फ - विकासमा परिवर्तन हुन्छ।
- विकासमा सह-सम्बन्ध हुन्छ।
- विकासमा वंशाणुगत र वातावरणीय अन्तर्क्रिया हुन्छ।
- विकासात्मक ढाँचाका चरणहरू हुन्छन्।
- हरेक विकास अवधिमा सामाजिक अपेक्षाहरू हुन्छन्।
मानव विकासका चरण:
- हल्द्वेल मानव विकासका चरणलाई १० चरणमा विभाजन गरेका।
- जिन पियाजेले मानव विकासलाई ४ चरणमा विभाजन गरेका:
- Sensory-motor Stage: जन्मदेखि २ वर्षसम्म
- Pre operational Stage: २ वर्षदेखि ७ वर्षसम्म
- Concrete Operational Stage: ७ वर्षदेखि ११ वर्षसम्म
- Formal Operational: १२ वर्षदेखि वयस्कावस्थासम्म
- सामान्यतया मानव विकासलाई निम्न तरिकाले विभाजन गर्न सकिन्छ।
| बालकको जन्मपूर्वको अवस्था (Prenatal period of child) | ||
|---|---|---|
| क्र.सं. | नाम | अवधि |
| १. | डिम्बावस्था (Zygote) | गर्भाधान-२ हप्ता |
| २. | भ्रूणावस्था (Embryo) | २ हप्ता-२ महिना |
| ३. | फिटसको अवस्था (Fetus) | २ महिना-जन्मसम्म |
| बालकको जन्मपश्चातको अवस्था (Post-natal stage of child) | ||
| १. | नवजात अवस्था (Infancy period) | जन्म-२ हप्ता |
| २. | शैशवावस्था (Babyhood) | २ हप्ता-२ वर्ष |
| ३. | पूर्वबाल्यावस्था (Early Childhood) | २ वर्ष-६ वर्ष |
| ४. | उत्तर बाल्यावस्था (Late Childhood) | ६ वर्ष-१२ वर्ष |
| ५. | यौवनावस्था (पूर्वकिशोरावस्था) (Puberty) | ११/१२-१३/१४ वर्ष |
| ६. | किशोरावस्था (Adolescent) | १३/१४-१८ वर्ष |
| ७. | वयस्कावस्था (युवावस्था) (Adulthood) | १८ वर्ष-४० वर्ष |
| ८. | मध्यावस्था (प्रौढावस्था) (Middle age) | ४० वर्ष-६० वर्ष |
| ९. | वृद्धावस्था (Old age) | ६० वर्षभन्दा माथि |
मानव विकासका विभिन्न चरणका विशेषताहरू:
| १. नवजात अवस्था: | २. शैशवावस्था: बाल्यावस्था |
|---|---|
|
|
| ३. पूर्वबाल्यावस्था: सबैभन्दा अस्थिर | ४. उत्तर बाल्यावस्था: तुलनात्मक स्थिर |
|---|---|
|
|
| ५. यौवनावस्था: | ६. किशोरावस्था: मध्यम स्व-अव |
|
|
| ७. वयस्कावस्था: कार्यक्षमता प्रमुखावस्था | ८. प्रौढावस्था वा मध्यावस्था: |
|
|
| ९. वृद्धावस्था: | |
|
|
मानव विकास अध्ययनको उद्देश्य:
- बालबालिकाको उमेरअनुसार परिवर्तनको जानकारी पाउन
- बालबालिकाको अपेक्षाको सही सम्बोधन गर्न
- बालबालिकाको सिकाइमा सहयोग पुर्याउन
- बालबालिकामा उपयुक्तमा प्रोत्साहन एवं उत्प्रेरणा जगाउन
- विकासको उपयुक्त मापदण्ड तयार गरी उनीहरूको क्रियाकलापको व्यवस्थापन गर्न
- उपयुक्त पथ प्रदर्शन एवं परामर्श सेवा उपलब्ध गराउन
- उपचारात्मक शिक्षण गर्न
मानव विकास अध्ययन विधि:
क) लाम्बिक विधि (Longitudinal method):
प्रतिपादक: अर्नोल्ड एफ. स्टेन र विलियम कोसान
- कुनै एउटा बालकको जन्मदेखि मृत्युसम्म देखापर्ने सम्पूर्ण परिवर्तनहरूको अध्ययन गरी निष्कर्ष निकाल्ने विधि।
- हाल यस विधिद्वारा परिमाणात्मक गरी बालबालिकाको प्रतिनिधिमूलक नमूना छनौट गरेर लामो समयसम्म उनीहरूमा देखापर्ने विभिन्न पक्षहरूको परिवर्तन सम्बन्धी अध्ययन गरी निष्कर्ष निकाल्ने विधि।
- बालबालिकाको क्रियात्मक, मनोवैज्ञानिक, संवेगात्मक, सामाजिक, शारीरिक, सांस्कृतिक, आर्थिक पक्षहरूको विकास के कसरी हुन्छ भन्ने कुराको वास्तविकता थाहा पाउन यो विधि उपयोगी।
- हाल यस विधिको प्रयोगको सन्दर्भमा २ प्रयोग हुने बताइन्छ: शील गुण उन्मुख (Trait oriented) र जीवन परिणाम उन्मुख (Life-outcome oriented)।
| फाइदाहरू | बेफाइदाहरू |
|---|---|
|
|
ख) क्षितिज-खण्डात्मक विधि (Cross-sectional method):
प्रतिपादक: स्टेनले
- विभिन्न उमेर समूहका बालबालिकालाई एकै-चोटि नमूना विभाजन गरी छोटो समयको अध्ययन अनुसन्धानबाट निष्कर्ष निकाल्ने विधि।
- अध्ययन गर्दा विभिन्न समूहका बालबालिकाको प्रतिनिधित्व हुने गरी नमूना लिई अध्ययन अनुसन्धान गरिने भएकाले यस विधिलाई प्रतिनिधिमूलक विधि पनि भनिन्छ।
- अध्ययनको स्थितिमा यस विधिले समस्याको उठान, समस्याको पहिचान, समस्याको विश्लेषण, सामान्यीकरण तथा निष्कर्ष जस्ता वैज्ञानिक अनुसन्धानका चरणहरू प्रयोग गर्दछ। त्यसैले यसलाई मानव अध्ययनको वैज्ञानिक विधि मानिन्छ।
| फाइदाहरू | बेफाइदाहरू |
|---|---|
|
|
ग) मिश्रित क्रमबद्ध योजना (Sequential Design):
- यो मानव विकास अध्ययनको नयाँ विधि नभई लाम्बिक र क्षितिज-खण्डात्मक विधिको संयोजन हो।
- यसमा दुवै विधिहरूका सबल पक्षहरू समावेश गरिएको हुन्छ जसले गर्दा यो विधि ज्यादा प्रभावकारी, उपयोगी र विश्वसनीय मानिन्छ।
- कतिपय अवस्थामा दुवै विधिहरूको प्रयोगमा कठिनाइ आउने र दुवै विधिहरू मिलाएर उपयोग गर्नुपर्ने भएकाले मनोवैज्ञानिकहरूले यस व्यवस्थालाई प्रयोगमा ल्याउन थालेका छन्।

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url